content
stringlengths
20
64.1k
ब्याडिङ गरेर जसप्रित बुमराहले विश्वरेकर्ड बनाए, एक ओभरमा सबैभन्दा धेरै रन बनाए काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टिमका बलर जसप्रित बुमराहले विश्वरेकर्ड बनाएका छन् । तर, उनले बलिङमा नभए ब्याटिङमा रेकर्ड बनाएका हुन् । उनले टेस्ट क्रिकेटको इतिहासमै एउटै ओभरमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको रेकर्ड बनाए । यो टेस्टमा भारतको कप्तानी समेत गरिरहेका बुमराहले एक ओभरमा ब्याटबाट २९ रन बनाए । यसबाहेक त्यो ओभरमा एउटा नो बल र एउटा वाइड बल चौका गएपछि ओभरमा कूल ३५ रन बन्यो । अहिलेसम्म टेस्ट क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै रनको रेकर्ड २८ रनको थियो । 35 runs off the Stuart Broad over. And of all people, it’s Jasprit Bumrah who was the batsman 🤯😵‍💫 Ball 1: FOUR Ball 2: Five wides Ball 2: no ball + SIX Ball 2: FOUR Ball 3: FOUR Ball 4: FOUR Ball 5: SIX Ball 6: 1 run THE MOST EXPENSIVE OVER IN TEST CRICKET, EVER! #ENGvIND pic.twitter.com/4Ix5btsdg7 — Cricbuzz (@cricbuzz) July 2, 2022 यसअघि यो विश्वरेकर्ड ३ जना खेलाडीको संयुक्त नाममा थियो । वेष्ट इण्डिजका ब्रायन लारा, अस्ट्रेलियाका जर्ज बेली र दक्षिण अफ्रिकाका केशव महाराजले एक ओभरमा २८ रन बनाएका थिए । तर, अब यो रेकर्ड बुमराहले तोडिदिएका छन् । बुमराहले यी रन इङल्याण्डका स्टुआर्ट ब्रोडको बलमा हानेका हुन् । इङल्याण्डमा भइरहेको टेस्टमा उनले यो रेकर्ड बनाए । स्टुआर्ट ब्रोड उनै बलर हुन् जसको एक ओभरमा २००७ को टि–२० विश्वकपमा भारतका युवराज सिंहले ओभरका सबै ६ बलमा छक्का हानेका थिए ।
चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ? काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए । ‘शून्य समर्थन रु चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ,’ सन्दीपले लेखेका छन् । नेपाली क्रिकेट टिम हाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाको तयारीका लागि क्यानडा भ्रमणमा छ । नेपालले क्यानडा तीन एकदिवसीय खेल खेल्नेछ । जसमध्ये दुई नेपालले क्यानडाको राष्ट्रिय टिमसँग र एक त्यहाँको स्थानीय क्लबसँग खेल्ने तय भएको थियो । नेपालले शनिबार क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको थियो । नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्र जोडेको थियो । उनले त्यो ट्विट नेपालले खेल जितिसकेपछि पोस्ट गरेका थिए । Zero support? Never mind, you gotta fight this battle alone!😊 — Sandeep Lamichhane (@Sandeep25) July 2, 2022
१२औं राष्ट्रपति रनिङ शिल्डः चन्दननाथ प्रथम, हिमा द्धितिय जुम्ला।१२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्धितियमा भएको थियो ।महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्धितियमा चन्दननाथ नगरपालिका भएको छ । कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्धियित भएको आयोजकले जनाएको छ ।
एमाले नेता सुवास नेम्बाङ मेस्सीका समर्थक, अर्जेन्टिनाले विश्वकप जित्ने विश्वास काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताए । ‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’ नेम्बाङले भने । यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाएका छन् । ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यहि बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’ यस्तै उनले आफु अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले बार्सिलोना भन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए । ‘आजकाल आफै खेल्न नसक्ने भएपनि १२–१ बजे फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा ।’ ‘मेरो आचकाल सारै मन पर्ने खेलाडी पीएसजी गयो । पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु । अर्जेन्टिना र पीएसजीको खेल हेर्छु ।’ उनले भने । कतारमा आगामी नोभेम्बरमा हुने विश्वकपका लागि ३२ देशले छनोट पार गरिसकेका छन् । अर्जेन्टिना भने दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । यता, एसियाबाट ६ टिम सहभागी छन् । यस्तै, नेपाल भने दोस्रो चरणबाट माथि बढ्न सकेन ।
स्पोर्ट्स हब ओपन ब्याडमिन्टन अर्को महिना काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स ९शीर्ष २० बाहेक०, भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त ९देशी तथा विदेशी० आर्मी र पुलिस, महिला एकल ९शीर्ष २० बाहेक०, ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीय स्तरको हुनेछ । ब्याडमिन्टन खेलको विकासमा युवाहरूलाई आकर्षित गर्ने र नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले यु–१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यु–१७ गल्र्सको हकमा भने महिला खेलाडीहरूको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमा नै सहभागिता गराउने उद्देश्यले छुटै विधा नराखेको आयोजकले बताएको छ । करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्छन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानीय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ विधामा करिब १५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराए । आगामी दिनमा यस प्रतियोगितालाई स्तरोन्नति गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा लाने उद्देश्य रहेको समेत आयोजकले जानकारी गराए ।
दिवाकर घले यु–२० टिमको म्यानेजर काठमाडौं । दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो । घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन् । भारतको ओडिसामा हुने प्रतियोगिता २५ जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ । यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ । साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले २७ जुलाईमा श्रीलंका र ३१ जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ । नेपालले २ अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ । यसैगरी यु-२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ । नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
टेस्ट क्रिकेट: अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो काठमाडौं। अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ। जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ। पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३ रनमा सीमित भएपछि अस्ट्रेलियाले जितका लागि मात्र १० रनको लक्ष्य पाएको थियो । जुन अस्ट्रेलियाले मात्र चार बलमा पूरा गर्‍याे । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले चार बलमा एक चौका र एक छक्का मद्दतमा अविजित १० रन जोडे । यसअघि ३१३-८ बाट तेस्रो दिनको खेल सुरुवात गरेको अस्ट्रेलियाले थप आठ रन जोड्दा बाँकी दुई विकेट गुमाएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा श्रीलंकामाथि १०९ रनको अग्रता लिएको थियो । श्रीलंका पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो । शुक्रबार दोस्रो इनिङको सुरुआत गरेको श्रीलंका मात्र ११३ रनमा सीमित भयो । ट्राभिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि श्रीलंका सस्तोमा समेटिएको थियो । श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले २३ तथा ओपनर पाथुम निसंकाले १४ रन जोडे । करुणारत्ने र निसंकाले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यसपछि भने श्रीलंकाका कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । श्रीलंकाले थप ७९ रन जोड्दा बाँकी नौ विकेट गुमाएको थियो ।
इंग्ल्यान्डविरुद्धको सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ । भारतले घरेलु टोलीसँग समान तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।
शनिबार पोखरा स्पोर्टस अवार्ड, को को छनोट भए खेलाडी ? पोखरा। शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं संस्करणको अवार्ड आयोजना गरेको हो । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरिने गर्दैछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान हुने अध्यक्ष दिननाथ बरालले बताए । यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गर्न लागिएको छ । अन्य विधाका खेलाडीहरुको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का छनोटमा परेका छन् । उनीहरूमध्ये एकजनाले पुरस्कार पाउनेछन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिष उपाध्याय र करातेका सरगम कुमाल मनोनयनमा परे । उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छनोट समितिले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्रान्डका टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजारका दरले सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने अध्यक्ष बरालले बताए । मञ्चले २०७२ सालदेखि अवार्ड आयोजना गर्दै आएको हो ।
महिला गल्फ प्रतियोगिता यसै साता हुने काठमाडौं । रोयल नेपाल गल्फ क्लबको आयोजनामा पहिलो महिला खुला गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । यही असार १८ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा हुनेछ । उक्त प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पोखरा, धरान र काठमाडौँका महिला गल्फर सहभागी हुनेछन् । प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरेर प्रयियोगिता खेलाइनेछ । सिनियर खेलाडीले १८ होल खेल्नेछन् भने जुनियर खेलाडीले नौ होलमा खेल्नेछन् । जुनियरको उमेर समूह भने ८ देखि १६ वर्षसम्मको हुनेछ । प्रतियोगिताको सिनियरतर्फका विजेता खेलाडीले ट्रफिसहित स्कुटर पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता नेपालमा महिला गल्फ खेलाडीको उत्पादन र महिलालाई गल्फ क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताको सञ्चार संयोजक सरिताश्री ज्ञवालीले जानकारी दिए ।
भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भक्तपुर । भक्तपुर नगरपालिकाकाको आयोजनामा विहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको नाममा पानीको श्रोतमाथि गरेको दोहनप्रति दुःख व्यक्त गरे । नगरकोटको भंगेरीडाँंडामा पानीको श्रोत सुक्ने गरी खेल मैदान बनाएको भन्दै उनले त्यसको विरोध जनाए । प्रतियोगिता असार १६, १७ र १८ गरी तीनदिनसम्म हुनेछ । प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजनक समितिले जनाएको छ । कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताइन् । भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउँदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने बताए । भक्तपुर नपा वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं। ३ का वडाध्यक्ष उपेन्द्र सुवालले खेल क्षेत्रबारे चर्चा गरे ।
एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ। एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशकाे राजधानी ढाका प्रस्थान गर्दैछन्। ६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए। पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो। यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो।
गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु पोखरा। गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो। प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो। तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढेसंगै सक्षम निर्णायकहरुको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए। सेमिनारमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ।
फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान काठमाडौं। विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने “अमेरिका कन्भेन्सन (एनएसी)” फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ। पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन्। भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन्। हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए।
विम्बल्डन: जोकोभिच तेस्रो चरणमा काठमाडौं। अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले। अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन्।
आईसीसी वरियताः दीपेन्द्रको वरियता यथावत् काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ । यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो । बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।
तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप अर्को साता काठमाडौं । नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३(२५ असारसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाइएको खेलमा पर्दछ ।च्याम्पियनसिपमा पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भइसकेको र २३ असारदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी दिए । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडकाबीच १६ असारसम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् । च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगितासमेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।
विराट कोहलीलाई उछिन्दै टि-२० बरियतामा बाबर आजमको विश्वरेकर्ड काठमाडौं । भारत र आयरल्याण्ड बिचको टि-२० सिरिज सकिएपछि आइसीसीले नयाँ वरियता सार्वजनिक गरेको छ । ब्याट्सम्यानको सूचीमा पाकिस्तानका कप्तान बाबर आजम नम्बर १ मा कायमै छन् । यससँगै बाबर आजमले ठूलो कीर्तिमान बनाएका छन्, जसमा उनले भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् । आईसीसीले बाबर आजम टी–२० वरीयतामा सबैभन्दा लामो समयसम्म नम्बर १ ब्याट्सम्यान बनेको जानकारी दिएको छ । यसअघि यो कीर्तिमान विराट कोहलीको नाममा थियो, जो १०१३ दिनसम्म टी–२० वरीयतामा नम्बर १ मा रहेका थिए । बाबर आजम लामो समयदेखि टी–२० वरीयतामा नम्बर १ स्थानमा छन् । हाल उनको आईसीसी रेटिङ ८१८ छ, जबकि उनको करियरको उत्कृष्ट ८९६ छ। अर्कोतर्फ, विराट कोहलीको कुरा गर्ने हो भने विराट कोहली पनि टप–२० मा परेका छैनन् । विराट कोहली अहिले ५७१ रेटिङका ​​साथ २१ औं स्थानमा छन् ।
एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न एन्फाकाे चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
विम्बल्डनः सेरेना पहिलो चरणमै निराश काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन्। हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे। तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् । तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन्।
इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास काठमाडौं। इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । इङ्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो । मोर्गनले इङ्लिस टिमबाट कुल २४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए । टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका मोर्गनले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् । यस्तै, मोर्गनले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्लिस टिमले जितेको थियो । कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका मोर्गनले यसमा दुई हजार चार सय ५८ रन बनाए । आयरल्यान्डमा जन्मिएका मोर्गनले क्रिकेट करियरको सुरुवात पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।
आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’ काठमाडौं। हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला ‘क्लिन स्वीप’ गरेको छ। पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो। कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे। पउल स्टर्लिङले ४० रन बनाए। ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए। यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्‍याे। भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै  ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले  ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए।
विम्बल्डनको पहिलो राउण्डमै हारिन् ७ पटककी उपाधि विजेता सेरेना विलियम्स काठमाडौं । जितसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सेरेना विलियम्सको सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमै फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी छिन् । महान अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७-५, १-६, ७-६ ले हार बेहोरेकी थिइन् । फ्रान्सेली खेलाडी हार्मोनी टान पहिलो पटक विम्बल्डनमा खेल्दै छिन् । ४० वर्षकी सेरेना विलियम्सले पत्रकार सम्मेलनमा आफ्नो फिटनेसबारे सोधिएका प्रश्नको जवाफ दिइन् । सबैभन्दा ठूलो प्रश्न थियो, के यो उनको ‘अन्तिम विम्बल्डन’ हो ? यसबारे सेरेना विलियम्सले भनिन्, “यो यस्तो प्रश्न हो जसको जवाफ मैले दिन सक्दिनँ। मलाई थाहा छैन। कसलाई थाहा छ? कसलाई थाहा छ म कहाँबाट अचानक राम्रो खेल्न थाल्छु।” सेरेना विलियम्सले सात पटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि सेरेनाले एकल खेल खेलेकी छैनन् । तर, उनले यसै वर्ष हुने युएस ओपनको उपाधिका लागि भने खेल्ने बताएकी छन् ।
न्यू डायमन्ड कपः आयोजक पराजित हुँदा पुलिस र एपीएफको विजयी सुरुआत काठमाडौं । न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक डायमन्ड पराजित हुँदा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेल भए । उद्घाटन खेलमा पुलिसले डायमन्डलाई सोझो सेटमा पराजित गर्यो । पूर्व राष्ट्रिय खेलाडी कोपिला उप्रेतीको कप्तानीमा खेलेको पुलिसले ललिता नाथले कप्तानी गरेको डायमन्डमाथि २५–१६, २५–१५, २५–१५ को सहज जित निकाल्यो । यस्तै, दोस्रो खेलमा एपीएफले परोपकार आदर्श माध्यमिक विद्यालयलाई सोझो सेटमै हराउन सफल भयो । एपीएफले २५–११, २५–४, २५–३ को सहज जित निकाल्यो । चार टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोलीमा रहेका खेलाडीले भने खेल्न पाउने छैनन् । हाल महिला टोली १९औं एसियाली खेलकुदको तयारी लागि बन्द प्रशिक्षणमा छ । प्रतियोगिताको विजेताले ५ लाख उपविजेताले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र अन्तिम टोलीले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन् । हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त एक मात्र प्रतियोगिताको र्‍यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो । फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) बाट स्विकृत प्राप्त प्रतियोगितामा दुई पांग्रेका साथै चार पांग्रे गाडीको समेत सहभागी थियो । प्रतियोगिताको दोस्रो दिन चाम्बाबाट लेग वान ९१० प्रारम्भ भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो । ग्रुप ‘डी’ अन्तर्गत ३८ वर्षिय दीपक २५० सीसी भन्दा माथिको क्याटगोरीमा सहभागी भएका थिए । यस अनुसार दीपक ग्रुप डी क्लास ११ मा सहभागी भएका थिए । यो समूहमा रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । यस रूटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा ‘लाइट स्नो’ पनि हुन्छ । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उद्घाटन गरेकोर्‍यालीका विजेतालाई हिमाञ्चल प्रदेशका सांसद पवन नायरले पुरस्कृत गरेका थिए । पुरस्कार समारोहमा नेपाली ढाका टोपीसहित उपस्थित भएका दीपकलाई देख्दा आयोजक टिम अचम्मित भएको थियो । यसअघि दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमाञ्लयमा भाग लिएका थिए । तर रेसको दोस्रो दिन चोट बोकेपछि उनले प्रतियोगिता त्याग्नुपरेको थियो । अर्को वर्ष २०१८ मा उनले रोयल इनफिल्ड क्याटगोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इनफिल्ड डी विधामा सहभागी दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए । प्रतियोगितामा सहभागी हुन काठमाडौंदेखि चाम्बासम्म प्रतियोगितामा सहभागी हुन दीपक १० जुनमा काठमाडौबाट दिल्ली र दिल्ली हुँदै चण्डीगढ़बाट हिमाञ्चल प्रदेशको चाम्बा पुगेका थिए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । नेपालबाट दीपक चाम्बा तीन दिनमा पुगेका थिए । प्रतियोगिता समुद्र सतहबाट ४ हजार ५०० माथि हुने गर्दछ ।
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् । जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । यस्तै, उनले नेम्वाङको टिममलाई शुभकामना र सफलताको कामना गरेका छन् ।
टेनिस: डकवर्थलाई पराजित गर्दै एन्डी दोस्रो चरणमा काठमाडौं। अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै एन्डी मरे मंगलबार राति विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन्। दुई पटकका विम्बल्डन विजेता मरेले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले। सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा मरेले तेस्रो चरण सम्मको यात्रा तय गरेका थिए । उनले सन् २०१६ मा विम्बल्डन जितेका थिए। मरेले बुधबार दोस्रो चरणमा अमेरिकन जोन इन्सको सामना गर्नेछन्। उनले जोनमाथि पछिल्लो आठ खेलमा लगातार जित निकालेका छन्।
टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’ काठमाडौं। इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे । यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इंग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए । इंग्ल्यान्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो । इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए । यस अघि इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।
क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बिदाई गरेको छ । स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि (मंगलबार) क्यानडा जाँदैछ । भोलि क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे । यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले विदाई गरे । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ । नेपालले लिग २ अन्तर्गत १७ असारदेखि स्कटल्यान्डमै घरेलु टिमसहित नामिबियासम्मिलित त्रिदेशीय शृंखला खेल्नेछ । स्कटल्यान्ड भ्रमणअघि ४ जुलाई र ५ जुलाई ५ मा क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम स्कटल्यान्ड पुग्नेछ । लिग तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ । आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ । नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आशिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमेद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी
दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ । राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई थकालीले सहयोग गरेको हो । जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर सम्मत भएको छ । एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुरूप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरूले जिम्बु थकालीको तर्फबाट एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।
म्यान्चेस्टर सिटीका स्टार खेलाडीको फोन गर्लफ्रेण्डले चेक गरेपछि बबाल ! काठमाडौं । इंग्ल्याण्डका युवा फुटबलर फिल फोडेन यतिबेला चर्चामा छन् । २२ वर्षीय फोडेन म्यानचेस्टर सिटीबाट खेल्छन् र यी दिन उनी आफ्नी प्रेमिकासँग छुट्टी मनाउँदै थिए। तर समुद्र तटमा पुग्दा दुवैको भिडन्त भएको थियो, जसको भिडियो भाइरल भएको छ । २२ वर्षीय फिल फोडेन आजकाल रेबेका कोकीसँग सम्बन्धमा छन्। दुवै लामो समयदेखि सँगै छन्, दुवैका दुई सन्तान पनि छन् । तर फिल फोडेनलाई रेबेकाले धोका दिएको आरोप लगाएकी छिन् । रिपोर्टका अनुसार शनिबार जब दुबै समुद्र तटमा थिए, दुबैको झगडा भयो । यो तब भयो जब फिल समुद्र भित्र थिए र उनकी प्रेमिका रेबेकाले समुद्र तटमा बसेर उनको फोन जाँच गरिन्। जहाँबाट उनले धोका दिएको थाहा पाइन् । 🚨 Manchester City star Phil Foden recorded by onlooker arguing with his girlfriend Rebecca Cooke pic.twitter.com/XT24V2DIAr — Live News (@LiveNewsForAll_) June 26, 2022 यसपछि दुवैबीच चर्को झगडा भयो, रेबेकाले आफ्नो प्रेमीलाई भनेकी थिइन् कि तिमीलाई म पागल जस्तो लाग्छ ? सामाजिक सञ्जालमा दुवैको झगडाको भिडियो पनि सार्वजनिक भएको छ । यस झगडाको बीचमा, तिनीहरू दुवै बीचबाट उठे र यसै क्रममा रेबेकाले फिललाई भनिन् कि यसकारण तिमीसँग कतै जानु छैन। यी दुईबीचको झगडा यति धेरै भयो कि समुद्र तटमा रहेका सुरक्षाकर्मीले उनीहरूलाई त्यहाँबाट हटाउन बाध्य भए। फिल फोडेनलाई यसरी धोका दिएको आरोप लागेको यो पहिलो पटक भने होइन। यसअघि पनि फोडेनको अरु केही महिलासँग अफेयर रहेको कुरा बाहिर आएको थियो । इङ्ल्यान्डका उदाउँदो स्टार रहेका फिल फोडेनले यही वर्षको अन्त्यमा कतारमा हुने फुटबल विश्वकपमा स्थान पाउन सक्ने अनुमान गरिएको छ । फिल फोडेन १७ वर्षको उमेरमा म्यानचेस्टर सिटीसँग आवद्ध भएका थिए, उनले २०२० मा डेब्यु गर्ने मौका पाएका थिए।
नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता काठमाडौं। एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो । सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो । नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।
क्रिकेटको सबैभन्दा छोटो फर्म्याट ‘सिक्सटी’ २ महिनापछि, ६ विकेट झरेपछि अलआउट ! काठमाडौं । कुनै समय क्रिकेटमा परम्परावाद हावी थियो । जब खेलको नियम र शैलीमा परिवर्तनको कुरा आउँथ्यो, धेरै पटक सोचिन्थ्यो कि क्रिकेटको पुरानो परम्परालाई यी परिवर्तनहरूले असर त गर्नेछैन ? तर, समयको गतिसँग चल्ने रहरले पुरानो मान्यतालाई पन्छाएर नयाँ परम्परालाई जन्म दिन थाल्यो र आज पाँच दिनको परम्परागत क्रिकेट हुँदै ६० बलको प्रतिस्पर्धामा पुगेको छ । अर्को शब्दमा भन्नुपर्दा, खोलालाई कुलो बनाइएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम सिक्सटी (6ixty) राखिएको छ। 6ixty नामले सुझाव दिन्छ, त्यहाँ ६० बलको ढाँचा छ जसमा विश्वभरका क्रिकेटरहरूले भाग लिनेछन्। यस शृङ्खलाको पहिलो प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सेन्ट किट्स र नेभिसमा खेलाइनेछ। यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट पाउनेछ । छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ। यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन् । कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउँदैन । यदि कुनै टोलीले निर्धारित समयमा आफ्नो ओभर पूरा गर्न नसकेमा त्यस टोलीका खेलाडीलाई अन्तिम ६ बलका लागि मैदान बाहिर पठाइनेछ । वेस्ट इन्डिज क्रिकेट बोर्डले यो ढाँचाले टी-टेन क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ।
एथलेटिक्सः शिवराज र जयरानी उत्कृष्ट खेलाडी काठमाडौं । नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब नौ स्वर्ण, ६ रजत आठ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको बाग्मती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य हात पार्‍यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले तीन रजत र चार कांस्य पनि हासिल गर्‍यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे । प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले तीन स्वर्ण र एक रजत जिते । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप एक रजत पनि रह्यो । जयरानीले एक सय र चार सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान आर्मीका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरियो । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा दुई सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।
तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत भएका छन् । विश्व तेक्वान्दो ९डब्लुटी० ले मनोनित गरेको अशोकले जनाएका छन् । क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुन् ।
भिएनएलः फ्रान्सको दबदबा कायम काठमाडौं। नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ। शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो। यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५-१७, २५-१९, २५-११ को जित निकाल्यो। अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हरायो। इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हरायो। जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ। यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन्।
नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक काठमाडौं। निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए। बुढानिलकन्ठस्थित पार्क भिलेजमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । सदस्यको भने गणना जारी थियो। यही समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई भविष्यको कामनासहित नेपाली फ्यान्सलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए। तर, सामाजिक सञ्जालको स्टोरी अब्दुल्लाहले केही समयमै हटाए। प्रतिक्रिया स्वाभाविक थियो, नतिजा अब्दुल्लाहले चाहेको जस्तो थिएन। उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भए । अब्दुल्लाहले यसअघि नै शेर्पाबाहेक नयाँ टिमसँग आफू काम नगर्ने बताएका थिए। नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो। तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रवीन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्‍याे। महत्वपूर्ण अर्काे निर्णयमा प्रशिक्षक अब्दुल्लाहसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्‍याे । यस्तै प्रशिक्षकको हकमा भने निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी छानविन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो। अर्थात् उनको विकल्प खोज्न आग्रह गरियो। निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्क भएको र अब्दुल्लाह नेपाल फर्कन इच्छुक भएको न्युज कारखानालाई बताएका छन् । ‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने। गत महिना नेपाली टिम १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो। तीन खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अब्दुल्लाह भने कर्मभूमि फर्किएनन् । उनले तीन महिना बिदा मागेका छन्। महासविच किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भइसकेको बताए। प्रशिक्षक अब्दुल्लाहले समेत योजना सार्वजनिक गरेका छन्। प्रशिक्षक अब्दुल्लाहले आफ्नो अर्काे लक्ष्य फिफा विश्वकप २०२६ छनोट, एसियन कप २०२७ छनोट र साफ कप २०२३ रहेको बताएका छन्
क्यानडामा हुने श्रृंखलाका लागि क्रिकेट टिम घोषणा काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । पुवुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ । नेपाली टिम सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी
नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ। भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो। नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ। जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी-२० खेल्ने तय भएको थियो। नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ। त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ। यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।
चेस ओलम्पियाडका लागि खेलाडी छनोट काठमाडौं । चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ । शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् । मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरिएताका विवेक थीङ स्वतः छनोट भइसकेका छन् । यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए । कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन् ।
खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो । सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रित गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउँदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरह नै लोकप्रियता हासिल गरेको बताउँदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद दिए । सदस्य–सचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए । आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउँदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे ।
वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा पौडीकी अन्तर्राष्ट्रिय खेलाडी बेहोस भएर पानीमा डुबिन् काठमाडौं । अन्तर्राष्ट्रिय स्तरकी पौडीबाज वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा सास फेर्न नसकेर बेहोस भएर स्विमिङ पुलको पिँधमा पुगिन् । यस क्रममा प्रशिक्षक एन्ड्रिया फुएन्टेसले केही गलत भएको महसुस गरिन्। उनले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर अमेरिकी पौडीबाज अनिता अल्भारेजको ज्यान बचाइन् । अनिता अन्तर्राष्ट्रिय पौडी खेलाडी हुन् । उनी बुडापेस्ट (हंगेरी) मा आयोजना भइरहेको विश्व पौडी च्याम्पियनसिपमा सहभागी भएर प्तिस्पर्धा गर्दै थिइन् । त्यही क्रममा पौडी खेल्ने क्रममा उनी अचानक बेहोस भइन् । कोचले भनिन् ‘जब तपाइँ आफ्नो पौडी समाप्त गर्नुहुन्छ, तपाइँ सास फेर्न चाहानुहुन्छ किनभने तपाइँले लामो समयसम्म सास रोक्नुभएको हुन्छ। तर उनी (अनिता) तल जाँदै थिइन्। त्यसपछि मलाई केही गडबड भयो भन्ने लाग्यो ।’ यस्तो अवस्थामा उनी जतिसक्दो चाँडो पानी भित्र पसिन् र अनितालाई तानेर बाहिर निकालिन् । त्यसपछि उनले अनितालाई सास फेर्न र शान्त हुन भनिन् । यो घटनाका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यो घटना जुन २२ मा बुडापेस्टको अल्फ्रेड हाजोस स्विमिङ कम्प्लेक्समा भएको थियो । अनिता दुई पटक ओलम्पियन हुन् । प्रशिक्षक एन्ड्रिया फुएन्टेसले भनिन्, ‘अनिताले सास फेर्न सकिरहेकी थिइनन् यो देखेर उनी डराएकी थिइन् । तर अहिले उनको स्वास्थ्य ठीक छ । डाक्टरहरूले अनिताको स्वास्थ्य परीक्षण पनि गरेका छन्, उनको सबै भाइटल (मुटुको गति, अक्सिजन, चिनीको मात्रा, रक्तचाप) सामान्य रहेको छ ।’
