content
stringlengths
20
64.1k
ब्याडिङ गरेर जसप्रित बुमराहले विश्वरेकर्ड बनाए, एक ओभरमा सबैभन्दा धेरै रन बनाए काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टिमका बलर जसप्रित बुमराहले विश्वरेकर्ड बनाएका छन् । तर, उनले बलिङमा नभए ब्याटिङमा रेकर्ड बनाएका हुन् । उनले टेस्ट क्रिकेटको इतिहासमै एउटै ओभरमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको रेकर्ड बनाए । यो टेस्टम...
चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ? काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए । ‘शून्य समर्थन रु चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ...
१२औं राष्ट्रपति रनिङ शिल्डः चन्दननाथ प्रथम, हिमा द्धितिय जुम्ला।१२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहक...
एमाले नेता सुवास नेम्बाङ मेस्सीका समर्थक, अर्जेन्टिनाले विश्वकप जित्ने विश्वास काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका सम...
स्पोर्ट्स हब ओपन ब्याडमिन्टन अर्को महिना काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी ग...
दिवाकर घले यु–२० टिमको म्यानेजर काठमाडौं । दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो । घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन स...
टेस्ट क्रिकेट: अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो काठमाडौं। अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ। जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ। पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३...
इंग्ल्यान्डविरुद्धको सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ । भारतले घरेलु टोलीसँग समान तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुने...
शनिबार पोखरा स्पोर्टस अवार्ड, को को छनोट भए खेलाडी ? पोखरा। शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं संस्करणको अवार्ड आयोजना गरेको हो । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मञ्चले विभिन्न सात विधामा अवार्ड ...
महिला गल्फ प्रतियोगिता यसै साता हुने काठमाडौं । रोयल नेपाल गल्फ क्लबको आयोजनामा पहिलो महिला खुला गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । यही असार १८ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा हुनेछ । उक्त प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो ...
भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भक्तपुर । भक्तपुर नगरपालिकाकाको आयोजनामा विहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको...
एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ। एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटी...
गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु पोखरा। गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो। प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर...
फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान काठमाडौं। विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने “अमेरिका कन्भेन्सन (एनएसी)” फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ। पाचौं स...
विम्बल्डन: जोकोभिच तेस्रो चरणमा काठमाडौं। अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले। अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन्।
आईसीसी वरियताः दीपेन्द्रको वरियता यथावत् काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ । यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मक...
तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप अर्को साता काठमाडौं । नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३(२५ असारसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो ...
विराट कोहलीलाई उछिन्दै टि-२० बरियतामा बाबर आजमको विश्वरेकर्ड काठमाडौं । भारत र आयरल्याण्ड बिचको टि-२० सिरिज सकिएपछि आइसीसीले नयाँ वरियता सार्वजनिक गरेको छ । ब्याट्सम्यानको सूचीमा पाकिस्तानका कप्तान बाबर आजम नम्बर १ मा कायमै छन् । यससँगै बाबर आजमले ठूलो कीर्तिमान बनाएका छन्, जसमा उनले भारतीय टोलीका पूर्व कप्तान विराट को...
एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्...
विम्बल्डनः सेरेना पहिलो चरणमै निराश काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन्। हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे। तानले ७-५...
इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास काठमाडौं। इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो ए...
आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’ काठमाडौं। हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला ‘क्लिन स्वीप’ गरेको छ। पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेट...
विम्बल्डनको पहिलो राउण्डमै हारिन् ७ पटककी उपाधि विजेता सेरेना विलियम्स काठमाडौं । जितसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सेरेना विलियम्सको सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमै फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी छिन् । महान अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण एक वर्षपछ...
न्यू डायमन्ड कपः आयोजक पराजित हुँदा पुलिस र एपीएफको विजयी सुरुआत काठमाडौं । न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक डायमन्ड पराजित हुँदा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेल भए । उद्घाटन खेलमा पु...
नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलम...
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन...
