content
stringlengths
20
64.1k
क्रिकेट टिमका प्रशिक्षक पुबुदुको राजीनामा काठमाडौं । खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्...
युभेन्ट्सका डी लिग्ट म्युनिखमा आवद्व काठमाडौं। इटालीयन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन्। नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछी डी लिग्ट म्युनिख पुगेका हुन्। २२ वर्षीय सेन्टर ब्याकले युभेन्ट्सका लाग...
युनाइटेडको तेस्रो जित काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ। मेलबर्नमा मंगलबार युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए।...
१९औं एसियाली खेलकुदको नयाँ मिति घोषणा काठमाडौं । १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो । अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्...
एन्फा बैठक बिहीबार काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो।साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि क...
४१ वर्षीय इभ्राहिमोविच थप एक वर्ष एसी मिलानमै रहने काठमाडौं। भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन्। ४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौतासँगै सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ। इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रत...
मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दि...
नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो । जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट ए...
साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सद...
राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक काठमाडौं। नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन्। सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गर...
साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन्। नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो। गत वर्षसमेत गोकुलमबाट भारतीय आई ...
स्कटल्यान्डसँग लज्जास्पद हार काठमाडौं । खराव ब्याटिङले निरन्तरता पाउँदा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले लजास्पद हार बेहोरेको छ । टिटउड क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्यान्डले नेपाललाई आठ विकेटले पराजित गरेको हो । हारसँगै नेपालको...
स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० चौका र...
नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउ...
बाबर आजमको ट्वीटको विराट कोहलीले यसरी दिए जवाफ काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले विराट कोहलीसँगको फोटो सेयर गर्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘यो समय पनि बित्नेछ । बलियो रहनुहोस्।” बाबर आजमको यो ट्विटको निकै चर्चा भएको थियो । अब भारतीय टिमका पूर्व कप्तान विराट कोहलीले ट्वीटरमा यसको जवाफ दिएका...
स्कटल्याण्डसँग भिड्दै नेपाल काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्प्रर्धा गर्दैछ।सिरिजको अन्तिम खेलमा नेपालले र स्कटल्याण्डबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आज घरेलु टोलीविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्दै सिरिजको स...
विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित काठमाडौँ।  आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ। स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो। जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिब...
लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने काठमाडौँ। स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन्। बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ। लेवान्डोवस्कीले गत सिज...
फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ। नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७ रनमा सीमित भयो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाध...
खोटाङमा १३औं सितोरियो कराँते प्रतियोगिता, दिक्तेल डोजो प्रथम खोटाङ । खोटाङको दिक्तेलमा आयोजित १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएका छन् । नेपाल सितोरियो कराँते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगितामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको ह...
नामिबियाले नेपाललाई दियो २०० रनको लक्ष्य काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाले नेपालसामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको क्याम्बसडुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नामिबियाले ४९।१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार ...
नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै काठमाडौ। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ । नामिबियाको सामना गर्दा नेपाल जितसहित...
कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु भक्तपुर। कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो । च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलड...
नेपाल र नामिबिया भिड्दै काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् ।नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले प्रस्तुत गरेको दुई सय ...
क्रिकेटको मैदानमा फेल भएका विराट कोहली भजन किर्तनमा ! काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली आजकाल निकै खराब फर्मबाट गुज्रिरहेका छन् । उनले पछिल्लो साढे दुई वर्षमा शतक बनाउन सकेका छैनन् । कोहलीको यो खराब समयले इंग्ल्याण्डमा पनि उनको पीछा छोडिरहेको छैन। यही कारणले अहिले कोहली भगवानको शरणमा पुगेका छन् ।...
श्रीलंकामा खेल्न गएका पाकिस्तानी कप्तान बाबर आजमले श्रीलंकाको सुरक्षाबारे के-के भने ? काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले श्रीलंकामा हुन लागेको दुई टेष्टको शृंखलाको सुरक्षालाई लिएर बयान दिएका छन् । सिरिजअघि पत्रकार सम्मेलनमा बाबर आजमले श्रीलंकाको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका थिए । उनले भने, ‘स्थान...
पपुवा न्युगिनीलाई हराउँदै जिम्बाब्वे आईसीसी टी–२० विश्वकपका लागि छनोट काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको खेलमा जिम्बाब्वेले पपुवा न्युगिनीलाई २७ रनले पराजित गरेको छ । योसँगै जिम्बाब्वेको टोलीले अस्ट्रेलियामा हुन लागेको विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । यसअघि क्वालिफायरमा अमेरिका र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल...
