content
stringlengths
20
64.1k
विश्वकप विजेताले कति पाउँछन् नगद ? काठमाडौँ। कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ। दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेक...
फाइनलमा ‘जिते पनि हारे पनि मेस्सीको फुटबल कौशल अविस्मरणीय रहनेछ’ बीबीसी। लियोनल मेस्सीको विश्वकपको यात्रा लगभग सकिन लागेको छ तर त्यो जस्तो सुकै गरी सकियो भने पनि उनी विनाको फुटबल धेरै कम रोमाञ्चक हुनेछ। आइतबारको फाइनल मेस्सीका लागि अन्तिम सबैभन्दा ठूलो विश्वव्यापी प्रतियोगिता हुनेछ। परिणाम जे जस्तो आए पनि अहिलेसम्म कता...
फिफा विश्वकप २०२२ को फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन्। गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। साविक विजेता समेत रहेको फ्रान्सले मोरक्को...
फिफा विश्वकपमा क्रोएसिया तेस्रो काठमाडौं । फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २(१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्र...
गम्भीर रोगसँग जुधिरहेको बालक कसरी बने विश्वकै महान् फुटबलर ? काठमाडौं । दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी भागमा रहेको करिब ५ करोड जनसङ्ख्या भएको देश अर्जेन्टिना आज खुसीले झुलिरहेको छ । विश्वकै सर्वाधिक हेरिएको खेल फुटबलको विश्वकप जित्ने सपना भर्खरै पूरा हुन लागेको छ । प्रत्येक अर्जेन्टिना एक मानिसको छेउमा उभिएको छ जसले...
बिग ब्यास लिगः १५ रनमै अलआउट भयो सिड्नी थन्डर काठमाडौं । अष्ट्रेलियाको घरेलु टी–२० लिग बिग ब्यास लिग (बीबीएल)मा सिड्नी थन्डर १५ रनमै अलआउट भएको छ । सिड्नीमा भएको खेलमा १४० रनको लक्ष्य पछ्याएको सिड्नी ३५ बलमा १५ रनमै समेटिएको हो । एडिलेड स्ट्राइकर्सले दिएको १४० रनको लक्ष्य पछ्याएको सिड्नीका ५ जना ब्याटर शुन्य रनमा आउट भ...
ब्राजिलका १६ वर्षे स्ट्राइकर रियलमा अनुबन्ध काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ । ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् । फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्न नहुँदा...
विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने काठमाडौँ। पोल्यान्डका सायमन मार्चिनियाकले  आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार...
पोर्चुगलका प्रशिक्षक सान्तोषले छाडे पोर्चुगल काठमाडौँ। मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन्। अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ। पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस...
जनकपुर रोयल्सको प्रशिक्षकमा उमेश पटवाल काठमाडौं । नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताका लागि जनकपुर रोयल्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले बिहीबार पटवाललाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पटवालले नेपालसँगै अफगानिस्तान, युएई र भारतका स्थानी...
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्विकृत काठमाडौं । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्विकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा बिहीबार स्विकार गरेको जनाएको छ । भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारब...
के यो विश्वकप मेस्सीले जित्छन् ? यो विश्वकपमा बनेका २ गजबका संगोग फ्यानहरूबीच चर्चामा काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा लियोनेल मेस्सीको जादू पूर्णरूपमा देखिएको छ । उनको कप्तानीमा उनले अर्जेन्टिनालाई फाइनलमा पुर्याएका छन् । अब मेस्सी च्याम्पियन बन्नबाट एक जित टाढा छन् । उनीहरूको अन्तिम खेल दोस्रो सेमिफाइनल...
केन विलियमसनले टेस्ट कप्तानबाट राजीनामा दिए काठमाडौं । न्यूजिल्याण्ड क्रिकेट टिमका महान ब्याट्सम्यान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाड्ने निर्णय गरेका छन् । केनको स्थानमा न्युजिल्याण्डको टेस्ट टिमको कमाण्ड अब बलर टिम साउथीलाई सुम्पिएको छ । यद्यपि केन एकदिवसीय र टी–२० ढाँचामा न्यूजिल्याण्डको कप्तान रहनेछन् । न...
