content
stringlengths
20
64.1k
मार्चपछि पिएसजीको पहिलो हार काठमाडौँ। पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो। स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो। केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न...
अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्था...
चर्च ब्वाइजको अपराजित यात्रा, मछिन्द्र ३–१ ले पराजित पोखरा । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो । पहिलो हाफ २–० को अग्रता लिएको चर्च ब्याइजले दोश्र...
नेपाल टी-२० लिग: काठमाडौंको तेस्रो जित काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपु...
अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो काठमाडौं। एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १-१ को बराबरीमा रोकिएको छ। घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग...
पेलेको निधनमा शोकाकुल ब्राजिल बोकाइना डे मिनास । विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक शोकाकुल छ । पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानबाट सन्नाटा छाएको छ । फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंस...
ऋषभ पन्त दुई महिनामा मैदानमा हुनेछन्, बीसीसीआइले प्लास्टिक सर्जरीको निर्णय लिने काठमाडौं । ऋषभ पन्तको स्वास्थ्यबारे सोधिएको प्रश्नमा दिल्ली र जिल्ला क्रिकेट संघ (डीडीसीए)का सहसचिव राजन मनचन्दले डाक्टरको रिपोर्टअनुसार पन्तलाई दिल्ली लैजाने बताएका छन् । उनले समाचार एजेन्सी एएनआईलाई भने, “प्लास्टिक सर्जरी गर्ने निर्णय बीस...
रोनाल्डो कीर्तिमानी मूल्यमा साउदी क्लबमा अनुबन्ध काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए । सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर...
कार दुर्घटनामा परी ऋषभ पन्तको घुँडा, नाडीसहित धेरै ठाउँमा चोट काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुक्रबार दिउँसो सडक दुर्घटनामा परी क्रिकेटर ऋषभ पन्त घाइते भएको जानकारी दिएको छ । बीसीसीआई सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ- भारतीय विकेटकिपर ऋषभ पन्तको कार उत्तराखण्डको रुडकीमा शुक्रबार दुर्घटनामा परेको छ । उनल...
क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते काठमाडौं । भारतको उत्तराखण्डको रुडकीमा शुक्रबार भएको कार दुर्घटनामा परी क्रिकेट खेलाडी ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर ऋषभ पन्तको कार उत्तराखण्डको रुडकी मा डिभाइडरमा ठोक्किएको हो । उक्त दुर्घटनामा ऋषभ पन्त गम्भिर घाइते भएका छन् । समा...
पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा पोखरा । केहि दिनअघि मात्रै मनाङ मर्स्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ ...
नेपाल टी-२० : काठमाडौंलाई हराउँदै लुम्बिनीको लगातार पाँचौं जित काठमाडौँ। काठमाडौं नाइट्सलाई हराउँदै लुम्बिनी अलस्टार्सले हराउँदै पाँचौं जित निकालेको छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी– २० खेलअन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीले जारी लिगमा लगा...
पेले: सम्झनामा ‘फुटबलका सम्राट’ बीबीसी। विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ। उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्। १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को...
आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी, आयोजक बाहिरियो कास्की । धरान फुटबल क्लब आजदेखि पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने ...
ए डिभिजन लिगको मिति परिवर्तन काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको छ । बिहीबार ललितपुरमा ए डिभिजन क्लबबीच भएको बैठकले प्रतियोगिता फागुन १९ गतेबाट सुरु गर्ने सहमति गरेको हो । लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ । लिगको मिति तय एन्फाले बिहीबार ’ए’ डिभ...
नेपाल टी२० लिगः बिराटनगर र जनकपुरको जित काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ । साथै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो । टियु म...
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा काठमाडौं । सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुछ लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थिय...
भारतसँगको टेष्ट सिरिज २–० ले पराजित भएपछि बंगलादेशका मुख्य प्रशिक्षकले राजीनामा दिए काठमाडौं । भारतसँगको दुई खेलको टेष्ट सिरिजमा पराजय भोगेपछि बंगलादेशका मुख्य प्रशिक्षक रसेल डोमिङ्गोले राजीनामा दिएका छन् । उनले गत मंगलबार आफ्नो निर्णयको बारेमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई बताए। त्यसको दुई दिनअघि मात्रै भारत र ब...
प्यालेस्टाइनलाई समर्थन गरेका कारण विश्वकपमा रोनाल्डोलाई खेल्न नदिएर बेन्चमा राखियो काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । टर्कीको आधिकारिक एनाडोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रममा भने, “उनीहरूले...
नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल काठमाडौँ। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ। बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए। विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन्। ६२औं मिनेटमा नेयमारले दोस्रो पहेल...
पेलेको स्वास्थ्य अवस्था गम्भीर साओपाउलो । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्व...
स्पेनीस क्लबसँगको खेलमा गण्डकी पराजित कास्की । स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो । कासेरेन्योले...
नेपाल टी–२० लिगः पोखराको लगातार चौथो हार काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार चौथो हार ब्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा बिराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको छ । बिराटनगरले लिगमा पहिलो जित निकालेको छ । पोखराले दिएको १४० रनको लक्ष्य बिराटनगरले १७.५ ओभरमा ४ विके...
नेपाल टि ट्वान्टी क्रिकेटः सुपर ओभरमा लुम्बिनीको जित काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो ।...
मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन्। मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो। अन्जनले सामाजि...
आयुष, सुनिल, गौतमसहित ६ खेलाडी संकटामा काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगको मिति तय नहुँदै संकटा क्लबले ६ नयाँ खेलाडी अनुबन्ध गरेको छ।  घरेलु फुटबलका प्रभावशाली विंगरद्वय आयुष घलान र सुनिल बलसँगै रक्षकहरु निसान खड्का र गौतम श्रेष्ठ, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापालाई संकटाले अनुबन्ध गरेको हो। गत संस्...
आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने कास्की । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन...
नेपाल टी–२० लिगः लुम्बिनी र काठमाडौंको जित काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले जित हासिल गरेका छन् । टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोर्न बाध्य भयो । लुम्बिनीको भने यो...
सयौं टेस्टमा वार्नरको दोहोरो शतक, दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलिया बलियो काठमाडौं । डेभिड वार्नरको दोहोरो शतकको मद्दतमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध मेलबर्नमा जारी दोस्रो टेस्टमा बलियो पकड बनाएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले तीन विकेट गुमाएर ३ सय ८६ रन बनाएको छ । अहिलेसम्म अस्ट्रेलियाको खाताम...
खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद गरे घेराउ {भिडियो} काठमाडौं । नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् । अस्तित्वमा रहेको संघलाई नियमविपरित खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थीत राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले ...
सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु {भिडियो} काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजन...
इङ्ल्यान्डका कप्तान बेन स्टोक्स आईसीसीसँग किन रिसाए ? काठमाडौं । इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटलाई पर्याप्त महत्व नदिइएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हालै पाकिस्तानलाई टेष्ट सिरिजमा ३–० ले पराजित गरेका बेन स्टोक्सले बीबीसीको एक कार्यक्रममा पूर्व क्रिकेटर इ...
आर्सनलको लय कायमै काठमाडौं। स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ। बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३-१ ले हरायो। खेलको २७औं मिनेटमा साइड बेन्रा...
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै पोखरा।पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको ...
प्रिमियर लिगमा सात खेल हुँदै काठमाडौं । लामो समय विश्राममा रहेको इंग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् । साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरु हुने तालिका छन् । ले...
टी–ट्वान्टी लिग: फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित {भिडियो} काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटल...
उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन काठमाडौँ। उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ। नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए। उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो। नेइललाई आइतबार कोमामा राखिएको थियो। नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो। नेइलले उरुग्वेको...
खुसी छैनन् कोन्टे काठमाडौँ। कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ। तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन्। उनले भनेका छन्,‘ साच्चै म खुसी छैन।,’ टोटनहमका १२ खेलाडीले कता...
नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा काठमाडौँ। नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन्। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ। आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियो...
बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने बैतडी। बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ। नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्या...
विराटनगरलाई लुम्बिनीको १५८ रनको लक्ष्य (फोटो फिचर) काठमाडौं। नेपाल टी-२० लिगअन्तर्गत जारी खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १५८ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको हो। लुम्बिनीका ओपनर मिलान्थाले अविज...
नेपाल र बंगलादेश सेमिफाइनलमा भीड्दै काठमाडौँ। काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो। लिग चरणको पहिलो खेलमा बंगला...
नेपाल टी २० क्रिकेट : पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगरबीच हुँदै काठमाडौं। नेपाल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा दुई खेल हुँदैछ। आइतबार पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ। खेल बिहान ९ः१५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ। व...
