content
stringlengths
20
64.1k
स्वारेज र काभानी चौथो पटक विश्वकप खेल्दै काठमाडौँ। उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ। यससँगै स्वारेज र काभानी लगातार चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन्। कुर्कुच्चाको चोटका कारण काभानीले विश्वकप खेल्ने वा नखेल्नेमा दुबिध...
रोनाल्डोको कप्तानीमा पोर्चुगल टोली घोषणा काठमाडौं। पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ। प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हु...
विश्वकप अघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २ १ अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स...
लज्जास्पद हार व्यहोर्दै विश्वकपबाट बाहिरियो भारत काठमाडौं । टी–२० विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ । अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित भएसँगै विश्वकपको यस संस्करणबाट बाहिरिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले इंग्ल्यान्डसामू १ सय ६९ रन लक्ष्य प्रस्तुत...
टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको फाइनलको यात्रा तह गरेको हो । टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इं...
टी–२० विश्वकपः भारतले इंग्ल्यान्डलाई दियो १ सय ६९ रनको चुनौती काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३...
‘पाकिस्तानले विश्वकप जित्यो भने बाबर आजम प्रधानमन्त्री हुनेछन्’ काठमाडौं । पाकिस्तानका धेरै फ्यानहरू हालको ट्वान्टी-२० विश्वकप र १९९२ को एकदिवसीय विश्वकप बीचको समानता खोजिरहेका छन्। सन् १९९२ मा इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टोली प्रतियोगिताबाट बाहिरिने संघारमा थियो र त्यहाँबाट उत्कृष्ट खेल देखाउँदै च्याम्पियन ...
विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दियो काठमाडौं । एडिलेडमा हुने टि-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका छन् । इंग्ल्याण्डले बलिङ गर्ने निर्णय गरेको छ । भारतीय टोलीले पहिले ब्याटिङ गर्नेछ । बुधबार भएको पहिलो सेमि...
आइपिएलको खेलाडी लिलामी डिसेम्बर २३ मा कोच्चीमा हुने काठमाडौं । २०२३ सिजनको लागि आइपिएल खेलाडी लिलामी डिसेम्बर २३ मा कोच्चिमा हुनेछ। यो २०२२ संस्करण अघि मेगा लिलामीको विपरीत एक मिनी लिलामी हुनेछ, जब दस फ्रेन्चाइजीहरूले आफ्नो टोलीलाई पुनर्निर्माण गर्नेछन् । टिमहरूको अघिल्लो लिलामी पर्सबाट बचेको पैसा र उनीहरूले रिलिज गरेक...
विश्वकपको फाइनलमा पुगेपछि पाकिस्तानी कप्तान बाबर आजमले के भने ? काठमाडौं । टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएपछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले अब आफ्नो ध्यान फाइनलमा रहेको बताएका छन् । खेलपछि उनले भने, ‘टोलीले निकै राम्रो खेल्यो । भीडका कारण घरमै खेलिरहेको जस्तो लाग्यो ।’ बाबर आजम...
क्रिकेटर गुणातिलकामाथि के आरोप लगाइयो ? यौनका लागि सहमत महिला बलात्कृत कसरी भइन् ? काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलकामाथि अस्ट्रेलियामा भएको टी–२० विश्वकपको दौरान बलात्कार गरेको आरोप लागेको छ । अदालतमा पेश गरिएको कागजातमा क्रिकेटरले महिलाको मुख यति बलियोसँग थिचेको आरोप छ कि उनको ज्यान गुम्ने डर थियो। ३१ ...
फ्रान्सको विश्वकप टोली घोषणा, पोग्वा र कान्टे बाहिर काठमाडौँ। साविक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुबै खेलाडी चोटका कारण मैदान बाहिर छन् । चोटबाट फर्क...
चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा काठमाडौं। रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई २-० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ। पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन्। सिटीका ज्याक गे्रअलिस र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएक...
पाकिस्तान विश्वकपको फाइनलमा काठमाडौं । पाकिस्तान टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । सिड्नीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले दिएको १५३ रनको लक्ष्य ५ बल बाँकी छँदै ३ विकेटको क्ष...
