content
stringlengths
20
64.1k
नेपाल महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा, श्रीलंकालाई ६–० गोलले हरायो काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला...
महिला साफ च्याम्पियनसीपः पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि काठमाडौं । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमा...
नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पुलिसको लगातार दोस्रो जित काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिए...
भारतीय क्रिकेटर गौतम गम्भीरले एसिया कपको फाइनलमा श्रीलंकाको झण्डा फहराएपछि… काठमाडौं । श्रीलंका एसिया कप २०२२ को नयाँ च्याम्पियन बनेको छ । दुबईको मैदानमा भएको फाइनल खेलमा कप्तान दासुन शनाकाको टोलीले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो । पाकिस्तानलाई १ सय ७१ रनको लक्ष्य थियो, जसको जवाफमा उसले १४७ रन मात्रै बनाउन सक्यो ...
सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकाविरुद्धको खेल गुमाउने काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् । ‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामा...
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएर सेमिफाइनमा जाने नेपालको तयारी काठमाडौँ। साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएरसेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ। काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा ...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले सबै खेलमा भाग लिने गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेल...
यी हुन् नेपाल टी-२० का विदेशी खेलाडी काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन्। असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आज (आइतबार) भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै स...
पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप उपाधि काठमाडौं। पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ। श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो। श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो। श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान नि...
२०औ लिस्नुकप फुटबल: फर्साटिकर क्लब सेमिफाइनलमा भैरहवा । साबिक विजेता फर्साटिकर युथ क्लब रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा व्वाइज स्पोर्टश क्लब बुटवललाई ३–० गोलले पराजित गर्दै फर्साटिकर ...
नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, ...
मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन्। विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन्। उनी आबद्ध खुमलटा...
एएफसी यु-२० फुटबल: नेपाल भुटानसँग पराजित काठमाडौं। एएफसी यु-२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको छ। बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो। शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-० ले...
समता फुटबल प्रतियोगिता: नमस्ते सुपर खोटाङ यातायात प्रालिको विजयी सुरुवात खोटाङ। खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ । समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ...
महिला साफमा बंगलादेशले पाकिस्तानलाई पराजित गर्‍यो काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा कप्तान सबि...
‘उर्वशी रौतेला को हुन् मैले चिन्दिन’ काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेलाको नाम अहिले पाकिस्तानी क्रिकेटर नसीम शाहसँग जोडिएको छ । उर्वशी भर्खरै एसिया कपमा भारतसँग पाकिस्तानको खेल हेर्दै स्टेडियममा देखिएकी थिइन् । त्यसयता सामाजिक सञ्जालमा नसीमको नाम उर्वशीसँग जोडिन थालेको छ । तर यी रिपोर्टमा पाकिस्तानी फास्ट बलर नसी...
अफगानिस्तानको क्रिकेट टिम लण्डन विमानस्थलमा फस्यो ! काठमाडौं । एशिया कप २०२२ को सिजनबाट बाहिरिएपछि अफगानिस्तान क्रिकेट टोली अहिले अर्को समस्यामा फसेको छ। लन्डनको हिथ्रो एयरपोर्टमा टिमले कठिनाइको सामना गर्नुपरेको थियो । खेलाडी अध्यागमनका लागि करिब ४ घण्टा लाइनमा बस्नुपरेको थियो । यो जानकारी अफगानिस्तान टोलीका स्टार खेला...
अमेरिकामा नेपालीभाषीका लागि ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने ओहायो। अमेरिकामा रहेका नेपालीभाषीहरु बीच परोपकारी काम गरिरहेको इन्ट्रा नेशनल सपोर्ट एण्ड वेलफेयर फाउण्डेशनले अमेरिकाभर रहेका नेपालीभाषी युवायुवतीका भलिबल टिमका बीच प्रतिष्पर्धा गराउने भएको छ । नेपालीभाषी समुदायका प्रतिष्पर्धी टीममात्र समावेश गरिने ...
श्रीलंकाद्वारा पाकिस्तान पराजित काठमाडौं। एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिसत जित निकालेको छ। सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ...