टेनिस: डकवर्थलाई पराजित गर्दै एन्डी दोस्रो चरणमा काठमाडौं। अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै एन्डी मरे मंगलबार राति विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन्। दुई पटकका विम्बल्डन विजेता मरेले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले। सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा मरेले तेस्...
टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’ काठमाडौं। इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए...
क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बिदाई गरेको छ । स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि...
दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ । राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई थकालीले सहयोग गरेको हो । जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिक...
म्यान्चेस्टर सिटीका स्टार खेलाडीको फोन गर्लफ्रेण्डले चेक गरेपछि बबाल ! काठमाडौं । इंग्ल्याण्डका युवा फुटबलर फिल फोडेन यतिबेला चर्चामा छन् । २२ वर्षीय फोडेन म्यानचेस्टर सिटीबाट खेल्छन् र यी दिन उनी आफ्नी प्रेमिकासँग छुट्टी मनाउँदै थिए। तर समुद्र तटमा पुग्दा दुवैको भिडन्त भएको थियो, जसको भिडियो भाइरल भएको छ । २२ वर्षीय फ...
नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता काठमाडौं। एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछ...
क्रिकेटको सबैभन्दा छोटो फर्म्याट ‘सिक्सटी’ २ महिनापछि, ६ विकेट झरेपछि अलआउट ! काठमाडौं । कुनै समय क्रिकेटमा परम्परावाद हावी थियो । जब खेलको नियम र शैलीमा परिवर्तनको कुरा आउँथ्यो, धेरै पटक सोचिन्थ्यो कि क्रिकेटको पुरानो परम्परालाई यी परिवर्तनहरूले असर त गर्नेछैन ? तर, समयको गतिसँग चल्ने रहरले पुरानो मान्यतालाई पन्छाएर न...
एथलेटिक्सः शिवराज र जयरानी उत्कृष्ट खेलाडी काठमाडौं । नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब नौ स्व...
तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिक...
भिएनएलः फ्रान्सको दबदबा कायम काठमाडौं। नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ। शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो। यता, दोस्रो स्थानको पोल्य...
नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक काठमाडौं। निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए। बुढानिलकन्ठस्थित पार्क भिलेजमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । ...
क्यानडामा हुने श्रृंखलाका लागि क्रिकेट टिम घोषणा काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका...
नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ। भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो। ...
चेस ओलम्पियाडका लागि खेलाडी छनोट काठमाडौं । चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ । शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् । मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौला...
खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, ...
वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा पौडीकी अन्तर्राष्ट्रिय खेलाडी बेहोस भएर पानीमा डुबिन् काठमाडौं । अन्तर्राष्ट्रिय स्तरकी पौडीबाज वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा सास फेर्न नसकेर बेहोस भएर स्विमिङ पुलको पिँधमा पुगिन् । यस क्रममा प्रशिक्षक एन्ड्रिया फुएन्टेसले केही गलत भएको महसुस गरिन्। उनले...
अन्तिम खेलमा अष्ट्रेलियाको जित काठमाडौं। घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो । श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ वि...
एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो काठमाडौं । ‘बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको । सोमबार ९६ असार० भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोख...
कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा काठमाडौं ।डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबा...
कतार विश्वकपमा २६ खेलाडी राख्न पाउने काठमाडौं। कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ। अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो। अब, भने २६ खेलाडी पाउने भएको छ। यस्तै, फिफाले एक खेलका ...
ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा काठमाडौं। स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ । यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नय...
महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल काठमाडौं। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ। यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै ...
एनओसी अवार्ड : प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी काठमाडौं। ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा प्रिन्सलाई उत्कृष्ट पुरुष तथा गौरिकालाई ...
अस्मिनाको उत्कृष्ट बलिङ, नेपाललाई एसिया कपमा स्थान बनाउन ८२ को लक्ष्य काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बन...
यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै काठमाडौं। नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको छ। बिहान ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो। नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ। प्रतियोगिताको विजेता र ...