फाइनल पुग्न १५३ रनको लक्ष्य पाएको पाकिस्तानको तुफानी सुरुवात काठमाडौं । न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले तुफानी सुरुवात गरेको छ । उसले सुरुवाती ५ ओभरमा कुनै विकेटको क्षतिबिना ४७ रन बनाएको छ । पहिलो ओभरमा नै कप्तान बाबर आजमको क्याच विकेटको पछाडि छोडियो । यो ओभरको चौथो बल बाबरको ब्याटमा लागेपछि ...
टी-२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्दै काठमाडौं । टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दुवै टोलीले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । पाकिस्तान र न्युजिल्यान्डबीचको यो खेल सिड्नी क्रिकेट मैदानमा भइरहेको छ...
टी-२० विश्वकप कसले जित्छ ? एबी डिभिलियर्सले गरे भविष्यवाणी काठमाडौं । टी–२० विश्वकपको सेमिफाइनलअघि दक्षिण अफ्रिकाका लिजेण्ड एबी डिभिलियर्सले कुन टोलीले विश्वकप जित्छ भन्ने बारेमा भविष्यवाणी गरेका छन् । उनले यसपटक भारतले टी–२० विश्वकप जित्ने बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई हरा...
फिफाका पूर्व अध्यक्षले स्वीकार गरे – ‘कतारलाई विश्वकपको आयोजना गर्ने अधिकार दिनु गल्ती थियो’ काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार कतारलाई दिने निर्णयलाई गल्ती भनेका छन् । सन् २०१० मा कतारलाई २०२२ को विश्वकप आयोजना गर्ने जिम्मा दिइएको थियो। सेप ब्लाटर त्यतिबेला विश्व फुटबल...
तेस्रो जितको दाउमा नेपाल काठमाडौँ। साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो। डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रति...
बार्सिलोनालाई ५ अंकको अग्रता काठमाडौँ। एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ। मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो। बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक-एक गोल ग...
विश्वकप हेर्न अतिरिक्त शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश काठमाडौं । कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ अ...
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको शानदार जित काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो । खेलमा दुवै टोली...
भारत र पाकिस्तानबीच टी–२० विश्वकपको फाइनलको प्रतीक्षा काठमाडौं । अस्ट्रेलियाका पूर्व अलराउन्डर शेन वाट्सनले टी–२० विश्वकपको फाइनलमा भारत र पाकिस्तानबीच हुने सम्भावित भिडन्तलाई लिएर सबै उत्साहित रहेको बताएका छन् । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा भारत र पाकिस्तानका टोली प्रवेश गरेका छन् । सेमिफाइनलमा पाकिस...
रविचन्द्रन अश्विनले बीच मैदानमा कपडा सुँघ्न थालेपछि… काठमाडौं । भारत टी-२० विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ र बिहिबार इंग्ल्याण्डको सामना गर्न तयार छ। भारतीय टोलीले यो विश्वकप जित्यो भने १५ वर्षको खडेरीको अन्त्य हुनेछ । यस्तो अवस्थामा सबैको नजर म्याचमा टिकेको छ, यसैबीच सामाजिक सञ्जालमा भारत र जिम्बाब्वेको खेलको भिड...
सेमिफाइनलअघि भारतका कप्तान रोहित शर्मा घाइते काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा आज बिहान अष्ट्रेलियामा अभ्यासका क्रममा घाइते भएका छन् । उनको देब्रे हातमा चोट लागेको थियो र त्यसपछि उनी नेटको छेउमा बसेको देखियो । करिब एक घण्टा आराम गरेपछि रोहित शर्मा फेरि नेटमा फर्किएका छन् । यो भारतीय फ्यानका लागि राहत ...
विश्वकपमा स्थान बनाउने काल्भिनको विश्वास काठमाडौँ। म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास  व्यक्त गरेका छन्। २६ वर्षीय मिल्डफिल्डर काल्भिन पछिल्लो सात हप्तादेखि सोल्डर सर्जरीपछि मैदान बाहिर रहँदै आएका छन्। चोटपछि काल्भिन इंग्ल्यान्ड प्रशिक्षक गेराथ साउथगे...
रियलको सिजनको पहिलो हार काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३-२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो। यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल ग...
विश्वकप फुटबलका लागि ब्राजिलको टोली घोषणा काठमाडौं। स्टार अट्याकर रोबर्टाे फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि टोली घोषणा गरेको छ। ब्राजिलले विश्वकपका लागि नौं स्ट्राइकरलाई टोलीमा समावेश गर्दा फिर्मिन्होले स्थान बनाउन सकेनन्। फिर्मिन्हो बाहिर रहँदा ३९ वर्षीय भेट्रन खेलाडी डान...
