content
stringlengths
20
64.1k
प्रिमियर लिगः लिभरपुलको सहज जित काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९-० को जित निकालेको छ। लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे। यस्तै, हार्भे इलियोट, टे«न्ट एलेक्सजाण्डर अर्नाेल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक ग...
प्रिमियर लिगः सिटी, युनाइटेड र चेल्सीको जित काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्...
नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ । दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी ...
चीनको महिला भलिबल टोलीले खेलको क्रममा मास्क लगाए, चिनियाँ सोशल मिडियामा हलचल काठमाडौं । चीनको राष्ट्रिय महिला भलिबल टोलीले एन-९५ मास्क लगाएर खेल खेल्दा चिनियाँ सामाजिक सञ्जालमा मानिसहरु आक्रोशित भएका छन् । चीनको शून्य कोविड नीति अन्तर्गत खेलाडीको स्वास्थ्यमा हानी भइरहेको भन्दै धेरैले इन्टरनेटमा आफ्नो आक्रोश व्यक्त गरेक...
फिफाले भारतमाथिको प्रतिबन्ध हटायो, विश्वकप निर्धारित समयमा भारतमै हुने काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को निलम्बन तत्काल प्रभावबाट फुकुवा गर्ने घोषणा गरेको छ। यो जानकारी एआईएफएफको आधिकारिक ट्विटर ह्यान्डल ‘भारतीय फुटबल टीम’ बाट एक ट्वीटमा दिइएको छ। संगठनले यस सम्बन्ध...
भारतमाथिको प्रतिबन्ध फुकुवा काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ। सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थ...
नेपाललाई १३३ रनको लक्ष्य काठमाडौं । केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्‍यो । केन्याका रकेप पटेलले सर्वाध...
नेपाल टस जितेर फिल्डिङमा काठमाडौं। केन्याविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे । नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि ...
आज नेपाल र केन्याको दोस्रो खेल काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ।खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । आज नेपाल घरेलु टोली केन्यासँग लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ। केन्या भने नेपालविरुद्ध पहिलो जितको खोजीम...
दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा काठमाडौं। युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ। ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा मा परेको छन् ।अन्य समूहको तुलनामा यो समूहलाई कठिम मानिएको छ। यस समूहमा इन्टर मिलान र भ...
नेपालसामू केन्या ५ विकेटले पराजित काठमाडौं । केन्यासँगको टी–ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ...
केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य काठमाडौं ।  घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रन...
आजदेखि नेपाल र केन्याबीचको क्रिकेट सिरिज सुरु काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्या राष्ट्रिय क्रिकेट टोलीबीचको सिरिज आजदेखि सुरू हुँदैछ।नेपाल र केन्याबीचको खेल नेपाल समयअनुसार अपरान्ह ३ः४५ बजेबाट सुरू हुनेछ। यो सिरिज नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने र नेपालका लागि टी-२० वरीयत...
नेपाल र केन्या भिड्दै, यस्तो छ हेड टु हेड काठमाडौँ। पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) घरेलु टोलीसँग पहिलो टी-२० अन्तराष्ट्रियमा खेल खेल्दै छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको ...
नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु खोटाङ। नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगीता एबं चौथो जिल्लास्तरीय कराते प्रतियोगीता सुरु भएको हो। जिल्ला खेलकुद बिकास समितिको कबर्डहल...
अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिको पोल्टामा भक्तपुर । छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । भक्तपुरमा बुधबार सम्पन्न प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै ...
स्टार फुटबलर जिल स्कटको संन्यास काठमाडौँ। इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन्। ३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी ह...
नेपाली क्रिकेटको एकदिवसीय बरीयता यथावत काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटको एकदिवसीय अन्तराष्ट्रियको बरीयता यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले सार्वजनिक गरेको गरेको पछिल्लो बरीयतामा नेपाल पुरानो स्थान यथावत राखेको छ । नेपालको यसअघिको बरियता १९ औँ स्थानमा रहेको छ। नयाँ बरीयतामा पनि नेपाल १९ औं स्थानम...
पाकिस्तानसँगको खेलमा ५ दिन छँदा भारतका हेड कोच राहुल द्रविड कोरोना पोजेटिभ काठमाडौं । एसिया कपअघि भारतीय टोलीलाई ठूलो धक्का लागेको छ । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना पोजेटिभ देखिएपछि उनी एसिया कपमा हुने कि नहुनेमा अझै शंका छ । भारतीय टोली आज युएई जाँदैछ । एसिया कप यही शनिबार अर्थात अगस्ट २७ गतेबाट सु...
युनाइटेडले लिभरपुललाई हरायो काठमाडौं। जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ। सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २-१ को जित निकाल्यो। पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश २-१ र ४-० को न...
खेलाडीहरुले गरे स्पोर्टस क्लाइम्विंग काठमाडौं । विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन् । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन् । राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्...
नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास काठमाडौं । नेपाली क्रिकेट खेलको स्तरोन्नति हुन करिब एक वर्षको समयावधि लाग्ने विश्वास गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा केही साताअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरको आगमनसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास गरिए...
दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने, विजेताले १४ हजार ५०० रुपैयाँ पाउने काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा १० भदाैदेखि शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरूले सहभागिता जनाउने आयोजकले जनाएकाे छ । प्रतियोगिता...
राष्ट्रिय फुटबल टिमका कप्तान किरण पन्जाब एफसीमा अनुबन्धित काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् । किरणले २०१९-२० को सिजनमा पनि सोही क्लवबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थ...
पीएसजीको फराकिलो जित काठमाडौं। युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ। आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे। यस्तै, लियोनल मेस्सी र आचराफ हाक...
पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने काठमाडौं। पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन्। का...
इङ्लिस प्रिमियर लिग : चेल्सी स्तब्ध, सिटी रोकियो काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक ग...
नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा कार्यालय खुल्यो पोखरा । पोखरामा नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो । नवौं खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ । कार्याल...
जिम्बाव्वेबिरुद्ध भारतलाई एक खेलअघि नै शृंखला काठमाडौँ। घरेलु टोली जिम्बाव्वेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लगातार दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै एक खेलअघि नै शृंखला जितेको छ। शनिबार १ सय ६२ रनको लक्ष्य भारतले २५.४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे। भारतका सन्जु सामसनले सर्वाधिक ४३ रन बनाउँद...
रियल मड्रिडको दोस्रो जित काठमाडौं। लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको छ। करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए। दुबै गोल पेनाल्टीमा भएको थियो। य...
गोर्खा खुकुरीको विधान सर्वसम्मतीले संशोधन काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघसम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न शनिबार केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ । संशोधित बुँदा सर्वस...
खेल आयोजकले टेनिस स्टारको परिचय पत्रमा बिकिनी फोटो टाँसिदिएपछि… काठमाडौं । क्यानडाकी महिला टेनिस स्टार युजेनी बुकार्ड आफ्नो खेलबाहेक आफ्नो ग्ल्यामरस लुकका कारण निकै चर्चामा छिन् । उनको लुक र स्टाइल कुनै अभिनेत्री भन्दा कम छैन । बुकार्ड सामाजिक सञ्जालमा पनि निरन्तर सक्रिय रहन्छिन् । युजेनी बुकार्ड ओडलम ब्राउन भ्यान ओपन ...
क्यान र क्रिकएचक्युबीच सम्झौता काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । विश्व प्रसिद्ध डिजिटल प्लेटफर्म क्रिकएचक्युसँग तीन वर्षका लागि सम्झौता भएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । क्रिकएचक्युले लाइभ स्कोरिङ, म्याच रिपोर्ट, एनालिटिक्स, डिजिटाइजेसन लगायतका काम ...
वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१ काठमाडौं। घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउदा मात्र एक सय ६१ रनमा समेटियो । उसका याननिची कारिय...
नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता कास्की। विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो। गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई त...
क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन्। ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन्। ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा ...
नेदरल्यान्डजिरूद्ध पाकिस्तानलाई शृंखला काठमाडौं। लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ। बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान “क्लिन स्विप” तर्फ अगाडि बढेको हो। १८७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर...
वेस्ट इन्डिजविरुद्ध भारत १० विकेटले विजयी काठमाडौं। जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ। यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो। १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए। यसअघि टस हा...
ब्याडमिन्टन टोली आज भारत जाने काठमाडौं। भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ। नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ। पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हि...
छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरू भक्तपुर । भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे । उनले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगि...
पहिलो खेल वेस्ट इन्डिजलाई काठमाडौँ। न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय (ओडिआई) खेल आफ्नो पक्षमा पारेको छ। १९१ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजल ३९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो। वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले सर्वाधिक ७९ रन बनाए। यस्तै, निकोलस पुरनले २८ र शाई होप...
महिला साफको नयाँ तालिका आउने काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्न...
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । ४ स...
राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं नेपाल आइपुगे काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन्। अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन्। हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्ल...