मेसी पिएसजी सम्झौता नजिक काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन्। बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन्। कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन्। मेसी विजयी र्‍यालीमा सहभागी छन्। मेसीले जुनम...
नेपाली भलिबल टोलीलाई लगातार तेस्रो असफलता काठमाडौं । काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित विहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ । बंगलादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५–१६ ले गुमा...
आइपीएलः मिनी अक्शन पछि कुन टिम कस्तो बन्यो ? काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल)२०२३ को लागि मिनी अक्शन सकिएको छ । शुक्रबार कोचीमा सकिएको अक्शनमा ४५० खेलाडीले आफ्नो नाम दर्ता गराएपनि २९ विदेशी खेलाडीसहित ८० खेलाडी मात्रै बिक्री भएका थिए । बिक्री भएकामध्ये इंग्ल्याण्डका अलराउण्डर साम करनले ऐतिहासिक मुल्य पाएका छन् ...
बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि काठमाडौ ।  प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङ...
नेपाल टी–२० लिगः लुम्बिनी र काठमाडौंको विजयी सुरुवात काठमाडौं । काठमाडौंमा शनिबारबाट सुरु पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले फार वेस्टर्न युनाईटेड तथा काठमाडौंले पोखरा एभेन्जर्सलाई पराजित...
नेपाल टी २०ः काठमाडौंको विजयी सुरुवात काठमाडौ । काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित ब...
आइपिएल लिलामीमा मालामाल भएपछि खेलाडीहरूले के भने ? काठमाडौं । आइपिएल २०२३ को मिनी लिलामी शुक्रबार कोच्चिमा भयो। होटल ग्रान्ड हयातमा भएको यस लिलामीमा इङ्ल्यान्डका अलराउन्डर साम कुरानको दबदबा रह्यो । साम कुरानलाई पञ्जाब किंग्सले १८.५० करोडमा किनेको थियो । योसँगै साम कुरन आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । ...
भारत र एसिया कप विवादमा पाकिस्तान क्रिकेट बोर्डका नयाँ अध्यक्षले के भने ? काठमाडौं । पाकिस्तानमा पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष पदबाट रमीज राजालाई हटाएर नजम सेठीलाई अस्थायी रूपमा यो जिम्मेवारी दिइएको छ । पीसीबी अध्यक्षको निर्वाचन नभएसम्म नजम सेठीले यो जिम्मेवारी सम्हाल्नेछन् । पदभार सम्हालेपछि उनले पत्रकार सम्मेलन ग...
फिल्म निर्माता तथा तेक्वान्दो खेलाडी राजकुमार राईलाई केपिलासगढी गाउँपालिकाको सम्मान खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई सम्मान गरेको छ । केही दिनअघि गृहपालिका आइपुगेका राईलाई शुक्रबार गाउँपालिकाले सम्मान गरेको हो । तेक्वान्दो खेलाडी तथा फिल्म निर्माता...
अन्तर्राष्ट्रिय भलिबलः नेपाल श्रीलङ्कासँग पराजित काठमाडौं । बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा...
महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई भैरहवा । शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो । उपाधिसंगै सञ्...
आईपीएलः इतिहासकै महंगो खेलाडी बने साम करन काठमाडौं । इण्डियन प्रिमियर लिगको अक्शनमा इंग्ल्याण्डका अलराण्डर साम करन इतिहासकै महंगो मूल्यमा बिक्री भएका छन् । कोचीमा जारी अक्शनमा उनलाई पञ्जाब किंग्सले कीर्तिमानी १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । उनको बेस प्राइस २ करोड भारु थियो । बायाँहाते अलराण्डर करन सन् २०२२ को...
‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ। एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए। बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो। ‘बैठकले ...
लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा काठमाडौं। लिभरपुललाई ३-२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ। बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे। लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक-एक ...
राजवीर र ताङ फाइनलमा काठमाडौं। नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन्। मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-३ को सोझो सेटमा पराजित गरे। फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ ...
राइट टु प्रोटिन रन माघ ७ मा काठमाडौं। नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ। हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए। पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५...
नेपाल बङ्गलादेशसँग पराजित काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ...
नेपाल टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सर्‍यो काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहा...
आइपीएलको खेलाडी लिलामी भोलि, कुन टिमले कति खेलाडी किन्न सक्छन् ? काठमाडौं । आइपिएल २०२३ को लागि खेलाडीहरूको मिनी लिलामी कोच्चिमा २३ डिसेम्बर अर्थान भोलि शुक्रबार हुने भएको छ। सबै १० फ्रेन्चाइजी टोलीहरूसँगै, प्रशंसक र क्रिकेटरहरू पनि आइपिएलको यो मिनी लिलामीको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। यस पटकको मेगा लिलामीमा ४ ...
भलिबलः नेपाल र बंगलादेश भिड्दै काठमाडौँ। बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।   नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको छ। नेपाल भलिबल संघ (एनभिए) ले गत आइतबार नै १९ सदस्यीय...
मेसी अझै एक वर्ष पिएसजीमा रहने काठमाडौं। विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन्। मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्द...
एम्बाप्पले क्लब फुटबलमा फर्किए काठमाडौं। कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका...
साइग्लोबल कप : सुरुवाती खेलमा न्यू होराइजन विजयी भैरहवा । रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात गरेको छ । न्यू हो...
नेपाल टी–२० लिगः विराटनगरको टिम घोषणा काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टिम घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विराटनगरले १७ सदस्सीय टिम घोषणा गरेको हो जसअनुसार विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्नेछन् । विराटनगरले प्रतियोगिताका...
मेसीका लागि पढाइ छाडेकी एन्टोनेला लसएञ्जल्स । लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए । फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो नै भइन् । मेसी पत्नी एन्टोनेला कुनै स्टारभन्दा कम छैनन् । एन्टोनेला एक प्रख्यात मोडल हुन् । उनले डेन्टिस्ट...
पाकिस्तान क्रिकेटमा ठूलो हलचल, क्रिकेट बोर्ड प्रमुख रमिज राजा बर्खास्त काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजालाई पदबाट बर्खास्त गरिएको छ । रमीज राजा आफ्नो बयानका कारण लगातार विवादमा परेका थिए, यही बीचमा यो कडा कारबाही गरिएको हो । रमीज राजाको स्थानमा नजम सेठीलाई पाकिस्तान क्रिकेट बोर्डको नयाँ अध्यक्ष बना...
अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका खेलाडीमाथि रंगभेदी दुर्व्यवहार काठमाडौं । फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले मंगलबार भनेको छ कि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सेली टोलीका धेरै खेलाडीहरू सोशल मिडियामा “घृणित” जातिवादी दुर्व्यवहारको शिकार भएका छन्। महासंघले यसविरुद्ध कानुनी उजुरी दिने जना...
आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि कास्की। राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प...
अर्जेन्टिनाको अर्को मेस्सी को होला ? यी हुन सक्छन् अर्को विश्वकपमा इतिहास रच्ने खेलाडी काठमाडौं । लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार लुसेलमा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो । यो जितसँगै ल...
रोहित शर्मा र नवदीप सैनीले बंगलादेशसँगको दोस्रो टेस्ट नखेल्ने काठमाडौं । भारत र बंगलादेशबीच दुई खेलको टेष्ट शृंखला हुँदैछ, जसको दोस्रो खेल २२ डिसेम्बरमा मिरपुरमा हुनेछ । रोहित शर्मा र नवदीप सैनीले दोस्रो र अन्तिम खेल खेल्न पाउने छैनन् । बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै रोहित शर्माको देब्रे हातको औंलामा चोट लागेको कार...
घरेलु मैदानमा पाकिस्तानको हार, इंग्ल्याण्डले टेष्ट सिरिज ३–० ले जित्यो काठमाडौं । तीन खेलको टेष्ट सिरिजको अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै सिरिज ३–० ले जितेको छ । पाकिस्तानले आफ्नै भूमिमा टेस्ट सिरिजमा लज्जास्पद हार बेहोरेको यो पहिलो पटक हो । कराँचीमा भएको तेस्रो खेलमा पाकिस्तानले पहिले ब्...
किलियन एम्बाप्पे : फुटबलको नशा र त्यसको उन्मादले चम्किरहेका सुपरस्टारको कथा काठमाडौं । धेरै किसिमले अहिले संसार किलियन एमबाप्पेको खुट्टामा छ। आइतवार विश्वकपमा अर्जेन्टिनासँग फ्रान्सेली टोली पेनाल्टी सुटआउटमा पराजित भए पनि एम्बाप्पे ह्याट्रिक गरेपछि विश्वभर चर्चाको केन्द्रमा छन् । २३ वर्षीय एमबाप्पेले गरेको कामलाई धेरै ...
मलाई लाग्छ बाबर आजम विरोधमा मैदानमा आएनन् – राशिद लतिफ काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले इङ्ल्यान्डविरुद्धको तेस्रो टेष्टको दोस्रो दिन विरोध गर्दै मैदान उत्रन अस्वीकार गरेका छन् । बाबर आजमको अनुपस्थितिमा मोहम्मद रिजवानले कप्तानी सम्हालेका थिए । सुरुमा आजम नआएपछि टाउको दुखाइको कारण मानिएको थियो । पछि...
बेहुलाले मेस्सीको र बेहुलीले एम्बाप्पेको जर्सी लगाएर बिहे ! काठमाडौं । हुन त भारत क्रिकेटको क्रेजको लागि परिचित छ, तर केरलाको फुटबलको प्रेमले यसलाई अलग बनायो। आइतबार अर्जेन्टिना र फ्रान्सबीच खेलिएको फिफा कपको फाइनल पनि केरलामा हेरिएको थियो । हजारौं मानिसहरूले राज्यभर अस्थायी स्क्रिनहरू जडान गरेर खेल हेरिरहेका थिए। सडकम...
विश्वकप जितेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले भने ‘एमबाप्पेका लागि एक मिनेट मौनधारण’ काठमाडौं । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले आइतवार फिफा विश्वकपको फाइनल जितेर ड्रेसिङ रुममा खुसी मनाउँदै एमबाप्पेका लागि एक मिनेट मौनधारण गर्ने कुरा गरेका छन् । फ्रान्सका २३ वर्षीय खेलाडी एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गर्...
विश्वकप फाइनलमा पराजयको एक दिनपछि आयो किलियन एमबाप्पेको ट्विट, के भने ? काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना च्याम्पियन बनेको छ । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । यो खेल अप्स र डाउनले भरिएको थियो र दुबै टोलीको जर्सी नम्बर-१० अर्था...
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा काठमाडाैं। रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा टि्वीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका...
गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने कास्की । नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा पुस ६ देखि १० गतेसम्म प...
नेपाललाई १० स्वर्ण कठमाडौं । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ । मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनशिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईब...
नेपाल टी–२० लिगमा सहभागी हुने ६ विदेशी खेलाडी आए काठमाडौं । शुक्रबारबाट सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आएका छन् । नेपाल टी–ट्वान्टीमा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु सोमबार अपरान्ह नेपाल आएका हुन् । जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चा...
अर्जेन्टिनाको जितपछि अस्पतालबाट पेलेको भावुक सन्देश – ‘डिएगो मुस्कुराइरहेका होलान्…’ काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए । खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका प...
सास रोकिने रोमाञ्च र वर्षौंदेखिको सपनाको पूर्णताको ‘परी कथा’ काठमाडौं । लियोनल मेस्सी विश्वकप फुटबल ट्रफीको नजिक पुगे । उनी अलिकति झुके र धेरै नम्रताले ट्रफीलाई चुम्बन गरे। र जब विश्वकप ट्रफी हातमा आयो, उनले भने, “म यसलाई धेरै दृढताका साथ चाहन्थें। मलाई लागिरहेको थियो कि भगवानले मलाई यो दिनुहुनेछ। यो मेरो पल हो।” कतारक...
एमबाप्पेलाइ मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले पेरिस। फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार ब्यहोरे। साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो। फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन्। पराजयसँ...
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि काठमाडौँ। दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो...
अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको हो । लुसेल स्टेडियममा भएको ख...
एम्बाब्पेको ह्याट्रिक, खेल पेनाल्टीमा काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सका केलियन एम्बाब्पेले ह्याट्रिक प्रहार गरेका छन् । खेलको ११८ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक बनाएका हुन् । लुसेल स्टेडियममा जारी अर्जन्टिना र फ्रान्सबीचको खेलमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको छ ।
अर्जन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा धकेलियो काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल अतिरिक्त समयमा गएको छ । लुसेल स्टेडियममा जारी अर्जन्टिना र फ्रान्सबीचको खेलमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको हो । पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिए पनि दोस्रो हाफको दुई मिनेटम...
फ्रान्सले फर्कायो २ गोल काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्सले २ गाले फर्काएको छ । लुसेल स्टेडियममा दास्रो हाफमा फा्रन्सले २ गोल फर्काएको हो । फ्रान्सका केलियन एम्बाब्पेले २ गोल हानेका हुन् । उनले ८० औँ मिनेटमा पेनाल्टीमार्फत तथा ८१ औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । पहिलो हाफमा फ्रान्सविरुद्ध अर...