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशको पहिलो जीत काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जीत निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले ...
विराट कोहली आईसीसी प्लेयर अफ द मन्थ घोषित काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विराट कोहलीलाई अक्टोबर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । योसँगै महिला एसिया कपमा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेकी निदा दारलाई ‘प्लेयर अफ द मन्थ’ अवार्ड दिइएको छ । मिडिया प्रतिनिधि, आईसीसी हल अफ फेमर्स पूर्व अन्तर्रा...
श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलका सबै प्रकारका क्रिकेटबाट निलम्बित काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले दानुष्का गुणातिलकालाई तत्काल प्रभावबाट सबै प्रकारका क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाको सिड्नीमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दानुष्का गुणातिलका पक्राउ परेका छन् । समितिले यी आरोपप...
पाकिस्तान सेमिफाइनल पुगेसँगै पाकिस्तानी फ्यानले १९९२ को विश्वकप किन सम्झिरहेका छन् ? काठमाडौं । केही दिनअघि इंग्ल्याण्डका पूर्व कप्तान र अहिले कमेन्टेटर नासिर हुसैन पाकिस्तानमा सामाजिक सञ्जालमा ट्रेन्डिङमा थिए । कारण थियो कमेन्ट्रीका क्रममा उनले पाकिस्तानबारे गरेको टिप्पणी । तर त्यो टिप्पणी पाकिस्तानका क्रिकेट प्रेमीहर...
सूर्यकुमारका लागि वसीम अकरमले भने– ‘उनी अर्कै ग्रहबाट आएका हुन्’ काठमाडौं । आइतबार भएको भारत र जिम्बाब्वेबीचको खेलमा भारत ७१ रनले विजयी भएको थियो र यो खेलपछि सर्वाधिक चर्चामा रहेका ब्याट्सम्यान सूर्यकुमार यादवले २५ बलमा ६१ रन बनाएका थिए । सूर्यकुमारको उत्कृष्ट प्रदर्शनको देश विदेशका क्रिकेटरहरुले तारिफ गरिरहेका छन् । प...
सूर्यकुमार यादवलाई आफूसँग तुलना गरिएपछि एबी डिभिलियर्सले के भने? काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले समूह चरणका पाँचमध्ये चार खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको थियो, यो खेलमा भारतले १८६ रन बनाएको थियो र यो स्कोर बनाउन सबैभन्दा महत्त्वपूर्...
आर्सनलद्वारा चेल्सी पराजित काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो। जितपछि आर्सनल १३ खेलमा ३४ अ...
पीएम कपः लुम्बिनीको दोस्रो जित, आर्मीले गण्डकीलाई हरायो काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो । जितको लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जो...
पाकिस्तानको बाटो सहज पारिदिएको नेदरल्याण्डले पायो ठूलो उपहार, अर्को विश्वकपमा सिधै क्वालिफाइ काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा आइतबार नेदरल्याण्ड्सले ठुलो जित हात पारेको छ । जितको दावेदार मानिने दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड्सले सबै समीकरण बिगारेको छ । नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएर...
टी–२० विश्वकपः भारतले जिम्बावेलाई दियो एक सय ८७ रनको चुनौती काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तरगतको खेलमा भारतले जिम्बावेसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ । आज मेलबर्न क्रिकेट ग्राउन्डमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा जिम्बावेलाई एक सय ८७ रनको चुनौती दिएको हो । भारतका लागि सुर्यकुमार यादव...
पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा, १ खेल बाँकी छँदै चारवटै टिमको छिनोफानो काठमाडौं । पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर १२ चरणको १ खेल बाँकी छँदै सेमिफाइनल पुग्ने ४ टिमको छिनोफानो भएको हो । समूह १ बाट पहिले नै न्युजिल्याण्ड र इङ्ल्याण्ड सेमिफाइनल पुगिसकेका छन् । न्युजिल्याण्ड समूहको पहिलो र इङ्ल्...
विश्वकप खेल्न गएका श्रीलंकाली क्रिकेटर बलात्कार आरोपमा अष्ट्रेलियाको सिड्नीमा पक्राउ काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलका अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीको एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेर बाँकी टिम स्वदेश फर्किएको बताएको छ । दानुष्का बलात...