युएस ओपन अघि सेरेना विलियम्सलाई झट्का, सिनसिनाटीमा पहिलो राउण्डमै किशोरीसँग हारिन् काठमाडौं । यसै महिना हुन लागेको युएस ओपन ग्राण्डस्लाम खेलअघि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई ठूलो धक्का लागेको छ । अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग पहिलो राउण्डमा नै बाहिरिएकी छिन् । २३ ...
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित काठमाडौं। नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ। योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक कास्की । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्य...
पाँच महिनापछि ‘कमब्याक’ भएका ज्ञानेन्द्र भन्छन्- एकदिवसीयमा ध्यान दिनुपर्छ काठमाडौं । पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन् । कीर्तिपुर स्थित टियु मैदानमा ‘कमब्याक’ पछि सञ्चारमाध्यमसँग बोल्दै ज्ञानेन्द्रले टिममा फर्कँदा खुसी भएको...
शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ ।  प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभा...
महिला साफको टेक्निकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई, अरु क-कसले पाए जिम्मेवारी ? काठमाडौं । भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा ...
विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने किर्तिमानी खेलाडीले सन्यास लिए काठमाडौं । आयरल्याण्डका स्टार अलराउन्डर केभिन ओब्रायनले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका छन् । केभिनले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट सेयर गर्दै यसको घोषणा गरेका हुन् । केभिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अतुलनीय सहयोगको लागि आफ्ना प्रशिक्षक, परिव...
संसारकै सबैभन्दा सेक्सी खेलाडी धरधरी रोइन् काठमाडौं । विश्वकै सेक्सी एथलीट घोषित भएकी जर्मन धावक एलिसा स्मिड यतिबेला चर्चामा छिन् । एलिसाले आफ्नो दौड र सौन्दर्यबाट लगातार फ्यानको मन जितिरहेकी छिन् तर यसपटक उनको भावुक अनुहार सबैको अगाडि आएको छ । २३ वर्षीया एलिसाले हालै विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्...
फिफाले भारतबाट विश्वकप आयोजना गर्ने अधिकार खोस्यो काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई तत्काल लागू हुनेगरी निलम्बन गरेको छ । फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण भारतीय फुटबल महासंघ (एआईएफएफ) विरुद्ध यो कारबाही गरेको हो । फिफाले आफ्नो विज्ञप्तिमा काउन्सिलले सर्वसम्मतिले भारती...
भारतलाई फिफाको प्रतिबन्ध काठमाडौं। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो। संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले ...
लिभरपुल लगातार दोस्रो बराबरीमा काठमाडौं। लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ। घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए। यसपछि लिभरपुल ५७औँ मिनेटमा १०...
ला लिगा: रियल मड्रिडको विजयी सुरुवात काठमाडौं। साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमन सहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे। अल्मेरियाका लार्जी रामाजानीले सु...
बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने बैतडी । बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ । खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए। ट्रष्टले यसअघि प्रत...
अल्मुताइरीले टिमबाहिर राखेकासहित ४० खेलाडीलाई हुमागाईंले बोलाए बन्द प्रशिक्षणमा काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अ...
एसिया कपको मुखमा पाकिस्तानी क्रिकेट टिममा बबाल ! काठमाडौं । क्रिकेट फ्यानहरू अहिले एसिया कपको प्रतिक्षामा छन्, जहाँ भारतीय टोलीले पाकिस्तानको सामना गर्नेछ। अगस्ट २८ मा दुवै टोली आमनेसामने हुनेछन्, तर त्यसअघि नै पाकिस्तान क्रिकेटमा बबाल भएको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै खेलाडीको नयाँ केन्द्रीय सम्झौता गरेको छ, अहि...
बार्सिलोना पहिलो खेलमै रोकियो काठमाडौं। स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ। घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनी अग्रपंक्तिमा भने चुस्त देखिएन। भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनी गो...
मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने काठमाडौं। नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्। क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो। गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका ...
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे। ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस ...
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।
रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छुः मन्त्री ढकाल भक्तपुर। बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् । भक्तपुर नगरपालिकाका...
दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने काठमाडौं। बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो । आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा...
सचिन तेन्दुलकरका छोरा अर्जुनले मुम्बइको टिम छोडे काठमाडौं । महान क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर लामो समयदेखि ठूलो मञ्चमा आफ्नो कौशल देखाउन उत्सुक छन् । इन्डियन प्रिमियर लिग, रणजी ट्रफीमा प्रतिक्षा सूचीमा परेपछि अर्जुन तेन्दुलकरले अब ठूलो निर्णय लिएका छन् । उनी अब मुम्बई नभई गोवाको टिमबाट खेल्नेछन् । अर...
क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन्। उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो। क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ। आर्इसीसी विश्वकप क्रिकेट लिग २ अन...