एसिया कपमा स्थान बनाउन नेपाल र यूएई भिड्दै काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को आज शुक्रबार सामना गर्दैछ। मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ। नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हु...
फिफा वरियतामा नेपाल १७६औँ स्थानमा,आठ स्थान तल झर्‍यो काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थिय...
नेक्सस कप टी- २० क्रिकेटः अपन राधेमाईको जित काठमाडौं । अपन राधेमाई युवा क्लबले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ । बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।...
फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको...
विशाल, रन्जित, छिरिङ एनआरटीमा अनुबन्ध, प्रशिक्षकमा जीवन काठमाडौं।मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा द्वय रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ न्युरोड टिम एनआरटीमा अनुबन्ध भएका छन् ।मलेसियामा एनआरटीले प्री सिजनका लागि टीवाईटी कप खेल्दैछ । जसका लागि मछिन्द्रल...
फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै...
ऋषभ पन्त, जसप्रित बुमराहसहित ४ भारतीय खेलाडी भारतको राष्ट्रिय टिमविरुद्ध खेल्ने काठमाडौं । भारतीय क्रिकेट टोली अहिले इङ्गल्याण्डको भ्रमणमा छ। रोहित शर्माको कप्तानीमा भारतले इङ्ल्यान्डसँग एक टेष्ट, तीन एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ । पाँच टेष्टको शृंखलाको अन्तिम खेल जुलाई १ देखि बर्मिङ्घममा हुनेछ । यो टेस्ट म्याच अघ...
डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको भन्दै स्वास्थ्यकर्मीमाथि मुद्दा बीबीसी। आर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ। एउटा छानबिन समितिले उनको उपचारमा व्यापक “कमजोरी र अनियमितता” देखिएको पाएपछि एक न्यायाधीशले लापरबाह...
बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरेको छ ।पाकिस्तानले आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । श्रीलंकामा दुई खेलको टेस्ट सिरिज हुनेछ।पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ।
आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा पोखरा। पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २-० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थाप...
राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार सातदोबाटो स्थित एन्फा मु...
उपत्यकाव्यापी पुरुष भलिबलः पाटन र रत्नराज्य क्वाटरफाइनलमा काठमाडौं । पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो...
नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो । असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित ...
सिंगलहरूलाई आपत, सेक्स गरे ७ वर्षको जेल सजाय हुने ! काठमाडौं । रंगशालामा बसेर खेल हेर्ने मजा नै अर्कै हुन्छ । त्यो पनि विश्वकपका खेलहरू हुँदा। रमाइलो, पार्टी, कोलाहल… यी सबै मैदानमा र मैदानबाहिर देखिन्छन्। तर नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप हेर्न आउने फ्यानले भने कडा नियम पालना गर्नुपर्नेछ । वास्तवमा कतारमा यौन सम्...
के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ? काठमाडौं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटम...
ललितपुरको जिएचसीए सेमिफाइनलमा काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ काे सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिए...
चुनाैतीकाे चाङमाथि एन्फा अध्यक्ष पंकज काठमाडौं। चार वर्षअघि सुशासन, सामूहिक निर्णय-नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो। यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको स...
अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई शृंखला काठमाडौ। घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि...
रग्बी शृंखलाः नेपाल दुबै खेलमा पराजित काठमाडौ । नेपाल बंगवन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बंगलादेशसंग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०...
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने काठमाडौं । कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले...
राखेपमा खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उ...
नेपाल हङकङसँग पराजित काठमाडौ।एसिसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५।५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो । हङकङको लागि मारिको हिलले ४५ ,नतासा माइल्सल...
नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ ...
एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए । शेर्पाका स्वकीय सचिव अनन्...
हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा काठमाडौं।नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएक...
हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा काठमाडौं। नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ। सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएक...
तीर्थबहादुर पुन काँक्रेबिहार हाफ म्याराथुनका प्रथम सुर्खेत। अन्तराष्ट्रिय ओलम्पिक डे को अवसरमा सुर्खेतमा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ तीर्थबहादुर पुन प्रथम भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुन प्रथ...
नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर काठमाडौं। नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ। मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ। प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। सम...
नेपाल आज हङकङसँग भिड्दै काठमाडौँ। मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘ब...
नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राम...
यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लाग...
पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ...
नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा काठमाडौं । बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। ७ ओभरमा छोट्याइएको खेलमा बहराइन दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ ब...
एन्फा निर्वाचन आज, कर्मा र पंकजको कडा प्रतिस्पर्धा काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपा...
बहराइनलाई हराए नेपाल सेमिफाइनलमा काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ...
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ । आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । इङ्ल्यान्डको ...
पूर्वराष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने काठमाडौं । पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबलटेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द ...
राखेपका अवकास प्राप्त कर्मचारीको बिदाइ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापि...
टस जितेर नेपालकाे ब्याटिङ काठमाडाैं। तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन्। जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ। श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल ...
बाबर आजम र विराट कोहली एउटै टिमबाट खेल्ने ! काठमाडौं । अर्को वर्ष भारत र पाकिस्तानका खेलाडी एउटै टिमबाट खेल्न सक्नेछन् । वास्तवमा एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एफ्रो-एसियालाई पुन: सुरु गर्न चाहन्छ र यसलाई २०२३ मा आयोजना गर्ने योजनामा ​​छ। यदि सबै ठीकठाक रह्यो भने, भारत र पाकिस्तान बाहेक, अफगानिस्तान, श्रीलंका र बं...
नाओमी ओसाका विम्बल्डनबाट बाहिरिइन् काठमाडौं। टेनिस स्टार नाओमी ओसाका वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनबाट बाहिरिएकी छन्। विश्व वरीयताको शीर्ष स्थानकी जापानी खेलाडी ओसाका खुट्टामा लागेको चोटका कारण प्रतियोगिता नखेल्ने भएकी हुन्। चारपटकको ग्रान्डस्लाम च्याम्पियन ओसाका फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएपछि विम्बल्डन ख...
काँक्रेविहार हाफ म्याराथन दौड प्रतियोगिता हुँदै सुर्खेत । वीरेन्द्रनगरमा यही असार ७ गते प्रथम काँक्रेविहार खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसर पारी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रति...
महिला टी २० च्याम्पियनसीपः नेपालको दोस्रो जित काठमाडौं । सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । दोस...
राष्ट्रिय साइक्लिङ प्रतियोगितामा आर्मीका टमाटा पहिलो पोखरा। पोखरामा आयोजित राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि आर्मीका हिमाल टमाटाले जितेका छन् । पुरुषतर्फ एपिएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका हिक्मत विक तेस्रो भएका छन् । यस्तै, महिलातर्फ आर्मीकी उषा खनाल पहिलो, लक्ष्मी मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो भएकी ...
‘सी’ डिभिजन लिग च्याम्पियन झापा फुटबल क्लबलाई सम्मान झापा। ‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले क्लबलाई सम्मान गरेको हो ।‘सी’ डिभिजन लिग च्यम्पियनमा अवद्ध खेलाडी र अफिसियललाई प्रति व्यक्ति नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको झापा गोल्डकप आयोज समिति अध्यक्ष विनोद बस्नेत...
ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग भक्तपुर। ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो । ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ...
इङ्ल्याण्डले बनायो एकदिवसीय क्रिकेट इतिहासकै ठूलो स्कोर, अरू थुप्रै रेकर्ड पनि बने काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने आफ्नै विश्व कीर्तिमान तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध तीन ब्याट्सम्यानको शतकको मद्दतले निर्धारित ५० ओभर...
गोसाईंकुण्ड पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा चार वटा ...
ओलम्पियनहरूको पुनर्मिलन हुने काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले ७ असारसम्म भौतिक रुपमा रहेका ओलम्पियनहरुको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो । नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो ।...