विश्वकपबाट लगभग बाहिरिएको पाकिस्तानलाई समूह प्रथम भएर सेमिफाइनल पुग्ने अवसर काठमाडौं। टि–२० विश्वकपको सुपर १२ मा पछिल्ला खेलहरुमा अप्रत्याशित नतिजा आएसँगै पाकिस्तानलाई आफ्नो समूहको पहिलो भएर सेमिफाइनल पुग्ने अवसर जुरेको छ । सुरुवाती २ खेल हारेपछि विश्वकपबाट लगभग बाहिरिएको मानिएको पाकिस्तानका लागि अन्तिम खेल खेल्ने बेला...
उमा कुङफु टोली भारत प्रस्थान काठमाडौं । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको प...
फुटबलबाट संन्यास लिने पिकेको घोषणा काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन्। पिकेले बि...
साफ च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात, भूटानमाथि फराकिलो जित काठमाडौं । पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो...
प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीलाई हराउँदै सेमिफाइनल पुग्यो पुलिस काठमाडौ । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।...
पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिले ब्याटिङ रोज्यो काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलको दौडबाट झण्डै बाहिर रहेको पाकिस्तानले आज दक्षिण अफ्रिकाको सामना गर्दैछ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यो खेल अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ । अहिले पाकिस्तान सुपर १२ चरणको समूह २ ...
भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा काठमाडौँ। बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र भुटान भिड्दैछन्। अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन्। भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपंक्तिको जिम्मेवारी पाएक...
कुस्ती खेलमा संरक्षणमा रोहिणीको चासो (तस्बिरसहित) भैरहवा । लोप हुदै गइरहेको प्राचिनकाल प्रतिस्पर्धात्मक खेल कुस्तीमा रुपन्देहीको रोहिणी गाउँपालिकाले संरक्षणमा चासो दिएको छ । कुस्ती खेलको संरक्षण, खेलकुद क्षेत्रको विकास, स्थानीय पहलमानहरु उत्पादन गरी युवाहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले प्रतियोगिता आयोजना गरेक...
भारतसँगको हारपछि बंगलादेशले विराट कोहलीमाथि गम्भीर आरोप लगायो काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको रोमाञ्चक खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । पाकिस्तानविरुद्धको खेल जस्तै यसपटक पनि खेलको अन्तिम ओभरको अन्तिम बलमा नतिजा आएको थियो । वर्षाले रोकिएको खेल डकवर्थ लुइस नियम अनुसार छोटो पारिएको थियो । प...
यी हुन् च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्ने टोली काठमाडौँ। युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन्। प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ। होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थ...
पिएसजी समूह उपविजेता काठमाडौं। युभेन्ट्सलाई २-१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल सहित एक असिस्ट प्रदान गरे।...
पीएम कपः गण्डकी र लुम्बिनी प्रदेश बिजयी, बागमती समूह चरणबाटै बाहिरियो काठमाडौं । काठमाडौंमा जारी पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिजयी भएको छ । बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीले...
टी–२० विश्वकपमा विराट कोहलीले यो ठूलो उपलब्धि हासिल गरे काठमाडौं । भारतका पूर्व कप्तान र अहिले उत्कृष्ट लयमा रहेका विराट कोहलीले टी–२० विश्वकपमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । विराट कोहली टी–२० विश्वकपमा सर्वाधिक रन ब...
आइसीसी टि-२० बरियतामा रिजवानलाई उछिन्दै सूर्यकुमार यादव बने नम्बर १ खेलाडी काठमाडौं । भारतका सूर्यकुमार यादव आइसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पहिलो स्थानमा उक्लिएका छन् । सूर्यकुमारले टी–२० विश्वकपमा नेदरल्याण्ड र दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट अर्धशतक बनाएका छन् । उनी पाकिस्तानका मोहम्मद रिजवानलाई प्रति...
टि–२० विश्वकपमा नेदरल्याण्ड्सले जिम्बावेलाई हरायो काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई ५ विकेटले पराजित गरेको छ । समूह–२ को यो खेल जिम्बावेका लागि निकै महत्वपूर्ण मानिएको थियो । तर यो खेलमा जिम्बाब्वेको प्रदर्शन निकै खराब रह्यो । जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ रोज...
जोस बटलरले न्यूजिल्याण्डविरुद्धको खेलमा दुई कीर्तिमान बनाए काठमाडौं । न्यूजिल्याण्ड विरुद्धको खेलमा इंग्ल्यान्डका ब्याट्सम्यान जोस बटलरले आफ्नो नाममा दुई कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यो मामिलामा उनले इंग्ल्याण्डका पूर्व कप्तान इयोन म...
३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका छन्। १६ नोभेम्बरमा दशरथ रंगशालामा हुने खेलका लागि मंगलबार प्रशिक्षक नियुक्त भएका कटुवालले कप्तान किरण चेम्जोङसहित ३० खेलाडी समावेश...
राष्ट्रिय खेलकुदमा कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्ग बुढालाई जुम्लामा सम्मान जुम्ला ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दुर्गबहादुर बुढाले पहिलो स्वर्ण पदक दिलाएका थिए । पोखरामा सम्पन्न प्रतियोगिताको एथ्लेटिक्समा जुम्लाका बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएको भन्दै मंगलबार उनल...
नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित काठमाडौं । जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मानित गरेको छ । पदक विजेता ५७ खेलाडीलाई आज सम्मानित गरिएको हो । नवौं राष्ट्रियमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका विभिन्न खेलका पदक ...
राष्ट्रिय खेलकुदमा कर्णालीलाई पहिलो स्वर्ण दिलाउने बुढालाई जुम्लामा सम्मान जुम्ला । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दुर्गबहादुर बुढाले पहिलो स्वर्ण पदक दिलाएका थिए । पोखरामा सम्पन्न प्रतियोगिताको एथ्लेटिक्समा जुम्लाका बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएको भन्दै मंगलबार उनलाई सम्म...
पहिलो जितको खोजीमा तीन क्लब, एपिएफको चाहना लगातार दोस्रो जित काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुँदैछन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्रदेश एक र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोली पहिलो जितको खोजीमा छन्। दुबै टोली पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पर...
रोमाको सहज जित काठमाडौं। इटालियन सिरी ए फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा रोमाले हेलास भेरोनालाई ३-१ अन्तरले पराजित गरेको छ। घरेलु टोली भेरोना १० खेलाडीमा सिमित भएपछि सुरुआती अग्रता समेत जोगाउन सकेन। भ्रमणकारी टोली रोमाले पुनरामगन जित निकाल्यो। रोमाको जितमा निकोलो जानिओलो, क्रिस्टिअन भोल्पाटो र स्टेफन एल सारवीले एक ...
नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो। नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी ती...
गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ । कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी ...
विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना कायमै काठमाडौं । अस्ट्रेलियाले आयोजना गरिरहेको टि-२० विश्वकप २०२२ मा पाकिस्तानी टोलीको अवस्था निकै नाजुक छ। सुपर–१२ को समूह–२ मा परेको पाकिस्तानी टोलीले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ । सेमिफाइनल पुग्नका लागि पाकिस्तान पूर्णरुपमा भारतीय टोलीमा निर्भर थियो । आइ...
विराट कोहलीको होटलको कोठाको भिडियो लीक भएपछि… काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले पर्थमा रहेको आफ्नो होटलको कोठाको भिडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन् । कोहलीले सेयर गर...
भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित काठमाडौं। दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ। पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभर...
टी-२० विश्वकपः नेदरल्याण्ड्समाथि पाकिस्तानको सहज जित काठमाडौं । टी-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि सहज जित निकालेको छ ।अस्ट्रेलियाको पर्थ स्टेडियममा आज भएको खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएक...
पीएम कपः एपीएफको विजयी सुरुआत काठमाडौं । आइतबारबाट काठमाडौंमा सुरु पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । एपीएफले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफ...
पीएम कपः दीपेन्द्रको शतकमा पुलिसको विजयी सुरुआत {भिडियोसहित} काठमाडौं । आइतबारबाट काठमाडौंमा सुरु पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो । पुलिसले दिएको २ सय ९० ...
टि-२० विश्वकप : नेदरल्याण्ड्सले पाकिस्तानलाई दियो ९२ रनको लक्ष्य काठमाडौं । टी–२० विश्वकपको समूह–२ को खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाएर स...
टि-२० विश्वकप : ‘हारेर’ मैदानबाट बाहिरिँदै गरेको जिम्बाब्वेले फेरि अर्को मौका पायो, तैपनि जित्न सकेन काठमाडौं । टि–२० विश्वकपको समूह–२ को निकै रोमाञ्चक खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले पराजित गरेको छ । २० औं ओभरको अन्तिम बलमा जिम्बाब्वेलाई जितका लागि ५ रन चाहिएको थियो तर मुसद्दिक हुसेनले ब्लेसिङ मुजराबानीलाई स्टम्प ...
