content
stringlengths
20
64.1k
पूर्व विश्व नम्बर एक महिला टेनिस खेलाडी सिमोना हालेप डोपिङ टेस्टमा फेल काठमाडौं । पूर्व विश्व नम्बर एक सिमोना हालेपलाई डोपिङको आरोपमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले अस्थायी रूपमा निलम्बन गरेको छ । परीक्षणमा प्रतिबन्धित पदार्थ ‘रोक्साडस्ट्याट’ भेटिएपछि यो कारबाही गरिएको एजेन्सीले जनाएको छ । सिमोना हाल...
भारतसँगको खेलअघि पाकिस्तानी टोलीलाई झट्का काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान शान मसूद अभ्यासका क्रममा घाइते भएका छन् । उनलाई अस्पताल लगिएको छ । शुक्रबार नेट अभ्यासका क्रममा उनको टाउकोमा बलले चोट लागेको थियो । आइतबार मेलबर्नमा भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकपको महत्वपूर्ण खेलअघि मसुद घाइते भएका हुन् । मोहम्मद नवाज...
आयरल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिर काठमाडौं। दुईपटकको टी-२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ। शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी-२० विश्वकपबाट बाहिरिएको हो। आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ। निर्धारित २० ओभरको खेलमा पह...
शेख रसेल कप चेसको उपाधि बंगलादेशलाई, नेपाल तेस्रो स्थानमा काठमाडौं। शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ। बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो। समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्ट...
दशौं राष्ट्रिय खेलकुद २ वर्षपछि कर्णालीमा, राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण पोखरा। दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्ता...
नवौं राष्ट्रिय खेलकुद : विभागीय टीम त्रिभुवन आर्मी क्लव पहिलाे पोखरा। विभागीय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ। १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो। आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० ...
नवौं राष्ट्रिय खेलकुद : अन्तिम दिनका खेलमा कस कसले पाए पदक ? पोखरा । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।आज अन्तिम ...
श्रीलंका टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश काठमाडौं । गत महिना एसिया कपको उपाधि जितेको श्रीलंकाली क्रिकेट टोलीले बिहीबार नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै टी–२० विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ । नामिबियासँगको पहिलो खेलमा अपसेट खेपेको श्रीलंकाले बाँकी दुई खेलमा जित दर्ता गर्दै सुपर १२ मा प्रवेश ग...
करातेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन पर्वत। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ। गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औँ राष्ट्...
नवौँ राष्ट्रिय खेल : पार्कीलाई पहिलो स्वर्ण पाेखरा। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स...
फुटबलः स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै काठमाडौं। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ। यस अघि मंगलबार भएको पहिलो...
नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित काठमाडौं। नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३-१ ले पराजित भएको छ। बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे। ने...
नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै कास्की। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका...
नवौँ राष्ट्रिय खेलकुदको भोलि समापन हुँदै, प्रधानमन्त्री देउवा सहभागी हुने कास्की । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते समापन गरिने कार्यक्रम छ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य स...
८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण काठमाडौं । एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० ...
महिला बास्केटबलको कांस्य पदक गण्डकीलाई तनहुँ । तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कांस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा कांस्य पदक हात पारेको हो । प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्...
दैलेखी युथ कप प्रतियोगिता सुरु दैलेख। स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ। लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो। ४ कात्त...
भारत एसिया कप २०२३ खेल्नका लागि पाकिस्तान नजाने, पाकिस्तानीहरु आक्रोशित काठमाडौं । बीसीसीआई सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मङ्गलबार भारतलाई अर्को वर्ष भारतमा हुने विश्वकप प्रतियोगिताबाट पछि हट्न चेतावनी दिएको छ । पूर्वनिर्धारित तालिका अनुसार एसिया कपको अर्को खेल पाकिस्तानमा...
भारत र पाकिस्तानबीचको खेलका दिन पानी पर्ने सम्भावना उच्च, वर्षाले खेल रद्द भयो भने के हुन्छ ? काठमाडौं । अष्ट्रेलियाको मौसम विभागका अनुसार अक्टोबर २३ मा हुने टी-२० विश्वकपको बहुप्रतिक्षित खेलमा वर्षाले बाधा पुर्‍याउनेछ। यति मात्र होइन, अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल पनि वर्षाले प्रभावित हुन सक्छ । आयोजक अष्ट्रेलि...
एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो पोखरा। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ। पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै ...
