content
stringlengths
20
64.1k
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ुएफुबाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया...
इङ्ल्याण्डले टेस्टमा पनि एकदिवसीयजस्तो ब्याटिङ गरेपछि… काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा बिहीबार (डिसेम्बर १) देखि इंग्ल्याण्ड र पाकिस्तानबीचको ऐतिहासिक टेस्ट सिरिज सुरु भएको छ । अघिल्लो दिन इंग्ल्याण्डका खेलाडी बिरामी भएको खबर आएपछि टेस्टमा केही संकट परेको देखिए पनि यो खेल निर्धारित समयमा सुरु भएको थियो । यस खेलमा इ...
राष्ट्रिय क्रिकेटः लुम्बिनीद्वारा प्रदेश–१ पराजित काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लु...
१० टिम विश्वकपको नकआउट चरणमा पुगे, थप ६ टिमको छिनोफानो हुन बाँकी काठमाडौं । फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् । अन्य ८ समूहका टिमहरुले १–१ खेल खेल्न बाँकी छ । यी समूहबाट पनि २ टिक नकआउट पुग्ने निश्चित भइसकेको ...
विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा काठमाडौँ। अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन्। गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तर...
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १-० गोलअन्तरले पराजित भए पनि फ...
खेल्नका लागि पाकिस्तान पुगेका इङ्ल्यान्ड क्रिकेट टोलीका १४ सदस्य ‘अज्ञात भाइरस’बाट संक्रमित काठमाडौं । डिसेम्बर १ बाट सुरु हुने इंग्ल्यान्ड र पाकिस्तानबीचको टेष्ट सिरिजमा ठूलो संकट आएको छ । खेलको एक दिनअघि इंग्ल्याण्डका कप्तान बेन स्टोक्ससहित टोलीका १४ सदस्य भाइरसको सिकार भएका छन् । यो खबर रावलपिंडीमा हुने टेस्ट म्याचक...
क्रिकेट खेलाडीबारे आश्चर्यजनक खुलासा, बढी पैसाका लागि देशको राष्ट्रिय टिम छाड्दैछन् खेलाडी काठमाडौं । फेडरेशन अफ इन्टरनेशनल क्रिकेटर्स एसोसिएसन (फिका) ले आफ्नो एक रिपोर्टमा चकित पार्ने खुलासा गरेको छ । फिकाले विश्व क्रिकेटमा ठूलो परिवर्तन आउन लागेको बताएको छ । उसको रिपोर्टमा भनिएको छ कि विश्वभरका अधिकांश क्रिकेटरले अहि...
कतारले विश्वकपको तयारीमा ठूलो संख्यामा मजदूर मारिएको स्वीकार गर्‍यो काठमाडौं । फिफा विश्वकपको आयोजक देश कतारका एक उच्च अधिकारीले पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको स्वीकार गरेका छन् । कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आंकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेर...
पुरुष विश्वकपमा भोलिको खेलमा पहिलोपटक सबै रेफ्री महिला हुने काठमाडौं । कोस्टारिका र जर्मनीबीच बिहीबार हुने समूह चरणको खेलमा पहिलो पटक पुरुष विश्वकप खेलको जिम्मा सबै महिला रेफ्री टोलीले लिनेछ। स्टेफनी फ्रापार्ट पुरुष विश्वकपमा रेफ्री हुने पहिलो महिला हुनेछिन् । गत मंगलबार मेक्सिको र पोल्याण्डको खेलका लागि चौथो अफिसियलको...
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा काठमाडौँ। विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले ज...
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा काठमाडौं। नेदरल्याण्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। मंगलबार राति भएको समूह ए को खेलपछि नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका हुन्। अन्तिम खेलमा नेदरल्याण्ड्सले आयोजक कतारलाई २-० ले हरायो भने सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गर्‍...
यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी काठमाडौँ। यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। प्रदेश-१ को जीतमा सोन...
नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप काठमाडौँ। नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ।  अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो। संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको ल...
भारत, पाकिस्तान २०२३ विश्वकपका लागि छनोट, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका समस्यामा काठमाडौं । विश्वकप २०२३ का लागि भारत, पाकिस्तानसहित सात टोली हालको टिम वरियताका आधारमा छनोट भएका छन् । अफगानिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । योसँगै अफगानिस्तान अर्को वर्ष (२०२३ मा) हुने एकदिवसी...
विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ। कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घाना दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। खेलको २४औँ मिनेटमा मोहमद सालि...
पोर्चुगल र ब्राजिल एक खेल विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश काठमाडाैं। पोर्चुगल र ब्राजिल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन्। पोर्चुगल ब्राजिलले लगातार २-२ खेलमा जीत निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएका हुन्। आज बिहान लुसले रंगशालामा भएको खेलमा पोर्चुगलले उरुग्वेमाथि २-० गोलको जीत निकालेको ह...
दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै घाना विजयी काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गो...
कुदुसको दोस्रो गोलसँगै घानालाई ३–२ को अग्रता काठमाडौं । घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुनः पछि परेको छ । खेलको ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाले ३–२ को अग्रता लिएको हो । त्यसअघि पहिलो हाफको ३४औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए । घानाका लागि पहिलो गो...
राष्ट्रिय क्रिकेट प्रतियोगिताः प्रदेश १ माथि सुदूरपश्चिमको फराकिलो जित काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतिय...
विश्वकप फुटबलको रोमान्चक खेलमा क्यामरुन र सर्वियाबीच ३–३ को बराबरी काठमाडौं । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दुई मि...
ऋतुराज गायकवाडले एक ओभरमा सात छक्का हानेर बनाए विश्व कीर्तिमान काठमाडौं । ऋतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गरी विश्व कीर्तिमान बनाएका छन् । सोमबार महाराष्ट्र र उत्तर प्रदेशबीच भएको विजय हजारे ट्रफीको क्वाटरफाइनल खेलमा ऋतुराजले खेलको ४९ औं ओभरमा सात छक्का प्रहार गरेका थिए । 6⃣,6⃣,6⃣,6⃣,6⃣nb,6⃣,6⃣ Ruturaj Gaikw...
विश्वकप : के जर्मनीको यात्रा समूह चरणमै समाप्त हुन्छ ? कस्तो छ अर्जेन्टिनाको अवस्था ? काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा उथलपुथल जारी छ । आइतवार, मोरक्कोले फिफा वरियतामा दोस्रो स्थानको टोली बेल्जियमलाई पराजित गर्दै अर्को अपसेट जित निकालेको छ। यस विश्वकपको सुरुवातदेखि नै धेरै ठूला अपसेटहरू भएका छन् र मुख्य भनेको पहिल...
चीनमा कतार विश्वकपको प्रत्यक्ष प्रसारणको भिडियोमा मैदानमा भएका दर्शक किन देखाइँदैन ? काठमाडौं । चीनको राष्ट्रिय प्रसारकले कतारमा जारी फुटबल विश्वकपको प्रसारणको क्रममा भीडको तस्बिरहरू सेन्सर गरिरहेको छ। कतारमा जारी विश्वकपमा एकातिर मैदानमा दर्शकको बाक्लो भीड हुन्छ भने अर्कोतर्फ चीनमा शून्य कोभिड नीति अन्तर्गत धेरै प्रति...
स्पेन र जर्मनीको खेल बराबरी काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन्। अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग...
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो। क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दु...
विश्वकप फुटबलमा बेल्जियममाथि मोरोक्कोकाे रोमान्चक जित काठमाडौं । विश्वकप फुटबलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा मोरोक्कोले बेल्जियमलाई २–० गोलले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो हाफमा दुई गोल गरेको हो । मोरोक्कोका लागि अब्देलहामिद साविरी र जाकारिया अ...
राष्ट्रिय क्रिकेटः गण्डकीमाथि सुदूरपश्चिमको जित काठमाडौं । उन्नाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो । खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्य...
फ्रान्स एक खेल नखेल्दै विश्वकपको नकआउट चरणमा काठमाडौं । फिफा विश्वकप २०२२ मा साविक विजेता फ्रान्स समूह चरणको एक खेल नखेल्दै नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बेलुका डेनमार्कलाई २–१ ले पराजित गरेसँगै फ्रान्स नकआउट चरण प्रवेश गरेको हो । फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियासँग खेल्न बाँकी छ । तर, यो खेल हारेको खण्...
