content stringlengths 20 64.1k ⌀ |
|---|
भिल्लासँग पराजित भएसँगै रियल म्याड्रिड बार्सिलोनासँग १२ अंकले पछाडि काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ।
घरेलु मैदानमा रियल भिल्ला रियलसँग ३-२ काे अन्तरले पराजित भएको हो। रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रह... |
नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित काठमाडौं। नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ।
घरेलु टोली वल्भ्ससँग चेल्सीले १-० ले पराजय भोग्नु परेको हो। चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
हालै मात्रै अन्तरिम प्... |
इंग्लिस प्रिमियम लिगः म्यानचेस्टर २-१ को सहज जीत निकाल्दै चौथो स्थानमा काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टन माथि सहज जीत निकालेको छ।
ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २-० ले पराजित गर्दै सहज जीत निकालेको हो।
पहिलो हाफको ३६औं मिनेटमा जेडान सान्चोको पासमा म्याक ट... |
न्युक्यासल तेस्रो स्थानमा उक्लिँदा म्यानचेस्टर चौथोमा झर्यो काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ।
आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो। न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो ... |
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै काठमाडौं। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ। घरेलु टोली नाइसमाथि पिएसजीले २-० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ।
एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६औं मिनेटमा मेस्सीको गोल गरे। पहिलो हाफम... |
राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु पथरी । मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम ... |
आयोजकलाई पराजित गरी स्टार सिटी क्लब गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा धनगढी । स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स... |
नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो काठमाडौं। नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चर... |
प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।
विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाक... |
आइपिएलको ऐतिहासिक १ हजार औं खेल आज, २ सबैभन्दा सफल टिम भिड्ने काठमाडौं । इन्डियन प्रिमियर लिग २०२३ सिजनमा आज डबल हेडर खेल हुनेछ। दोस्रो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७.३० बजे हुनेछ । यस खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आमनेसामने हुनेछन् । यो लिगको १००० औँ खेल भएकाले आईपीएलको यो ऐतिहासिक खेल हुनेछ ।
आइ... |
लेसेलाई हराउँदै नेपोली उपाधि नजिक काठमाडौं। इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २-१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २-१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ।
शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवाती ५२औ... |
सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बर्दियाको नव युवा मैत्री भाव क्लब सेमिफाइनलमा कैलाली । बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश... |
मनाङको जित, जावलाखेल र खुमलटारको बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लवले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
शुक्रबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले हराएको हो । मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे ।
खेलको ३४ औं मिन... |
अष्ट्रेलियामा एनटीएफका अध्यक्ष दिनेश शर्मा ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत हुने बारा। नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएका छन् । निजगढ नगरपालिका-३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत गर्न लागिएको हो ।
अष्ट... |
जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने मोरङ। गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन्। पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदे... |
दुई बर्ष पछि लाम्पार्ड फेरि चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा काठमाडौं। बिहीबारदेखि फ्रायन्क लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन्। दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केही ... |
‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु जनकपुरधाम । आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।
जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जान... |
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज ... |
हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे काठमाडौं। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन्। खेलको इन्जुरी समयमा विमल घ... |
राशफोर्डको गोलमा युनाइटेड विजयी काठमाडौँ। म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ। बुधबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरले १–० ले पराजित गरेको छ ।
पहिलो हाफको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। जितसँगै २८ खेलब... |
लुम्बिनीमा पीस हाफ म्याराथन सुरू, २ हजार बढि सहभागी भैरहवा। शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ। अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० म... |