डर्टमुन्डको पुनरागमन जित काठमाडौँ। बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ। युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो। डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे। फ्रेइवर्गका माइकल ग्रे...
एक दिन अगाडि सर्‍यो विश्वकप फुटबल जुरिच । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घ...
ला लिगाः के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ? काठमाडौं। गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ । प्रशि...
जिम्बाव्वेजविरूद्ध राहुलले भारतको कप्तानी सम्हाल्ने काठमाडौँ। भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ। कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए। राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन्।...
बिबादमा तानिएका पाँडे अब एन्फा अध्यक्ष नेम्बाङको प्रमुख सल्लाहकार, प्रवक्तामा शाह (बैठकको पूर्ण पाठ) काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक...
राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई ...
ए डिभिजन लिग पुस दोस्रो साताबाट काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो । ६ असारसम्म चुनावी साधारण सभाब...
१०० बलको क्रिकेट ‘द हन्ड्रेड’मा पहिलोपटक शतक बन्यो, यी खेलाडीले रचे इतिहास काठमाडौं । आजकाल इङ्ल्यान्डमा ‘द हन्ड्रेड मेन टुर्नामेन्ट’ खेलाइँदैछ । यस प्रतियोगिताको विशेषता भनेको यसमा १०० बलको खेल खेलिन्छ । प्रत्येक टोलीले १००-१०० बल खेल्छन् र त्यसपछि खेलको नतिजा आउँछ। अर्थात् यो टो-२० र टि-१० प्रतियोगिता बीचको ढाँचा हो।...
कतार विश्वकप अब एकदिन अगाडि नै ! काठमाडौं। कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ। सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ। साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका...
एन्फा कार्यसमिति बैठक आज, भागबण्डामै केन्द्रित काठमाडौं। दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ। यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन। २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि...
रियल मड्रिडलाई सुपर कप उपाधि काठमाडौं। आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्। बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे। बेन्जेमाको उत्कृष्ट प्रदर्शनम...
केरेला लिगमा सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले केरेला महिला लिग २०२२ मा केरेला युनाइटेट एफसीलाई ११–० ले पराजित गरेको छ । बुधबार उद्घाटन खेलमा सावित्राले एक्लै पाँच गोल गरिन् । यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिन...
आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन्। भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल ...
महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने काठमाडौँ। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएकी छन्। नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन्। दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेम...
टेनिस स्टार सेरेनाद्वारा सन्यासकाे घाेषणा काठमाडौं। टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन्। एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्। उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन्। जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक ...
नेपालले केन्यासँग टी २० र एकदिवसीय शृंखला खेल्ने, ज्ञानेन्द्रलाई समेट्दै टिम घोषणा काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै क्यानले केन्यासँग हुने पाँच टी-२० र तीन एक...
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो काठमाडौँ। बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन्। मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए । रोमेरोले ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम...
कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने भएका छन्। यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन्। प्रतियोगितामा सन्दीपसँगै विश्वका ...
रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा काठमाडौं। आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ। २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ। ६ ट...
नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराख्ने काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार पोखरामा आयोजित पत्र...
मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले रा...
अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए काठमाडौं । आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् । आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै...
पहिलो खेलमै युनाइटेड ब्राइटनसँग स्तब्ध काठमाडौं। ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ। आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो। युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान ...
बार्सिलोनालाई जोन गाम्परको उपाधि काठमाडौं। मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ। आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक...
सिटीको जितमा हालान्डको दुई गोल काठमाडौं। फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो। खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान...
विवादले खेलक्षेत्र प्रभावितः अध्यक्ष महर्जन ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका-२६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए । बुदोकैदो...
टोटहहम र चेल्सीको सुखद सुरुवात काठमाडौं। इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन्। टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो। टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गो...
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ। पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमा...
पहिलो खेलमै रोकियो लिभरपुल काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ । शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो । खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए प...
एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् । चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेक...
राष्ट्रिय स्क्वास प्रतियोगिताः अरहन्त र कृष्णालाई उपाधि काठमाडौं । अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा...
बायर्न म्युनिखको सानदार सुरुवात काठमाडौं।जर्मन बुन्डेसलिगा २०२२/२३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१ अन्तरले पराजित गर्‍यो। बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर...
आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको क्लिन स्विप काठमाडौं । दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।इंग्ल्याण्डमा गत राति भएको खेलमा दक्षिण अफ्रिकाले ४४ रनको जित निकाल्दै सिरिज २-० ले क्लिन स्विप गरको हो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ स...