content
stringlengths
20
64.1k
आर्सनलको विजयी सुरुवात काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ। शुक्रबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो। भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरेका थिए। जितसँगै ...
आजबाट इंग्लिस प्रिमियर लिग काठमाडौं।इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरु...
यु-२० साफः उपाधिका लागि भारत र बंगलादेश भिड्दै काठमाडौं। यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ। भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान द...
युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा अनुबन्ध काठमाडौं। इंग्लिस प्रीमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ। चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो। युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्...
यु -२० टिम स्वदेश फर्कियो काठमाडौं । नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने ...
पारससहित सात खेलाडीलाई सर्वकालीन सम्मान काठमाडौं । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओ...
यू-१७ राष्ट्रिय पुरुष फुटबलः पहिलो चरणमा ६० खेलाडी छनोट काठमाडौं। यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जानकारी दिएको छ । एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि ...
साफ यु २०: नेपाली टिम आज फर्कने काठमाडौं। यु २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार ) स्वदेश फर्कँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम आज अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल...
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्...
शारीरिक सुगठनमा रजत तथा कांस्य पदक विजेतालाई नगद पुरस्कार काठमाडौं । हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राईलाई नेपाल...
प्रदेश-केन्द्रबीचको ऐन बाझिँदा कार्यान्वयनमा समस्या : राखेप सदस्यसचिव घिसिङ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण गरिँदा र प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च ९एनए...
क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्। २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन्। पछिल्लो दुई संस्करणमा ...
क्रिकेटः १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने काठमाडौं। इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ। गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछ...
साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो काठमाडौं। लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण ब...
तेस्रो टी-२० मा भारत विजयी काठमाडौं। भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै भारत शृंखलामा २-१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए। यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर ...
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगल...
पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
नेपाली टिममा परिवर्तनः बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने काठमाडौं।साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ । आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स...
विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट काठमाडौं।नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त...
आयरल्याण्डसँगको सिरिजका लागि नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा काठमाडौं । मोहम्मद नाबीको कप्तानीमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।आयरल्याण्डसँगको टी ट्वान्टी सिरिजका लागि अफगानिस्तानको टोली घोषणा भएको हो। नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । अफगानिस्तानले घरेलु टोली आयरल्याण्डस...
कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन्। एयर होस्टेज कन्चनसँग किर...
किरण माल्दिभ्समा दोस्रो पटक सर्बोत्कृष्ट गोलरक्षक घोषित काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन्। माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चु...
साफ यु-२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदै काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ...
वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित काठमाडौं। वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ। १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए। भारतका अर्शदीपसिंह, रविन्द्र ज...
महिला साफ जित्ने आधारः खेलाडीको इख र घरेलु मैदान काठमाडौं। लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप–२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ । उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले नियुक्त गरेको छ । उनै थापा अहिले ५८ महिला...
भारतसँग ८ गोल खानुभन्दा ठूलो चिन्ताजनक दिन अब आउँदैछन्ः विक्रम लामा काठमाडौं। कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौँ । राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो । तर, समयको...
बर्मिङ्घममा जारी कमनवेल्थ गेम्समा भीषण दुर्घटना ! (भिडियो) काठमाडौं । बर्मिङ्घममा कमनवेल्थ गेम्स २०२२ भइरहेको छ जसमा विश्वका ७२ देशका खेलाडीले आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । खेलाडीलाई हर्षोल्लास दिन फ्यानहरु पनि ठूलो संख्यामा रंगशालामा पुगेका छन् । खुशीका यी पलहरूबीच राष्ट्रमण्डल खेलकुदको तेस्रो दिन एउटा भयानक दुर...
मेरो फाइदाका लागि फुटबल डुबाउँदिनः प्रशिक्षक केसी काठमाडौं।नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् । आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको...
इंग्ल्यान्ड पहिलो पटक महिला युरो च्याम्पियन काठमाडौं। जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक महिला युरोकप २०२२ को उपाधि जित्न सफल भएको छ । आइतबार राति बेम्बलीमा रंगशालामा भएको फाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले सान्त्...
यु २० साफ: भारतसँगको हारपछि नेपालको फाइनल पुग्ने सम्भावना न्यून काठमाडौं। यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ। आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार बेहोर्‍यो। भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर ग...