बेन्जेमाको ह्याट्रिकमा रियल कोपा डेल को फाइनलमा काठमाडौँ। बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा ४–० को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो। सो जीतमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरेका थिए भने भि... |
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर! काठमाडौं। रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमकाे अफर आएको छ।
चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्न... |
ओलम्पिक छनोटः नेपाली महिला टिम भियतनामसँग पराजित काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।
पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्काय... |
गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा कैलाली । कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न स... |
आज राजस्थान र पञ्जाब भिड्दै, आइपिएलका सबैभन्दा महंगा खेलाडी मैदानमा काठमाडौं । इन्डियन प्रिमियर लिग २०२३ सिजनमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स बीचको खेल हुनेछ। यो खेल साँझ ७:४५ बजेदेखि गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुनेछ । यी दुवै टोलीको यो दोस्रो खेल हुनेछ ।
आफ्नो पहिलो खेलमा पञ्जाब र राजस्थान विजयी भए... |
आईपीएल खेल हेर्न ऋषभ पन्त स्टेडियम पुगे, दर्शकले यसरी गरे स्वागत काठमाडौं । आईपीएलमा मंगलबार अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल भएको छ । यो खेलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त पनि मैदानमा देखा परेका थिए ।
उत्तराखण्डमा सडक दुर्घटनामा परी घाइते भएका ऋषभ पन्तले यस सिजन आईपीएलमा सहभागी हु... |
यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा बैतडी। सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ। उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुनेछ।
सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। सम... |
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत काठमाडौं। अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ। साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टाेली अल एडालाहमाथि ५-० को सानदार जित दर्ता गरेको हो।
प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्... |
त्रिपुरेश्वरस्थित रंगशालामा नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ काठमाडौँ। पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ। आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो।
पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका... |
इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन्। गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन्।
स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न स... |
तीनवटा रातो कार्ड देखाइएको खेलमा युभेन्टस र इन्टर मिलान बराबरीमा काठमाडौं। तीनवटा रातो कार्ड देखाइएकाे खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन्।
कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलानका रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन्।
पहिलाे हाफमा गाेलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखि... |
पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट कास्की । बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ ।
ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ... |
सातदोबाटोलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो काठमाडौं। जावलाखेल युथ क्लब रोयल ब्लु सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो।
जावलाखेललाई जिताउन फोडे फ... |
महिला फुटबल एसियाली छनोटः पहिलो चरणको खेल मङ्गलबारदेखि काठमाडौं। पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन्।
ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालको स... |
पाकिस्तानी बलर नसीम शाहको विवाहको खबरमा स्पष्टीकरण काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका फास्ट बलर नसीम शाहले हालै सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेपछि उनको विवाहको बारेमा अड्कलबाजी सुरु भएको छ ।
२० वर्षीय क्रिकेटर नसीम शाहले इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेका छन् । यसमा उनी आफ्ना बुवा र अर्का व्यक्तिसँग बसेका थिए... |
बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे काठमाडौं। टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्। प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन्।
दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सीमित हुन परेको थियो। पहिलो हाफमा गोलरहित बरा... |
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने काठमाडौं। भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी... |
तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको छ । ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोज... |
एपीएफ र संकटा विजयी काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।
एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई ... |
वेष्ट इण्डिज विश्वकपमा सिधै प्रवेश गर्न सकेन, छनोट खेल्ने ७ टिम तय काठमाडौं । क्यारेबियन टिम वेष्ट इण्डिज २०२३ को एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल भएको छ । आइतबार भएको नेदरल्याण्ड र दक्षिण अफ्रिकाको खेलमा दक्षिण अफ्रिकाले जितेसँगै वेष्ट इण्डिज सिधै विश्वकप पुग्न असफल भएको हो ।