पाकिस्तानविरुद्धको खेलअघि नेदरल्याण्ड्सका प्रशिक्षकले किन भने यस्तो ? काठमाडौं । आइसिसी टी–२० विश्वकपको समूह २ अन्तर्गत आइतबार अष्ट्रेलियाको पर्थ स्टेडियममा नेदरल्याण्ड्सले पाकिस्तानको सामना गर्दैछ । अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेका यी दुवै टोलीले विश्वकपबाट बाहिरिनबाट बच्न सक्दो प्रयास गर्ने अपेक्षा गरिएको छ ।...
मेस्सी, नेयमार र एम्बाप्पेको गोल काठमाडौं। स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४-३ को जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो। तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अं...
टि-२० विश्वकप: न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६८ रनको लक्ष्य काठमाडौं । ट्वान्टी–२० विश्वकपको समूह–१ अन्तर्गतको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि शतक खेल्दै ग्लेन फिलिप्सले १०४...
टि-२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंका विरुद्ध टस जितेर ब्याटिङ गर्ने काठमाडौं । टी–२० विश्वकपमा शनिबार न्युजिल्यान्ड र श्रीलंकाबीचको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्नेछ । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । समूह–१ को खेलमा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने श्...
टि–२० विश्वकप : बर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द काठमाडौं । अष्ट्रेलियामा जारी टी-२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ। वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्र...
पाकिस्तानी सेनामा लडाकु पाइलट बन्न सकेनन्, विश्वकपमा पाकिस्तानलाई नै हराइदिए काठमाडौं । बिहीबार पर्थमा भएको टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले पाकिस्तानलाई अन्तिम बलमा एक रनले पराजित गरेको छ । जिम्बाब्वेको आश्चर्यजनक जितका नायक बने सिकन्दर राजा । खेलपछि अलराउन्डर सिकन्दर राजा भावुक देखिए । एक अन्तर्वार्तामा भावुक राज...
पाकिस्तानसँग एक खराब कप्तान छन् भन्ने कुरामा कुनै शंका छैन – शोएब अख्तर काठमाडौं । पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले जिम्बावेसँगको हारले टोलीको कमाण्ड खराब कप्तानको हातमा रहेको प्रमाणित भएको बताएका छन् । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको बिहीबार भएको खेलमा जिम्बाब्वेले पाकिस्तानलाई रोमाञ्चक खेलमा १ रनले...
रोनाल्डोको गोलमा युनाइटेड विजयी काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे। रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो। जितसँगै ...
रोहित शर्माले तोडे युवराज सिंहको कीर्तिमान काठमाडौं । भारतीय कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकपको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडी युवराज सिंहको कीर्तिमान तोडेका छन् । बिहीबार सिड्नीमा नेदरल्याण्ड्सविरुद्धको खेलमा रोहित शर्माले यो कीर्तिमान तोडेका हुन् । खेलमा तीन छक्का लगाएसँगै रोहितले टी–...
बाबर आजमले आफूलाई फ्यानहरूले ‘महान खेलाडी’ भन्दा कस्तो महसुस हुन्छ भन्नेबारे बताए काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले कप्तानको रूपमा आफूमाथि ठूलो जिम्मेवारी रहेको र आफूले हरेक खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताएका छन् । उनका अनुसार उनको टोली पनि उनले राम्रो प्रदर्शन गर्दै खेल जितुन् भन्ने चाहन्छ । बाबर आ...
भारतीय क्रिकेट बोर्डको ठूलो घोषणा, महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले महिला क्रिकेटरका लागि ठूलो घोषणा गरेका छन् । जय शाहले ट्विट गर्दै अब महिला क्रिकेट खेलाडीले पनि पुरुष खेलाडी सरह म्याच फी पाउने बताएका छन् । उनले ट्वीट गरे, “मलाई यो घोषणा गर्न...