समता फुटबल प्रतियोगिताको तयारी पुरा खोटाङ । खोटाङमा समता फुटबल क्लबको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबार माटिको...
साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको जित काठमाडौं । श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको छ । पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले पहिलो ...
महिला साफ च्याम्पियनसिपः भुटान र श्रीलंका भिड्दै काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ। श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ। प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पह...
टि-२० अन्तर्राष्ट्रियमा पनि शतक बनाउँदै विराट कोहलीको कमब्याक, भने ‘बलियो भएर फर्कनेछौं’ काठमाडौटं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली आफ्नो शानदार लयमा फर्केका छन्। उनले एसिया कप २०२२ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो ७१ औं अन्तर्राष्ट्रिय शतक पनि बनाएका छन्। कोहलीको यो टी-२० अन्तर्राष्ट्रिय करियरको पहि...
यु-१७ साफ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै, यस्तो छ हेड टु हेड काठमाडौं।साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियमम...
सन्दिपले भने- म निर्दाेष छु, उचित छानवीन हाेस् काठमाडौं। बालिका करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाँडै फर्कने बताएका छन्। सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए। “म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्...
राष्ट्रिय क्रिकेट टिमबाट सन्दिप लामिछाने निलम्बित काठमाडौं । सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार आज उनलाई निलम्बन गरिएको हो । क्यानका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्लले लामिछानेमाथि प्रहरीमा जाहेरी परेको र अनुसन्धानक...
अफगानिस्तान क्रिकेटका पूर्व सीईओले शोएब अख्तरलाई भने – आइन्दा देशलाई बीचमा नल्याउनू काठमाडौं । शारजाहमा बुधबार भएको एसिया कपमा पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तानी ब्याट्सम्यान आसिफ अलीको व्यवहारपछि सामाजिक सञ्जालमा दुवै देशका सेलिब्रेटीहरू भिड्दैछन् । खेलका क्रममा पाकिस्तानी क्रिकेटर आसिफ अली र अफगानिस्तानका ...
ऋषभ पन्तलाई छोडेर उर्वशी रौतेला पाकिस्तानी क्रिकेटरको पछि लागेपछि काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेला यतिबेला आफ्नो क्रिकेट प्रेमका कारण चर्चामा छिन् । उर्वशी एसिया कपमा भारत र पाकिस्तानबीचको खेल हेर्न आएकी थिइन् । क्रिकेटर ऋषभ पन्त र उनको शीतयुद्धका कारण उर्वशी भारतको खेलमा पुगेको सामाजिक सञ्जाल प्रयोगकर्ताको विश...
क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ। उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अ...
सन्दीपले क्यानलाई भने-प्रतियोगिता सक्काएर फर्कन्छु काठमाडौं। एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन्। लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन्। कार्यवाहक सचिव मल्लले ...
अफगानिस्तानलाई हराएपछि यी पाकिस्तानी क्रिकेटरमाथि प्रतिबन्धको माग काठमाडौं । दसौं नम्बरमा ब्याटिङ गर्न आएका पाकिस्तानी क्रिकेटर नसिम शाहले दुई छक्का प्रहार गर्दै अफगानिस्तान र भारतलाई एसिया कपबाट बाहिर निकालिदिएका छन् । पाकिस्तानको टोली अब फाइनलमा पुगेको छ र उसले अर्को आइतबार श्रीलंकासँग खेल्नुपर्नेछ। क्रिकेट मैदानमा प...
च्याम्पियन्स लिग: लेवान्डोस्कीको ह्याटि्रकमा बार्सिलोनाको जित काठमाडौं। स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ। नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसल...
एसिया कप फाइनलमा पाकिस्तान र श्रीलंका भिड्ने, भारत बाहिरियो काठमाडौं। नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ। एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो। नवौं विकेटको रुपमा...
यु-१७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा काठमाडौं। भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे। समूह बी मा नेपाल र साव...
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले ...
महिला साफ च्याम्पियनसिप: बङ्गलादेश ३–० ले विजयी काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सवि...
फुटबलमा मुख्य सचिव वैरागीको टोली विजयी काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहितका उच्चपदस्थ अधिकृत सम्मिलित टोलीले निजामती दिवसका अवसरमा आयोजित फुटबल खेल जितेको छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आज सातदोबाटोस्थित एन्फा कम्ल्पेक्समा आयोजित फुटबल प्रतियोगिता ३–१ को अन्तरले मुख्य...
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले...
बाबर आजमको टि-२० बरियतामा ११५५ दिनको दबदबा खोसियो काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानी टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । तर उसका कप्तान बाबर आजमलाई झट्का लागेको छ । आईसीसी टी–२० वरीयतामा बाबर आजमको नम्बर एक कुर्सी खोसिएको छ । तर नयाँ नम्बर एक खेलाडी पनि आफ्नै देशका आउनु पाकिस्तानका लागि खुशीको कुरा हो । मोहम्मद र...
करिअरको शिखरमा रहेका सन्दिप लामिछानेको ‘डाउनफल’ काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप लागेको छ। मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। प्रह...
सन्दिप लामिछाने सेन्ट लुसियामा, भोलि बिहान पौने ५ बजे खेल काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने अहिले क्यारेबियन देश सेन्ट लुसियामा छन् । उनी क्यारेबियन प्रिमियर लिग खेल्न त्यहाँ गएका हुन् । यसअघि केन्याको राजधानी नैरोबीमा केन्याविरुद्ध टि–२० सिरिज खेलेपछि उनी एकदिवसीय ...
सन्दिप लामिछानेलाई कप्तानबाट निलम्बन गरिँदै काठमाडौं। बलात्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई पदबाट निलम्बन गर्ने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसको तयारी थालेको छ । बुधबार साँझ वा बिहीबार बिहानसम्म यस विषयमा निर्णय हुन सक्छ । प्रहरी अनुसन्धानमा सहयोग गर्नको लागि ...
कप्तानमाथि आरोप लागेपछि नेपाली क्रिकेटमा तरंग, नेपाल टि–२० को प्रेस मिट रद्द काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कारको आरोप लागेसँगै नेपाली क्रिकेटमा तरंग आएको छ । यससँगै नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार दिउँसो गर्ने भनेको नेपाल टि–२० लिग सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम रद...
एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित काठमाडौं। युएईमा जारी टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ। लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ। लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ। भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाच विकेटले पराजित...
च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध काठमाडौं। युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २-१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे। युभेन्ट्सका ...
नवौं राष्ट्रिय प्रतियोगिताको विजेता खेलाडीलाई पुरस्कार दिने कराँते प्रशिक्षक तामाङको घोषणा खोटाङ । खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । मंगलबार जिल्ला खेलकुद विकास ...
प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई पुरस्कार दिने कराँते प्रशिक्षक तामाङको घोषणा खोटाङ । खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । मंगलबार जिल्ला खेलकुद वि...
महिला साफ च्याम्पियनसीप फुटबलः भुटानविरुद्धको उद्घाटन खेलमा नेपाल ४-० ले विजयी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो ...
मुख्यसचिव बैरागी फुटबल खेल मैदानमा उत्रदै काठमाडौं । नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रदै छन् । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि बुधबार मुख्यसचिव शङ्करदास बैरागीसहितको टोली खेलमैदानमा उत्रन लागेका हुन् । सातदोबा...
महिला साफ च्याम्पियनसीप फुटबलः पहिलो हाफमा नेपाललाई अग्रता काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत जारी भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १–० गोलको स्थितिमा छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी उद्घाटन खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन् । उन...
पाकिस्तानी खेलाडीले भने भारत-श्रीलंका खेलमा श्रीलंकाको पल्ला भारी, बताए यस्तो कारण काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी एसिया कप क्रिकेटमा आज भारतले श्रीलंकाको सामना गर्दैछ । आइतबार पाकिस्तानसँग पराजित भएपछि सुपर फोरको खेलमा भारतका लागि यो खेल जित्नु महत्त्वपूर्ण हुनेछ। खेलअघि एक टिभी कार्यक्रममा पाकिस्तानका पूर्व कप...