आइतबार जोहानेसबर्गमा भएको खेलमा दक्षि... |
घरेलु मैदानमा पिएसजीको दोस्रो हार काठमाडौँ। स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो।
पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको प... |
म्यानचेस्टर युनाईटेड पराजित काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ। घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो।
सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका... |
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथि फराकिलो जित हासिल गरेको छ।
कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु मैदानमा ६-० को फराकिलो जीत हासिल गरेको हो।
सान्टियागो बर्नब... |
छैटौँ बाह्रखरी कर्पोरेट गल्फ वैशाखमा हुने काठमाडौं । बाह्रखरी मिडिया प्रालिको आयोजनामा छैटौँ बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद वैशाखमा हुने भएको छ ।
बाह्रखरी मिडिया प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद छैटौँ संस्करण वैशाख ९ गते काठमाडौँमा आयोजना गर्न लागेको जानकारी दिएको... |
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन ... |
सनराइजर्स हैदरावादले टस जितेर पहिले बलिङ रोज्यो काठमाडौं । इण्डियन प्रिमियर लिगमा आजको पहिलो खेलमा सनराइजर्स हैदरावादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
आइपिएल २०२३ मा आइतबार सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हैदरावादमा खेल हुँदैछ । आईपीएलको पछिल्लो सिजन राजस्थान रोयल्स उपविजेता बनेको थियो ।
सन्जु सैमसन... |
आइपिएलमा आज विराट कोहली र रोहित शर्मा भिड्दै काठमाडौं । इन्डियन प्रिमियर लिग २०२३ सिजनको पाँचौं खेल आज बेंगलुरुमा खेलिनेछ। यो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको टोली आमनेसामने हुनेछन् । घरेलु मैदानमा मुम्बईमाथि आफ्नो वर्चस्व कायम राख्न आरसीबीको मनसाय हुनेछ। यो खेल बेंगलुरुमा साँझ नेपाली समय पौने ८ बजे... |
दर्शकले माग गरेपछि तत्काल छक्का प्रहार गर्ने क्रिकेटर रहेनन् काठमाडौं । भारतका पूर्व क्रिकेटर सलिम दुर्रानीको ८८ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनी लामो समयदेखि रोगसँग लडिरहेका थिए ।
सलिम दुर्रानीको निधनमा क्रिकेट जगतसँग जोडिएका धेरै चर्चित व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।आफ्नो ... |
लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै लुम्बिनी। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु... |
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर काठमाडौँ। नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ। तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ। कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो।
आफूलाई ‘लेडी ड्र्यागन’ ना... |
सिमरा गोल्ड कपको उपाधि चर्च ब्वाईजलाई बारा। सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २-० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो।
बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्... |
स्पेनिश लिगमा बार्सिलोनाको सहज जीत काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ। स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४-० को फराकिलो जित निकालेको हो।
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत नि... |
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ। आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४-१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हाे।
इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मि... |
घरेलु मैदानमा लिभरपुल माथि म्यान्चेस्टरकाे फराकिलो जीत काठमाडौं। म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुल बिरुद्ध ४-१ को एक पक्षीय जीत हासिल गरेको हो।
घरेलु मैदानमा सिटी बिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले ... |
खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई धनगढी । धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
आज भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि ... |
उदीयमान दुई गल्फरको देश चिनाउने सपना काठमाडौं। रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए। उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२(२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल पूरा गरेर फर्किएका थिए। प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित देखिन्... |
पहिलो खेलमै घाइते भएका केन विलियमसन आइपीएलको पूरै सिजनबाट बाहिर काठमाडौं । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लिग २०२३ सिजनमा ठूलो धक्का लागेको छ। न्युजिल्यान्डका कप्तान केन विलियम्सन घुँडाको चोटका कारण पूरा सिजन बाहिर भएका छन् ।
आईपीएल शुक्रबार भव्य उद्घाटन समारोहको साथ सुरु भयो। यसप... |
नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रुपमा विकास गर्न सकिने बताएका छन् ।
शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको ... |
पोखरामा एसियन कप ट्रायथलनको तयारी पूरा कास्की । पर्यटकीय सहर पोखरामा भोलिदेखि सुरु हुने एसियन कप तथा दक्षिण एसियन ट्रायथलन च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालसहित विदेशबाट खेलाडी तथा प्राविधिक पोखरा आइपुगेका छन् ।