अन्तिम खेलमा अष्ट्रेलियाको जित काठमाडौं। घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो । श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।
एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो काठमाडौं । ‘बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको । सोमबार ९६ असार० भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोखेका हुन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ कार्यसमितिको १३ सदस्य भित्र पर्न असफल भए । श्रेष्ठले ३७ भोट पाए । १३ सदस्यमध्ये ११ जना निर्वाचित भइसकेका छन् । बाँकी दुई पदमा भने चार सदस्यको बराबर मत ९३९० प्राप्त हुँदा एन्फाको आगामी साधारणसभाबाट दुई सदस्य निर्वाचित हुनेछन् । चुनावको केही महिना अघिसम्म निर्वाचित पंकजविक्रम नेम्बाङ प्यानल तर्फ देखिएका अनिल कर्माको शक्ति प्रदर्शनमा भने एक्कासि सदस्य पद घोषणासहित प्रस्तुत भए । यससँगै पंकज पक्षले आफ्नो समूहलाई अनिलबाट धोका भएको प्रतिक्रिया दिएको थियो । पछिल्लो सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादपछि अनिल तत्कालीन नेतृत्वसँग नजिकिएका थिए । सुरुवाती आन्दोलनमा ए डिभिजन लिग टिमलाई साथ दिएका अनिल अन्तिम समयमा नेतृत्वलाई सहयोग गर्न पुगेका थिए । तर, विपक्षी मानिएका पंकज पक्षले भने चुनावमा अनिलले आफ्नो समूहलाई नै समर्थन गर्ने विश्वास गरेका थिए । तर, राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक जिम्मेवारी पाउने आशामा अनिल कर्मापक्षमा खुलेरै लागेका थिए । तर, नतिजा न कर्मा तर्फ रह्यो । न त अनिलको पक्षमा नै आयो । त्यसैले चुनावी मतपरिणामको पूर्ण निर्णय नआउँदै बुढानिलकण्ठस्थित पार्क भिलेजमै ‘अफ्द रेकर्ड’ कुराकानीमा अनिलले आफू ‘डुबेको’ प्रतिक्रिया दिएका थिए । उनले एनएसएल विवाद र खेलाडी विवादमा आफू नराम्ररी चिप्लिएको गुनासो गरेका थिए । अनिलले सामाजिक संजालमा आफ्नो भनाई राखेसँगै राष्ट्रिय फुटबल टोलीका सदस्य तथा फरवार्ड विमल घर्ती मगरले ठट्यौली शैलीमा ‘हामीलाई त सजिलो थियो भन्नु हुँदै थियो त म्यानेजरज्यु’ भनेर प्रतिक्रिया दिएका छन् । एक प्रकारले विमलले त्यो भनाइ, आफु र आफ्नो सहकर्मी साथीविरुद्ध एन्फा नेतृत्व र क्लबले समर्थन नगरेकोमा खिल्ली उठाएका थिए । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँगको विवादका कारण विमल सहित मछिन्द्रका मात्रै चार खेलाडी राष्ट्रिय टिम बाहिर रहेका थिए । तिनै चार खेलाडी क्लबमा अनुबन्ध भएसँगै मछिन्द्रले पहिलो पटक सहिद स्मारक ए डिभजिन लिगको उपाधि जितेको थियो । क्लबले २०७६ र २०७८ को लिग उपाधि लगातार जितेको हो । यता, कर्मा समूहबाट नै उपाध्यक्षमा पराजित पूर्व खेलाडी उपेन्द्रमान सिंहले अनिलको पोष्टमा ‘नेपालको पोलिटिक्स गर्न राम्रो मान्छेले नसकिने र राजनीति आफैमा फोहोरी खेल’ भएको प्रतिक्रिया दिएका छन् । सिंहको कमेन्टमा आयुष घिमिरे नामबाट खेलाडीलाई अन्याय हुँदा खेलाडीको नाताले एक शब्द बोल्नु भयो रु भन्ने प्रश्नमा सिंहले कार्यसमितिमा बोल्ने कि फेसबुकमा बोल्न पर्ने भनेर उल्टो प्रश्न गरेका छन् ।
कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा काठमाडौं ।डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् । कृत्तीसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ । अनीसाको ४।५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ति, सिन्दीरा र खुस्बुको ३।५ अंक छ । पूजा भण्डारीको ३ अंक छ । एक दिन अगाडीसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन् । पुरुषतर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तिमा ५ अंक बटुलेका छन् । पुरुष तर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष बरिएताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३ दशमलव५ अंक छ । मिलनले शुक्रबार पाचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए ।
कतार विश्वकपमा २६ खेलाडी राख्न पाउने काठमाडौं। कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ। अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो। अब, भने २६ खेलाडी पाउने भएको छ। यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ। अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन्। यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएका छ। जसमा टिम डाक्टरलाई अनिवार्य गरिएको छ। २० अक्टोबरदेखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ। विश्वकपको उद्घाटन खेलमा अफ्रिकन टोली सेनेगल र युरोपेली देश नेदरल्यान्ड्स भिड्ने तालिका छ।
ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा काठमाडौं। स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ । यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ। ला लिगा १२ अगस्टबाट सुरु हुनेछ । कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने १९ डिसेम्बरबाट पुनः सुचारु हुनेछ। तालिकाअनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यस्तै, दोस्रो खेल १९ मार्चमा क्याम्प नोउमा हुनेछ। ला लिगा फुटबलको एल क्लासिको भिडन्त विश्वमा निकै महत्वका साथ हेरिन्छ।
महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल काठमाडौं। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ। यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो। यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो। युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन्। ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो। नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ। यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो। समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो। युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।
एनओसी अवार्ड : प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी काठमाडौं। ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा प्रिन्सलाई उत्कृष्ट पुरुष तथा गौरिकालाई उत्कृष्ट महिला खेलाडीको सम्मान प्रदान गरिएको हो । यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो । बीबीसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत सर्वोत्कृष्ट मल्टिमिडिया पत्रकारको पुरस्कार पाउँदा कान्तिपुरका राजु घिसिङ छापा माध्यमतर्फ सर्वोत्कृष्ट पत्रकार घोषित भए । त्यस्तै फोटो पत्रकारको विधामा गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत हुँदा श्रव्य दृष्यतर्फ कान्तिपुर टेलिभिजनकी सविना कार्कीले सर्वोत्कृष्ट पत्रकारको पुरस्कार पाइन् ।
अस्मिनाको उत्कृष्ट बलिङ, नेपाललाई एसिया कपमा स्थान बनाउन ८२ को लक्ष्य काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो। यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन्। नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै काठमाडौं। नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको छ। बिहान ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो। नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्। नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ। नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ। जारी प्रतियोगितामा युएई लयमा देखिएको छ। समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो। यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन्। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन्।
एसिया कपमा स्थान बनाउन नेपाल र यूएई भिड्दै काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को आज शुक्रबार सामना गर्दैछ। मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ। नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ। जारी प्रतियोगितामा युएई लयमा देखिएको छ। समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो। यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन्।
फिफा वरियतामा नेपाल १७६औँ स्थानमा,आठ स्थान तल झर्‍यो काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । वरियताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्याण्ड छन् ।
नेक्सस कप टी- २० क्रिकेटः अपन राधेमाईको जित काठमाडौं । अपन राधेमाई युवा क्लबले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ । बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको बसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए । अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रनको योगफल खडा गर्‍यो । ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट झारे । आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेटायो । आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्का मद्दतमा २१ रन बटुले । ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो ।
फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४(१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो । वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् । नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।
विशाल, रन्जित, छिरिङ एनआरटीमा अनुबन्ध, प्रशिक्षकमा जीवन काठमाडौं।मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा द्वय रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ न्युरोड टिम एनआरटीमा अनुबन्ध भएका छन् ।मलेसियामा एनआरटीले प्री सिजनका लागि टीवाईटी कप खेल्दैछ । जसका लागि मछिन्द्रले केहि अन्तरराष्ट्रिय खेलाडीसहित नेपाली खेलाडी अनुबन्ध गरेको हो । एनाअरटीले मिडफिल्डर विशाल तथा रक्षक रन्जितसहित छिरिङलाई अनुबन्ध गरेको हो । यस्तै, युवा मिडफिल्डर गौरव बुढाथोकी र रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको स्रोतले बताएको छ ।यस्तै, संकटाका मिडफिल्डर सुभाष गुरुङ, थ्री स्टारबाट संजोक राईलाई अनुबन्ध गरेको छ । गोलरक्षकमा क्यामरुनका २२ वर्षीय टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ । बिक्रम धिमाल, शिव गुरुङ र पुजन होडालाई निरन्तरता दिएको छ । यता, दर्शम गुरुङ र एरिक बिस्ट टिम बाहिर छन् । प्रशिक्षकमा भने राजु काजी शाक्यलाई जीवन सिन्केमानले प्रतिस्थापन गरेका छन् । जीवनको ए लाईसेन्स रहेको छ ।विशाल र रन्जितले २०७६ र ७८ मा मछिन्द्रबाट खेल्दै लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसअघि ०७५ सालमा विशाल मनाङ मरस्याङ्दी क्लबले आठौं पटक लिग उपाधि जित्दा टोलीका सदस्य थिए । यता, रन्जित थ्रीस्टार क्लबमा आवद्ध थिए । यता, विदेशी खेलाडीमा भने एनआरटीले मेसौके ओलोमोउ र स्टेफन समिरसहित आन्द्रे थेरी वियिक वियिक अनुबन्ध गरेको छ । यता, दक्षिण एसियाली कोटामा जावलाखेलबाट लिग खेलेका भारतीय मिडफिल्डर निकालोस फर्नान्डेजलाई अनुबन्ध गरेको छ । एनआरटीले मलेसियाको पेनाङमा २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलीको टुङ्गो लाग्नेछ।
फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
ऋषभ पन्त, जसप्रित बुमराहसहित ४ भारतीय खेलाडी भारतको राष्ट्रिय टिमविरुद्ध खेल्ने काठमाडौं । भारतीय क्रिकेट टोली अहिले इङ्गल्याण्डको भ्रमणमा छ। रोहित शर्माको कप्तानीमा भारतले इङ्ल्यान्डसँग एक टेष्ट, तीन एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ । पाँच टेष्टको शृंखलाको अन्तिम खेल जुलाई १ देखि बर्मिङ्घममा हुनेछ । यो टेस्ट म्याच अघि भारतले वार्मअप खेल पनि खेल्नुपर्नेछ । यो खेल बिहीबार (२३ देखि २६ जुन) सम्म इंग्लिस क्लब लेस्टरशायरसँग खेल्नेछ । यो अभ्यास खेलमा चार भारतीय खेलाडी आफ्नै टोलीविरुद्ध खेल्न आउनेछन् । यी खेलाडीहरू चेतेश्वर पुजारा, ऋषभ पन्त, जसप्रित बुमराह र प्रसिद्ध कृष्णा हुनेछन्। वास्तवमा, यी चार खेलाडीहरू लेस्टरशायर क्लबबाट खेल्नेछन्। यस क्लबको कप्तानी साम इभान्सको हातमा हुनेछ । रोहित शर्माले टिम इन्डियाको कमाण्ड सम्हाल्नेछन् । यो ४ दिने अभ्यास खेलमा दुवै टोलीबाट १३-१३ खेलाडीले खेल्नेछन्, जसले गर्दा बलरलाई धेरै कामको बोझ नपरोस्। लेस्टरशायर काउन्टी क्रिकेट क्लबले आफ्नो विज्ञप्तिमा भन्यो, ‘हामी अभ्यास खेलको लागि भारतीय टोलीलाई स्वागत गर्दछौं। टीम इन्डियाका स्टार खेलाडी चेतेश्वर पुजारा, ऋषभ पन्त, जसप्रित बुमराह र प्रसिद्ध कृष्ण हाम्रो क्लबबाट खेल्नेछन्, जसको कप्तानी ओपनर साम इभान्सले गर्नेछन्।’ क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी चार खेलाडीले यस क्लबबाट खेल्न क्लब, भारतीय बोर्ड र इंग्लिस बोर्ड (बीसीसीआई र ईसीबी) बाट स्वीकृति पाएका छन् । यसो गर्दा भ्रमणमा रहेको भारतीय टोलीका सबै खेलाडीले अभ्यास खेल खेल्ने मौका पाउनेछन् । भारतीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, श्रीकर भरत (विकेटकिपर), रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज र उमेश यादव। लेस्टरशायर टोली: साम इभान्स (कप्तान), रेहान अहमद, साम बेट्स (विकेटकीपर), नेट बाउली, विल डेभिस, जोय इभिसन, लुइस किम्बर, अबी स्कन्दे, रोमन वाकर, चेतेश्वर पुजारा, ऋषभ पन्त, जसप्रित बुमराह र प्रसिद्ध कृष्णा ।
डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको भन्दै स्वास्थ्यकर्मीमाथि मुद्दा बीबीसी। आर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ। एउटा छानबिन समितिले उनको उपचारमा व्यापक “कमजोरी र अनियमितता” देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन्। आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो। सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनलाई सुधार भइरहेको थियो। उनको निधन भएको केही दिनपछि आर्जेन्टीनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए। गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले “अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार” ढङ्गले काम गरेको पाएको थियो। अदालतका अनुसार उक्त प्यानलले भनेको थियोः यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना “बाँच्ने राम्रो सम्भावना हुन्थ्यो”। मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन्। आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन्। अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन। निधन हुने बेला महान्‌ खेलाडीको अवस्था “कतैबाट सहयोग नपाएको जस्तो” देखेको म्याराडोनाका छोरामध्ये एकका वकिल मारिओ बाउड्रीले समाचार संस्था रोयटर्सलाई बताए। “कारण हेर्नासाथ मैले यो त लापरबाहीपूर्ण हत्या हो भनेँ। मैले लामो लडाइँ लडेर आज यहाँ पुगेका छौँ, एउटा चरण पूरा भएको छ,” उनले भने। म्याराडोनाकी दुईजना छोरीले गरेको एउटा उजुरीले कानुनी प्रक्रिया अघि बढाउन लगायो। मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुवाको गरिएको उपचारबारे उनीहरूले चासो व्यक्त गरेका थिए। एउटा भावुक पत्रकार सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय अपनाएको बताएका थिए। डिएगो म्याराडोनालाई विश्वका सर्वकालिक महान् फुटबल खेलाडीमध्ये एक मानिन्छ। सन् १९८६ मा आर्जेन्टीनाले विश्वकपको उपाधि उचाल्ने बेला उनी राष्ट्रिय टोलीका कप्तान थिए। क्वार्टर फाइनलमा इङ्ग्ल्यान्डविरुद्ध उनले प्रहार गरेको एउटा गोल निकै चर्चित बनेको थियो। ‘ह्यान्ड अफ गड’ नामले त्यो गोल चर्चित छ। आफ्नो खेलजीवनको उत्तरार्द्धतिर कोकेनको कुलतमा फसेका म्याराडोना सन् १९९१ मा परीक्षणका क्रममा पोजिटीभ पाइएपछि १५ महिनाका लागि प्रतिबन्धमा परे। म्याराडोनाको निधनको खबरले विश्व फुटबल जगत्‌ र उनको देशमा ठूलो शोक निम्त्याएको थियो। उनलाई अन्तिम बिदाइ गर्न मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए। भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो।
बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरेको छ ।पाकिस्तानले आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । श्रीलंकामा दुई खेलको टेस्ट सिरिज हुनेछ।पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ।
आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा पोखरा। पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २-० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे । पहिलो हाफ बराबरीमा रोकिएपनि दोश्रो हाफमा हेमजाले लगातार २ गोल हान्यो । खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले बायाँ एरियाबाट गरेको बललाई उत्कृष्ट प्रहार गरी गोलमा परिणत गरे। ६७ औं मिनेटमा कमलले ब्यक्तिगत दोश्रो गोल गर्दै जीत पक्का गराए । प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ । असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन् ।
राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिएको छ । ‘राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो’ विज्ञप्तिमा भनिएको छ । गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसंगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् । यस्तै, महासचिवमा किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशीसंगै विदेश बिभाग प्रमुखमा नवीन पाण्डेललाई नियुक्त गरेको हो । सोमबार भएको एन्फाको चुनावी साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् । यता, संघले ढाकामा हुने साफको चुनाबमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताब गर्ने निर्णय गरेको हो । ‘यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।’
उपत्यकाव्यापी पुरुष भलिबलः पाटन र रत्नराज्य क्वाटरफाइनलमा काठमाडौं । पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो । रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५–८ र २७–२५ तथा सरस्वतीलाई २५–२२ र २५–१९ को सोझो सेटमा हरायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि दुई जित आत्मसात् गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । त्रिचन्द्रले महेन्द्र रत्नलाई २५–१८ र २५–२० तथा भक्तपुरलाई २५–२२ र २५–२२ को सीधा सेटमा पाखा लगायो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भइरहेको प्रतियोगितामा बानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो । शंकरदेव क्याम्पसलाई २७–२५, २२–२५ र २५–१८ ले पराजित गरेको बानेश्वर नेपाल कमर्ससँग २५–१५ र २५–१६ ले चुक्यो । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । ७१औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टिम सहभागी छन् । राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल बाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोको प्रतिस्पर्धा हुने छ । प्रशिक्षण तथा तालिम पनि हुने छ ।
नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो । असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए । सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए । यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए । बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो । जसअनुसार दुई सदस्यको चयनका लागि अहिले नयाँ कार्यसमितिको बैठक बस्दैछ ।
सिंगलहरूलाई आपत, सेक्स गरे ७ वर्षको जेल सजाय हुने ! काठमाडौं । रंगशालामा बसेर खेल हेर्ने मजा नै अर्कै हुन्छ । त्यो पनि विश्वकपका खेलहरू हुँदा। रमाइलो, पार्टी, कोलाहल… यी सबै मैदानमा र मैदानबाहिर देखिन्छन्। तर नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप हेर्न आउने फ्यानले भने कडा नियम पालना गर्नुपर्नेछ । वास्तवमा कतारमा यौन सम्बन्धमा कडा नियमहरू छन्। पति वा पत्नी बाहेक अरु कसैसँग यौनसम्पर्क गर्नु पनि गैरकानूनी छ र कडा सजायको व्यवस्था छ । त्यसैले कतारमा आउने सिंगलहरूले कसैसँग यौनसम्पर्क गरेको पाइएमा प्रहरीले पक्राउ गर्न सक्छ । समलिङ्गी सम्बन्धमा बस्ने जोडीलाई पनि कारबाही गर्न सकिन्छ । नियम नमान्ने दर्शकलाई एक–दुई होइन ७ वर्ष जेल सजाय हुन सक्छ । वास्तवमा यसपटक कतारले विश्वकप फुटबल आयोजना गरिरहेको छ । कतारले यस वर्ष हुने विश्वकप फुटबलमा वान नाइट स्ट्यान्डलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने फुटबल समर्थकलाई चेतावनी दिएको छ । यसमा कोही संलग्न पाइएमा सात वर्षसम्म जेल सजाय हुन सक्छ । कतार प्रहरीलाई उद्धृत गर्दै ‘डेली स्टार’ले श्रीमान्–श्रीमती भएर आउँदै हुनुहुन्छ भने ठिक भएको बताएको छ । तर यदि तपाई यस ढाँचामा आउनुभएको छैन भने, सेक्स तपाईको लागि टाढाको सपना साबित हुन सक्छ। यस वर्षको विश्वकपमा पहिलो पटक सेक्स अनिवार्य रुपले प्रतिबन्धित गरिएको छ । कोलाहल गर्ने पार्टीहरू पनि प्रतिबन्धित छन्। विश्वकपमा खेल सकिएपछि रक्सी पिउने र पार्टी गर्ने फ्यानहरुको चलन रहेको स्मरणीय छ । कतारमा विवाह बाहिर यौनसम्पर्क र समलैंगिकता गैरकानूनी छ। यस्तो अवस्थामा कतारका होटलहरूले फरक थरका जोडीलाई कोठा दिइरहेका छैनन् । कतारमा हुने फिफा २०२२ विश्वकपका प्रमुख कार्यकारी अधिकृत नासेरले प्रत्येक फ्यानको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएका छन् । उनले भने – खुला रोमान्स हाम्रो संस्कृतिको हिस्सा होइन। यहाँ कोही आउँदै हुनुहुन्छ भने देशको नियम मान्नुपर्छ । यसैबीच कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारीले पनि खेलमा इन्द्रेणी रङका झण्डा लगाउन प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । उनले भने कि यदि तपाइँ LGBTQ को बारेमा आफ्नो दृष्टिकोण देखाउन चाहनुहुन्छ भने, यसलाई स्वीकार गरिएको समाजमा प्रदर्शन गर्नुहोस्।