विश्वकप फुटबलमा आज चार खेल हुँदै काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन्। विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। जापान द...
कतार विश्वकप : मेसी चम्किँदा अर्जेन्टिनाको जित काठमाडौं। मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २-० अन्तरले पराजित गरेको छ। दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ। पहिलो खेलमा साउदी अरेबियासँग अप्र...
विश्वकप फुटबलः अस्ट्रेलियासँग ट्युनिसिया पराजित काठमाडौं । विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन...
ब्राजिलियन स्टार नेयमार घाइते, आगामी दुई खेलबाट बाहिर काठमाडौं । ब्राजिल टोलीका चिकित्सकका अनुसार टोलीका स्टार खेलाडी नेयमार दाहिने खुट्टामा चोट लागेका कारण आगामी दुई खेलबाट बाहिरिएका छन् । यसको मतलब नेयमारले कतार विश्वकपमा समूह चरणका कुनै पनि खेल खेल्न पाउने छैनन् । सर्बियाविरुद्धको खेलको ८० औं मिनेटमा ३० वर्षीय नेयमा...
विश्वकप फुटबलमा आज चार खेल हुँदै काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन्। विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ...
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी काठमाडाैं। कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्। कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/...
विश्वकप फुटबल प्रतियोगिताः इरानद्वारा वेल्स पराजित एजेन्सी । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल...
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी काठमाडाैं। कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ। ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले पराजित गर्यो। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए। पहिलो हाफसम्म दुवै टोल...
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्डकाे जित काठमाडौं । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको ए...
माछापुच्छ्रे–भ्याली पब्लिक बास्केटबल भोलिदेखि काठमाडौं । भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ बिधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजि...
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान काठमाडौं। फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ। दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो। समूह ‘ई’को आफ्नो पहिलो खेल...
विश्वकपमा क्रोएसिया र मोरोक्कोबीचको खेल गोलरहित बराबरीमा रोकियो काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ । खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोए...
फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे काठमाडौं। डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समूह डी मा गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन्। डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो। भारले दुबै गोललाई मान्यता दिए...
फिफा विश्वकपः अर्जेन्टिनालाई पहिलो गाँसमै ढुंगा काठमाडौं । फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले खराब सुरूवात गरेको छ। मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको हो । साउदी अरेबियाले पहिलो खेलमै उत्कृष्ट गर्दै अर्जेन्टिनालाई २–१ गोलले हराएको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाव...
नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्न...
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल काठमाडौं। बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६-२ को जित निकालेको छ। सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ। गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड ...
विश्वकप २०२२ः इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल काठमाडौं । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६–२ को जित निकालेको छ । सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ । गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर...
कतार विश्वकपः आज तीन खेल हुँदै काठमाडौं। कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ। यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ। युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ। एसियाली मुलुक इरान २०औ स...
विश्वकपको उदघाटन खेलमा इक्वेडरसँग आयोजक कतार पराजित काठमाडौं। इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ। कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा ...
विश्वकपको उद्घाटन समारोहमा यि चर्चित कलाकारले दिदैछन् प्रस्तुती काठमाडौं । विश्व फुटबलको कुम्भमेलाको रुपमा हेरिएको फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । अल बायत स्टेडियममा आज उद्घाटन खेलभन्दा अघि उद्घाटन समारोह हुनेछ । निकै भव्य हुने आँकलन गरिएको उद्घाटन समारोहलाई चाँसोको रुपमा हेरिएको छ । उद्घाट स...
विश्वकप फुटबलः नेपाली समय अनुसार कति बजे सुरु हुनेछ उद्घाटन खेल ? काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको...
फिफा प्रमुखले पश्चिमी देशहरूलाई ‘पाखण्डी’ बताउँदै भने- ‘आफ्नो गल्तीका लागि माफी माग्नुहोस्’ काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि फिफाका प्रमुखले आयोजक राष्ट्रको आलोचना गरेको भन्दै पश्चिमा राष्ट्रमाथि प्रहार गरेका छन् । फिफा प्रमुख जियानी इन्फान्टिनोले कतारको मानवअधिकार रेकर्डको आलोचना गर्ने कुरामामा पश्चिमी देशहरू पा...
एकै विज्ञापनमा मेसी र रोनाल्डो काठमाडौँ। क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी पहिलो पटक एकै विज्ञापनमा देखिएका छन्। दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै विज्ञापन गरेका छन्। सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुन...
बेन्जेमा विश्वकपबाट बाहिर काठमाडौं। फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो। बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन्। विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिड...
कतार विश्वकप आजबाट, जान्नै पर्ने यी कुरा काठमाडौं। पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ। पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ। समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति ...
क्रिकेट र फुटबल विश्वकपमा जमिन र आकाशको भिन्नता, कति छ पुरस्कार राशि ? काठमाडौं । टि-२० विश्वकप २०२२ समाप्त भएको छ। अब भोलिदेखि फुटबल विश्वकप (फिफा विश्वकप २०२२) सुरु हुँदैछ । यो प्रतियोगिता नोभेम्बर २० बाट सुरु हुँदैछ । कतारमा आयोजना हुने यस प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । फिफा विश्वकप पहिलो पटक खाडी मुल...
फिफाले विश्वकपअघि कतारको रक्षा गर्दै पश्चिमी देशहरूलाई ‘पाखण्डी’ भन्यो काठमाडौं । फुटबल विश्वकप सुरु हुनु एक दिन अघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतारको मानवअधिकार रेकर्डबारे रिपोर्टिङमा पश्चिमी देशहरूले “पाखंडी” व्यवहार गरेको आरोप लगाए। दोहामा भएको पत्रकार सम्मेलनमा इन्फान्टिनोले करिब एक घण्टा बोल्दै प्रतियोगिता ...
विश्वकपमा पहिलोपटक महिला रेफ्री हुने काठमाडौं । कतारमा छिट्टै विश्वकप फुटबल सुरु हुँदैछ । नोभेम्बर २० देखि सुरु हुने यो कार्यक्रम धेरै हिसाबले विशेष हुनेछ, जसको एउटा पक्ष यो हो कि फिफा विश्वकपमा पहिलो पटक महिला म्याच रेफ्री हुनेछन्। सलिमा मुकानसांगाले पुरुष अफ्रिका कप अफ नेसन्समा रेफ्रीको जिम्मेवारी सम्हालेकी छिन् र अब...
रोहित शर्माबाट कप्तानी खोसिन सक्ने काठमाडौं । टी-२० विश्वकपमा भारतको प्रदर्शन केही खास थिएन र उनीहरू सेमिफाइनलमा हारेर उपाधिको दौडबाट बाहिरिएका थिए। अब भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हारको पोस्टमार्टम गर्न थालेको छ। यसै क्रममा बोर्डले शुक्रबार चेतन शर्माको अध्यक्षतामा रहेको राष्ट्रिय छनोट समितिलाई बर्खास्त...
टी–२० विश्वकपमा हारपछि भारतको खेलाडी छनोट समिति भंग काठमाडौं । अस्ट्रेलियामा भएको टी–२० विश्वकपको फाइनलमा पुग्न असफल भएको भारतीय टोलीको प्रदर्शनको दोष चयन समितिमा परेको छ । बीसीसीआईले शुक्रबार चेतन शर्माको अध्यक्षतामा रहेको चार सदस्यीय वरिष्ठ राष्ट्रिय चयन समितिलाई विघटन गरेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार...
विश्वकपमा कतारका स्टेडियमहरूमा बियरको बिक्रीमा प्रतिबन्ध काठमाडौं । कतारमा हुने विश्वकप फुटबलको खेलमा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारमा यस्तो निर्णय गरेको हो । मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने क...
मोटर स्पोर्टस्का खेलाडीलाई नासाको सम्मान काठमाडौ । मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय महासंघ (एफआइए) ले आयोजना गरेका विश्व मोटर स्पोर्टस् च्याम्पियनसिप–२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टिम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएसन ९नासा० ले बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘एथ्लेट्स् अवार्ड’ प्रदान गरेको छ । गत...
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी दावा लामालाई दिइएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाल...