सुरेश रैनाले क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिए, अब विदेशी टि-२० लिग खेल्न पाउने काठमाडौं । भारतका पूर्व क्रिकेटर सुरेश रैनाले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अर्थात् अहिले सुरेश रैनाले क्रिकेटबाट पूर्ण सन्यास लिएका छन् । जसका कारण उनी विदेशमा आयोजना हुने टी–२० लिग खेल्न योग्य भएका छन् । रैना आफैले...
महिला साफ च्याम्पियनसीप सुरु हुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच काठमाडौँ। छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ। साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसलाई दुई समूह ए र बी...
राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस भोलिदेखि काठमाडौं । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष\महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रति...
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप काठमाडौं । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भए...
अन्तिम खेलमा केन्याले नेपाललाई दियो २५६ रनको चुनौती काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । यसअघिका दुई खेल नेपालले जित...
कतारमा नेपाली खेलाडी नकआउट कप खेल्दै दोहा। बैदेशिक रोजगारीका लागि कटारमा रहेका नेपालीहरुको फुटबलप्रतिको रुचीलाई अभिवृद्धि गर्न नकआउट फुटबल प्रतियोगिता भएको छ। सन् २०११ मा स्थापना भएको सीएफसी फुटबल क्लबले डेढ महिनासम्म हप्ता एक दिन शुक्रबार खेल हुने गरी आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता कतारको मिसाइदस्थित माइक स्पोर्...
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै टक्सार (भोजपुर)। तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो। जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए। विसं २०६४...
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत काठमाडाैं। पाकिस्तानले टी-ट्‍वान्टी एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ। भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ। दुबई इ...
फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने आक्रा । फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ । विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आएका छन् । घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्...
आउँदो सिजन पनि चेन्नइको कप्तान धोनी नै रहने काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजन चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले नै गर्नेछन्। फ्रान्चाइजीका सीईओ काशी विश्वनाथले यसको पुष्टि गरेका छन्। पछिल्लो सिजनमा सीएसकेले दुई पटक कप्तान परिवर्तन गरेको थियो। पहिला धोनी आफैंले कप्तानी छोड्ने निर्णय ...
एसिया कपबाट बाहिरिनेबित्तिकै बंगलादेशका स्टार खेलाडी मुस्फिकर रहिमले सन्यास लिए काठमाडौं । बंगलादेशका स्टार विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले एसिया कप २०२२ सिजनमा निकै खराब प्रदर्शन गरेपछि सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मुस्फिकरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । मुस्फिकर रहिम आफैंले सामा...
एक हप्तामै आज दोस्रोपटक भारत र पाकिस्तान भिड्दै, बाबरको टिमले बदला लिन सक्ला ? काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले आइतबार फेरि भारतको सामना गर्दैछ । शुक्रबार पाकिस्तानले हङकङलाई हराएपछि एसिया कपमा भारत र पाकिस्तानबीचको दोस्रो भिडन्तको टुङ्गो लागेको छ । एसिया कपको पहिलो सुपर फोरमा भारत र पाकिस्तानबीचको भिडन्त भन्द...
हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै काठमाडाैं। ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ। जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त ...
अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताएका छन् ।काठमाडौंमा आज राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ५९औँ वार्षिकोत्सव समारोहमा ...
स्वर्ण पदक विजेतालाई एक करोड ३० लाख दिने तयारी हुँदैछः खेलकुदमन्त्री गहतराज काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले  ओलम्पिकमा स्वर्ण पदक विजेतालाई एक करोड ३० लाख दिनेगरी तयारी थालिएको बताएका छन् ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री  गहतराज...
नवौँ राष्ट्रिय खेलकुदः स्क्वास र टेबल टेनिसका खेलाडी छनोट पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन् । पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा आज भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन् । पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका...
नेपाल–केन्या एकदिवसीय क्रिकेटः केन्यासामु २३१ रनको लक्ष्य काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो । नेपालका लागि लागि कप्तान रोहित...
सनराइजर्स हैदरावादले प्रशिक्षक बदल्यो, ब्रायन लारा मुख्य प्रशिक्षक नियुक्त काठमाडौं । आईपीएल २०२३ अघि सनराइजर्स हैदरावाद टिमका प्रशिक्षक परिवर्तन भएका छन् । अब ब्रायन लारालाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ । यसअघि टम मुडी सनराइजर्स हैदरावादका प्रशिक्षक थिए । यो परिवर्तन व्यवस्थापन र टम मुडीको सहमतिमा भएको...
कोच र पिताले खेलाडीलाई यस्तो ठाउँमा छोए, भिडियो सार्वजनिक भएपछि बबाल काठमाडौं । युएस ओपन प्रतियोगितामा खेल जितेर १६ वर्षीया टेनिस खेलाडी जब आफ्ना बुबा र प्रशिक्षककहाँ पुगिन्, उनीहरूले खुसीमा केही यस्तो गरे जुन त्यहाँको क्यामेरामा कैद भएपछि सामाजिक सञ्जालमा बबाल मच्चियो । मानिसहरूले यसको चर्को आलोचना गर्न थाले। अन्ततः ट...
पाकिस्तानी ब्याट्सम्यान खुशदिलले अन्तिम ओभरमा विनाश मच्चाए, बलरले बनाए विश्व कीर्तिमान काठमाडौं । पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कपको सुपर फोरमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीले हङकङलाई १५५ रनले पराजित गरेको हो । १९४ रनको लक्ष्य पछ्याएको हङकङको टोली ३८ रनमै अल...
सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन्, अन्तिम खेलमा आँसु छचल्कियो काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलविदा भनेकी छिन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् । न्यूयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि या...
विराट कोहलीले प्रसिद्ध गायक किशोर कुमारको बंगला भाडामा लिए, नयाँ रेस्टुरेन्ट खोल्ने काठमाडौं । क्रिकेटर विराट कोहलीले आफ्नो रेष्टुरेन्टका लागि मुम्बईको जुहूमा रहेको बंगलाको ठूलो हिस्सा भाडामा लिएका छन् । यो बंगला स्वर्गीय अभिनेता तथा गायक किशोर कुमारको हो। यस बंगलाको नाम ‘गौरी कुञ्ज’ हो, जुन किशोर कुमारको परिवारको स्वा...
एक दिवसीय क्रिकेटः आसिफको शतकमा नेपालको सानदार जित काठमाडौं । नेपाल र केन्याबीचको एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ७ विकेटले जित पारेको छ । जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको केन्यामाथि नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा...
दीक्षालयले हात पार्‍याे युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि काठमाडाैं। बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा रहेकाे दीक्षालय स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि हात पारेकाे छ। पुरुषतर्फ १८ वटा र महिलातर्फ ११ वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा महिलातर्फको काष्टमण्डप माविलाई १०-२३ अंकले हराउँदै दीक्षालय स्...
एक दिवसीय क्रिकेटः जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो काठमाडौं । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट महेन्द्रनगर। आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन्। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बता...
एसिया कप क्रिकेटः श्रीलंका सुपर चारमा काठमाडौँ। बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट(२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ। समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। एक सय ८४ रनको लक्ष्य पछ्याएको श्...
एसिया कपमा अफगानिस्तानपछि भारत पनि सुपर फोरमा काठमाडौं । भारतीय क्रिकेट टोली एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । यस प्रतियोगितामा भारतीय टोलीले लगातार दोस्रो जित हात पारेको छ । योसँगै भारतीय टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोली बनेको छ । लगातार दुई जितसँगै अफगानिस्तान मंगलबार समूह ‘बी’ बाट सुपर फोरमा पुग्ने...
नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन्। गण्डकी प्रदेशमा आगामी असोज २८ देखी ...
दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने सिमरा । नेपाल र भारतका क्लबको सहभागिता रहने गरी सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले २९ भदौदेखि १ असोजसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगिताम...
एसिया कपमा अफगानिस्तानको अद्भूत यात्रा जारी, समूह चरणका सबै खेल जितेर सुपर ४ मा पुग्यो काठमाडौं । पहिले श्रीलंका र अब बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एसिया कपको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार शारजाहमा भएको प्रतियोगिताको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । समूह बीको यस खेलमा बं...
नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै काठमाडौं।मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। नेपाल...
नेपालले जित्यो टी–२० सिरिज काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्...
नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको अर्धशतक काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका ...
नेपाल र केन्या अन्तिम खेलमा भिड्दै, नेपालले ब्याटिङ गर्दै काठमाडौं । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले केहीबेर अघिसम्म १४ ओभरमा दुई विकेट गुमाएर ...
अर्को हप्ता भारत र पाकिस्तानबीच अझै २ पटक भिडन्त हुन सक्ने काठमाडौं । एसिया कप २०२२ मा भारतलेले आफ्नो मिशन जीतका साथ सुरु गरेको छ। अगस्ट २८ मा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै आफ्नो मिसनको सुरुवात गरेको थियो । यस क्रममा फ्यानहरूले रोमाञ्चक खेल हेर्न पाए, किनभने लामो समयपछि भारत र पाकिस्तानको टोली आ...
विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक, भोली भक्तपुरमा काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान सगरमाथ...
केन्यासँग ७ रनले हार्‍यो नेपाल, शृंखला २-२ को बराबरीमा काठमाडौं । केन्या विरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७ रनले पराजित भएको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोडे भने अरु ब्याट्सम्यानल...
केभीकेएसएस बाँस्केटबल भोलिदेखि प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज टिमलाई आठ तथा गल्र्सलाई चार समूहमा विभाजन गरिने छ । ब्वाइ...
नेपालको टी २० वरियता खस्कियो काठमाडौं । नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो । यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसंगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर ब...
केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर काठमाडौं। केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ। बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो। आइतबार सम्पन्न तेस्रो खेलमा केन्याम...
एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको जित काठमाडौं। एसिया कप २०२२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ। दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे। भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा...
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल चार विकेटले विजयी भएको छ । आइतबार भएको खेलमा नेपालको जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रन...
अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा)ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम...
सन्दीप बिग बासमा बिकेनन् काठमाडौैं । नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरे...
पाकिस्तानी कप्तान बाबर आजमले आफ्नो टोलीलाई पछिल्लो विश्वकप सम्झन भने काठमाडौं । एसिया कपको दोस्रो खेलमा आइतबार भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल दुबईमा हुँदैछ । दुवै देशका फ्यानहरू साँझ ७.३० बजेदेखि सुरु हुने यो खेलको प्रतिक्षामा छन् । तर, यो खेलअघि पाकिस्तानी कप्तान बाबर आजमको एउटा भिडियो निकै चर्चित भइरहेको छ ।...
पाकिस्तानविरुद्ध खेल्नुअघि रोहित शर्माले आफ्नो टिमको रणनीति बताए काठमाडौं । एसिया कपका लागि तयार रहेका भारतीय टोलीका कप्तान रोहित शर्माले आफ्नो खेलमा मात्र ध्यान केन्द्रित गर्ने र एक पटकमा एक खेल खेल्ने लक्ष्य रहेको बताएका छन् । टी–२० प्रतियोगिताको उद्घाटन खेलमा भारतले आइतबार पाकिस्तानको सामना गर्नेछ । पत्रकार सम्मेलनम...
लगातार फ्लप चलिरहेका विराट कोहलीले पाकिस्तानसँग भिड्नुअघि मौनता तोडे काठमाडौं । लगातार खराब फर्मसँग लडिरहेका भारतीय क्रिकेटर विराट कोहलीले आफूले विश्राम लिनु आवश्यक भएको बताएका छन् । कोहली वेस्ट इन्डिज र जिम्बाब्वे भ्रमणका लागि टिम इन्डियामा परेका थिएनन् । एक खेलकुद च्यानललाई दिएको अन्तर्वार्तामा कोहलीले भने, “१० वर्षम...
आज भारत-पाकिस्तानको हाइभोल्टेज खेल, पाकिस्तानी कप्तानले दिए ठूलो बयान काठमाडौं । एसिया कप २०२२ मा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो ब्लकबस्टर खेल आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिनेछ । भारत–पाकिस्तान खेललाई लिएर फ्यानमा ठूलो क्रेज रहेको र खेलको दिन रंगशाला हाउसफुल हुने सम्भावना छ । खेलअघि भारत र पाकिस...