content stringlengths 20 64.1k ⌀ |
|---|
रास्वपाको उदयले पुराना दलहरुको ‘निदहराम’ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चस्व नेपालको राजनीतिमा जबरजस्त स्थापित हुँदै जाँदा पुराना पार्टीहरुको ‘निदहराम’ हुन थालेको छ।
गत मंसिर ४ को निर्वाचनपछि रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउँदा सशंकित बनेका पुराना दलहरुमा पछिल्लो उपनिर्वाचनको मतपरिणा... |
सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई तथा शुभकामना काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन्।
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा-२ बाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन्।
‘जसपाका अध्यक्ष श्री उपे... |
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा, चितवनमा ४३ र तनहुँमा २६ हजार मतान्तरले पराजित काठमाडौं। हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ। चितवन-२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा-२ र तनहुँ-१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो। तीनवटै निवार्चन ... |
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी बारा। बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्। यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ ... |
बारा-२ मा जसपा अध्यक्ष यादव ३ हजार बढी मतले अगाडि वीरगञ्ज। बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
अहिले राति १२ बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्।
कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म अध्यक्ष यादवले २५ हजार ६८८ मतका... |
बारा-२ मा जसपा अध्यक्ष यादवकोे अग्रता कायमै वीरगञ्ज। बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्।
कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्... |
एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ गोरखा । सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताएकी छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले एकीकृत बस्ती विकासले विकास नि... |
भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राखेको जिज्ञासामा उन... |
एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने काठमाडौं। नेकपा (एमाले)ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघ... |
लुम्बिनीमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान लुम्बिनी। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलबार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रद... |
रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरि मंगलबार स्वदेश फर्किएका छन् ।
रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रु... |
बारा-२ मा शिवचन्द्रले ह्वात्तै घटाए मतान्तर बारा। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाएका छन्।
जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिएका छन्।
उपेन्द्र यादवले २० हजार ४६३ मत ल्याएका छन् भने जनमतका उम्मेदवार शिवचन्द्र... |
उपनिर्वाचनको परिणामबाट दलभित्र रुपान्तरणको आवाजलाई सहयोग काठमाडौं। प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु र्याएको प्रतिक्रिया दिएका छन्।
तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उनीहरुले संविधान र कानुन मानेर स्वस्थ्य ... |
फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय काठमाडौं। सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा... |
दोहोरो दाबी परेपछि लुम्बिनी सरकार गठनमा ढिलाइ, कानुनी परामर्शमा प्रदेश प्रमुख लुम्बिनी। नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।
प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश... |
बारा-२ मा उपेन्द्र यादव १८ हजार ८०८ मतका साथ लिड गर्दै काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ३ हजार ३२३ मतका साथ लिड गरिरहेका छन् ।
याद... |
उपनिर्वाचनपछि परिक्षाको घडी सुरु भयो, सबैले पार्टीभित्र समिक्षा गर्नुपर्छः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका बिषयमा सबैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनका जनताको ... |
संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जिज्ञासा काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संसदमा जानकारी गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको भन्दै संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीले भारत भ्रमणका एजे... |
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो।
हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने जनाइएको ... |
बारा-२ मा १७ हजार ३९३ मतसहित उपेन्द्र यादवको अग्रता कायमै बारा। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
उनले १७ हजार ३९३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन... |
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी काठमाडौँ। ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएक... |
बारा- २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले कटाए १५ हजार मत बारा । बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।
यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० म... |
चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं चितवन। चितवन-२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन्।
मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपा... |
अहिले प्रारम्भिक नतिजाबारे प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव बारा। जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।
कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्ष... |
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस काठमाडाैं। संसदमा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक संकट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।
नेकप... |
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाए... |
रास्वपा सांसद ढाकाकुमार आजबाट पदमुक्त काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन्।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो।
कुनैपनि दलबाट निर्वा... |
बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन् काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँ... |
चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी काठमाडाैं। चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी भएका छन्।
लामिछाने ५४ हजार १ सय ७६ मतसहित भारी मतान्तरले विजयी भएका हुन्। उनकाे निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारयण श्रेष्ठले ११ हजार १ सय १४ मत पाए।
तेस्राे स्थानमा रहेका... |
बाबुराम र रवीन्द्रलाई अफापशिद्ध नयाँ पार्टी, रविलाई फलिफाप काठमाडौं । नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको सूत्रपात गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आजभोलि पुरानै पार्टीमा फर्कने सुरसार गर्दैछन्।
२०७३ सालमा नयाँ शक्तिबाट वैकल्पिक राजनीतिको यात्रा तय गरेका उनी अहिले समाजवाद... |
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. वाग्ले दमौली। तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र ... |
चितवन-२ मा रवि लामिछानेको जित निश्चित काठमाडौं। चितवन २ को उपनिर्वाचनको जारी मतगणनाको परिणाम नआउँदै रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ।
जम्मा ७८ हजार मत खसेको मध्ये अहिलेसम्म ६० हजार मतगणना हुँदा लामिछाने ४३ हजार १०१ मत मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्म... |
बारा-२ मा शिवचन्द्रलाई ४ हजार ४ सय मतले पछि पार्दै उपेन्द्र यादवको अग्रता काठमाडौं । बारा २ उपनिर्वाचनको जारी मतगणनामा उपेन्द्र यादवले अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले ४ हजार ४ सय मतान्तरले अग्रता लिएका छन् । उनले १२ हजार ११९मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द कुशवाहले ७... |
चितवन-२ मा रवि लामिछानेलाई ३५ हजारभन्दा बढी मतको अग्रता काठमाडौं । चितवन २ उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले साबिकको अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार ६० हजार ६७३ मतगाणना हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ९५२ र एमालेका रामप्रस... |
शिवचन्द्रलाई निकै पछि पार्दै उपेन्द्र यादवको फराकिलो अग्रता काठमाडाैं। बारा- २ मा मतगणना जारी मतगणनामा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाइरहेका छन्।
यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्। उनी प्रतिश्पर्धी भन्दा तीन हजार ३ सय ९१ मतले अगाडि छन्
जनमत पार्टीका उम्... |
चितवन-२ मा प्रतिश्पर्धी भन्दा रवि ३२ हजार बढी मतान्तरले अगाडि काठमाडाैं। चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लैगेका छन्।
५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गुरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५९ प्राप्त ग... |
बारा-२ मा उपेन्द्र यादवकाे फराकिलाे अग्रता कायमै बारा। बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७१ मत प्राप्त ... |
चितवन-२ मा रविकाे फराकिलाे अग्रता काठमाडाैं। चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४७ हजार ९ सय ८५ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका... |
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पराजित हुन्।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका भट्टराईले २० हजार ९२ मत प्राप्त ... |
बारामा मतान्तर बढाउँदै उपेन्द्र यादव बारा। बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले ४ हजार २८८ मतसहित अग्रता कायम राखेका हुन्।
उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका छन्।
कुशवाहले ३ हजा... |
तनहुँ-१ मा स्वर्णिम वाग्लेको जित सुनिश्चित तनहुँ। तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।
आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उनले २६ हजार आठ सय २७ मत प्राप्त गर्दै अग्रस्थानमा कायमै छन्।
यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३... |
रवि लामिछानेले १२ हजार कटाउँदा रामप्रसादलाई ३५ सय मत चितवन। चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै गएका छन्।
आज राति १०ः३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गरेका छ... |
दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।
उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उनको स्वास्थ्य उपचार बुधबा... |
बारामा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र काठमाडौं। बारा २ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्।