एम्बाप्पेको फ्रान्सले मेस्सीको अर्जेन्टिनालाई रोकेर ब्राजिलको बराबरी गर्दै इतिहास बनाउन सक्ला ? काठमाडौं । युद्ध जस्तै खेलकुदमा पनि खेलाडीहरू जितका लागि लड्छन् । उनीहरू निकै संघर्ष गर्छन् र विपक्षीलाई रोक्न कुनै पनि हदसम्म जान्छन् । यी दुई ‘संघर्ष’मा के फरक छ, त्यो जित–हारको टुङ्गो लागेपछि थाहा हुन्छ । फ्रेन्च मेगास्टा...
फ्रान्सलाई ६० वर्षमा विश्वकप उपाधि दोहोर्‍याउने अवसर बीबीसी। फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ। उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध उक्त युरोपेली देशले २-० को जित हासिल गरेको हो। उसका लागि थिओ हर्नान्डेज र रन्डाल कोलो मुआनीले गोल गरेका थिए। मोरक्कोले लगातार विश्वकपको ट्रफी दोहोर्‍याउ...
कतार विश्वकप : मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश काठमाडाैं। दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो। आज ब...
सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू खेलमै शतक बनाए काठमाडौं । सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले आफ्नो पहिलो रणजी खेलमा शतक प्रहार गरेका छन् । गोवाका लागि राजस्थानविरुद्ध खेल्दै अर्जुनले १७७ बलमा शतक पूरा गरेका थिए । उनी एस प्रभुदेसाईसँग क्रिजमा उभिरहेका छन् । दुबैको उत्कृष्ट ब्याटिङका ​​कारण गोवाले ४ सय रनको अ...
विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् । साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए। बुधबार दिउँसो १२:३० ब...
लियोनेल मेस्सीले भने – जारी विश्वकप मेराे अन्तिम यात्रा हुनेछ रियो दि जेनेरियो। अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर...
मोरक्कोको जर्सी ‘सोलआउट’ काठमाडौं । उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् । कतार विश्वकप सकिन केही समय मात्रै बाँकी छ । बुधबार मोरक्कोले फाइलनमा प्रवेशका लागि...
लियोनेल मेस्सी : ‘बलका जादुगर’ पेले र म्याराडोनाबाट कति नजिक वा कति टाढा छन् ? काठमाडौं । चाहे त्यो जोश थियो वा उत्साह थियो, फाइनल पुग्दाको खुशी थियो वा यी सबै कुराको संयोजन थियो । तर जे होस्, सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले गरेको उत्सवलाई दर्शकले लामो समयसम्म सम्झिरहनेछन् । पिचमा गोलो ...
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ। कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ। फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उ...
कतार विश्वकप : अर्जेन्टिना फाइनलमा काठमाडाैं। दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो। लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लिय...
राष्ट्रिय खेलाडीको अनुभवः स्वदेशमै खेलमा बाँच्ने आधार चाहियो रामपुर (पाल्पा) । प्रदीप लम्साल उमेरले २० वर्षको भए । अहिले उनी ‘ए’ डिभिजन लिग फुटबल खेलमा छनोट भएर एक सिजनको खेल खेलिसकेका छन्। व्यवस्थापन सङ्कायमा काठमाडौँमा स्नातक तहको प्रथम वर्षमा अध्ययनरत उनलाई फुटबलप्रतिको मोह, लगाव र प्रेम असाध्यै छ । दश वर्षको उमेरदे...
विश्वकप सेमिफाइनलको उत्सुकतापूर्वक प्रतीक्षा, यी चार कुरा महत्त्वपूर्ण छन् काठमाडौं । कतार विश्वकपमा अझै चार टोलीहरू बाँकी छन् – अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को र यी सबै टोलीको नजर यस हप्ता विश्वकप ट्रफी जित्नेमा छ। यी चार टोली सेमिफाइनल पुग्ने अनुमान गरिएको हुन सक्छ तर आगामी केही खेलमा उतारचढाव आउन सक्छ । से...
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ। अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफ...
एम्बाप्पे गोल्डेनबुटको दाबेदार काठमाडौं। कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन्। प्रतियोगिता अन्त्यतीर आइपुग्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ। विश्वपकको सेमिफाइनल समिकरण पूरा भएका छन्। अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा तीन खेलाडीबीच सर...