एट्लेटिको च्याम्पियन्स लिगबाट बाहिरियो काठमाडौं । ला लिगाक्लब एट्लेटिको मड्रिडको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित भएको छ । बुधबार राति सम्पन्न समूह चरणको पाँचौ खेलमा एट्लेटिको बायर लिभरकुसनसँग २-२ को बराबरीमा रोकियो । समूह बी बाट समूह चरण पार गर्ने सम्भावना जीवित राख्न एट्लेटिको मड्रिडलाई बायर लिभरक...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: गण्डकीको टोली घोषणा कास्की । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानम...
लिभरपुल अन्तिम १६ मा काठमाडौं । इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो । ४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार ...
बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो काठमाडौं। स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो। यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ। बायर्नको जितमा साडियो ...
टी-२० विश्वकपमा अर्को सनसनी, आयरल्यान्डले इंगल्यान्डलाई हरायो काठमाडौं । जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ । आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत ...
युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश काठमाडौं। बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ ...
चेल्सी अन्तिम १६ मा काठमाडौं। इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । २३औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४८औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो । ६४औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा...
इमिरे एस्टन भिल्लामा काठमाडौं। इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ । एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो । एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर यु...
हारपछि बाबर आजमले अन्तिम ओभर बलिङ गर्ने नवाजलाई भने– तिमी म्याच विनर हौ काठमाडौं । टी–२० क्रिकेट विश्वकपको पहिलो महत्वपूर्ण खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानी टोलीका कप्तान बाबर आजमको ड्रेसिङ रुमको भिडियो भाइरल भइरहेको छ । बाबर आजमले यस भिडियोमा सम्पूर्ण टोलीको साहस दिइरहेका छन् र विशेष गरी मोहम्मद नवाजको तारिफ गरिर...
क्रिकेटः विश्वकपमा दुई खेल काठमाडौं। आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ। दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ ...
ला लिगा फुटबल : बार्सिलानाको चार गोल काठमाडौं। ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० ले पराजित गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टाे, रोबार्टाे लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे। पहिलो हाफमा तीन गोल गरेक...
आईसीसी पुरूष टि–२० विश्वकपमा पाकिस्तानमाथि भारतको रोमान्चक जित काठमाडौं– आईसीसी पुरूष टि–२० विश्वकप अन्तरगतको खेलमा भारतले रोमान्चक जित हात पारेको छ । आइतबार अष्ट्रेलियामा भएको खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित निकालेको हो । बिराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारतले ५ विकेटको जित हात पारेको छ । पाकिस्तानले दिएको १६...
टि-२० विश्वकप : पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य काठमाडौं । मेलबर्नमा भारत र पाकिस्तानबीच जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतले निकै राम्रो सुरुवात गरेको थियो । दोस्रो ओभरमा अर्शदीपले पाकिस्तानी कप्तान बा...
टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हरायो काठमाडौं । टी–२० विश्वकपको सुपर १२ खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । आइतबार होबार्टमा भएको खेलमा आयरल्याण्डले श्रीलंकालाई १२९ रनको लक्ष्य दिएको थियो । श्रीलंकाको टोलीले सुस्त सुरुवात गरेको थियो । कुसल मेन्डिस र धनञ्जय डि सिल्भाले ट...
टि-२० विश्वकपमा भारत र पाकिस्तान भिड्दै, भारतले टस जितेर बलिङ रोज्यो काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको पहिलो खेल आज मेलबर्नमा हुँदैछ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तान समूह २ मा रहेका छन् । आजको खेलमा भारतका लागि रोहित शर्मा, केएल राहुल, विराट कोहली, सूर्यकुमार य...
पाकिस्तानविरुद्धको खेलअघि रोहित शर्माले के भने ? काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानसँगको खेलको बारेमा बयान दिएका छन् । टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको पहिलो खेल आइतबार हुँदैछ । खेलको एक दिनअघि पत्रकार सम्मेलनमा रोहित शर्मालाई बीसीसीआई र पीसीबीबीचको विवादबारे पनि प्रश्न ...
नवौँ राष्ट्रिय खेलकुदमा भक्तपुरका दुई विद्यार्थीलाई सफलता भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित स्कुलका दुई जना पूर्व विद्यार्थी साधना घिसिङ र कृषा देण्डेखुलाई सफलता मिलेको हो । उनीहरू दुवैलाई बास्केटबलमा सफलता मिलेको हो । साधनाले एपिएफ टिमबाट सहभागी भएर थ्रीअनथ्री बास्केटबलमा प्रथम स्थान हासिल गर्न सफल भइन् भने कृषा...