उनले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर ४०१ झारेका छन्।
जसपाका अध्यक्षसमेत रहेका यादवले ३ हजार २१४, जनमतका कुशवाहले २ हजार ८१३, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ ... |
तनहुँ-१ मा ४८ हजार २६२ मत गन्दा रास्वपालाई २५ हजार बढी मत तनहुँ। तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणनाअनुसार ९ बजेसम्म ४८ हजार २६२ मतगणना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले २५ हजार १४१ मत प्राप्त गरेका छन्। उनको मतान्तर १० हजार ६७९ रहेको छ।
नेपाली कांग्रेस... |
चितवन २ मा रविलाई दोब्बर बढी मतको अग्रता काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३ हजार ६ सय ६६ मतको अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ५६८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मतसहि... |
बारा-२ मा उपेन्द्रले ह्वात्तै बढाए अग्रता, चौथोमा रमेश खरेल बारा। बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले २६ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले २०६७ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ८६१ ... |
चितवन २ मा रविलाई १७ सय मतको अग्रता काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्।
न... |
२० हजार मत गन्न बाँकी हुँदा स्वर्णिम वाग्ले ९ हजार मतले अगाडि तनहुँ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ९ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ९ हजार ३४९ मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म ४३ हजार ... |
नेपालमा उत्पादित सवारी साधन दर्ताबारे सात दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने काठमाडौं। नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ ।
सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्र... |
बारा–२ मा उपेन्द्रले अग्रता बढाउँदै बारा । बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलल... |
इच्छाकामनाको मत गणना हुँदा रविको अग्रता कायमै चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन् । कांग्रेसका जितनारा... |
संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति काठमााडौं । प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् ।
सहमतिअ... |
चितवनमा रामचन्द्र न्यौपानेले अग्रता ह्वात्तै घटाए ! काठमाडौं । चितवन २ मा यसअघि ठूलो अन्तरले पछि परेका एमालेका रामप्रसाद न्यौपानेले अग्रता ह्वात्तै घटाएका छन् । यद्यपि यहाँ अगाडि भने राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने नै छन् ।
यसअघिको अपडेटमा एमालेका न्यौपाने ४९० मतले पछि परेका थिए । तर पछिल्लो अपडेटमा उनले अग्र... |
अग्रज नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ : देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १०० औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अग्रज ... |
उपनिर्वाचनको प्रारम्भिक परिणाम : सबैतिर बज्यो ! कतै घन्टी कतै हर्न, नयाँ दलको मात्र अग्रता काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि देशका ३ निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनमा सबै ठाउँमा नयाँ दलले अग्रता लिएका छन् । तनहुँ १ मा र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ मा जनमत पार्टीले अग्रता लिए... |
बारामा उपेन्द्र यादव झनै पछि, कुशवाहको अग्रता बढ्यो काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादव झन् झन् पछि पर्दै गएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बढाइरहेका छन् ।
यसअघि उपेन्द्र यादव ५७ मतले पछि परेका थिए । तर अर्को अपडेट आउँदासम्म उनी १०८ मतले पछि परेका छन् ।
पछिल्लो न... |
प्रजातन्त्र फर्केको त्यो दिन… काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे ।
तत्कालीन राजाले सो दिन जारी गर्नुभएको शाही घोषणामा भनिएको थियो, “बहुदलीय प्रजातन्त्रको रक्ष... |
चितवनमा रबि लामिछानेले मंसिरमा भन्दा पनि धेरै मत पाउने संकेत ! काठमाडौं । चितवन २ बाट सांसदका लागि उम्मेदवार बनेका रास्वपाका सभापति रबि लामिछानेले यो उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा पनि धेरै मत पाउन सक्ने संकेत देखिएको छ ।
रबिले मंसिरमा भएको चुनाबमा आफू पछि परेका क्षेत्रबाट पनि भारी मत ल्याएका छन् । गएको मंस... |
चितवनमा रबि लामिछानेको शानदार कमब्याक, अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको लिड ! काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा सुरुमा पछि परेका रबि लामिछानेले शानदार कमब्याक गरेका छन् ।
पहिले ४८ मतले पछि परेका रबिले ह्वात्तै अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार रबि लामिछानेले ११५५ मत पाएका... |
बारामा उपेन्द्र यादवलाई कुशवाहले पछि पारे काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता जोगाउन सकेनन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।
पछिल्लो नतिजाअनुसार यहाँ कुशवाहले ६२८ मत पाएका छन् । उपेन्द्र यादवले ५७१ र एमालेका पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन् । रास... |
चितवनमा रबि लामिछाने पछि परे काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा रबि लामिछाने पछि परेका छन् । यहाँ एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
एमालेका न्यौपानेको ३६७ मत छ । रबि लामिछानेको ३१९ र कांग्रेसका जितनारायण श्रेष्ठको २४४ मत छ । |
चितवन २ को उपनिर्वाचनको मतगणना हुँदै {भिडियो} चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको छ। सोमबार मध्यान्हदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको हो। यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए। सोमध्ये ६३... |
चितवन-२ को मतगणना सुरू चितवन। चितवन-२ को मतगणना सुरू भएको छ। साेमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन-२ को मतगणना सुरु भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेक... |
बारामा उपेन्द्र यादवको अग्रता, रमेश खरेल चौथो काठमाडौं । बारा २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक रूझानमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत पाएका छन् ।
दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाड छन् । उनले १७० मत पाएका छन् तेस्टो स्थानमा एमालेका पुरुषोत्तम पौडेल छन् पौडेलले १६६ मत पाएका छन् । ... |
तनहुँ-१ को मतपरिणाम: २५ हजार मत गन्दा स्वर्णिम ५ हजार मतान्तरले अगाडि तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ५ हजार मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म २५ हज... |
लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार पनि ढल्यो दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन असफल भएका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन्।
गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व... |
लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत, भने ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लागि काम गरे’ दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत मागेका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन्।
नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्... |
बारा-२ को मतगणना सुरु बारा। सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु भएको छ। हिजो सम्पन्न उपनिर्वाचनको आजबाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो।
करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्... |
थापाको चुनाव खर्च साढे १५ लाख मकवानपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा रु. १५,३७,३४०/- पन्ध्र लाख सैतिस हजार तीन सय चालिस खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
थापाका निर्बाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारीसाधनमा दुइ लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन ल... |
चितवनको मतगणना दिउँसो १ बजेदेखि चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।
आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मु... |
बारा-२ मा साढे १२ बजेबाट गणना थालिने बारा। प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा-२ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ।
हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
तर सबैदलका प्रतिनिधि आइनसेकोका कारण अझै केही समय लाग्ने ब... |
राष्ट्रपतिको विरासत जोगाउन नसकेपछि यसरी तयार हुँदैछ कांग्रेस विभाजनको धरातल काठमाडौं। आफूसँग बिच्किएर एमालेसँग मिल्न गएका प्रचण्डलाई फकाएर ल्याएर नेपाली कांग्रेसले आफ्नो पार्टीका सिनियर नेता कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन त सफल भयो तर राष्ट्रपतिले संसदीय निर्वाचन जितेको तनहुँ क्षेत्र नम्बर १ को सांसद सि... |
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्। सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना ... |
तनहुँ-१ मा स्वर्णिमकाे फराकिलाे अग्रता कायमै काठमाडाैं। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता फराकिलाे बनाउँदै लगेका छन्।
वाग्लेले १२ हजार ७ सय ५ मत पाएर अग्रता बढाइरहेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवा... |
कर्णालीका मुख्यमन्त्रीले शुक्रबार तेस्रो पटक विश्वासको मत लिने सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिव... |
जनमोर्चा अध्यक्ष केसीको निर्वाचन खर्च १८ लाख १४ हजार बाग्लुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन्। प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन्।
जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्याल... |
बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै बारा। हिजो हुन नसकेको बारा-२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ। हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन। हिजो हुन नसकेको बैठक आज सुरु भएको हो।
जारी सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ। मुख्य निर्वाचन अधिक... |
तनहुँ अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढीले अगाडि तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्। आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनाम... |
चितवन र बारा- २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै चितवन। चितवन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ।
गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो।
आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत... |
मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बाेलाइयाे चितवन। चितवन-२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाइएको छ। आचारसंहिता उलंघनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन।
आज सर्वदलीय बैठकबाट सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे। निर्वाच... |
हावाहुरीले रोकियाे बारा-२ को मतगणना, अहिले सर्बदलीय बैठक बस्दै बारा। हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा-२ को मतगणना आजबाट सुरु हुने भएकाे छ।
आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु गरिन लागिएको हो। बैठक अहिले ७ बजे बस्दैछ।
सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार... |
तनहुँ-१ मा स्वर्णिमको अग्रता झन् फराकिलो, निकै पछि परे भट्टराई र खनाल तनहुँ. तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ७२९३ मत प्राप्त गरेका छन्।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार... |
तनहुँ-१ मा स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतले अगाडि काठमाडौं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।
७ हजार ६८३ मत गन्दा रास्वपाका वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ४ हजार ३०३ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली... |
आज लोकतन्त्र दिवस, राजाले जनताको नासो फिर्ता गरेको दिन काठमाडौं। १७औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थिए। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि... |
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।
३२१६ मत गन्दा रास्वपाका वाग्लेले अग्रता हासिल गरिरहेका छन्। उनले २७६७ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२८५ मत ल्याएर पछ्याइरहे... |
चितवन-२ मा सर्वदलीय बैठक सोमबार बिहान ८ बजे बस्ने काठमाडौं। चितवन-२ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ।
बैठक सोमबार बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
आइतबार बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक भोलिक... |
तनहुँ-१ मा मतगणना सुरु हुँदै तनहुँ। तनहुँ-१ मा आजै मतगणना सुरु हुने भएको छ।
सबै मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा आएपछि बसेको सर्वदलीय बैठकले राति ११ः४५ देखि मतगणना गर्ने सहमति गरेको हो।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका... |
बारा-२ मा बिहान ६ बजे बस्नेगरी सर्वदलीय बैठक स्थगित बारा। बारा-२ मा सोमबार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान शिक्षा तालिम केन्द्र, कलैयामा ल्याइसकिएको छ।
सबै दलहरूले बिहान बैठक राख्न आग्रह गरेपछि आज सर्वदलीय बैठक नबसेको हो। भोलि बिहान ६ बजे सर्वदलीय ... |
कांग्रेसले अडान लिएपछि चितवन-२ मा सर्वदलीय बैठक स्थगित, मतगणना भोलिमात्रै सुरु हुने काठमाडौं। चितवन २ मा सर्वदलीय बैठक स्थगित भएको छ। सर्वदलीय बैठक स्थगित भएपछि आज मतगणना नहुने भएको छ।
कांग्रेसले निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएपछि आज सर्वदलीय बैठक नबसेको हो।
सबै मतदान केन्द... |
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गण्डकी। गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा ज... |
बारा-२ मा मंसिरको भन्दा दुई प्रतिशत बढी मत खस्यो बारा। बारा क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ।
यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्य... |
राति ११ बजेभित्र मतपेटिका मतगणनास्थल पुर्याइने काडमाडौं। तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरू भएको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ।
आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणन... |
रवि लामिछानेको स्टाटस शेयर गरेको बारे आयोगले वाग्लेसँग सोध्यो २४ घण्टे स्पष्टीकरण काठमाडौं। जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
तनहुँ–१ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्... |
देवघाटको मतपत्र पुगेपछि तनहुँ १ को मतगणना सुरु गरिने चितवन। तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए ।
तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए । त्यहाँबाट... |
उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो, आजैबाट मतगणना हुने काठमाडौं। आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मतद... |
तनहुँमा खस्यो ५२ प्रतिशत मत तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ।
प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा ... |
चितवन-२ मा मंसिरको भन्दा कम मत खस्यो चितवन। चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ। यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ।
एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ७५ हजार ह... |
मतदानको लागि तोकिएको समय सकियो, लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने काठमाडौं। आज तीन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।
चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ। बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन... |
आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछाने र चितवनका प्रजिअविरुद्ध उजुरी चितवन। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ।
निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्म... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.