नेपाल ट्रायथलन सङ्घको आयोजनामा हुने च्याम्पियनसीपमा लेकसाइड... |
उपाधिमा मनाङ र थ्री स्टारको दाबी धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरे ।
शनिबार धनगढी रंगशालामा उपाधिका ... |
थ्री नेसन्स कपको उपाधि नेपाललाई काठमाडौं। नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ। फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि हात पारेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको ८९ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो। पहिलो हाफमा एकरएकको बरा... |
लाओसविरुद्ध नेपालको अग्रता काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ।
पहिलो हाफमा एक\एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८९ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। |
पहिलो हाफमा नेपाल र लाओसबीच १-१ को बराबरी काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र लाओसको खेल जारी छ। खेलको पहिलो हाफमा नेपाल र लाओसबीच एकरएकको बराबरी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको खेल सुरु भएको छ। फाइनल खेलमा लाओसका फोउचाङ भोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएक... |
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा काठमाडौं । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बा... |
आजबाट आईपीएल सुरु काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। उद्घाटन समारोहमा समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन्।
यसपछि ७ः४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटनसत्रको खेल सुरु हुनेछ। जसमा साविक विजेता गुजरात टाइटन्... |
विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई सुन्दरहरैँचा। सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको छ ।
सहिद रङ्गशालामा आज सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा भारत लुका सकर क्लब केरलालाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो । छ दशकपछि घरेलु मैदानमा विराटनगरले पाहुना टोली... |
सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा धनगढी । सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बिहीबारर भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो। थ्री स्टारले उपाधिका लागि शनि... |
ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् ।
फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उ... |
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई काठमाडौँ। ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो।
एपिएफ लगातार तेस्... |
एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य काठमाडौँ। ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारि... |
पाकिस्तान भारतमा २०२३ को एकदिवसीय विश्वकप नखेल्ने ! काठमाडौं । पाकिस्तानले सन् २०२३ को एकदिवसीय विश्वकपका खेलहरू भारतमा खेल्न अस्वीकार गरेपछि यी खेलहरू बंगलादेशमा खेल्न सक्ने चर्चा चलेको छ। प्रतियोगिताको आयोजक भारत हो तर दुई देशबीचको तनावपूर्ण राजनीतिक सम्बन्धलाई ध्यानमा राख्दै गत हप्ता आइसीसीको बैठकमा हाइब्रिड एसिया क... |
अफगानिस्तानका बलर राशिद खान टी–२० वरियतामा शीर्ष स्थानमा उक्लिए काठमाडौं । पाकिस्तानविरुद्धको टी–२० सिरिजमा जितसँगै अफगानिस्तानका स्टार बलर राशिद खान टी–२० मा बलरको वरियतामा फेरि शीर्ष स्थानमा पुगेका छन् । श्रीलंकाका वानिन्दु हसरंगालाई पछि पार्दै उनी शीर्ष स्थानमा पुगेका हुन् ।
यसअघि सन् २०१८ मा रसिद अन्तिम पटक टी–२० ब... |
खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने भएको छ ।
राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त संवाद कार्यक्रम यही चैत १८ गते हुने राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । उनले देशको भौगोलिक अवस्थाअनुसार कस्तो... |
मनाङ खप्तड गोल्डकपको फाइनलमा धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
कागजात पुरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ ज... |
एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोलीे घोषणा गरेको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।
सो प... |
बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा बैतडी। जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ। तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए।
... |
वेस्ट इन्डिजका कप्तानले ५ वर्षका बालकलाई बचाउन आफ्नै ज्यानको बाजी लगाए (भिडियो) काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध जारी तीन खेलको टी-२० सिरिजमा आइतबार पुनरागमन गर्दै दोस्रो खेलमा ६ विकेटले जित हात पारेको छ। तर, दोस्रो टी-२० खेलमा वेस्ट इण्डिजको जितभन्दा पनि यसका कप्तान रोभमन पावेलले एक बालकलाई बचाउन आफ्नै ... |
विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा विराटनगर। साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४-२ गोलले हर... |
गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत गण्डकी। गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई न... |
रूसी र बेलारूसी खेलाडीहरू तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने लुसान्ने । ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।
आईओसीका अध्यक्ष थोमस बाचका अनुसार आईओसीले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खे... |
थ्री नेसन्स कपः भुटानसँग बराबरीमा खेल्दै नेपाल फाइनलमा काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरीमा खेल्दै फाइनलमा पुगेको छ।
दशरथ रङ्गशालामा साँझ भएको खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका थिए। पहिलो हाफमा केही प्रयास गरे पनि नेपालले भुटानविरुद्ध गोल गर्न स... |
भुटानका गोलकिपरसँग ठोकिएर फरवार्ड अन्जन विष्ट घाइते काठमाडौं । नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।
भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भए... |
थ्री नेसन्स कपः पहिलो हाफमा नेपालविरुद्ध भुटानको १-० को अग्रता काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा अहिले नेपाललाई भुटानले पहिलो हाफमा एक शून्यले अग्रता लिएको छ।
दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको हो। खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका... |
ललितपुर मेयर कपः कोशी र एपीएफ उपाधिका लागि भिड्ने काठमाडौं। कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्य... |
एसिया कप पाकिस्तानमै हुने तर भारत पाकिस्तान नजाने, नेपाल पनि प्रतियोगिता खेल्ने दावेदार काठमाडौं । यस वर्ष पाकिस्तानले आयोजना गर्ने एसिया कपको मुद्दा समाधान हुने दिशामा देखिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसिया कप आफ्नो देशमा आयोजना गर्ने र प्रतियोगितामा भारतीय टोलीलाई पनि खेलाउने नयाँ योजना बनाएको छ । यो यो... |
कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य काठमाडौँ। राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै ... |
ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा काठमाडौँ। सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो। खेलमा एपीए... |
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य काठमाडौँ। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्ससामु जितका लागि एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। ललितपुर मेयर्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभु... |
कोलकाता नाइटराइडर्सले नितिश राणालाई कप्तान बनायो काठमाडौं । आइपिएलको १६औँ सिजन सुरु हुनु चार दिनअघि कोलकाता नाइट राइडर्सले नितिश राणालाई कप्तानमा नियुक्त गरेको घोषणा गरेको छ ।
केकेआरको ट्विटर ह्यान्डलबाट जारी गरिएको आधिकारिक विज्ञप्तिमा ढाडको दुखाईबाट निको भइरहेका श्रेयस अय्यरको अनुपस्थितिमा राणा टोलीको कप्तान हुने बता... |
प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै काठमाडाैं। प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
दशरथ रंगशाललामा खेल साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।
नेपालले पहिलो खेलमा लाओसलाइ २-० गोलले पराजित गरेका थियो भने भने ल... |
विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा माेरङ। सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो।
खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्य... |
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि काठमाडौं। सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ।
रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी ... |
ओलम्पिक छनोटको महिला फुटबल नेपालमा हुने काठमाडौं। फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ।
नेपालको समूहमा अफगानिस्त... |
ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटबाट ललितपुर ११ बाहिरियो {भिडियो} ललितपुर । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो ।
ललित... |
भारतीय क्रिकेटरको ग्रेडिङ सार्वजनिक, ४ खेलाडीले ७ करोड पारिश्रमिक पाउने काठमाडौं । बीसीसीआईले सन् २०२२-२३ को लागि खेलाडीहरुको वार्षिक सम्झौता सार्वजनिक गरेको छ । यो सम्झौतामा कुन खेलाडी कुन ग्रेडमा हुने र कसले कति पैसा पाउने भन्ने कुरा बताइएको छ ।
यो सम्झौता क्रिकेटको सिनियर पुरुष टोलीका लागि हो र यसको अवधि अक्टोबर २०२... |
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी काठमाडौँ। मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ। मधेस प्रदेश एक विकेटले विजयी भएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्... |
५१७ रन, २ शतक, टी–२० क्रिकेटमा चौका र छक्काको वर्षा, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ६ विकेटले जित हात पारेको छ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई जितका लागि २५९ रनको लक्ष्य दिएको थियो, जसलाई आयोजक टोलीका ब्याट्सम्यानले सहजै चेज गरे... |
युरो-२०२४ छनोटमा इंग्ल्याण्डको दोस्रो जीत काठमाडौं। इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ। युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो।
वेम्बलीमा गएराति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो।
खेलको पहिलो हाफको ३७... |
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा काठमाडौं। युरो-२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६-० ले हराएको छ। जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्। कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो। यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४-० ले हराएको थियो।
पहिलो हाफ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.