के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ? काठमाडौं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए । विमानस्थल पुर्‍याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ ?’ । सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना दियो । एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मानै दोहोरिउन् । तर भयो उल्टो । नेपाल बसाई क्रममा अब्दुल्लाह कहिल्यै गुमनाम रहनु परेन । कहिले मैदानभित्र त कहिले बाहिर उनि सधै चर्चा पात्र रहे । अब्दुल्लाह सामाजिक सञ्जालमा बढी समर्थकबाट रुचाइए । उनको विषयमा राम्रो या नराम्रो प्रतिक्रिया आओस् । समर्थनले साथ दिइरहे । एक वर्षको लागि नेपाल झरेका अब्दुल्लाहले विभिन्न विवादका बीच आफ्नो नेपाल बसाईलाई गत वर्ष सम्झौता नवीकरण गर्दै सन् २०२४ सम्मलाई पुर्‍याएका थिए । एन्फाको अध्यक्षमा पंकज विजयी भएसँगै अब्दुल्लाह नेपाल बस्छन् कि बस्दैछन् ? बहसको विषय बनेको छ । सनकका भरमा जस्तोसुकै निर्णय गर्ने अब्दुल्लाहले यसअघि नै कर्माबाहेकको टिमसँग सहकार्य नगर्ने बताएका थिए । सोमबार राति १२ बजे चुनावको पूर्ण नतिजा नआउँदा नै अब्दुल्लाहले इन्स्ट्राग्राममा स्टोरी राख्दै नेपाल नफर्कने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी केही समयमै हटाएका थिए । अध्यक्षमा निर्वाचित पंकजले जितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खेलाडी-प्रशिक्षक विवाद छानविन समितिको प्रतिवेदन हेरेर कार्यसमितिको बैठकबाट निर्णय गर्ने बताएका छन् । ‘प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छाै,’ पंकजले भनेका थिए । यसअघि टोलीका नियमित सदस्य रोहित चन्दले खेलाडीको सामान्य माग प्रशिक्षक अब्दुल्लाह समक्ष राख्दा रोहितलाई घर पठाइएको थियो । यसपछि आफ्नो माग राखेका रोहितलाई अब्दुल्लाहले क्याम्पबाट निकालेपछि बाँकी १० खेलाडीले १४ वैशाखमा होटेल छाडेका थिए । १० खेलाडीलाई सामाजिक सञ्जालबाट समर्थन गरेका कप्तान किरणकुमार लिम्बूलाई समेत अब्दुल्लाहले कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोट खेलबाट बाहिर राख्दै ‘रिस्क’ मोलेका थिए । यसपछि एन्फाले भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको थियो । जुन समितिले ४ जेठमा एन्फालाई प्रशिक्षक अब्दुल्लाहल र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न सुझाव दिएको थियो । यता, वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुर खड्काले आगामी कार्यसमितिको बैठकले छानविन समितिको सुझावमा रहेर निर्णय हुने र आफूहरु खेलाडीको पक्षमा जाने बताइसकेका छन् । ‘हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौं । हामी खेलाडीको पक्षमा छौं,’ खड्काले भनेका छन् । यसअघि १० साउन ०७८ मा अब्दुल्लाहले तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफू एन्फामा राजीनामा दिन जाँदैछु भनेर फेसबुकमा स्टाटस राखेका थिए । तर उनले राजीनामा भने गरेका थिएनन् । यसपछि पंकज अब्दुल्लाह र एन्फा नेतृत्वविरुद्ध असहमतिमा रहँदै आएका थिए । जुन विवाद पछि पंकजले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नुपरेको थियो । हाल भने मुटुको समस्याको कारण अब्दुल्लाह कुवेतमै रहेका छन् । उपचारका लागि उनले एन्फाको अघिल्लो नेतृत्वसँग तीन महिनाको छुट्टी लिएका छन् । अब बस्ने एन्फाको कार्यसमितिको पहिलो बैठकले यो विवादमा कुन निर्णय लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ । गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ? प्रशिक्षक अब्दुल्लाह कतार फुटबल संघको अनुदानमा नेपाल आएका हुन् । उनको खर्च कतार एफएले नै बेहोर्छ । उनको यहाँ बस्नेदेखि लिएर यातायात खर्च नेपाल सरकारमार्फत एन्फाले हेर्दै आएको छ । वर्तमान एन्फा कार्यसमिति बैठकमा पंकज समूहको बहुमत रहेका कारण प्रशिक्षक अब्दुल्लाहलाई बर्खास्ती गर्न सक्ने सुरुआती आकलन छ । निर्वाचनताका नै याे समूहले प्रशिक्षक बर्खास्तीको माग राखेको थियो । तर तत्कालीन नेतृत्व भने अब्दुल्लाहको पक्षमा थियो । स्रोतका अनुसार अब्दुल्लाहलाई बर्खास्ती गरे एन्फाले करिब १० हजार डलर जरिवाना तिर्नुपर्नेछ । त्यसका लागि समेत वर्तमान नेतृत्व तयार छ । तर नेतृत्वले कतार एफएसँग सहकार्य गर्दै अब्दुल्लाहको विकल्पमा अर्काे प्रशिक्षक माग्न सक्छ ।
ललितपुरको जिएचसीए सेमिफाइनलमा काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ काे सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो । मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११ ओभर एक बलमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍याे । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए । जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा गर्‍याे । जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो । पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले । जिएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७ औसतमा ५ विकेट दिए । जिएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । जिएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।
चुनाैतीकाे चाङमाथि एन्फा अध्यक्ष पंकज काठमाडौं। चार वर्षअघि सुशासन, सामूहिक निर्णय-नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो। यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो। यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा ढुप्दै दुई समूहमा ध्रुवीकरण भयो। एकै समूहबाट नेतृत्वमा आएको यस टिम चार वर्ष पनि टिक्न सकेन र अन्त्यमा एक अर्कालाई सक्काउन लाग्यो । उपाध्यक्ष भएको एक वर्षपछि मात्रै विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे। अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै पंकज एन्फामा नयाँ शक्तिको रुपमा उदाय। गत सोमबार (६ असार) मा भएको एन्फाको साधारणसभामा नेतृतव चयनका लागि भएकाे चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रुपमा पंकज निर्वाचित भए। कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको चार वर्षे कार्यकालमा एन्फा हाक्न पक्कै सहज हुने छैन। कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन्। खेलाडी-प्रशिक्षक विवाद, नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित सहिद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन्। यी त भए देखिने चुनौती, अझ भित्रिरुपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नुछ। कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ। अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफू अनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्दछ। एन्फाको अध्यक्ष निर्वाचित भएसँगै पंकजविक्रम नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजयी भएको प्रतिक्रिया दिएका थिए। यस्तै उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन्। ‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन। सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउने छौं। हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौं, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौं,’ ५१ वर्षीय नेम्बाङले भनेका छन्। यस्तै उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन्। सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो। यद्यपि कार्यसमितिमा बहुमत भने बनाएको छ। अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चारमध्य तीन उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै ६ सदस्यमा समेत पंकज समूहका नै छन्। अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ।
अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई शृंखला काठमाडौ। घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो । श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले समान २ विकेट लिए ।
रग्बी शृंखलाः नेपाल दुबै खेलमा पराजित काठमाडौ । नेपाल बंगवन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बंगलादेशसंग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो । बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १÷१ ट्राई गरेका थिए । दोस्रो खेल नेपाल १९–० ले पछि प¥यो । पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो । उनले खेलमा पराजय भोगेपनि खेलाडीहरुले राम्रो मेहनत गरेको बताए । क्षेत्रीले भने, ‘काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।’ नेपालले भोली बुधबार रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो । चार खेलाडीको डेब्युः चार खेलाडीहरुले रग्बी ७ मा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् । पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपाली टोलीः कृष्ण क्षेत्री ( कप्तान) , विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, विक्रम पुरी, हुतराज प्रधान, झुकेन राई, पुजन फेवाली, रामकिशोर चौधरी, शेरबहादुर ओली, विबेश बासु, सुरज चौधरी र निरोज कार्की ।
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने काठमाडौं । कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसकेका छन् ।
राखेपमा खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा। अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलबार पत्र हस्तान्तरण गरे । सो अवसरमा सदस्यसचिव घिसिङले भने, ‘योजना बनाउन जरुरी छ, त्यो भन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु ।’
नेपाल हङकङसँग पराजित काठमाडौ।एसिसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५।५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो । हङकङको लागि मारिको हिलले ४५ ,नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् । यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ रनको योगदान गरिन्। यस बाहेक बिन्दु रावलले २३, सिता मगरले ९, ममता चौधरीले ७, कविता जोशीले ४ र काजल श्रेष्ठले १ रन बनाईन् । नेपालकी इन्दु वर्मा शून्यमा आउट भईन्। हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए। नेपाल आज हङकङलाई हराएर लगातार चौथाे जित निकाल्ने योजनामा छ। आज जित निकाले नेपाल समूह बीमा विजेता बन्नेछ । नेपालको तीन खेलबाट ६ अंक छ।
एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए । शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा ८ च ६१७ नम्बरको टोयोटा फर्चुनर फिर्ता गरे ।बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाएका थिए । अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका हुन्।चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्बाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेम्बाङ पक्षले बहुमत प्राप्त गरेको छ ।
हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा काठमाडौं।नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।
हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा काठमाडौं। नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ। सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ। प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ। समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ।
