content
stringlengths
20
64.1k
राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालीका अल्बर्टो एनेस नियुक्त काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ। विवादकाबीच बुधबार ललितपुरमा बसेको एन्फा कार्यसमितिको बैठकले ३ जना सहायक महासचिव नियुक्त गर्ने पनि निर्णय गरेको...
लिग २ खेल्न क्यानका कोषाध्यक्षसँगै दुबई गए सन्दीप काठमाडौं । सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । दुबईमा जारी खेलमा सामेल हुन लामिछाने बुधबार युएई प्रस्थान गरेका हुन् । सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि उनी दिउँसो ३ बजे युएई गएका हुन् । नेपाल ...
इन्दौर टेस्टमा भारत १०९ रनमै अलआउट काठमाडौं । बोर्डर–गावस्कर सिरिजको तेस्रो टेस्टमा भारतीय टोलीले राम्रो सुरुवात गर्न सकेन । टस जितेर ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्समा १०९ रन मात्र बनाउन सके्यो र पूरै टिम नगण्य स्कोर बनाएर प्याभिलियन फर्किएको थियो । अष्ट्रेलियाका बलरको अगाडि भारतीय ब्याट्सम्यान टिक्न सकेनन् । भ...
त्रिकोणात्मक क्रिकेट लिग: सन्दीपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो काठमाडौं। सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिकाे रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएईको तयारी गरेका छन्। युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछान...
सन्दीप लामिछाने र अर्जुन साउद इङ्ल्याण्डको द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा काठमाडौं । नेपाली खेलाडीहरु सन्दीप लामिछाने र अर्जुन साउद बेलायतमा हुने द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा परेका छन् । इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले जारी गरेको खेलाडीहरुको सूचिमा यी दुई नेपाली खेलाडीहरुले स्थान पाएका छन् । इंग्ल्याण्ड एण्ड वेल...
टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत काठमाडौँ। युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ। युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटका ले गोल गरेर जीत पक्का गरेका हुन् एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको द...
प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत काठमाडौँ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो। एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा  फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए। ७४औं म...
केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो ...
भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित...
स्पोर्टस अवार्डका चार विधाको खेलाडी मनोनयन काठमाडौं । खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवा...
फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअवरुद्ध भएको छ । जारी प्रतियोगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएको भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेको हो । भूमिकास्थान नगरपालिका...
लगातार नेपालकाे चाैथाे जित काठमाडौं। यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ। नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्‍याे। ने...
नेपाललाई मलेसियाको ७३ रनको झिनो लक्ष्य काठमाडौं। आइसिसी यू-१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ। मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो। दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। यस क्रममा उनले ४ विकेट लिन सफल भए भ...
राष्ट्रपति रनिङ शिल्ड : पाँचखाल प्रथम काभ्रेपलाञ्चोक। चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ। काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ...
पेरिस ओलम्पिकका लागि महिला खेलाडीकाे प्रशिक्षण १९ फागुनबाट काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीको प्रशिक्षण १९ फागुनबाट सुरू हुने भएकाे छ। महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पछि प्रशिक्षण भने १९ पफ...
मुआथाईमा नेपालका खेलाडी बरुणको थाईल्याण्डमा ह्याट्रिक काठमाडौं। नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन्। थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेश्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन्। गुरुङले बैंकक...
बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाक...
विश्वकप लिग २ः पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । लिग २ मा...
केपी ओली कप : उपाधिका लागि मछिन्द्र र सातदोबाटो भिड्ने काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधिका लागि मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । सोमबार भएको सेमिफाइनलमा मछिन्द्रले केपीओली एफसी र सातदोबाटोले आर्मीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । एन्फा कम्प्ले...
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उनलाई विदेश जाने  अनुमति दिएको हो। साथै उनलाई उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश सदर गरेको छ। नाबालिग बलात्कारको मु...
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । नेपालले यसअघि सिंगापुर र कुवेतलाई पराजित गरेको थियो । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य न...
पपुवा न्युगिनीले दियो नेपाललाई दुई सय चार रनको लक्ष्य काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपु...
५ वटा विश्वकप जितेर किर्तिमान बनाउने कप्तान ! काठमाडौं । अस्ट्रेलियाको महिला क्रिकेट टोलीले फेरि एकपटक विश्वकपको उपाधि जितेको छ । आइतबार केप टाउनमा भएको फाइनल खेलमा म्याग ल्यानिङको कप्तानीमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो । अष्ट्रेलियाको यो छैटौं टी–२० विश्वकप हो, अहिलेसम्म ८ वटा विश्वकप मात्रै...
बुमराह आईपीएलबाट बाहिरिन सक्ने, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेमा पनि शंका काठमाडौं । भारतीय फास्ट बलर जसप्रित बुमराह आईपीएल २०२३ बाट बाहिर हुन सक्नेछन् । अर्कोतर्फ भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेमा पनि उनी खेल्नेमा शंका छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुलाईमा इङ्ल्यान्डमा हुनेछ । भारतीय टो...
पपुआ न्यू गिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो काठमाठौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज पपुआ न्यू गिनीविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आजको खेल दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ । दुबइमा नेपालले पपुआ न्यू गिनी र युएइसँग ४–४ खेल खेल्नेछ । यसअघि नेपालले किर्तिपुरमा भएको नामिबिया र...
केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा काठमाडौँ। वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो । खेलको सकिन लाग्दा व...
आइसिसी विश्वकप छनोट: नेपाललाई पपुवा न्युगिनीमाथि जित्नै पर्ने दबाब काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दैछ। त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो।...
घरेलु टाेली टोटनहमसँग चेल्सी २-० ले पराजित काठमाडौं। टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २-० ले पराजित गरेको हो। टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गर्दै चेल्सीलाई २-० ले पराजित गरेको हो। दुवै गोल दोस्...
ओलम्पिक छनोटको खेल नेपालमा हुने काठमाडौँ। फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ। एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। समूह ‘सी’ मा प्यालेस्टाइनले ना...
अन्तिम ओभरमा ५ विकेट झरेपछि रोमाञ्चक तरिकाले उल्टियो पूरै खेल ! काठमाडौं । अस्ट्रेलियामा एउटा घरेलु क्रिकेट प्रतियोगिताको फाइनल निकै रोमाञ्चक तरिकाले खेलियो । अन्तिम ओभरमा जे भयो क्रिकेट फ्यानहरूले यो चमत्कार कसरी भयो बुझ्न सकेनन्। खेलको अन्तिम ओभरमा पाँच विकेट खस्यो र हार्नै लागेको टोली विजयी भयो। अस्ट्रेलियाको महिला ...
आज महिला टि-२० विश्वकपको फाइनल, दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२३ को फाइनल खेल आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुँदैछ । यो खेल केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ । दक्षिण अफ्रिकी महिला टोली टी–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । यससँगै पाँच पटकको च्याम्पियन ...
विराट कोहलीको पीडा, ‘मानिसहरूले मलाई असफल कप्तान ठाने’ काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरको पोडकास्टमा पूर्व कप्तान विराट कोहलीले फेरि एक पटक आईसीसी ट्रफीको बारेमा कुरा गरेका छन् । जब उनलाई सोधिएको थियो, “के तपाईलाई आईसीसी ट्रफी जित्न नसकेकोमा कहिल्यै दुख लागेको छ?” जवाफमा कोहलीले भने, “तिमी प्रतियोगिता जित्नका लागि ...
आर्सनलकाे शीर्षतालाई कायमै काठमाडौँ। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। दोस्रो हाफमा घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै आर्सनलले शिर्षता कायमै राखेको हो। ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेर योगदान गरेका थिए। द...
म्यानचेस्टर सिटीकाे ४–१ को फराकिलो जीत काठमाडौँ। घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ। इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो । भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेन...
रोनाल्डोकाे साउदी प्रो लिगमा अर्को ह्याट्रिक काठमाडौँ  क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन्। रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गर्यो। प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ...
पहिलो पटक क्यानको साधारण सभा कर्णाली प्रदेशमा सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ। क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो। दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, ...
भद्रपुर गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुङ्गिएपछि ...
बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित धरान । धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको ...
युएईमाथि नामिबियाको सहज जित, नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने काठमाडौं। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ। जीतसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ। जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २...
नेपालको लगातार दोस्रो जित, कुवेत सय रनमा समेटियो काठमाडौं । आइसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा मलेक क्रिकेट ग्राउण्ड अजमेनमा भएको खेलमा नेपालले कुवेतलाई २४३ रनले पराजित गरेको हो । नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन बनाएर सबै ...
यू-१९ एसिया क्रिकेट छनोटः नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत काठमाडौं। आइसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनाइेट अरब इमिरेटस् (युएई)मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन...
आइसिसी यू–१९ मा कुवेतविरुद्ध कप्तान देव खनालको सानदार शतक काठमाडौं ।  कप्तान देव खनालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । जारी खेलमा खनाल १ सय ५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । कप्तान देवको क्रिकेट करिअरमा यो पहिलो शतक हो । देव खनालले १ सय ५ बलम...
इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा काठमाडाैं। आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो। केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले...
आर्सनल ६५ हजार र म्यानचेस्टर ७५ हजार पाउण्ड जरिवाना काठमाडाैं। फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ। गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो। आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई...
शनिबारदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने धरान। मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण भोलिदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका ...
सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि शुक्रलाई कास्की । पोखरामा सञ्चालन भएको सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबहादुर राईले जितेका छन् । प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा पोखराको हिमालय गल्फ कोर्समा सञ्चालन भएको प्रतियोगितामा नेपालका नम्बर एक प्रोफेसनल गल्...
भद्रपुर गोल्डकप : एपिएफ सडनडेथमा भाग्यमानी सावित बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको ...
विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको हो । जितको लागि २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । सिंगापुरका आर्यन म...
सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनलाई विदेश जाने आने अनुमति नदिएको हो। आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा सन्दीप लामिछानेले निवेदन दिएका थिए।...
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख ध...
सन्दीपको निवेदन न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कामठाडाैं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ। क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको हाे। १५औं नम्बरमा लामि...
बार्सिलोना युरोपा लिगबाट बाहिरियो काठमाडौँ। क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ। बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो। खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। ...
डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सहज जित काठमाडौँ। अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो। नान्टेसमा बिहीबार र...
यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै काठमाडौं। यू-१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन्। बुधबार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट...
भद्रपुर गोल्डकप : आर्मी सेमिफाइनलमा झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र ...
सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा काठमाडौं । बाटो युथ क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमै नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । दोस्रो हाफमा...
केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपसुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका छन् । प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा ह...
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्का...
भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अष्ट्रेलिया टोलीको घोषणा काठमाडौं । मार्चमा हुने भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियाली टोलीको घोषणा गरिएको छ । फास्ट बलर प्याट कमिन्स टिमको कप्तान हुनेछन् । बिहीबार घोषणा गरिएको १६ सदस्यीय टोलीमा तीन घाइते अलराउन्डर ग्लेन म्याक्सवेल, मिचेल मार्स र झे रिचर्डसन फर्किएका छन्...
आज भक्तपुर कप फुटबलको सेमिफाइनलका खेलहरू भक्तपुर। भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप फुटबल-२०७९ को दुवै सेमिफाइनलका खेलहरू बिहीबार हुँदै छ। पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले द...
बजेट अभावको चपेटामा खेलकुद रेसुङ्गा। गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ। पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ। यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन्। जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन्। ...
बराबरीमा रोकियो म्यानचेस्टर सिटी काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो। सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले...
५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ। घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १-० ले पराजित गरेको हो। मिलानोमा बुधबार राति भएको खे...
नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर काठमाडौं। पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानीय अस्पतालले जनाएको छ। पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो। सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागे...
यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै काठमाडौं। यू-१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन्। हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खे...
स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश काठमाडौ । नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना पुर्व क्रिकेटरलाई धरौटीमा छाडन आदेश दिएको हो । पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुबै जनाले पुर्पक्षमा न...
झापा भद्रपुर गोल्डकप : मछिन्द्र क्लब विजयी झापा । मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ । मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर...
आईसीसी यू–१९ पुरुष विश्वकपका लागि नेपाली टोलीको बिदाइ(भिडियो) काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव...
पोखरामा आजदेखि गल्फ प्रतियोगिता पोखरा। कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो। माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्...
महिला प्रिमियर लिगको टाइटल स्पोन्सर घोषणा काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले वुमन्स प्रिमियर लिगको पहिलो सिजनको टाइटल स्पोन्सरका रूपमा टाटा समूह चयन भएको घोषणा गरेका छन् । शाहले मंगलबार आफ्नो ट्वीटर ह्यान्डलबाट सो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘वुमन्स प्रिमियर लिगको पहिलो सिजनको टाइटल प्रा...
लिभरपुल माथि रियल म्याडिड्रको ५-२ को जीत काठमाडाैं। स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५-२ को जित दर्ता गरेको छ। रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५-२ को सानदार जित दर्ता गरेको हो। एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेल...
ठाकुरबाबालाई खो-खोको उपाधि भक्तपुर। भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ। स्थानीय सहिद स्मृति खेलमैदानमा यही फागुन ५ गतेदेखि सुरु भई मंगलबार सम्पन्न प्रतियोगितामा उपाधि हात पार्दै ठाकुरबाबा नगरपालिकाले नगद रु एक लाख ५० हजारसहित ट्रफी हात पारेको हो।...
यू–१९ राष्ट्रिय टोलीको कप्तानमा देव खनाल नियुक्त काठमाडौं । यू–१९ राष्ट्रिय टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार युवा ब्याटर खनाललाई कप्तान बनाएको हो । आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटका लागि खनालले कप्तानी गर्ने भएका हुन् । यसअघि यू–१९ कप्तानमा गुलशन झालाई नियुक्त भएका...
नेपालको ऐतिहासिक जितका नायकहरु काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गत नेपालले पहिलो पटक त्रिकोणात्मक सिरिजमा लगातार ४ जित हासिल गरेको छ । घरेलुु मैदानमा नामिबिया र स्कटल्याण्डसँग भएको खेलमा पाहुना टोलीलाई पराजित गर्दै नेपालले जित हासिल गरेको हो । पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएर सिरिजमा जितसहित सुरुवात...
मुस्ताङ–भद्रपुर–झापा गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश झापा । भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै आज सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले ...
क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेक...
शानदार कमब्याकसँगै स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित काठमाडौं। १३८ रनको स्कोरमै आठौं विकेट गुमाइसकेको नेपालले त्यसपछि शानदार कमब्याक गर्दै स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हाले । यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोण...
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक (भिडियो) काठमाडौं । फाल्गुन ११ गतेदेखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगीताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । यस्तै आयोजकले प्...
अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर बाँकी दुई टेस्टबाट बाहिरिए काठमाडौं । डेभिड वार्नरले अब अस्ट्रेलिया र भारतबीच जारी बोर्डर–गावस्कर सिरिजका बाँकी दुई टेस्ट खेल्न पाउने छैनन् । अष्ट्रेलियाका ब्याट्सम्यान वार्नर दिल्लीमा भएको दोस्रो टेष्ट खेलमा घाइते भएका थिए । मोहम्मद सिराजको बलबाट यो चोट लागेको हो । सिरिजका पहिलो...
सांग्रिलालाई अर्किड कपको उपाधि काठमाडौं । सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्तिथत  आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित गरेको हो  । मनकामना तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्क...
स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दियो काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाए...
दोस्रो राष्ट्रपति रनिङ शिल्ड लीलारामले चुम्यो भैरहवा। रुपन्देहीको सिद्धार्थनगरमा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले चुमेको छ। सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ। नगरस्तरीय...
खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भीड्दै भक्तपुर। भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन्। यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मंगलबार नै हुँंदैछ। सोमबार भएको सेमिफाइन खेलमा ध...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १२ देखि १४ गतेसम्म बैतडी। बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ। खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए। यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता...
घुडाँकाे चोटले नेयमार एक महिना मैदान बाहिर काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन्। फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको हुनाले उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो । ‘उनको एमआरआई स्क्यानमा कुनै फ्य...
आईसीसी विश्वकप क्रिकेट लिग-२ टस जितेर नेपाल मैदानमा काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो। यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ। ...
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी झापा । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर–झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आज मेची रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि ...
नेपाल टी–२० लिग: स्पट फिक्सिङको आरोपमा आलम र आदिलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं ...
नामिबियाविरुद्ध स्कटल्यान्ड ४३ रनले विजयी काठमाडौं। काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ। काठमाडौंको किर्तिपुरस्थीत टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो। स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य ...
स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दियो काठमाडाैं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर प...
टस जितेर नामिबिया फिल्डिङमा काठमाडौँ। आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ राेजेकाे छ। टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ। जारी खे...
स्पेनिश लिगमा म्याड्रिस एथलिटिको १-० को जीत काठमाडौं। स्पेनिस ला लिगमा अर्को खेलमा म्याड्रिड एथलेटिकोले बिल्वाओलाई १-० ले पराजित गरेको छ। एट्लेटिकोको जितमा दोस्रो हाफ पछि ७३औं मिनेटमा एन्टोइन ग्रिजम्यान गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ भने पराजित विल्वाओ ३२ अंकसहित ...
क्याडिजलाई २-० ले पराजित गरेकाे बार्सिलोनाकाे शीर्षस्थान कायमै काठमाडौं। बार्सिलोनाले फेरि पनि सहज जित हासिल गर्दै स्पेनिस ला लिगाको शीर्षस्थान कायमै राखेको छ। घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्षस्थान कायमै राखेको हो। स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ८ अंकको स्पष्ट...
म्यानचेस्टरको लेस्टर सिटी माथि सानदार जीत काठमाडौं। म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथि सानदार जीत निकालेको छ। इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३-० ले पराजित गरेर सानदार जीत निकालेको हो। ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोल...
इंग्लिस प्रिमियरमा टोटेनहम हटस्परको २-० जीत काठमाडौं। टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि बिजय हासिल गरेको छ। इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथि २-० ले बिजय हासिल गरेको हो। टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामल...
इन्जुरी समयमा मेस्सीले फ्रि किक सदपुयोग गर्दा पिएसीको जीत काठमाडौं। पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ। आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो। यसअघि काइलियन एमबाप्पेल...
दिल्ली टेस्टमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो, शृङ्खलामा २-० को अग्रता काठमाडौं । दिल्लीमा जारी दोस्रो टेस्टको तेस्रो दिन भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । भारतले केवल चार विकेट गुमाएर ११५ रनको लक्ष्य पुरा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए । यस खेलमा कुल १...
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको अर्को रेकर्ड काठमाडौं । क्रिकेटर विराट कोहली अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् । आइतबार विराट कोहलीले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हास...
दिल्ली टेस्टमा अस्ट्रेलियाको दोस्रो इनिङ्स ११३ रनमा सीमित, जडेजाले लिए सात विकेट काठमाडौं । दिल्लीमा जारी दोस्रो टेष्ट म्याचको तेस्रो दिन अस्ट्रेलियाको दोस्रो इनिङ्स कमजोर बन्यो र ११३ रनमा सिमित भयो । यसरी पहिलो इनिङ्समा एक रनको अग्रता लिएको अष्ट्रेलियाविरुद्ध भारतले दोस्रो इनिङ्समा १ सय १५ रन जोड्नुपर्नेछ । आजको खेलमा...
इन्जुरी समयको २ गोलले आर्सनल पुनः शिर्ष स्थानमा काठमाडौं। इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएको छ। एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै इन्जुरी समयमा दुई गोल गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लाले...