जिम्बाब्वे सिरिजमा पनि विराट कोहली टिमबाहिर, राष्ट्रिय टिम छनोटकर्तालाई यस्तो भने काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । केएल राहुल चोटका कारण फेरि यो सिरिजबाट बाहिर भएका छन् र टीम इन्डियामा फर्कन सकेका छैनन् । यसअघि भारतका पूर्व कप्तान विराट कोहली पनि यस सिरिजको हिस्सा हुन सक...
महिला साफ: च्यासललाई अभ्यास मैदान बनाउने काठमाडौं। घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो। यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयार...
यु २० साफ: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल काठमाडौं। साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ। भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ। पाँच राष्ट्रको सहभागिता...
स्वर्ण पदककी दावेदार महिला खेलाडी बोल्ड फोटोका कारण चर्चामा काठमाडौं । बर्मिङ्घममा कमनवेल्थ गेम्स २०२२ सुरु भएको छ । जुलाई २८ बाट सुरु भएका यी खेलहरु अगस्ट ८ सम्म चल्ने छन् । क्यानडाकी एक महिला खेलाडी कमनवेल्थ गेम्सका लागि चर्चामा छिन् । यसको कारण उनको बोल्ड स्टाइल हो । यी खेलाडीले इन्टरनेटमा आफ्ना बोल्ड तस्विरहरु शेयर...
साफ यू-२०ः आज नेपाल र भारत भिड्दै काठमाडौं। भारतमा जारि साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्प्रर्धा हुँदैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो टोली अर्थात् साबिक बिजेता भारतको सामना गर्नेछ । यी दुई टिमबीच खेल बेलुका ७ः १५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको दुबै खेलमा नेपालले शतप...
सिटीलाई हराउँदै लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि काठमाडौं। म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे। सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल...
महिला साफः नेपालको समूहमा भुटान र श्रीलंका काठमाडौं।घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।यस्तै समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलाद...
आहा रारा गोल्डकप घाटामा कास्की। पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ ।प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख...
कोउन्डेले गरे बार्सिलोनासंग पाँच वर्षको सम्झौता काठमाडौं। फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ। कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन्। उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन्। २३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ ...
पहिलो टी २० मा भारत विजयी काठमाडौं। पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ। यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ। शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो। वेस्ट इन्दिजका लागि शम्राह ब्रु...
यु २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित काठमाडौं। यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन्। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। लगाता...
धनलक्ष्मी राष्ट्रिय स्क्वास सोमबारबाट काठमाडौँ। धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउँदाे सोमबारदेखि सुरु हुने भएको छ। धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता १६ साउनदेखि २१ साउनसम्म आयोजना हुने जानकारी गराएको छ। ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास...
जुलेस कोउन्डे बार्सिलोनामा अनुबन्ध काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५० मिलियन युरोमा अनुबन्ध गरेको छ। क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ। सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन्। उनले ...
कप्तान सन्दीपले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुन...
जापानमा जाने कराते टोलीको बिदाइ काठमाडौं । पन्ध्रौँ विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे । यही साउन ...
पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी काठमाडौं।प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन चितवन। नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ। मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविध...
महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता खेलाडीलाई नगदसहित सम्मान सप्तरी।महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले विजेता टोलीका खेलाडीहरूलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्...
वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप काठमाडौं।घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ । बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस डकवर्थ पद्धतीमा ११९ रनले हराउँदै भारतले तीन एक दिवसीय खेलको शृंखला ३-० ...
महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा काठमाडौं। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ। अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ। बुधबार...
राखेपबाट अवकाश पाएका बज्रको बिदाइ काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई बुधबार एक कार्यक्रमका बीच सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् । घिसिङले आगामी दिनका लागि शुभकामना दिंदै केसी परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडि बढ्ने कर्मचारीको रूपमा पाएको र ...
यु २० साफ: लगातार दोस्रो जितसंगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित काठमाडौ । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङ...
यु २० साफः बंगलादेशसँग घरेलु टोली भारत स्तब्ध काठमाडौं । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २–१ अन्तरले स्तब्ध बनाएको छ । बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पह...
प्रिन्स दाहालसहित १० खेलाडीलाई ओलम्पिक छात्रवृत्ति काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । सम्बन्धित् खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले यी खेलाडी छनोट गरेको हो । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । छात्रवृत्तिको लक्ष्...
गौरव थापा भन्छन्-एन्फाभित्र संगठित रुपमा गरिएको षड्यन्त्रमा मेरो नाम जोडिनु दुःखद् काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाभित्र संगठित रुपमा गरिएको षड्यन्त्रमा आफ्नो नाम जोडिनु आश्चर्यजनक र दुःखद् रहेको प्रतिक्रिया दिएका छन्। ६ असारमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित...