कतार विश्वकप: फ्रान्सका सुपरस्टार एमबापेबारे ७ रोचक तथ्य बीबीसी। १. विश्वका दोस्रा सबभन्दा महँगा खेलाडी सन् २०१७ मा एमबापे पीएसजी क्लबमा आबद्ध भएका हुन्। सुरुमा मोनाको क्लबले उनलाई ‘उधारो’मा उपलब्ध गराएकोमा एक वर्ष पछि १८ करोड युरोमा स्थायी रूपमै उनी त्यहाँ सरे। त्यो विश्वकै दोस्रो सबभन्दा महँगो खेलाडी ‘ट्रान्सफर’ हो। ...
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै काठमाडाैं। फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ। दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन्। खेल नेपाली समयअनुसा...
इङ्ल्यान्डका कप्तान बटलर र पाकिस्तानी महिला क्रिकेटर सिद्रा अमीनले आईसीसी अवार्ड जिते काठमाडौं । इङ्ल्यान्डका कप्तान जोस बटलर र पाकिस्तानकी महिला क्रिकेटर सिद्रा अमीनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नोभेम्बर महिनाको प्लेयर अफ द मन्थ अवार्ड दिएको छ । अष्ट्रेलियामा भएको ट्वान्टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्श...
इङ्ल्याण्डले पाकिस्तानमै गएर २२ वर्षपछि पाकिस्तानलाई हरायो काठमाडौं । मुल्तानमा भएको दोस्रो टेस्टमा इंग्ल्याण्डले पाकिस्तानलाई २६ रनले पराजित गरेको छ । योसँगै इंग्ल्याण्डले तीन टेष्टको सिरिजमा २–० को अपराजेय अग्रता बनाएको छ । यो खेल निकै रोमाञ्चक रह्यो । दोस्रो टेष्ट जित्न पाकिस्तानलाई ३५५ रन बनाउनु परेको थियो तर पाकिस...
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन काठमाडौं । नेपालले पहिलोपटक आयोजना गरेको यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले ...
विश्वकपबाट बाहिरिएपछि नेयमारको भावुक पोस्ट – ‘मलाई पक्षघात भयो अनि म रुन थालें’ काठमाडौं । फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म सम्झिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, “यो हारपछि म मानसिक रूपमा भाँचिएको छु।...
नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट काठमाडौं। नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्क...
नेयमारद्वारा ब्रजिलको टोलीबाट अवकाश लिने सङ्केत, प्रशिक्षकले दिए राजीनामा बीबीसी। कतारमा भइरहेको विश्वकप फुटबलबाट आफ्नो देशको बहिर्गमनपछि नेयमारले ब्रजिलका लागि खेलिरहने कुरालाई ‘आफूले शत प्रतिशत सुनिश्चित गर्न नसक्ने’ बताएका छन्। क्रोएशियासँग क्वार्टरफाइनलमा बेहोरेको पराजयसँगै ब्रजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका ...
टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन काठमाडौं। काठमाडौंले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ। काठमडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो। नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २-२ स्वर्ण र रजतसाथ दोस...
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा काठमाडौं। इङ्ल्यान्डला २-१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सीम...
विश्वकप फुटबल : पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १(० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को...
भारतको बंगलादेशलाई विशाल लक्ष्य काठमाडौं । बंगलादेशमा जारी एकदिवसीय श्रीखंला अन्तर्गर्तको तेस्रो तथा अन्तिम खेलमा भारतले उत्कृष्ठ ब्याटिङ गर्दै बंगलादेशलाई विशाल लक्ष्य दिएको छ । चत्तोग्राममा जारी खेलमा पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ८ विकेट ४०९ रन बनाएको छ । भारतका इशान किसानले सर्वाधिक २१० रन बनाए । उनले १३१ बलम...
इशान किशनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको विश्वरेकर्ड बनाए काठमाडौं । भारतीय ब्याट्सम्यान इशान किशनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको किर्तिमान बनाएका छन् । शनिबार बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा भारतीय ओपनर इशानले यो रेकर्ड बनाएका हुन् । इशानले सबेभन्दा छिटो १२६ बलमा दोहोर...
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको संकेत ! काठमाडौं । ब्राजिल फिफा विश्वकपबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा नेयमारले सजिएको टोलीलाई आउटको बाटो देखायो । यो हारपछि ब्राजिलमा शोक र त्रास फैलिएको छ । हारसँगै ब्राजिलका प्रशिक्षक टिटेले तत्कालै राजीनामा दिएका छन् तर ब्राजिलमा यो कोलाह...
म्याराडोनापछि मेस्सीको पनि ‘ह्याण्ड अफ गड’, मेस्सीको हातमा बल लाग्यो तर… काठमाडौं । अर्जेन्टिनाको टोली फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । अब सेमिफाइनलमा लियोनल मेस्सीको टोलीले पाँच पटकको च्याम्पियन ब्राजिललाई पेनाल्टी सुट...
रोहित शर्मा चोटपछि भारत फर्किए, टेस्ट सिरिज खेल्नेमा शंका काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्मा बंगलादेश भ्रमणका क्रममा चोटका कारण भारत फर्किएका छन् । यस सम्बन्धमा बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय कप्तान रोहित शर्माको दोस्रो एकदिवसीय खेलको क्रममा औंलामा चोट लागेको छ ।’ बीसीसीआईको मेडिकल टोलीले ...
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो काठमाडौं। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ। कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो। ट्राइबेकरमा क्रोएसियाका नि...
कतार विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २-२ को बर...
पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै विश्वकप २०१८ को उपविजेता क्रोएसिया सेमिफाइनलमा गएको हो । अतिरिक्त समयमा दुवै टोलील...
ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा काठमाडौं । काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनल अन्तर्गत ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा गएको छ । अतिरिक्त समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेलको टुँगो पेनाल्टीबाट लाग्ने भएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त सम...
ब्राजिल र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियबीच खेल भइरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीले मौका बनाएपनि गोल भने गर्न सकेनन् ।
आइटीएफ टेनिस : ताइपेइका चेन हुई र अमेरिकाका पटेलको जोडी च्याम्पियन कास्की । पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–२ तर्फ ‘पुरुष डबल्स’को उपाधि चाइनिज ताइपेइका ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले जितेको छ । नेपाल टेनिस सङ्घको सहयोग तथा कास्की जिल्ला...
अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्डको दाउ काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत आजबाट सुरु हुने क्वार्टरफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ । दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्...
ब्राजिललाई क्रोएसियाको चुनौती काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ...
सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही काठमाडौं। चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ। केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमक...
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै काठमाडाैं। कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन्। ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ। उपाधी दावेदारको रुपमा आफूलाई प...
नेपाल टी–२० लिगः काठमाडौंको नयाँ टिम भित्रियो काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौंको नयाँ टिम भित्रिएको छ । काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको छ । नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा का...
रोनाल्डोले विश्वकप टिम छाड्ने धम्की दिएका हुन् ? काठमाडौं । पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले टिमका सबैभन्दा अनुभवी खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप टिम छाड्ने धम्की नदिएको बताएको छ । एफपीएफले भनेको छ, ‘क्रिष्टियानो रोनाल्डोले कतारमा रहँदाका समयमा कहिल्यै पनि राष्ट्रिय टिम छाड्ने धम्की दिएका छैनन् । क्रिष्टियानो...
मीनबहादुर केसी स्मृती कप फुटबलको उपाधि टाईगरलाई दाङ । दाङ तुलसिपुरको दमारगाउँमा सञ्चालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गिय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाईगर युवा क्लब तुलसिपुर ३ ले जितेको छ । टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्...
स्कटल्याण्डको सहज जित, नेपाल जितविहिन काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग सहजै पराजित भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटले पराजय हुँदै आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नेपालले दिएको ...
११९ रनमै समेटियो नेपाल काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालले खराब ब्याटिङ गर्दै मात्र ११९ रनमा सेमटिएको छ । सिरिजको चौथो खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपाल ३५।३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि क...
पोर्चुगलका सुपरस्टार रोनाल्डोको सूर्य अस्ताउन लागेको हो ? काठमाडौं । स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नखेलाइएको कुरा निकै चर्चाको विषय बनेको छ । यसअघि उनको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई अब रोनाल्डोको आवश्यकता नरहेको बताएको थियो । अब कतारमा जारी विश्वकपमा पोर्च...
बेल्जियम कप्तान इडेन हाजार्डको सन्यास घोषणा काठमाडौँ। कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो। समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग ...
नेपालको खराब ब्याटिङ, नामिबियाको फराकिलो जित काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ८६ रनले पराजित भएको हो । २७६ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ४६.५ ओभरमा सबै विकेट गुमाएर १८९ मा स...
विश्वकप लिग–२ः नेपाललाई २७६ रनको लक्ष्य काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपालले २७६ रनको लक्ष्य प्राप्त गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा जारी खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २७५ रन बनायो । नामिबियाका मिचेल भान लिंगेनले सतक प्रह...
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि ९यू–१८० को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने...
टि-२० विश्वकप खेल्न आउने पाकिस्तानको क्रिकेट टोलीलाई भारतले भिसा दिएन काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतले टि–२० विश्वकपका लागि आफ्नो नेत्रहीन क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतमा हुने टि-२० विश्वकपमा सहभागी हुन जाँदै गर...
१२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुने लमजुङ। लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ। आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको  हो। लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ। जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसायीकरण गर्ने र ...
रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता काठमाडौं । स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ...
कतार विश्वकप : पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा काठमाडाैं।  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।  कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्...
१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन भैरहवा । ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिष्पर्धात्म...
आदर्श जनप्रेमीलाई हिसान भक्तपुर फुटसलको उपधि भक्तपुर । हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर +२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ को उपाधि आदर्श जनप्रेमीले जितेको छ । प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्र...
२२ वर्षपछि पाकिस्तानको हारपछि बाबर आजमले के भने ? काठमाडौं । पाकिस्तानको टोली रावलपिंडी टेस्टमा इंग्ल्याण्डसँग ७४ रनले पराजित भएको छ । कप्तान बाबर आजमले २२ वर्षपछि इङ्ल्यान्डसँग टेष्टमा पाकिस्तानको पराजयपछि पिचबारे आफ्नो सुझाव लिइएको तर आफुले चाहेको पिच नपाएको बताएका छन् । इंग्ल्याण्डले पाकिस्तानलाई जितका लागि ३४३ रनको...
यसकारण राखियो स्टेडियम ९७४ नाम दोहा। पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ।  विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ। प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ। तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्...
रोनाल्डो किन्‍न साउदी क्लब तयार काठमाडौँ। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ। कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ। नासरले रोनाल्डोको लागि २० कराेड युराे खर्च गर्न तयार भएको हो। उनले सम्झौता ...
विश्वकप फुटबल : क्रोएसिया क्वाटरफाइनलमा काठमाडाैं। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ। साेमबार कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो। खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेल...
कतार विश्वकप : क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा काठमाडाैं। ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा आज मध्यरातमा भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्...
राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो काठमाडौं । लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको...
मेरो सपना ‘गोल्डेन बुट’ होइन फ्रान्सलाई विश्वकप जिताउँनु होः एमबाप्पे एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास...
फुटबल विश्वकपकी सबैभन्दा हट फ्यान अचानक बेपत्ता ! हेर्नुहोस् उनका २५ तस्वीरहरू काठमाडौं । कुनै समय फिफा विश्वकपकी सबैभन्दा हट फ्यानको रुपमा चिनिने पूर्व प्लेब्वाय मोडल तथा एडल्ट स्टार अहिले अन्धकारको जीवन बिताइरहेकी छिन् । यो वर्ष उनले यो प्रतियोगिताबाट टाढै बसेको विश्वास गरिन्छ । उनी अहिलेसम्म कतारमा देखिएकी छैनन् । ...
‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे काठमाडौं। पोल्यान्डविरुद्ध प्राप्त ३-१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन्। कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन्। जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्त...
इङ्ग्ल्याण्ड विश्वकपकाे क्वाटरफाइनलमा काठमाडाैं। इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्र...
साविक विजेता फ्रान्स विश्वकपको क्वाटरफाइनलमा काठमाडौं। पोल्यान्डलाई ३-१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए। दोहास्थित अल थुमा...
स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिल...
राष्ट्रिय खेलकुदमा पदक विजेता तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेल...
जिल्लास्तरीय अन्तरविद्यालय टी–२० क्रिकेटः उद्घाटन खेलमा एभरेष्ट बोर्डिङको जित भैरहवा । आइतबारदेखि सुरु भएको स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल एभरेष्ट बोर्डिङ स्कूल बुटवलले जितेको छ । पर्वत ज्वेलर्सको मुख्य प्रयोजन रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्...
अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट जित्यो काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको जित निकालेको छ । यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ । पर्थ स्टेडियममा जितका लागि चार सय ९८ ...
बंगलादेशका बलरसामु भारत निरीह, पहिलो एकदिवसीयमा १८६ मै अलआउट काठमाडौं । आजबाट सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा बंगलादेशका बलरसामु भारत निरीह देखिएको छ । बंगलादेशका बलरहरुले भारतको ब्याटिङ लाइनअप ध्वस्त पारिदिँदा भारत १८६ रनमै अलआउट भएको छ । भारतलाई सस्तैमा समेट्न बंगलादेशका अलराउण्डर शाकिब अल हसनले शानदार बलिङ गर...
अस्पताल भर्ना भएका महान फुटबलर पेलेले फ्यानका लागि सन्देश जारी गरे काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेले आफू सकारात्मक र बलियो रहेको बताउँछन् । एक इन्स्टाग्राम पोस्ट मार्फत, पेलेले भने कि उनी सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छन्। पेलेले आफूलाई आउने सन्देश र ब्राजिलले विश्वकपमा खेलेको देख्दा आफूलाई उर्जा मिलेको...
फिफा विश्वकपः फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै काठमाडौं। कतार फिफा विश्वकपअन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन्। दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ। फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट...
कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा काठमाडौं। अस्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे। अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति ...
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा काठमाडौं। अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए। खेलको ...
विश्वकप फुटबल : नेदरल्यान्ड्स क्वाटरफाइनलमा काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा आज भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३(१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा ...
भैरहवामा अन्तर विद्यालय टि–२० क्रिकेट भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट मैदानामा मंसिर १८ देखि २४ गतेसम्म स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । विद्यार्थी क्रिके...
क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो ।...
आईपीएलको अर्को सिजनमा आउँदैछ ‘इम्प्याक्ट प्लेयर’ नियम काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजनको तयारी तीव्र गतिमा भइरहेको छ । यो सिजनको लागि ‘इम्प्याक्ट प्लेयर’ नियम प्रयोग गर्न अनुमति दिइएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार ट्वीट गर्दै यो जानकारी दिएको हो । हालै आयोजित सैयद मुश्ता...
ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा काठमाडाैं। फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन्। कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तर पराजित भयो। खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए। यद्...
कतार विश्वकप: जर्मनीको बहिर्गमनले फैलिएको सनसनी बीबीसी। “फुटबल भनेको एउटा बडो साधारण खेल हो। २२ जना मानिस ९० मिनेटसम्म एउटा बलको पछाडि कुद्छन कुद्छन्…अनि अन्त्यमा खेल जर्मनीले नै जित्छ।” विश्व फुटबलमा जर्मनीको दबदबा झल्काउने इङ्ग्ल्याण्डका पूर्व स्ट्राइकर ग्यारी लिनेकरको यो सदा स्मरणीय उक्ति अहिले कस्तो कस्तो लाग्छ। जा...
वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल रद्द काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाको कारण रद्द भएको छ । नेपालले जितका लागि दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको हो । नामिबियाले चार बल...
त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली नामिबियालाई जितका लागि १९८ रनको मध्यम लक्ष्य दिएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव ५ ओभरमा ...
उसु टोली इन्डोनेसिया जाने काठमाडौं । आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । ३ देखि ११ डिसेम्बरसम्म हुने प्रतियोगितामा एक/एक पुरुष/महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुष नान् छ्वान, नान गुन ...
विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै काठमाडौं। विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन् । समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘जी’ मा सर्बि...
विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो कामठाडाैं। कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरण अन्तर्गत भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स...