स्वर्णपदक विजेता खेलाडी भन्छन् – ‘देशलाई अन्तराष्ट्रिय पदक दिलाउने मन छ’ कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबा...
पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिश्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुर...
नवौं राष्ट्रिय खेलकुदः ६ सय पदकको छिनोफानो भयो, विभागीय टिम हाबी पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ६ सय १९ पदकको छिनोफानो भएको छ । आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदक सहित कुल १ सय ६० पदक पाएको छ । विभागीय टि...
आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको स्ट्यान्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण पदक जितेको छ । गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिम...
म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियाे प्लास्टर पोखरा। म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन्। करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो। ‘...
नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य बागमतीलाई काठमाडौँ। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ...
लङजम्पमा जयरानीलाई स्वर्ण पदक काठमाडौँ। नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन्। मंगलबार नै व्यक्तिगत उत्कृष...
म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ। मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन्। मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे । प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेतले २ घन्टा ...
नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान पोखरा। एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन्। केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन्। आर्मी क्लबका कुमालले पुरुष चार सय मिटर दौडम...
एथलेटिक्सः रमितालाई कीर्तिमानी स्वर्ण काठमाडौँ। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन्...
एथलेटिक्सः सोमलाई कीर्तिमानी स्वर्ण काठमाडौँ। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्ड...
नेयमारको गोलमा पिएसजीको जित काठमाडौं। नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ। १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे। खेलको ७२औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएक...
तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे म्याग्दी। विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दामा सोमबार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताक...
नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा काठमाडौं। नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ। दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगम...
सुदुरपश्चिमले जित्यो अमेरिकाको भलिबल, महिलातर्फ बीवाईएससी विजयी न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपालीभाषीहरुको सबैभन्दा ठूलो भलिबल प्रतिष्पर्धा इन्ट्रा कप भलिबलमा सुदुर पश्चिम नेपाली समाज, टेक्सासको टीम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयअनुसार, आइतबार साँझ (नेपालमा सोमबार बिहान) सम्पन्न भएको फाइनल खेलमा ...
उपाधि दाबेदार बागमती बाहिरियो, एपीएफ सेमिफाइनलमा काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको ...
अन्तिम ओभरमा मोहम्मद शामी आए र हावी भए, ४ बलमा लगातार ४ विकेट ! काठमाडौं । टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । सूर्यकुमार यादव (५०) र केएल राह...
३ हजार मिटर स्टिपलचेसमा कर्णालीका दुर्गा बुढाले जिते स्वर्णपदक {भिडियो} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो । बुढाले ...
विश्वकपमा फेरि अर्को पूर्व च्याम्पियन एसोसिएट देशसँग हार्‍यो काठमाडौं । टि–२० विश्वकप क्रिकेटको दोस्रो दिन फेरि अर्को पूर्व च्याम्पियन एसोसिएट देशसँग हारेको छ । २०१४ को विश्वकप विजेता र २०२२ को एसिया कप विजेता श्रीलंका एसोसिएट देश नामिबियासँग हारेको भोलिपल्टै २ पटकको टि–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिज पनि एसोसिएट दे...
माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी पोखरा। प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ। झण्डै चारदशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानम...
राष्ट्रिय खेलकुद : जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्। नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक ...
नवौँ राष्ट्रिय खेलकुद: टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक कास्की। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्...
नवौँ राष्ट्रिय खेलकुद : करातेमा पुलिस अब्बल कुश्मा (पर्वत)। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ। पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ। पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ। आइतबारसम्मको नतिजाअनुसार अन्य ...
सिटीलाई लिभरपुलले हरायो काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले पराजित गर्‍याे। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे। उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्...
शेख रसेल कप चेसमा नेपालको दोस्राे हार काठमाडौं। शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्राे हार व्यहोरेको छ। बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ। चौथो राउ...
अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा (तस्बिरहरु) न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ...
देशैभर प्याराग्लाइडिङको उडान अनिश्चितकालका लागि बन्द काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङको उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि उडान बन्द गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइड...
नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु पोखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ। आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो। दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्...
भारत र पाकिस्तान दुवैलाई हराएको एसिया कप च्याम्पियन विश्वकपमा नामिबियासँग पराजित ! काठमाडौं। एक महिनाअघि भारत र पाकिस्तानजस्ता क्रिकेट क्षेत्रका महारथी देशहरुलाई हराउँदै एसिया कपको च्याम्पियन बनेको देश श्रीलंका विश्वकपमा भने तुलनात्मक रूपमा कमजोर मानिएको नामिबियासँग पराजित भएको छ । आजदेखि अस्ट्रेलियामा सुरु भएको टि–२० ...
एथलेटिक्समा आर्मीका दुई कीर्तिमान पोखरा। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालामा भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी १ मिनेट ०...
टि-२० विश्वकप सुरु, श्रीलंका र नामिबियाबीच खेल जारी काठमाडौं । टी–२० विश्वकप २०२२ सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल आइतबार नेपाली समयअनुसार बिहान श्रीलंका र नामिबियाबीच चलिरहेको छ । छनोट चरणको यो पहिलो खेल हो । यस खेलमा श्रीलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । १० ओभरको खेल सकिँदासम्म नामिबियाले ३ विकेटको क्ष...
शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित काठमाडौं। बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ। शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वर...
नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण बागलुङ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ। निलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो ड...
सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक काठमाडौं। नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् । १०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अध...
कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण काठमाडौं । नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मि...
एनआरएनविरुद्धको ‘प्रोटेस्ट’ सदर भएपछि प्रदेश १ विजयी, ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको ‘प्रोटेस्ट’ सदर भएको छ । योसँगै एनआरएनए प्रतियोगिताबाट बाहिरिएको छ । एनआरएनएले जितेको नतिजासमेत उल्टिदै प्रदेश १ को जित भएको छ । गत बिही...
नवौं राष्ट्रिय खेलकुदः १५ सय मिटर दौडमा फुलमतीलाई स्वर्ण पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमानी समय निकाल्दै स्वर्ण जित...
सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिल...
सय मिटर दौडमा निशाको कीर्तिमान काठमाडौं। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन्। उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन्...
बुद्धिचाल प्रतियोगिता: आशिष र रुपेसको अग्रता काठमाडौं। गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए। प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक ...
खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकासः उपराष्ट्रपति गण्डकी । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नद...
नवौँ राष्ट्रिय खेलकुदः कुस्ती र सेपाताक्रो शनिबारदेखि पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ । कावासोतीस्थित रहेको योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्तिथारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाध...
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो । उद्घाटनमा बिभिन्न प्रदेशले मार्चपास गरेको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । कोभिड महामारी लगायत...
आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल...
युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध काठमाडौ । नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् । यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफस...
बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु काठमाडौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो । सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र...
तरवारबाजीमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ(तरवारबाजी) मा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो । ईपी फाइनल...
नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो। २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनस...
३९ बर्ष पछि पोखरामा राष्ट्रिय खेलकुदः ६ हजार बढी खेलाडी सहभागी हुने पोखरा। राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुलको आयोजना हुदैँछ। २०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ। कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको नवौं र...
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद कास्की। पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पूरा भएको छ। माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ। नवौँ राष्ट्रिय खेलकुदकै सन्दर्भमा तयारीका लागि यत्रतत्र छरिएर खेल्दै गरेका खेलाडीले गतिविधिले यहाँ...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष फुटबलको दोस्रो खेलमा बागमती विजयी पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका...
नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपिएफ र मधेस प्रदेश विजयी कास्की । नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज सशस्त्र प्रहरी बलको एपिएफ र मधेस प्रदेश विजयी भएका छन् । पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो । एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९...
नवौं राष्ट्रिय खेलकुद : टिम एनआरएनएको, खेलाडी नेपालका काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो । बिहीबार पोखरास्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएको तर्फबाट संजोक राई र विमल घर्ती मगरले १–१ गोल ग...
लुम्बिनीबाट ओलम्पिक टर्च लिएर खेलाडीहरू पोखरा प्रस्थान बुटवल । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बा...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफको दोस्रो जित {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको ...
नवौँ राष्ट्रिय खेलकुद : हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो गण्डकी। नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ। हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...
सेनाको ‘च्याम्पियन’को उपाधि कायमै राख्ने धोको! काठमाडौँ। मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ। बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टिमले सहजरु...
नवौँ राष्ट्रिय खेलकुदः पोखरा पर्यटनका लागि महत्वपूर्ण गण्डकी । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ । विसं २०३८ देखि सुरु भएको नेपाली राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा सम्पन्न गरेको पोखराले आफ्नो घरेलु मैदानमा च...
नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो । पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्र...
आईसीसीले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका क्रिकेटरलाई १४ वर्षको प्रतिबन्ध लगायो काठमाडौं । क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई आईसीसी भ्रष्टाचार विरोधी न्यायाधिकरणले आईसीसी र क्यानडा क्रिकेटका सात नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो । त्यसपछि उनल...
पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा काठमाडौँ। नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ। युवा तथा...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः गण्डकीका सबै जिल्लामा तयारी पूरा गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भए...
विश्वकपको फाइनल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुने क्रिस गेलको भविष्यवाणी काठमाडौं । वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि ठूलो भविष्यवाणी गरेका छन् । प्रतियोगिता अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच हुनेछ । भारत र पाकिस्तानबीच ट्रफीका लागि निर...
पाकिस्तानका मोहम्मद रिजवान आईसीसी प्लेयर अफ द मन्थ घोषित काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आज पाकिस्तानका मोहम्मद रिजवानलाई आईसीसीको सेप्टेम्बर २०२२ को महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अष्ट्रेलियाका क्यामरुन ग्रीन पनि सहभागी थिए । मोहम्मद रिजवान आईसीसी टी–२० ब्या...
धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट धनुषा। धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्। छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोल...
नेपाली चेस टोली बंगलादेश प्रस्थान काठमाडौं। शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ। १२ देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहने छ। प्रतियोगितामा फिडेमास्टर वि...
गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिन मात्र बाँकी छ। गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन्। प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थ...
नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी काठमाडौं। पोखरामा हुन गईरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन्। नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन्। जसअनुसार नेपाल पुलिस क्...
न्यूजिल्याण्ड क्रिकेट टोली १९ वर्षपछि पाकिस्तान जाने काठमाडौं । न्युजिल्याण्ड क्रिकेट टोलीले १९ वर्षको लामो प्रतिक्षापछि पाकिस्तान भ्रमण गर्ने भएको छ । न्यूजिल्याण्डको टोलीले पाकिस्तानमा दुई टेष्ट, आठ एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यी दुई टेस्ट म्याच आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको हिस्सा हुनेछन...
कपिल देवले भने ‘…त्यसो भए आइपीएल नखेल’ काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले यदि खेलाडीहरूलाई इन्डियन प्रिमियर लिग अर्थात् आईपीएलले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा असर गरिरहेको छ भन्ने लाग्छ भने त्यो लिगमा नखेल्न सुझाव दिएका छन् । क्रिकेटरलाई लगातार म्याच खेल्दा शारीरिक तथा मानसिक थकान महसुस गर्ने...
राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ट्रफी, पोखराबाट सार्वजनिक पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ। उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ। विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्...
नवौं राष्ट्रिय खेलकुदः बागमतीको विजयी सुरुआत काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७१ रनको योगफल तयार गरेको थियो । दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको ब...
यु १७ एसियन कप छनोट: नेपाल जितविहीन काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो । चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि प...
पिएसजी रेइम्ससँग बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड काठमाडौं – रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो। अर्का स्टार नेयमार समेत बेन्चमा ...
सिटी र चेल्सीको सहज जित काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे । जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थ...
नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेट भोलिदेखि, गण्डकी र मधेस प्रदेश भिड्दै कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल भोलिदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट भोलि आइतबारदेखि प...
भियतनामसँग पराजित हुँदै नेपाल बाहिरियो काठमाडौँ। भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ। शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे। छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्...
भियतनामविरुद्ध खेल्दा नेपालले रक्षापंक्तिमा ध्यान दिने काठमाडौं । एएफसी यु१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन्। ‘भियतनाम बलियो टिम छ। तर यसको मतलब ...
एसिया कप क्रिकेटमा पाकिस्तानलाई थाइल्याण्डले हरायो काठमाडौं । बंगलादेशमा जारी महिला एसिया कपमा पाकिस्तानको टोली थाइल्याण्डसँग पराजित भएको छ । सिलेटमा भएको खेलमा पाकिस्तान महिला टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११६ रन बनाएको थियो । पाकिस्तानका लागि सिद्रा अमिनले ५६ रन बनाइन् । जवाफमा थाइल्...
लियोनेल मेस्सीले आफ्नो फुटबल करियरको बारेमा निकै महत्वपूर्ण घोषणा गरे काठमाडौं । अर्जेन्टिनाका दिग्गज फुटबल खेलाडी लियोनल मेस्सीले सन् २०२२ मा हुने फुटबल विश्वकप आफ्नो अन्तिम विश्वकप हुने स्पष्ट पारेका छन् । एक अन्तर्वार्तामा लियोनल मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हुनेछ । म शारीरिक रूपमा राम्रो महसुस गर्दैछु। मैल...