तीर्थबहादुर पुन काँक्रेबिहार हाफ म्याराथुनका प्रथम सुर्खेत। अन्तराष्ट्रिय ओलम्पिक डे को अवसरमा सुर्खेतमा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ तीर्थबहादुर पुन प्रथम भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुन प्रथम भएका हुन् । वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचोकमै पुगेर सम्पन्न भएको प्रतियोगितामा २१ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम तीर्थकुमार पुन, दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौं सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् । उनीहरूलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ विमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर काठमाडौं। नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ। मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ। प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालको तीन खेलमा ६ अंक छ। हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ। प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ। समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ।
नेपाल आज हङकङसँग भिड्दै काठमाडौँ। मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘बी’मा रह‍ँदै शीर्ष स्थानमा रहेको छ। नेपाल समूह विजेता बन्न चाहन्छ। नेपालले हङकङसँग खेलका यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । यसअघिका खेलमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो।
नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन्। यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन्। हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछी अब्दुल्लाह गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए। नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए। तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए। एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा छन्। एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्मा छिरिङ शेर्पा पराजित भएका थिए।
यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ समूहकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे । उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए । नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए । महिला सदस्यमा भने दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए । १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुन: निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ । सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए। शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए । शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो । २१औं चुनावी साधारण सभाले चयन गरेको १९ सदस्यीय कार्यसमिति: अध्यक्ष: पंकजविक्रम नेम्वाङ (४५) वरिष्ठ उपाध्यक्ष: वीरबहादुर खड्का (४४) उपाध्यक्ष: विराटजंग शाही (४७), दीपक खतिवडा (४७), दावा लामा (४८), दीर्घबहादुर केसी (४३) महिला सदस्य: पेमा डोल्मा लामा (४३), सरिला श्रेष्ठ (४६) सदस्य: रविन्द्र चन्द (४६), अनिल मल्ल (४७), भोजराज शाही (४४), पुरुषोत्तम थापा (४३), महेन्द्र क्षेत्री (४४), विजय नारायण श्रेष्ठ (४४), रमेश व्यञ्जनकार (४३), भरत बुढ थापा (४०), टिकाराम लामा (४१), मणिराज विष्ट (४२), मनिष जोशी (४८)
पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो । नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरूले शेर्पामाथि आर्थिक अनियमितता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए । शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रीय सदस्यहरूको असहयोग तथा कोभिड १९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरूपको काम गर्न नसकेको बताएका थिए । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनको भनाई थियो । २०७२ सालमा तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए । नेपाली फुटबलको उर्वर भूमिका रूपमा परिचित झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि बिस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।
नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा काठमाडौं । बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। ७ ओभरमा छोट्याइएको खेलमा बहराइन दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् । कविता कुँवरले अविजित ३ रन बनाइन् । बाँकी ८ रन एक्स्ट्रा थियो । बहराइनका पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए । पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । नेपालका कविता कुँवर र सबनम राईले २/२ विकेट लिए । अश्मिना कर्माचार्यले १ विकेट लिइन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
एन्फा निर्वाचन आज, कर्मा र पंकजको कडा प्रतिस्पर्धा काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् । जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् । चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाक्न आएको थियो । तर दुबै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन् । चुनावी साधारणसभा बिहान नौ बजे सुरु हुनेछ ।
बहराइनलाई हराए नेपाल सेमिफाइनलमा काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ । लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ । आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । इङ्ल्यान्डको जितमा ओपनरद्वय ज्यासन रोयले ७३ र फिल साल्टले ७७ रन बनाए । रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गर्दा साल्टले ५४ बलमा चौका हिर्काए । यसबाहेक, मोइनल अलिले अविजित ४२ र डेभिड मिलानले ३६ रन जोडे । तर, इङ्ल्यान्डका कप्तान इयोन मोर्गन डक आउट भए । मोर्गन शृंखलाको पहिलो खेलमा पनि गोल्डेन डक आउट भएका थिए । नेदरल्यान्ड्सका आर्यन दत्तले दुई विकेट लिँदा टिम प्रिङ्गल र टिम कुपरले १-१ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ४१ ओभरमा सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७८ र बनाए । उनले ७३ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । यसबाहेक, बास डे लिडेले ३४, लोगन भान बीकले ३० र तेजा निडामानुरुले २८ रन बनाए । इङ्ल्यान्डका डेविड विले र आदिल राशिदले समान दुई विकेट लिँदा ब्रिडन कार्से र लियम लिभिङस्टोनले १-१ विकेट लिए । यी दुई टिमबीचको अन्तिम एकदिवसीय खेल जुन २२ मा हुने तालिका छ ।
पूर्वराष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने काठमाडौं । पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबलटेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार पाण्डेको परिवारले संघलाई ६ लाख दिनेछ । सो रकमबाट वार्षिक रुपमा आउने ७० हजार ब्याजबाट संघले प्रतियोगिता गराउनेछ । यदि संघले दुई वर्षसम्म प्रतियोगिता आयोजना नगरेमा सो रकम पाण्डेको परिवारलाई नै फिर्ता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए । पहिलो वर्ष ब्याज नआउने भएकाले पाण्डे परिवारले प्रतियोगिता सञ्चालनका लागि ७० हजार रुपैयाँ दिनेछन् । लामो समयदेखि बास्केटबलमा आवद्ध पाण्डेले टेबल टेनिसमा ‘केही गरौं’ भन्ने उद्देश्यले यो प्रतियोगिता लागि संघसँग सम्झौता गरेको जानकारी दिए ।
राखेपका अवकास प्राप्त कर्मचारीको बिदाइ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकीय प्रमुख नवराज खड्कालगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगादिएर अवकाश प्राप्त कर्मचारीको बिदाइ गरेका हुन् । विभागका अन्य वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर बिदाइ गरे । विभागका निर्देशक विकले अवकास प्राप्त प्रशिक्षकहरूलाई सरकारी नियमका कारण उमेरहदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उनीहरूको विज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए । अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), वरिष्ठ प्रशिक्षक टिका सेढाईं (एथलेटिक्स), वरिष्ठ प्रशिक्षक विष्णुकान्त अर्याल(फुल कन्ट्याक्ट कराँते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराँते) छन् ।
टस जितेर नेपालकाे ब्याटिङ काठमाडाैं। तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन्। जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ। श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ। त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो। यसपछि दुई खेल हुनेछ।
बाबर आजम र विराट कोहली एउटै टिमबाट खेल्ने ! काठमाडौं । अर्को वर्ष भारत र पाकिस्तानका खेलाडी एउटै टिमबाट खेल्न सक्नेछन् । वास्तवमा एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एफ्रो-एसियालाई पुन: सुरु गर्न चाहन्छ र यसलाई २०२३ मा आयोजना गर्ने योजनामा ​​छ। यदि सबै ठीकठाक रह्यो भने, भारत र पाकिस्तान बाहेक, अफगानिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरू एसियन इलेभेनबाट खेलेको देखिन्छ। एफ्रो एसिया कप क्रिकेटको इतिहासमा दुई पटक मात्रै आयोजना भएको छ । सन् २००५ मा तीन खेलको एकदिवसीय शृङ्खला खेलिएको थियो भने सन् २००७ मा भएको प्रतियोगितामा तीन एकदिवसीय बाहेक एउटा टी–२० पनि खेलिएको थियो । जहाँ पहिलो सिजन १–१ को बराबरीमा सकिएको थियो । दोस्रो सिजनमा एसियन इलेभेनले चारै खेल जितेको थियो । एसीसीका कमर्शियल एण्ड इभेन्ट्सका प्रमुख प्रभाकरन थानराजले फोर्ब्सलाई भने, “हामीले क्रिकेट बोर्डबाट पुष्टि गर्न बाँकी छ। हामी अझै श्वेतपत्रमा काम गरिरहेका छौं र यसलाई दुवै बोर्डमा बुझाइनेछ। तर हाम्रो योजना एसियाली इलेभेन बनाउने हो। हामीले भारत र पाकिस्तानबाट उत्कृष्ट खेलाडीहरू जोड्नुपर्छ। योजनालाई अन्तिम रूप दिएपछि, हामी विज्ञापन र प्रसारणकर्ताको लागि बजारमा जान्छौं।’ प्रमुख कार्यकारी समितिका सदस्य दामोदरले भने, ‘यस खाडललाई पुरा गर्न र खेलाडीलाई सँगै खेलेको हेर्न मन लाग्छ । म पक्का छु कि खेलाडीहरूले पनि यो होस् भन्ने चाहन्छन्। राजनीतिलाई यसबाट टाढा राखौं। पाकिस्तान र भारतका खेलाडीलाई एउटै टोलीमा हेर्न पाउनु राम्रो कुरा हो ।’ कमजोर कूटनीतिक सम्बन्धका कारण भारत र पाकिस्तानबीचको द्विपक्षीय शृंखला अझै आयोजना हुन सकेको छैन । पछिल्लो पटक दुई देशबीच द्विपक्षीय शृंखला सन् २०१२-१३ मा भएको थियो, जब पाकिस्तानले भारत भ्रमणमा तीन एकदिवसीय र दुई टी–२० खेलेको थियो। पाकिस्तानले एकदिवसीय शृंखला २–१ ले जितेको थियो भने टी–२० शृंखला १–१ को बराबरीमा पुगेको थियो । सन् २०२२ को टी–२० विश्वकपमा भारत र पाकिस्तानका टोली फेरि एकपटक आमनेसामने हुँदैछन् ।
नाओमी ओसाका विम्बल्डनबाट बाहिरिइन् काठमाडौं। टेनिस स्टार नाओमी ओसाका वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनबाट बाहिरिएकी छन्। विश्व वरीयताको शीर्ष स्थानकी जापानी खेलाडी ओसाका खुट्टामा लागेको चोटका कारण प्रतियोगिता नखेल्ने भएकी हुन्। चारपटकको ग्रान्डस्लाम च्याम्पियन ओसाका फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएपछि विम्बल्डन खेल्ने नखेल्नेमा अनिश्चित थिइन्। २४ वर्षीया ओसाकाले हालसम्म तीनपटक विम्बल्डन खेलिसकेकी छिन्। जसमा दुईपटक तेस्रो चरणमा पुगेकी थिइन्।विम्बल्डनमा तेस्रो चरणबाट माथि पुग्न नसके पनि ओसाकाले दुईपटक अस्ट्रेलियन ओपन र युएस ओपन जितेकी छन्।
काँक्रेविहार हाफ म्याराथन दौड प्रतियोगिता हुँदै सुर्खेत । वीरेन्द्रनगरमा यही असार ७ गते प्रथम काँक्रेविहार खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसर पारी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा करिब एक हजार खेलाडी सहभागी हुनेछन् । म्याराथन दौड वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला भएर पुनः वीरेन्द्रचौकमै पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला पुरुषतर्फको हाफ म्याराथनमा २१ किमी तथा विद्यालयस्तरको छात्र–छात्रातर्फको म्याराथनमा पाँच किमी दौड हुने आयोजक संस्थाले जनाएको छ । खुला पुरुषतर्फको दौडमा पहिलो हुनेले रु ७१ हजार पुरस्कार पाउनेछन् । दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाँचौँलाई १५ हजार र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै विद्यालयस्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु छ लाख उपलब्ध गराएको छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा रहेको भन्दै त्यसका लागि विभिन्न अभ्यास खेल र प्रतियोगिता सञ्चालन हुने बताए । “म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुद क्षेत्रको विकासमा दौडिरहेको सन्देश दिनेछ”, उनले भने, “प्रतिभालाई प्रतियोगितामा उतारेर कर्णालीलाई म्याराथनबाटै चिनाउन मद्दत पुग्नेछ ।”
महिला टी २० च्याम्पियनसीपः नेपालको दोस्रो जित काठमाडौं । सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन् । यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै, संगीता राई, इन्दु बर्मा र अस्मिना कर्माचार्यले एक एक विकेट लिए । पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुवीना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु बर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन् । यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।
राष्ट्रिय साइक्लिङ प्रतियोगितामा आर्मीका टमाटा पहिलो पोखरा। पोखरामा आयोजित राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि आर्मीका हिमाल टमाटाले जितेका छन् । पुरुषतर्फ एपिएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका हिक्मत विक तेस्रो भएका छन् । यस्तै, महिलातर्फ आर्मीकी उषा खनाल पहिलो, लक्ष्मी मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो भएकी छिन् । पुरुषतर्फ ७६ र महिलातर्फ पाँच जना सहभागी थिए । महिला र पुरुषको छुट्टाछुट्टै स्पर्धा भएको थियो । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता भलाम, ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिँकीडाँडाबाट फर्किएर कालिखोलामै आइपुगेको थियो । दुवै प्रतिश्पर्धामा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कार पाएका छन् । पहिलो वर्ष परीक्षणका लागि कार्यक्रम गरिएकोमा आगामी वर्षदेखि पुरुस्कार राशि आकर्षक रुपमा बढाउने र विदेशबाट समेत खेलाडी बोलाउने आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा साइकल लेन समेत निर्माण गरिरहेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । ४५ किलोमिटर दुरीको प्रतियोगितामा तीन जना विदेशीले पनि सहभागिता जनाएका थिए । पोखरालाई साइकल सिटीको रुपमा विकास गर्ने र नवौँ राष्ट्रिय खेलकुदका लागि टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष दीपक गोदारले बताए ।
‘सी’ डिभिजन लिग च्याम्पियन झापा फुटबल क्लबलाई सम्मान झापा। ‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले क्लबलाई सम्मान गरेको हो ।‘सी’ डिभिजन लिग च्यम्पियनमा अवद्ध खेलाडी र अफिसियललाई प्रति व्यक्ति नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको झापा गोल्डकप आयोज समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा प्रवेश गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘यो क्लबप्रतिको सम्मान हो । अब ‘ए’ डिभिजन प्रवेशका लागि शुभकामना छ १ हामीले प्रोत्साहनका लागि सम्मान गरेका हौँ ।’ हालै सम्पन्न सी डिभिजन लिगमा विजयी बन्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा प्रवेश गरेको थियो । झापाले च्यम्पियन बन्न १३ खेलमा सर्वाधिक ३४ अंग बटुलेको थियो । झापा एफसीको व्यवस्थापन र खेलाडीको मिहिनेतले खेल जितेको झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले बताए । टोलीमा सबै नयाँ खेलाडी हुँदाहुँदै पनि जित निकाल्न सफल भएको उनको भनाइ छ । ‘हाम्रो क्लबमा नयाँ खेलाडी छन् । दुई जना छिमेकी जिल्ला र बाँकी सबै झापाकै खेलाडी हुन् । गाउँबाट ल्याएका खेलाडी हुन्,’ उनी भन्छन्, ‘उनीहरूलाई पाँच महिनासम्म प्रशिक्षण दिएर च्याम्पियनका लागि योग्य बनायौँ ।’ बी डिभिजन क्लबमा बढुवा भएपछि भने अन्य क्लबबाट खेलिरहेका झापाली स्टार खेलाडी पनि समावेश हुने अध्यक्ष गुरुङले जानकारी दिए । ‘अब बी डिभिजन लिगका लागि यति मिहिनेतले पुग्दैन । हामीले अन्य क्लबबाट खेलिरहेका झापाली खेलाडीलाई पनि समेट्नेछौँ । केही खेलाडीसँग कुरा पनि भएको छ । उहाँहरूले पनि प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘बी डिभिजनमा पनि हामी राम्रो गर्नेछौँ । यसका लागि सबै खाले मिहिनेत हामी गर्छौँ ।’
ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग भक्तपुर। ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो । ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ । एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर–१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर–१३ सेभेन ए साइड राष्ट«व्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो । ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनांङ मस्र्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभबी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
इङ्ल्याण्डले बनायो एकदिवसीय क्रिकेट इतिहासकै ठूलो स्कोर, अरू थुप्रै रेकर्ड पनि बने काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने आफ्नै विश्व कीर्तिमान तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध तीन ब्याट्सम्यानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको छ । एकदिवसीय क्रिकेटमा पहिलो पटक ५०० रनको अंक छुने अवसर मात्र २ रनले पूरा हुन सकेन । यसअघिको रेकर्ड ४८१/६ थियो र यो इङ्ल्याण्डले नै बनाएको थियो । इङ्ल्यान्ड टोलीले नटिङ्घममा अस्ट्रेलियाविरुद्ध १९ जुन २०१८ मा त्यो स्कोर बनाएको थियो। इङ्ल्यान्डका लागि फिल साल्ट (१२२), डेभिड मलान (१२५) र जोस बटलर (१६२) ले एक इनिङ्समा शतक बनाए । एकदिवसीय क्रिकेटको इतिहासमा तीन ब्याट्सम्यानले एक इनिङमा शतक बनाएको यो तेस्रो पटक हो। यसअघि सन् २०१५ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र भारतविरुद्ध एक इनिङमा तीन–तीन शतक बनाएको थियो । जोस बटलरले ४७ बलमा शतक पूरा गरे । एकदिवसीय क्रिकेटमा योभन्दा छिटो सात ब्याट्सम्यानले कुल ८ पटक बनाएका छन् । बटलरले पनि यसअघि २०१५ मा पाकिस्तानविरुद्ध ४६ बलमा शतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा छ । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए । – Highest ODI total (498) – Most 6s in an ODI innings (26) – Most runs from boundaries in an ODI innings (300) – 3rd time with 3 centuries in an ODI innings – Equal 2nd fastest ODI 50 (Liam Livingstone 17 balls) – 2nd fastest ODI 150 (Jos Buttler 65 balls)#NEDvENG #ENGvNED 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🇳🇱 — Fox Sports Lab (@FoxSportsLab) June 17, 2022 बटलरले आफ्नो पारीमा १४ छक्का र ७ चौका प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटको एक इनिङमा सबैभन्दा बढी १७ छक्का प्रहार गर्ने कीर्तिमान इङ्ल्यान्डका कप्तान इयोन मोर्गनको नाममा छ । मोर्गनले यो उपलब्धि २०१९ मा अफगानिस्तानविरुद्धको खेलमा गरेका थिए । अहिलेसम्म कुनै ब्याट्सम्यानले एक इनिङमा १४ वा सोभन्दा बढी छक्का प्रहार गरेको कुल ९ पटक भएको छ । इंग्ल्यान्डका ब्याट्सम्यानको आँधी यस्तो थियो कि नेदरल्याण्डका चार बलरले ८० वा सोभन्दा बढी रन दिए । धेरैजसो धुलाई फिलिप बोइसेभिनको भयो । उनले १० ओभरमा १०८ रन दिए । उनले कुनै विकेट पनि लिन सकेनन् । एकदिवसीय क्रिकेटमा यो भन्दा बढी रन मात्र तीन बलरले दिएका छन् । अस्ट्रेलियाका माइकल लुइसले सन् २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ११३ रन दिएका थिए । यो एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन दिएको विश्व कीर्तिमान हो। पाकिस्तानका वाहब रियाजले सन् २०१६ मा इंग्ल्याण्डविरुद्ध १० ओभरमा ११० रन दिएका थिए । अफगानिस्तानका राशिद खानले २०१९ मा म्यानचेस्टरमा इङ्ल्यान्डविरुद्ध ९ ओभरमा ११० रन दिएका थिए। इंग्ल्याण्डका लागि लियाम लिभिङ्स्टनले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले २२ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । उनको स्ट्राइक रेट ३ सय थियो । लिभिङ्स्टनले १७ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो ढाँचामा इंग्ल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक हो। यसअघि कीर्तिमान इयोन मोर्गन (२१ बल) को नाममा थियो।
गोसाईंकुण्ड पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा चार वटा सामुदायिक विद्यालय र दुई वटा निजी विद्यालयका छात्रछात्राहरू सहभागी भएका छन् । प्रतियोगिता ३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल खेलाइने छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका एक सय ६० जना खेलाडी सहभागी भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।
ओलम्पियनहरूको पुनर्मिलन हुने काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले ७ असारसम्म भौतिक रुपमा रहेका ओलम्पियनहरुको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो । नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो । संघले सो समयदेखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो । ओलम्पियनहरू आआफ्नो कार्य व्यस्तताका कारण सवै सधैँ एकै ठाउमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए । बिष्टले बिदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागि गराउन प्रत्यक्ष प्रशारण मार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन बिशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए । संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा ५ असारमा ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चविच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तर्गत विभिन्न स्कुलका विद्यार्थी र ओलम्पियनबीच अन्तरक्रिया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्रम छ ।