विश्वकप फाइनलः पहिलो हाफमा अर्जेन्टिनाको अग्रता काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ । लुसेल स्टेडियममा पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिएको छ । अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डि मारियाले एक/एक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टी मार्फ...
वेष्ट इण्डिजका केसरिक विलियम्सले जनकपुरबाट खेल्ने काठमाडौं । वेष्ट इण्डिजका बलर केसरिक  विलियम्स जनकपुरबाट नेपाल टी–२० लिग खेल्ने भएका छन् । अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिगका लागि उनलाई जनकपुर रोयल्सले अनुबन्ध गरेको हो । ३२ वर्षिय विलियम्सले वेष्ट इण्डिजबाट ८ ओडीआई तथा २६ टी२० अन्तर्राष्ट्रिय ख...
फिफा विश्वकप जसले जिते पनि सक्कली ट्रफी पाउने छैनन् ! काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनलमा आज फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ । यो फाइनल खेल नेपाली समय अनुसार बेलुका ८.४५ बजे दोहाको लुसेल रंगशालामा हुनेछ । जहाँ डिफेन्डिङ च्याम्पियन फ्रान्सले तेस्रो पटक उपाधि जित्ने प्रयास गर्नेछ । योसँगै लियोनल मेस्सीको अ...
विश्वकपको समापन समारोहमा नोरा फतेहीको प्रस्तुती रहने काठमाडौं । फिफा विश्वकप २०२२ सकिन अब एक दिन मात्र बाँकी छ। प्रतियोगिताको फाइनल आज अर्जेन्टिना र फ्रान्सबीच हुनेछ । त्यसअघि समापन समारोह हुने भएको छ । यस समारोहमा रंगारंग कार्यक्रम आयोजना गरिने छ, जसमा नोरा फतेहीको नृत्य पनि देख्न सकिनेछ । फाइनल खेल हुनुभन्दा करिब दुई...
ओलिभर गिराउडको चोटले फ्रान्सको टिममा चिन्ता, फाइनल खेल्न सक्नेमा शंका काठमाडौं । आज विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । उपाधिका लागि अन्तिम खेल खेल्ने बेला स्टार स्ट्राइकर ओलिभर गइराउडको चोटले फ्रान्सको टिमको चिन्ता बढाएको छ । ओलिभर गिराउडको फिटनेसलाई लिएर फ्रान्सेली क्याम्पमा केही चिन्ता छ। गिराउड प्रत...
विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई ! काठमाडौं । क्रिस्टियानो रोनाल्डो अब विश्वकपमा छैनन् । यद्यपि यसको मतलब यो होइन कि फ्रान्स र अर्जेन्टिनाको बीचमा तय हुने नयाँ विश्व च्याम्पियनको उपाधि कसले जित्छ भन्नेमा उनको चासो छैन । क्रिस्टियानो कसले जितोस् भन्ने चाहन्छन् भनेर धेरैले सोचिरहेका छन् । धेरैले उनको समर्थन ...
विश्वकप फाइनलमा अर्जेन्टिना होम टिम र फ्रान्स अवे टिम ! दुवैले कस्तो जर्सी लगाउँछन् ? काठमाडौं । आज विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । अर्जेन्टिना र फ्रान्सले यो आइतवार आफ्नो देशको लागि तेस्रो विश्वकप जित्ने प्रयास गर्नेछन् । दुवैले यसअघि २-२ विश्वकप जितेका छन् । लियोनेल मेस्सी र जुलियन अल्भारेजको अर्ज...
फिफा विश्वकप फाइनल अर्जेन्टिना भर्सेज फ्रान्स : के मेस्सीले म्याराडोनासँग बराबरी गर्न सक्लान् ? ग्यारी लिनेकर, पूर्व फुटबलर काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । यो खेलको नतिजा जेसुकै होस्, तर लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा यहीँ अन्त्य हुनेछ । र, मलाई थाहा छ उनीबिना फुटबलको आ...
फाइनलमा मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा, यसअघि विश्वकपमा वर्चस्व कायम गर्ने ६ खेलाडी को-को हुन्? विश्वकप प्रतियोगिताको आइतवार हुने अन्तिम खेलमा आर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। यी देशलाई फाइनलसम्म पुर्‍याउन लियोनेल मेस्सी र किलियान एम्बाप्पेले महत्त्वपूर्ण भूमिका खेलेका छन्। के आर्जेन्टिनाले उपाधि उचाल्...