युएईविरुद्धको शृंखलामा नेपालको जित, आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट साझेदारी काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले...
नेपालले सुरू गर्‍याे जवाफी ब्याटिङ काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएकाे एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेकाे छ। यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियाे। ...
युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य काठमाडौँ। अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ। टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ। नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए। ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जो...
निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने काठमाडौँ। युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ। आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ।  सोमबारबाट सुरु भएको युएईविरुद्...
ब्रुनाको चम्किँदा पोर्चुगलको सहज जित काठमाडौं। ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले पराजित गरेको छ। बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन्। यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस...
एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिसः आशिष र इन्दिरा लाई स्वर्ण काठमाडौं । आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसे...
दोस्रो खेलमा नेपालसँग युएई तीन विकेटले पराजित काठमाडौं । नेपाल भ्रमणमा रहेको युएई नेपालसँग तीन विकेटले पराजित भएको छ । यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । बुधबार त्रिवि मैदानमा भएको खेलमा युएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल...
युएइले नेपाललाई दियो १९२ रनको लक्ष्य काठमाडौं। किर्तिपुर मैदानमा जारी नेपाल र युएइबीचको एकदिवसीय सिरिजको दोस्रो एकदिवसीयमा युएइले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको युएइ ४३.२ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो । युएइका लागि मुहम्मद वसीमले सर्वाधिक ५० रन बनाए । अलीशन शराफुले ३५, वृत्याँ अरविन्दले...
आईपीएलका दुई टोलीका कप्तानलाई नै टिमबाट हटाए काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा फ्रेन्चाइजीहरुले आ–आफ्नो टिमको पुनर्निर्माण सुरु गरेका छन् । यस प्रक्रियामा, केही खेलाडीहरूलाई लिलामीमा अर्को खेलाडीलाई अधिग्रहण गर्न सकियोस् भनेर रिलिज गरिन्छ। सनराइजर्स हैदरावादले कप्तान केन विलियमसनलाई रिलिज गरेको छ भने पञ्ज...
नेपाल र पाकिस्तान भिड्दै काठमाडौँ। नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज (बुधबार) आयोजना हुदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बन पछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ। खेल साझ ५ बजे सुरु हुनेछ। नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो। पाकिस्तानविरु...
नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै काठमाडौं । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुवात हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लाग...
किरोन पोलार्ड आइपिएल नखेल्ने काठमाडौं । मुम्बई इन्डियन्सका खेलाडी किरोन पोलार्डले अब आईपीएल खेल्ने छैनन् । उनले ट्वीटरमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘म अझै केही वर्ष खेल्न चाहन्थें, त्यसैले यो मेरो लागि त्यति सजिलो निर्णय भएन, तर मुम्बई इन्डियन्ससँग कुरा गरेपछि मैले आफ्नो आईपीएल क...
पोखरामा पुस पहिलो साता मेयर कप साइकल रेस हुने पोखरा । पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए । उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते...
पहिलो एकदिवसीय क्रिकेटमा युएईसँग नेपाल ८४ रनले पराजित काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पराजय व्यहोरेको छ । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको हो । युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ वि...
भलिबलमा उदाउँदा रवि बागलुङ– अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू–२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुगेका छन् । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उनी अग...
युएइले नेपाललाई २६४ रनको लक्ष्य दियो काठमाडौं । आजदेखि सुरु भएको नेपाल र युएइबीचको द्विपक्षीय एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा युएइले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएइले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६३ रन बनाएको हो । युएइका लागि अलराउण्डर रोहन मुस्तफाले अर्धशतकीय पारी ...
टि-२० विश्वकपको ‘मोस्ट भ्यालुएबल टिम’ घोषणा, ६ देशका खेलाडीले स्थान पाए काठमाडौं । टी–२० विश्वकपपछि आईसीसीले आफ्नो ‘मोस्ट भ्यालुएबल टिम’ घोषणा गरेको छ । आईसीसीले विभिन्न ६ देशको टोलीका ११ खेलाडीलाई ‘मोस्ट भ्यालुएबल टिम’ मा समावेश गरेको छ । यो टोलीमा टी–२० विश्वकप विजेता इंग्ल्यान्ड, उपविजेता पाकिस्तान, भारत, दक्षिण अफ्...
रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबलः ग्रिनफिल्ड र इबीए सेमिफाइनलमा काठमाडौं । ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अ...
टी–२० विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै च्याम्पियन बन्यो इंग्ल्यान्ड काठमाडौं । टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधी इंग्ल्यान्डले उचालेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै उपाधी चुमेको हो । इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । पाकि...
टी–२० विश्वकप फाइनल: पाकिस्तानद्वारा इंग्ल्यान्डसामु सामान्य लक्ष्य प्रस्तुत काठमाडौं । टी–२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई सामान्य लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य दिएको हो । इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको ...
फाइनलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्दै काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलवर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हरा...
नेपालसँग खेल्ने पाकिस्तानी टोली घोषणा काठमाडौँ। पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ। फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सा...
सम्बन्धविच्छेदको खबर बीच सानिया मिर्जा र शोएब मलिकको ठूलो घोषणा ! काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकले सम्बन्धविच्छेदको खबरका बीच ठूलो घोषणा गरेका छन् । दुबै छिट्टै सँगै देखिदैछन् । वास्तवमा, सानिया र शोएबले घोषणा गरेका छन् कि उनीहरूले एक टक शो ल्याउन लागेका छन्। यस कार्यक्रममा ...
आज टि-२० विश्वकपको फाइनल, दुवै टिमका ओपनर बन्न सक्छन् निर्णायक काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा आइतबार हुने टी–२० विश्वकपको फाइनलको नतिजा धेरै हदसम्म पाकिस्तान र इङ्ल्यान्डको ओपनिङ जोडीमा निर्भर रहनेछ । वास्तवमा यी जोडीले सेमिफाइनलमा दुवैलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । साँच्चै भन्ने हो भने यो फाइनलको खे...
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने अवसर पायो काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीस...
यु-२३ भलिवलमा २० खेलाडी छनोट काठमाडौँ। नेपाल भलिबल संघ (एनभिए)ले बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ। एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय ख...
सिटी र चेल्सी पराजित काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन्। सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन। जितसँगै ब्रेन्टफोर्डले १५ ख...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै ...
सेमिफाइनलमा हारपछि भावुक बनेका विराट कोहलीले के भने ? काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ । इंग्ल्याण्डले भारतलाई १० विकेटले हरायो । अब पाकिस्तानले आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । भारतबाट यस विश्वकपको स्टार खेलाडी विराट कोहलीले अहिले ट्वीटमा आफ्नो ...
मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा कामठाडौं। स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन्। यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन्।...
रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान कामठाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ। क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो। तत्कालिन कप्तान सन्दिप लामिछानेमाथि नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रि...
प्रधानमन्त्री कप क्रिकेटः आर्मी फाइलनमा काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई व...
साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधी नेपाललाई काठमाडौं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँ गरेपछि नेपालले यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको हो । डवल राउण्ड रोविन प्रणालीमा सन्चालन भएकाे प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग १–१ गोलको बराबरी ...
बास्केटबल प्रतियोगिताः इनोभेटिभ क्वाटरफाइनलमा काठमाडौं । इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसल...
पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प...
दीपेन्द्रको शतकमा पुलिसले आर्मीलाई तीन सय पाँच रनको लक्ष्य दियो काठमौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो ...
साफ यू-१५ महिला च्याम्पियनसिपः बंगलादेशलाई रोके नेपाल च्याम्पियन काठमाडौं । साफ यु-१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ । तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अ...
गोट्जे पाँच वर्षपछि जर्मनी टोलीमा काठमाडौँ। सन् २०१४ को ब्राजिल विश्वकपमा च्याम्पियन बनाउन निर्णायक गोल गरेका मारियो गोट्जेलाई समेट्दै जर्मनीले २६ सदस्यीय टोली घोषणा गरेको छ। चार पटक च्याम्पियन जर्मनीले पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित हान्सी प्रशिक्षणमा दोहा पुग्दैछ। सन् २०१७ मा राष्ट्रिय टोलीबाट खेलेपछि गोट्जे टोली...