साफ यु-२०: लगातार दोस्रो जितको दाउमा नेपाल काठमाडौं। पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार साझ सवा ७ बजे सुरु हुनेछ। प्रतियोगिताको उद...
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा काठमाडौं। स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो ह...
सेयर बजार ४५ अंकले घट्यो काठमाडौं।सेयर बजार करिब ४५ अ‌ंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको सेयर बजार तेस्रो दिन म‌ंगलबार ओरालो लागेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार स...
फाइनल पुग्ने दाउमा इंग्ल्यान्ड र स्विडेन काठमाडौ।महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा मंगलबार घरेलु टोली इंग्ल्यान्ड र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।इंग्ल्यान्डको सेफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । स्विडेनबिरुद्द मैदान उत्रदै गर्दा घरेलु टोली इंग्ल्यान्ड तेस्रो पटक प्रतियोगिता...
गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलायो चितवन। भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो। लाम...
नबौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा तयारी सुरु पोखरा । नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण ब...
मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी काठमाडौं । प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे । पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो ...
साफ यु- २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित काठमाडौं । यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । माल्दिभ्सविरुद्ध बल ...
क्रिकेटमा रंगभेदको विवादका कारण स्कटल्याण्ड क्रिकेट बोर्डको पूरै टिमको राजीनामा काठमाडौं । क्रिकेट जगतबाट स्तब्ध पार्ने खबर बाहिर आएको छ । जातीय विभेदका केही मुद्दा बाहिर आएपछि आइतबार एक देशको सम्पूर्ण क्रिकेट बोर्डले राजीनामा दिएको छ । यो स्कटल्याण्डमा भयो, जहाँ क्रिकेट बोर्डका सबै सदस्यहरूले आफ्नो पद छोडे। यसको जानका...
यु-२० साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपाललाई अग्रता काठमाडौं । यु-२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदा नेपालले १-० को अग्रता बनाएको हो । ४२औं मिनेटमा दिपेश गुरुङले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । आयुष ...
माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक काठमाडौं । यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट ...
फ्रान्सलाई भलिबल नेसन्स लिगको उपाधि काठमाडौं।फ्रान्सले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।इटालीमा सोमबार सम्पन्न फाइनलमा साविक ओलम्पिक च्याम्पियन फ्रान्सले अमेरिकालाई ३-२ को सेटमा हराउँदै पहिलोपटक भिएनएलको उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले अमेरिकालाई २५–१६ २५–१९ १५–२५ २...
साफ यु-२०: माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल काठमाडौं। साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन्। भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा...
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला काठमाडौं। रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ। आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९।४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो। भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्...
देशको लागि विश्वकप जित्नु छ, यसको लागि जे पनि गर्छु – विराट कोहली काठमाडौं । भारतका पूर्व कप्तान विराट कोहली यतिबेला निकै खराब अवस्थाबाट गुज्रिरहेका छन् । उनले साढे दुई वर्षसम्म शतक र पाँच महिना अर्धशतक बनाउन सकेनन्। हालैको इंग्ल्याण्ड भ्रमणमा पनि कोहलीले ६ अन्तर्राष्ट्रिय इनिङ्समा ७६ रन मात्र बनाउन सकेका थिए । यो खराब...
भारतको दाउ वेष्ट इन्डिजविरुद्ध श्रृंखला काठमाडौं।भारत र वेष्ट इन्डिजबीचको तीन एकदिवसीय श्रृंखलाको दोस्रो खेल आज हुँदैछ । क्विन्स पार्क ओवलमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन विकेको जित हात परेको थियो । दोस्रो खेलमा लगाता...
युनाइटेड र एस्टन भिल्लाको बराबर काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ। शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो। युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि ल...
जापानमा पीएसजीको दोस्रो जित काठमाडौं। प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो। पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो ...
राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले २४ देखि २५ भदौसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । प्रतियोगितामा करिब तीन सय खेलाडीको ...
वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी काठमाडौं। भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ । शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमा...
फ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वरमा काठमाडौं। भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ। नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो। एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो। नेपाली टिममा प्रशिक्षक मे...
लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान काठमाडौं। महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन्। डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूम...
युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध काठमाडौं। युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ। म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । २५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए। सिटीका लागि १ सय २८ खेल खेल्दा...
गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) ले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेका छन्। शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर...
विश्व तेक्वान्दो च्याम्पियनसिपमा अशोक खड्का निर्णायक काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तरराष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७...
महिला फुटबल टिमलाई दुई मुख्य प्रशिक्षक काठमाडौं।नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दुइ मुख्य प्रशिक्षक पाएको छ । घरेलु फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेसँगै महिला फुटबल टोलीले दुई मुख्य प्रशिक्षक पाएको हो । यसअघि राष्ट्रिय खे...
कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त काठमाडौँ। राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। पूर्वखेलाडी थापा वि...
सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज काठमाडौँ।  एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन्। ग्वार्काेस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन्। ‘अहिले अवस्था ठिक छ ।आज अ...
साफ यू-२० नेपाली टोली भारत प्रस्थान काठमाडौं । जुलाई २५ देखि भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो । विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेप...
सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज काठमाडौं। एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन्। ग्वार्काेस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन्। ‘अहिले अवस्था ठिक छ। आज अस...
नुनेजको चार गोलमा लिभरपुलको जित काठमाडौँ। डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ । बिहीबार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सल...
भिएनएल: फ्रान्स र पोल्यान्ड सेमिफाइनलमा काठमाडौं। बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्‍याे। सहज जित निकाल्ने क्रममा फ्रान्सले जापानलाई २६-२४, २५-१६ र २५-२० ले पराजित गरेकाे हाे। यता, पोल्यान्डले इरान...
साफ यू-२० नेपाली फुटबल टिम भारत जाँदै, भोलि बिदाइ काठमाडौं । साफ यू- २० मा सहभागी हुन जाने नेपाली टोलीको भोली बिदाइ गरिने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भोलि बिहान १० बमुख्य प्रशिक्षक मेघराज केसीले साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।जे खेलाडीहरुलाई बिदाइ गरिने एन्फाले जनाएको छ । जुलाई २...
भलिवल संघको निर्वाचन भदौ चौथो साता काठमाडौं।नेपाल भलिवस संघ (एनभीए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए । विगत दुई वर्षदेखि कार्यका...
टि-२० अन्तर्राष्ट्रिय करियरकै पहिलो ओभरमै ह्याट्रिक काठमाडौं । न्यूजिल्याण्डका बलर माइकल ब्रेसवेलले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । ब्रेसवेलले टी-२० करियरको पहिलो ओभरमै ह्याट्रिक लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा यस्तो गर्ने पहिलो बलर बनेका छन् । ब्रेसवेलले २ टी–२० खेलेका छन् तर उनले आयरल्या...
यस वर्ष भारत र पाकिस्तानबीच ६ म्याच हुन सक्ने ! काठमाडौं । क्रिकेट जगतका फ्यानहरू सधैं एउटा खेलको लागि सबैभन्दा धेरै पर्खिरहेका हुन्छन्, त्यो हो भारत-पाकिस्तान खेल। दुई टोलीबीचको राजनीतिक तनावका कारण सन् २०१२ यता कुनै द्विपक्षीय शृङ्खला भएको छैन। भारत र पाकिस्तान सधैं आईसीसी टूर्नामेंट वा एसिया कपमा मात्र भिड्ने गरेको ...
साफ यू-२० च्याम्पियनसिप फुटबलको कप्तानी आयुष घलानले गर्ने काठमाडौं।भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी आयुष घलानले गर्ने भएका छन् । जुलाई २५ देखि भातरमा हुने खेलमा घलानको कप्तानीमा नेपाली टोलीले फुटबल खेल्नेछ। सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत घलानले कप्तानी गर्ने भएका हुन्।...
एजेन्डामा प्रवेश नै नगरि एन्फा बैठक स्थगित काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ। एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्...
ढिला गरि सुरु भयो एन्फा कार्यसमिति बैठक काठमाडौँ। पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ। सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो। गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयम...
मेस्सीको गोलमा पीएसजी विजयी काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ। बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो। उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाल...
एन्फा कार्यसमिति बैठक बस्दै, १२ एजेण्डा काठमाडौ। पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (बिहीबार कार्यसमिति बैठक बस्दैछ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक बिहान ७ बजेलाई डाकिएको छ। गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएक...
सरकारले एशियाली खेलकुदको स्वर्ण विजेतालाई ३२ लाख ५० हजार प्रदान गर्ने काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु ३२ लाख ५० हजार प्रदान गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज आयोजित कार्यक्रममा उन...
एन्फा कार्यसमिति बैठक बस्दै काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो । एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।
नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त काठमाडौं । केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुला...
लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क जाने काठमाडौं । महिला फुटबल रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउने भएका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्...