फुटबलर एन्जिलालाई लिनिङको साथ काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो । सम्झौतामा एपीएफ फुटबल ...
एलपीएल सातौँ संस्करण कात्तिक दोस्रो साताबाट काठमाडौं। विद्यालयस्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ( एलपीएल ) सातौँ संस्करणको आयोजना धनगढीमा आगामी १३ कात्तिकदेखि २६ कात्तिकसम्म हुने घोषणा भएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेक...
आईसीसी विश्वकप लिग टूः स्कटल्याण्डसँग नामिबिया पराजित काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २ सय १६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभर ५ बलमा ७ विके...
विराट कोहलीबारे बाबर आजमको टिप्पणी – ‘यो पनि बित्नेछ…’ काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले आफ्नो ट्विटर ह्यान्डलबाट विराट कोहलीसँगको तस्विर शेयर गरेका छन् । विराट कोहलीसँगको फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘यो (समय) पनि बित्नेछ । बलियो रहनुहोस्।” आजको युगमा बाबर आजमको तुलना विराट कोहलीसँग गरिन्छ, जसक...
महिला युरो: फ्रान्स समूह विजेता काठमाडौं। बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित ...
इंग्ल्यान्डसँग भारतको खराब हार काठमाडौं। इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ। अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ। २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो। भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग...
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन काठमाडौं । साविक विजेता लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा स...
वेस्ट इण्डिजविरुद्धको टि-२० सिरिजका लागि विराट कोहली टिममा परेनन् काठमाडौं । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीको १८ सदस्यीय टोली घोषणा गरिएको छ । जुलाई २९ बाट सुरु हुने पाँच खेलको सिरिजमा विराट कोहलीलाई राखिएको छैन । विराटको बारेमा धेरै अड्कलबाजी गरिएको थियो, अब यो स्पष्ट छ कि उनी टी-२० वा एकदिवसीय स...
के विराट कोहलीको क्रिकेट करियर खतरामा छ ? काठमाडौं । केही महिना अघिसम्म विराट कोहली आफ्नै नियम र मुड अनुसार खेल्ने क्रिकेटर थिए । यसको सबैभन्दा ठूलो कारण उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार रन बनाइरहेको थियो । कोहलीको ब्याटिङका ​​कारण सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा ५१ शतकको कीर्तिमान ...
सिटीका स्ट्रर्लिङ चेल्सी पुगे काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन्। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए। चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौत...
स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित काठमाडौं। आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ। नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो। यो सँगै नेपालले स्कटल्...
न्यु नलेज प्रिक्वाटरफाइनलमा काठमाडौं । न्यु नलेज प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित ...
स्कटल्यान्डसँग खेल जित्न नेपाललाई १४५ रनको लक्ष्य काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाए...
अन्तिम खेलमा एनआरटीको जित काठमाडौं। प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ ।बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक(एक गोल गरे । खेलमा अग्रता भने थ...
स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो काठमाडौं।आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै खेल ...
लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल काठमाडौं।प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ ।बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे । टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो...
घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित काठमाडौं।भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १९० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्ष...
भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने काठमाडौैं। इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला आज (मंगलबार)बाट सुरु हुँदैछ। इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ। तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम उच्च मनोबलमा छ। भारत एकदिवसीय...
पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १-१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २-२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित ...
खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ। सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो। २२१ रनको लक्ष्यसहित जवाफ...
नेपाललाई नामिबियाले दियो २२१ रनको लक्ष्य काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो । नामिबियाका जा...
राष्ट्रिय टिममा बसिरको डेब्यु काठमाडौं।युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् । १८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन् । घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा ...
नामिबियाले टस जितेर ब्याटिङमा,नेपाल बलिङ गर्दै काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती बलिङ गर्ने भएको छ त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोल...
आईसीसी विश्वकप लिग टूः नेपालले नामिबियासँग खेल्दै काठमाडौं। स्कटल्याण्डमा जारि आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपालले आज आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।क्रिकेटमा नामिबिया र नेपाल पुराना प्रतिद्वन्दी हुन् । यि दुई देश आईसीसीका धेरै प्रतियोगिताहरु खेलेका छन्। तर, नेपाल र नामिबियाबीच एकदिवसीय अन्तराष्ट्र...
महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित काठमाडौँ। फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत...
विम्बल्डनको उपाधि जोकोभिचले जिते काठमाडौँ। अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्। आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को स...
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो काठमाडौं। अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ। यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो। तीन खेलको शृंखला भारतले २-१ ले जित्यो। २१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो। भारतका लागि सुर्यकुमार यादव...
फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि… कास्की । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन ...
लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो ...
नवौं राष्ट्रिय खेलकुद सञ्चालन गर्न गठित कार्यकारी समितिले पूर्णता पायो काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीहरूलाई ...
भारत-पाकिस्तानको विश्वकपको खेलको टिकट छैन काठमाडौं । क्रिकेट फ्यानहरूले यो वर्ष फेरि भारत र पाकिस्तानबीचको रोमाञ्चक खेल हेर्न पाउनेछन्। यो वर्ष हुने टी–२० विश्वकपमा यी दुई टोली आमनेसामने हुनेछन् । यो खेलको टिकटका लागि फ्यानहरुबीच कडा प्रतिस्पर्धा भएको थियो । यो खेल यस वर्ष दीपावलीको एक दिन अघि अक्टोबर २३ मा हुने भएको छ...
इंग्ल्यान्डविरूद्ध भारतलाई श्रृंखला काठमाडौं। घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ। भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुम...
एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई काठमाडौं । एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो । स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको ख...
कपिल देवले भने – ‘विराट कोहलीलाई टिमबाट हटाउनुपर्छ’ काठमाडौं । १९८३ को विश्वकप विजेता भारतीय कप्तान कपिल देवले विराट कोहलीको खेल र टोलीमा उनको स्थानको बारेमा ठूलो बयान दिएका छन्। कपिलले पूर्व कप्तान विराट कोहलीलाई भारतको टी–२० टोलीबाट हटाउने कुरा पनि गरेका छन् । कपिल देवले भनेका छन्, ‘अहिले यस्तो अवस्था आएको छ कि विराट...
विम्बल्डन: जोकोभिच फाइनलमा काठमाडौं। बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे। अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्...
विश्वकीर्तिमानी खेलाडी उज्वल ठकुरीलाई विश्व च्याम्पियन करातेमा कास्य पदक काठमाडौं । ९ पटक करातेमा विश्वकीर्तिमान राखिसकेका खेलाडी उज्वल ठकुरीले विश्व कराते च्याम्पियनसिप २०२२ मा  कास्य पदक हात पारेका छन् । गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा सञ्चालन भएको विश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले सम...
बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ । राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ जिल्लाले जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो । दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित ते...
नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छः खेलकुदमन्त्री काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत...
नेपाली टोलीको अग्नि परीक्षा सुरू भयोः खेलकुद मन्त्री गहतराज काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज(अथक) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा सुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटीको बैठकला...
युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजमा सहभागी नहुने काठमाडौं। गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन्। खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइट...
विम्बल्डन: चोटका कारण नाडालले सेमिफाइनलबाट नाम फिर्ता लिए काठमाडौं। स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन्। सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो। बुधबार भएको खेलमा ३६ वर्षीय नाडालले फ्रिट्जसंग रोमान्चक ३-६ ७-५ ३-६ ७-५ ७-६ (१०-४) को ...
महिला युरो: नर्वेको विजयी सुरुवात काठमाडौं। नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो। नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले...
घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित काठमाडौं। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ। जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ। जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो। इंग्...
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात काठमाडौं । मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्ट...
को होलान् एन्फाको प्रवक्ता ? काठमाडौं। निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए। ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन (८ असार) मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समे...
विराट कोहलीले टि-२० विश्वकप गुमाउन सक्ने ! काठमाडौं । भारतका पूर्व कप्तान विराट कोहलीका लागि केही राम्रो भइरहेको देखिँदैन । विगत तीन वर्षदेखि खराब फर्ममा रहेका कोहलीलाई अर्को ठूलो झट्का लाग्न सक्छ । मिडिया रिपोर्टका अनुसार भारतीय टोली व्यवस्थापन र चयनकर्ताहरूले विराट अब टी-२० टोलीको मध्यक्रममा फिट नभएको महसुस गरेका छन्...
एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै काठमाडौं। मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ। गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न म...
एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित काठमाडौँ। नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ। क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९.२ ओभरमा सबै विकेट गु...
विम्बल्डन: नाडाल सेमिफाइनलमा काठमाडौं। पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट ...
खराब व्याटिङ, क्यानडासँग नेपालको हार काठमाडौं। खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ। बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए। पवन सर्राफले १४, विन...
पत्रकार चौलागाईंलाई किरात राई खेलकुद संघको सम्मान खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौलागाईंलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन समापनको अवसरमा बुधबार पत्रकार चौलागाईंलाई नगद १५ हजार ५५५ राशिसहित सम्मान गरेको हो । दिक्तेलको माटिको...
किरात राई खेलकुद संघ केन्द्रीय समितिको अध्यक्षमा सञ्जय खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिको अध्यक्षमा सञ्जयकुमार राई चयन भएका छन् । खोटाङको दिक्तेलमा बुधबार सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी नेपाल सितोरियो कराँते संघ खोटाङका निवर्तमान अध्यक्ष हुन् । १९ सदस्य...
यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा काठमाडौं । अघिल्ला तीन संस्करण यु–१८ र यु–१९ संरचनामा आयोजना भएको साफ च्याम्पियनसीप यस संस्करण भने यु–२० को हुने भएकाे छ । एकेडेमीबाट उत्पादित खेलाडीहरूको उमेर हद नाघ्दा र एकेडेमीका खेलाडी पर्याप्त नहुँदा अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुला छनोटका लागि सूचना सा...
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने काठमाडौं। अनुभवी फरवार्ड जाल्टन इब्राहिमोभिचसँग इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले थप एक वर्ष सहकार्य गर्ने भएको छ। ४० वर्षीय स्विडिस स्ट्राइकर इब्राहिमोभिच सन् २०२३ सम्म एसि मिलानमै रहने भएका हुन्। इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर सकर लिग क्लब ला ग्यालेक्सीबाट ‘फ्रि ...
क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ। सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भ...
कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण ...
प्रतिबन्ध फुकुवा भएसँगै साफमा सहभागी हुन पाकिस्तानको पहल काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ । पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालमा हुने प्रतियोगितामा सहभागिताका लागि साफका ...
कप्तान रेनुका कम्तिमा १० साता मैदान बाहिर रहने काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो । १९औं एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको ने...
पहिलो इनिङमा ४०० माथि स्कोर बनाएर पनि भारत हार्‍यो, ३५० माथिको लक्ष्य दिएर पहिलोपटक हार काठमाडौं । भारतको १५ वर्षपछि इंग्ल्याण्डमा टेष्ट सिरिज जित्ने सपना चकनाचुर भएको छ । बर्मिङ्घम टेस्टमा इंग्ल्यान्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । जो रुट (१४२) र जोनी बेयरस्टो (११४) बीच चौथो विकेटका लागि २६९ रनको साझेदारीमा इंग्...
प्रथम महिला फुटसलको उपाधि एक्स-गोर्खा कास्कीको पोल्टामा लमजुङ। लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ। फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३-० गोलले हराउदै एक्स-गोर्खा कास्कीले उपाधि जितेको हो। उपाधिसहित एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ। प्रतियोगिताम...
भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै काठमाडौं। आईसीसी विश्वकप लिग २ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन्। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ। अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन ...
चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा काठमाडौं। स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि-ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ ।२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ। डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन...
ब्याटिङ चल्दा ओन्टारियोविरुद्ध नेपालको सहज जित काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो। २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै ...
ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ श...
अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले ‘कतारमा आयोजना ...
रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन्। आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ‘जादू’ हेर्दै आएको र...
नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो। नेपालले आज ...
ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल काठमाडौं। दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालल...
मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार काठमाडौं। मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ। प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो...
अरुणा दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी पोखरा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छिन् । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन् । शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन् ...
खेल पर्यटन प्राथमिकतामा रहन्छः पर्यटन मन्त्री श्रेष्ठ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा ...
साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियली फुटबल फेडेरेसन(साफ) को कंग्रेसले काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ । अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै बंगलादेश फुटबल संघका अध्यक्ष समेत रहेका सलाहुदिनले २०२६ सम्म साफ प्रमुखको भूमिक...
महिला साफ भदौ १३ देखि २५ सम्म नेपालमा हुने काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको ...