content
stringlengths
20
64.1k
महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍याे । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन ब...
नेपालले क्यानडा भ्रमण गर्ने काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। न...
दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो काठमाडौं। दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ । बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आईपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको...
यु-१२ टेनिसः नेपाल छनोट हुन सकेन काठमाडौं। नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा ने...
पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै पोखरा । पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो । पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोग...
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तानी दिइयो काठमाडौं । आयरल्याण्ड विरुद्धको टी–२० सिरिजमा हार्दिक पाण्ड्यालाई भारतको कप्तान नियुक्त गरिएको छ । योसँगै दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारतको कप्तानी गर्दै आएका ऋषभ पन्तलाई पनि टोलीमा समावेश गरिएको छैन । भारतले आयरल्याण्डसँग दुईवटा टी–२० खेल खेल्नुपर्नेछ । पहि...
त्रिदेशीय एकदिवसीय सिरिजमा करण केसी बने प्लेयर अफ द सिरिज काठमाडौं । अमेरिकामा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज चुनिएका छन्। अमेरिकामा बिहीबार बिहान सकिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका केसी प्लेयर अफ द सिरिज घोषित भएका हुन्...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड चितवन। धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ। आर्थिक अभावका कारण निर्माण रोकिएको सो क...
आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित काठमाडाैं। आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो। अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४...
ओलम्पिक डे स्क्वास प्रतियोगिता सुरु काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई ११–१, ११–२, ११–३ ले हराएर विजयी सुरुआत गरेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उ...
दीपेन्द्र आईसिसी अलराउन्डरमा नवौं स्थानमा उक्लिए काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसीको अलराउन्डर वरीयताको नवौं स्थानमा उक्लिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कुनै पनि खेलाडीको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो । आइसिसीले बुधबार सार्वजनिक गरेका वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौं स्थानम...
इटालीमाथि जर्मनको सहज जित काठमाडौं। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मा जर्मनीले इटालीलाई ५- अन्तरले पराजित गरेको छ । जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक-एक गोल गरे । इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना...
इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल काठमाडौं। दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहि...
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित काठमाडाैं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै...
नेपाल इन्डोनेसियासँग ७ शून्य गोल अन्तरले पराजित काठमाडौं। एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार खाएको छ। कुवेतमा गयराति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो। जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले द...
भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि काठमाडौं । ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्‍यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । ...
हेटौंडामा असार ११ बाट राष्ट्रपति रनिङ शिल्ड हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा असार ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्ले...
स्किब्स बास्केटबलमा ५२ टिम काठमाडौं । स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर\जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरा...
ओमानविरुद्ध नेपाल फिल्डिङमा काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय शृंखलाका लागि संयुक्त राज्य अमेरिकामा रहेको नेपाली टिमले मंगलबार ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सा क्रिकेट मैदानमा ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङको निर्णय गर्दै नेपालले बलिङको निम्तो दिएका हुन् । आजको खेलमा लाग...
नवनिर्वाचित पदाधिकारीलाई राखेपको स्वागत र बधाइ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदा...
नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने काठमाडौं । धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो । त...
नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने काठमाडौं । धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो । त...
क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न ...
आईपीएलको प्रसारण अधिकार लिलामी, अब कुन-कुन च्यानल र एपमा आउँछ खेल ? काठमाडौं । आईपीएलको अर्को पाँच सिजन अर्थात २०२३ देखि २०२७ सम्मका लागि प्रसारण अधिकार लिलामी भएको छ । बीसीसीआइले आईपीएलको विभिन्न श्रेणीमा टिभी र डिजिटल प्रसारण अधिकार राखेको थियो, जुन लिलामीको दोस्रो दिन ४४ हजार ७५ करोड भन्दा बढीमा बिक्री भएको थियो। टे...
दोस्रो खेलमा ओमानको सामना गर्दैै नेपाल काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्र...
राखेप सदस्य सचिव घिसिङले गरे कबड्डी टोलीको बिदाइ काठमाडौं। १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन्। बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए। उनले यो प्रशिक्षण ९औं र...
मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाले राजदूत शर्मासँग गर्‍यो भेटवार्ता नयाँ दिल्ली। मदन भण्डारी फाउंडेशन अन्तर्गत सञ्चालित “मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डिया”को प्रतिनिधि मण्डलले इन्डो-नेपाल मैत्रीपूर्ण खेलको पुर्वतयारी स्वरुप सोमबार भारतका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मा र राजदुतावासका शिक्षा तथा कल्चरल बिभाग प...
रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ काठमाडौं। स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका ...
एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल काठमाडौं। एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १० ) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्द...
फ्रान्स क्रोयसियासँग पराजित काठमाडौं। यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ। पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्...
अष्ट्रेलिया कतार विश्वकपमा छनोट काठमाडौं। पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेक...
मकवानपुर गोल्डकपमा सर्वोत्कृष्ट अशोक बराललाई बुलेट बाइक हेटौंडा । मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन् । प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन् । सर्वोत्कृष्ट खेलाडी भएका...
आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि हेटौंडा । साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्...
रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । यसअघि प्रतियोगिताको ला...
मन्त्री महेश्वरजंग गहतराजसहित बक्सिङ टोली रुस प्रस्थान काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा आठ सदस्यीय टोली रुसको मस्को प्रस्थान गरेकाे छ। नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेकाे हाे। बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रण...
आइपिएलको टिभी अधिकार साढे ५७ करोड र डिजिटल अधिकार ४८ करोड प्रतिखेलको दरले बिक्री काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को मिडिया अधिकारको लिलामी चलिरहेको छ। सोमबार यो मेगा लिलामीको दोस्रो दिन हो र आगामी पाँच वर्षका लागि विश्वको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिताको अधिकार कसको हातमा रहने भन्ने आज टुंगो लाग्ने भएको छ ।...
मकवानपुर गोल्डकपको फाइनल आजः उपाधिका लागि आर्मी र विजय युथ भिड्दै हेटौंडा। मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन् । तेस्रो संस्करणको फाइनलमा पन...
विश्वकप लिगः अमेरिकालाई हराउँदै ओमान शीर्ष स्थानमा काठमाडौं।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत आज बिहान सम्पन्न खेलमा ओमानले अमेरिकाला हराउँदै शीर्ष स्थानमा रहेको छ। ओमानी ओपनर कश्याप प्रजापतिको शतकमा घरेलु टोली अमेरिकालाई १३ रनले पराजित गरेको छ। ओमानले दिएको २ सय ८१ रनको बलियो विज...
यूईएफए नेसन्स लिग फुटबलः स्पेन समूह २ को शीर्ष स्थानमा काठमाडौं। स्पेन यूईएफए नेसन्स लिग फुटबलको समूह २ ए को शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २- ० गोल अन्तरले हराएसँगै  शीर्ष स्थानमा पुगेको हो। स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।चेक रिपब्लिक भने ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह...
वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ काठमाडौं। तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३–० को ‘क्लिन स्विप’ गरेको छ । घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा सम...
चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित काठमाडौं। यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ। समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो। स्पेनको जितमा कार्लाेस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे। कार्लाेसले २४औं मिनेटमा...
रोनाल्डोबिना पोर्चुगलको हार काठमाडौं। स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ। घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। ...
हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित काठमाडौं। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३-२ अन्तरले पराजित गरेको छ। रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे। स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टो...
रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध काठमाडौं। स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ। दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ। चुआमेनीले सन् २०२...
दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित काठमाडौं। अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ । आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २-० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विके...
नेपाल इन्जिनियरिङ कलेजमा पाँंचदिने खेलकुद सप्ताह सुरु भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७९ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तहमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएका छन् । सप्ताहको उदघाटन चर्चित राष्ट्रिय धावक वैठक मानन्धरले गरेका छन् । उदघाट...
आइपिएल मिडिया राइट्सको लिलामी ४० हजार करोड माथि पुग्यो, भोलि विजेता घोषणा हुन सक्ने काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) को लागि मिडिया अधिकार लिलामी आइतबार बिहान ११ बजे सुरु भएको छ। कम्पनीहरूले पहिलो पटक इ–अक्सनमार्फत मिडिया अधिकारका लागि बोली लगाइरहेका छन् । बोलपत्र प्रक्रिया प...
रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज काठमाडौं। म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ। सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन्। तर, अमेरिकी अदालतले मेयोर्गाको प...
२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिललाई, जिते प्याङ्क कस्टम माउन्टेन बाइक भक्तपुर। २१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन् । च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे । दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हा...
नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी काठमाडौं। यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । प...
एन्जल्स हार्ट र ओडिसी क्वाटरफाइनलमा काठमाडौं। एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित गर्‍यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे । निरज मगरको ११ अंक...
लगातार दोस्रो जितसँगै भारतको सम्भावना बलियो काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ । शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे । ८५औं मिनेटमा कप्तान सुनिल क्ष...
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो काठमाडौं। लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।...
नेपालले अमेरिकाको मुखैबाट यसरी जित खोस्यो, २३ तस्वीरहरूसहित काठमाडौं । अन्तिम ओभरमा नाटकीय खेल खेल्दै अमेरिकालाई नेपालले बराबरीमा रोकेको छ । २७५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई अन्तिम २ बलमा मात्र १ रन चाहिएको थियो । तर नेपालले दुवै बलमा एक रन पनि नदिइ दुवै बलमा विकेट लिएपछि अमेरिका बराबरीमा रोकिएको छ । विश्वकप लिग–...
मकवानपुर गोल्डकपः रोमाञ्चक खेलमा आर्मी फाइनलमा हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश...
आइपिएलको मिडिया राइटको लागि ४ कम्पनीको टक्कर काठमाडौं । आइपिएलको मिडिया राइटलाई लिएर हलचल मच्चिएको छ । मिडिया अधिकारको विजेता जुन १२ मा घोषणा हुनसक्छ, बीसीसीआईले यसबाट हजारौं करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ। अब यो दौडमा चार कम्पनी मात्र बाँकी रहेका छन्, जसबीच यो लडाइँ चलिरहेको छ । आईपीएलको सन्दर्भमा, बीसीसीआईले २०२...
एकदिवसीय र टी-२० मा विराट कोहलीको दबदबा अन्त्य गर्दै बाबार आजम काठमाडौं । एक कप्तानको रूपमा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान बाबर आजमको नाममा दर्ता भएको छ। यसरी उनले भारतीय कप्तान विराट कोहलीलाई पछाडि छोडेका छन् । कोहलीले कप्तानको रूपमा १७ इनिङ्समा १ हजार रन बनाएका थिए । पाकिस्तानी कप्तानले ...
वेष्ट इन्डिजविरुद्ध पाकिस्तानलाई श्रृंखला काठमाडौं। वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ। शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो। मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर...
कुवेतविरुद्ध युवा खेलाडीको परीक्षा कुवेत सिटी। एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा ( नेपाली १० बजे) सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो...
फ्रान्स रोकियो, क्रोयसियाको जित काठमाडौं। यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन ...
तेक्वान्दो पुम्से शनिबारदेखि काठमाडौं । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७० स्वर्ण पदकको लागि पुरुष र महिलातर्फ सात गरी कुल १४ विधामा प्रतिस्पर्धा हुनेछ । पहिलो पटक राष्ट्रिय स्तरमा हुन लागेको पुम्से विधाको प...
‘फेरि हारको कारण खराब ब्याटिङ’ काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । खेलपछि प्रतिक्रिया द...
‘फेरि हारको कारण खराब ब्याटिङ’ काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन्। शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ। खेलपछि प्रतिक्रिया दि...
स्पेनको पहिलो जित काठमाडौं। स्वीजरल्यान्डलाई १-० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ। शुक्रबार रातिको जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे। उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पास सदुपयोग गरे। बाँक...
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली लुम्बिनी । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । एमालेका नेता स्व जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसर...
माओवादी नेता भन्छन्- सरकारले थालेका जनप्रिय कामको समर्थन छ काठमाडौं। नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलादीस्थ...
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस काठमाडौं। संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद ...
माओवादी बैठक : अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड दिएका छन् । बैठकको दोश्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि मुलभुत रुपमा समर्थन गर्दै कार्यान्वयनमा जोड दिएको ...
संवैधानिक परिषद्को बैठक जारी काठमाडौं। सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बिहीबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो। संवैधानिक...
सरकारले भन्यो– सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्ब...
अध्यक्ष दाहालको पक्षमा उभिए नारायणकाजी, अधिकांश केन्द्रीय सदस्यले गरे नेतृत्वको आलोचना काठमाडौं। नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समितको बैठकमा सहभागी केन्द्रयि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । बुधबारदेखि सुरु भएको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् भने आज बिहीबार दोस्रो दिन ...
सुन तस्करी प्रकरणको अनुसन्धान बीचैमा रोकिन सक्छ : शेखर कोइराला काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणको अनुसन्धान बीचैमा रोकिन सक्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै कोइरालाले नक्...
माओवादीको केन्द्रीय समिति बैठक जारी, केन्द्रीय सदस्यले धारणा राख्दै काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेकाे छ। बुधबार १७ जनाले आ-आफ्नो धारणा राखिसकेका थिए। आज बाँकी सदस्यले आफ्नाे धारणा राख्नेछन्। मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका का...
निःशुल्क बस चलाएर स्वतन्त्र पार्टीले सस्तो लोकप्रियता खोज्योः महासचिव पोखरेल काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन...
राप्रपामा नेता बन्न खुल्ला आवेदन माग काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ। नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ। त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथ...
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बैठक बोलाएको हो। बैठकमा समसामयिक परिस्थिति, पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन र केन्द्रीय सदस्य थप लगायतका विषयमा छलफल हुने नेता गण...
३ प्रस्तावित राजदूतबारे संसदीय सुनुवाई हुँदै काठमाडौं । प्रस्तावित ६ राजदूतमध्ये आज ३ जनाका बारेमा संसदीय सुनुवाई हुँदैछ। सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका राजदूतहरुको दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाई समितिमा  सुनुवाई हुन लागेको हो । संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदू...
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ। गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको...
माओवादीको केन्द्रीय समिति बैठक बस्दै, तीन महिने विशेष अभियान सञ्चालन गरिने काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। बधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म १७ जनाले आ-आफ्नो धारणा राखिसकेका छन्। मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथ...
सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ ग्रहण धनगढी, । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरू रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था क...
कोशीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्। सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्। गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊ...
माओवादी बैठक : पहिलो दिन १८ जना सदस्यकाे धारणा काठमाडौं । सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन बुधबार १८ जनाले आफ्नो धारणा राखेका छन् । राजधानीको प्रज्ञाभवनमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यहरुले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरणका विषयमा धारणा राखेको नेता माधव सापकोटाले जानक...
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा काठमाडौं । विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुव...
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्। यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए। उक्त कदम संव...
क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म छ : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन् । तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा...
सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री साउद काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै...
रवि लामिछानेले सुरु गरे मोबाइल क्लिनिक सञ्चालनदेखि निःशुल्क बस सेवा चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन्। उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हु्न्। घोषणा गरिएका कार्य...
कमल थापाले राजेन्द्र लिङ्देनलाई भने- सत्ताको फोहोरी खेलमा नलागेर सडकमा आउनुहोस् काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहोरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले  पार्टीको ...
केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालको निर्देशन- पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनी गर्नुस् काठमाडौं। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितको बैठकमा पार्टी पुनःनिर्माण गर्नुपर्ने बताएका छन्। आजदेखि यहाँ सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बै...
निर्माणाधिन संसद भवनको भौतिक प्रगतिमा सभामुख घिमिरेको असन्तुष्टि काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिमा असन्तुष्टि जनाएका छन्। बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्...
माओवादीका एक केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश काठमाडौं। नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ...
कोशी प्रदेशसभा विघटन हुने प्रधानमन्त्रीको संकेतपछि राजीनामा दिन तयार भएका थिए गौतम काठमाडौं। कोशी प्रदेशसभा छिटै विघटन हुने प्रधानमन्त्रीले संकेत गरेपछि मात्रै त्यहाँका सभामुख बाबुराम गौतम राजीनामा दिन तयार भएका थिए। प्रदेशसभाको आयु सकिन लागेको र आफू सभामुखको रुपमा लामो समय बहाल रहन नसक्ने संकेत पाएपछि गौतमले प्रधानमन्...
केन्द्रीय समिति बैठकमा प्रचण्डको गुनासो- माओवादी पार्टीजस्तो बन्न सकेन काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई  सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् । बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्...
प्रस्तावित राजदूतको सुनुवाइ सुरु काठमाडाैं। संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ। समितिले प्रस्तावित राजदूतसँग योग्यता, ...
माओवादीले केन्द्रीय समिति विस्तार गर्ने काठमाडाैं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो। बैठकपछि प...
माओवादी केन्द्रको स्थायी समिति बैठक जारी काठमाडाैं। नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर बैठक बसिरहेकाे छ। बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ। बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीति...
कांग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि काठमाडौं। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन । प्रतिनिधिहरु पहिल...
माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी काठमाडाै। सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेकाे छ। केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीकाे पदाधिकारी बैठक बसेकाे हाे। केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष पुष...
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको पारिवारिक सम्बन्ध काठमाडौं। आइतबार काठमाडौंबाट एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको निकट सम्बन्ध दर्शाउने कतिपय तस्विर सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बन्न पुग्यो। माओवादी नेताहरुको सुन ...
आजबाट माओवादी केन्द्रीय समिति बैठक काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू हुँदैछ। सो केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ। पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस...