content
stringlengths
20
64.1k
तनहुँबाट कांग्रेस महामन्त्रीद्वयको गठबन्धन सरकारलाई पाँच वर्ष टिकाउने सन्देश दमौली। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गर...
अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो संसद् अधिवेशन काठमाडौं। प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिएका छन्। सदनको अभिभावक सभामुख र सरकारको ने...
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीह...
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । अब हरेक मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। मंगलबार सिंहदरबारमा पत्रकारसँगको छलफलका क्रममा श्रेष्ठले सरकार संवि...
५० वर्ष पुराना संरचनाबारे भारतसंग कुरा उठाउन ढिला नगर्न बिनोद चौधरीको आग्रह काठमाडौं । प्रतिनिधिसभा सदस्य बिनोद चौधरीले नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार समस्यामा परेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भार...
मिटरब्याज पीडितको माग पुरा नगरे आन्दोलनको अग्रमोर्चामा उभिने राप्रपाको चेतावनी काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले ब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गर...
रविसँग नोकझोंक गरेका मतदातालाई सहानुभूति दिँदै सापकोटा काठमाडौं। आसन्न बैशाख १० को उपनिर्वाचन नजिँकिएसँगै चितवन-२ मा उम्मेदवारको मतदातासमक्ष मत माग्न व्यस्त छन्। त्रिपक्षीय प्रतिस्पर्धा देखिएको चितवन-२ मा यसपाली दलहरु परिणाम आफ्नो पक्षमा पार्न भगिरथ प्रयत्न जारी राखेका छन्। चितवन-२ को उपनिर्वाचनमा यसअघि विजयी भएका रास्...
एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान दुई महिना थप गर्ने काठमाडाैं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमु...
फास्ट ट्रयाककाे अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढमा काठमाडौं। काठमाडौं-मधेश जोड्ने ‘फास्ट ट्रयाक’ अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड आज बाराको निजगढ पुगेका छन्। नेपाली सेनाले निर्माण गरिरहेकाे फास्ट ट्रयाक अवलाेकन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेका हुन्। अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कि...
राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति सिराहा । मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा ...
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित काठमाडौं। राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्का...
फाेहोर नउठाउने बालेन साहविरुद्ध परेको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा काठमाडौं। सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ। उक्त मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्क...
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आह्वान काठमाडौं। सोमबार सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार विहान बस्ने गरि संवैधा...
नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायमै छ : मन्त्री किराती काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको टिप्पणी गरेका छन् । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औ प्राज्ञ सभा समुद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो...
लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन...
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक...
राष्ट्रिय सभामा सांसदको प्रश्न : बुढीगण्डकी र निजगढ विमानस्थलको मोडालिटी कहिले बन्छ ? काठमाडौं । राष्ट्रिय सभा बैठकमा अन्योलमय बनेका राष्ट्रिय गौरवका आयोजना निजगढ विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सांसदहरुले सरकारको स्पष्ट धारणा मागेका छन् । राष्ट्रिय सभा सदस्य सोनमग्येल्जेन शेर्पाले सरकारको स्पष्ट...
चालक घरबाट खसेको विषयमा रविको आग्रह- यस्तो बेला राजनीतिकरण नगर्नु होला काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्। लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन्। भरतपुर महानगरपालिका–११ मा रहेको...
बारा-२ उपनिर्वाचनः जनमत, रास्वपा, जसपा र एमालेबीच रोचक प्रतिस्पर्धा बारा। बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ। १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ...
सुराकी खर्च खारेज, व्यवस्थित सरुवा-बढुवादेखि मिटरब्याजी पीडितसँगको सम्झौतासम्म काठमाडौं। वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ। मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा संघ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यस...
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्। उनले मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा...
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति काठमाडौं। सभामुखसहित प्रमुख तीन दलको बैठकले चाँडो संवैधानिक परिषदको बैठक बोलाउने सहमति गरेको छ। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक...
ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा भने एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन्। भाइरल ज्वरोका...
सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन ताप्लेजुङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन्। आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त वि...
यही व्यवस्थाबाट रुपान्तरण हुन्छ भनेर पत्याइरहँदा मुलुक झन् बर्बाद हुनेछ:राप्रपा अध्यक्ष लिङ्देन फिदिम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन्। जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागे...
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ। भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो। बालकोट पु...
आज राष्ट्रिय सभाको बैठक बस्दै काठमाडौं।। राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ। यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो।  उक्त स्थगित बैठक सोमबार बस्न ला...
कास्की मालपोतको घटना तत्काल छानविन गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौं। भूमि व्यवस्था, सहकारि तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको विषय तत्काल छानविन गर्न निर्देशन दिएकी छिन्। आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभा...
अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइनः राजेन्द्र लिङ्देन पाँचथर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताए। ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले न...
प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्नः कमल थापा काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले डरलाग्दो रुपमा धरासायी हुने तर्फ गइरहेको मुलुकको आर्थिक अवस्थाप्रति सत्तासिन दलहरु उदासिन भएको आरोप लगाएका छन्। गम्भीर रुपमा बहस र छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहोरी खेलमा मात्र दलहर...
कर्णालीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी सुर्खेत। माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सातवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। उक्त सहमतिको हनिमुन’ पिर...
देश बनाउन सबै दलबीच सहमति आवश्यक छः रवि लामिछाने दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्। तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे। “देश बनाउने सङ्कल्प बो...
एकीकृत समाजवादीकी नन्दा चपाईंले लिइन् यातायात राज्यमन्त्रीको शपथ काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ। नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफ...
पदभार ग्रहण गर्दै पराराष्ट्रमन्त्री साउद भने- छिमेकी देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँछु काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका छन्। आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै...
परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण...
भीम रावल र एमाले वार्ता टोलीबीचको छलफल सकारात्मक, एमालेमै रहने रावलको प्रष्टोक्ति काठमाडौं। नेकपा(एमाले)ले विद्रोही नेता भीम रावलसँग वार्ता गर्न गठित समितिमार्फत छलफल थालेकोे छ । आइतबार दिउँसो एमाले पार्टी मुख्यालय च्यासलमा एमालेबाट रावलसँग वार्ता गर्न गठित समिति र रावलबीच छलफल भएको हो । वार्ता टोलीका संयोजक उपाध्यक्ष ...
बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले प...
वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो} काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको...
रघुजी पन्तको कटाक्ष: ‘प्रधानमन्त्री हराएको सूचना’ काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष ग...
संसद बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण काठमाडाैं। प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गरिन्। सां...
भीम रावलसँग एमालेको वार्ता टोलीको छलफल जारी काठमाडौं । नेकपा(एमाले)को भीम रावलसँग वार्ता गर्न गठित समितिले छलफल थालेको छ । एमालेको वार्ता टोली र रावलबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा वार्ता जारी छ । एमालेको वार्ताटोली र रावलबीच जारी वार्तामा रावलका असन्तुष्टिको सम्बोधन गर्नेगरि दुबै पक्षबीच छलफल भइरहेको एमालेका एक ...
बालकोट जान किन तयार भएनन् प्रचण्ड ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान नौ बजे बोलाइएको तीन दलको बैठकमा सहभागी भएनन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बालकोटमा बस्ने तय भएकाे बैठकमा प्रधानमन्त्री अन्तिम समयमा अनुपस्थित भएका ह...
प्रधानमन्त्रीको भारत भ्रमणको लालसाले परराष्ट्रमन्त्री नियुक्तिमा हतारो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन्। उनले गएको चैत १७ गते सत्ता गठबन्धनका दलहरुलाई समेटेर सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। कांग्रेसले आफूले पाएको सबै मन्त्रीहरुलाई सरकारमा ...
प्रचण्डको सत्ता जोगियो, भारतसँग गोप्य सम्झौता काठमाडौं। अन्ततः वैशाख तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने तय भएको छ। प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तय भएको हो। त्यसको तयारी गर्न प्रधानमन्त्री प्रचण्डले आज...
चितवन उपनिर्वाचन : रास्वपा, कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा चितवन। चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल-टोलमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताको ध्यान...
बारा-२ मा एमालेको जित सुनिश्चत छ : पुरूषोत्तम पौडेल बारा। नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन्। चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए। पचरौतामा आय...
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभ...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची काठमाडौं। प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ काठमाडौं। निर्वाचन आचारसंहितकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणलाई सहज बनाउन आज परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनले आजै सपथ लिने बताइएको छ।...
सरकारले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जान्छः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन्। नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले...
रास्वपाले सांसद श्रेष्ठलाई गरेको कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको स...
कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छः शेखर कोइराला मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन्। कांग्रेस मोरङद्वारा आज आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहे...
सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल, भोलि मन्त्रिपरिषद् विस्तार हुने काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले ज...
लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी छ : महासचिव गुरुङ काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले लोकतन्त्रको रक्षाका लागि राष्ट्रियतालाई संगै लिएर लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित दिशा निर्देश प्रेस क्लबको २० औं बार्षिकोत्सव समारोहमा उनले लोकतन्त्र र राष्ट्रियता एक सिक्काको...
एनपी साउद परराष्ट्रमन्त्री बन्ने, भोलि सपथ काठमाडौं । विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले बताए । प्रधान...
रास्वपा मयुरको प्वाँख टाँसेको कौवा होः महेश बस्नेत काठमाडौं। नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको बताएका छन्। पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा शनिबार ...
एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव ग...
संस्कृत विद्या वैज्ञानिक छः मोहन वैद्य देउखुरी। नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्। उनले भने, “संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ। यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गल...
दुईपटक संसद ‘कोल्याप्स’ गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रको लागि घातक हुन्ः उपेन्द्र यादव बारा। बारा क्षेत्र नं. २ का उम्मेदबार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्। बाराको पचरौता पालिकामा आय...
काठमाडौं महानगरमा आजदेखि अनलाईन नक्सा पास सुरु : विचौलियाका दिन गएको मेयर साहको दाबी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले, अब विचौलिया प्रवृति अन्त्य हुने दाबी गरेका छन् । शुक्रबार एक सन्देश जारी गर्दै मेयर साहले, महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको जानकारी दिँदै अब विच...
देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्...
पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने एकीकृत समाजवादीको निर्णय काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय ग...
पार्टी सरकारमा रहेपनि आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै रहेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई ...
चन्द्र भण्डारीको भिडियो शुभकामना सन्देश : चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु काठमाडौं । दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् । गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्द...
प्रचण्डको अक्षमता लुकाउन व्यवस्थामाथि संकटको दोषारोपण काठमाडौं। नेपालको लोकतान्त्रिक गाणतान्त्रिक व्यवस्थाका सूत्रधार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि नै संकटको सांकेतिक उद्घोष गरेका छन्। उनले  शुक्रबार नयाँ वर्षको शुभारम्भ भएको दिनमा गरेको वर्तमान व्यवस्थामाथिको संकटको संकेतले राजनीतिक वृत्तमा फेरि ...
नेपाल शिक्षक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सोमनाथ गिरी निर्वाचित काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । गोकर्णबहादुर बानियाँलाई सात मतले उछिनेर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष चयनका लागि भएको मतदानमा ६०७ मत खसेको थियो। जसमध्ये गिरी...
‘नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ’ काठमाडौं। सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो। नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ। नेपालीको प्रति...
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर) काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन्। नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो। विभूषण सुशोभन समारोहमा सहभागी र...
मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात...
संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्ः सभापति देउवा काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्ने आकांक्षा ब्यक्त गरेका छन्। नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा...
राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना, अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान काठमाडौं। राप्रपासँग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका छन्। अध...
नयाँ वर्षमा समृद्ध प्रदेश,आत्मनिर्भर लुम्बिनीः मुख्यमन्त्री गिरी देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन्। नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस...
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छः शेखर कोइराला काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान...
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ...
नेतृत्वले योजना बनाएर काम गर्नु जरुरी छ : सभामुख घिमिरे काठमाडौं- सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरेर कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन्। नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र आरो...
एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति पौडेल काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्द...
सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ : मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताइन् । सेवा प्रवाह, कानून निर...
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ः के र कसरी ?’ कार्यक्रममा उनले नयाँ यु...
प्रधानमन्त्री प्रचण्डको सर्वाेच्चलाई जवाफ : सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी आफूले नलिने काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका मध्ये ५ हजारको जिम्मेवारी आफूले नलिएको दावी गरेका छन् । सर्वोच्च अदालतलाई लिखित जवाफ दिदैं उनले सशस्त्र ...
मधेश जनविद्रोहको बाँकी अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी– उपेन्द्र यादव बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् । बाराको करैयामा ब...
जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न बालेन शाहलाई संघीय सरकारको सुझाव काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूच...
२०७९ लाई फर्केर हेर्दा : चुनावी वर्ष, दलहरुको सम्बन्धमा उतारचढावपूर्ण आयाम काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्ष...
न्यायालयको इतिहासमा २०७९ साल कामुकै भरमा काठमाडौं । न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आ...
अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग काठमाडौं, ३० चैत । मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई...
उपनिर्वाचन : बारा- २ मा चुनावी प्रचारप्रसार तीव्र बारा। बारा क्षेत्र नम्बर-२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् । टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ ।  दलहरुले निर्वाचनलाई पार्...
रविको अस्वाभाविक हर्कत : असहिष्णु राजनीति र भ्रामक अभिव्यक्ति काठमाडौं। नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको अभिप्रायले गठन भएका नयाँ दलका पछिल्ला क्रियाकलापले ती दलको वास्तविक अन्तर्य थप उदांगो हुँदै गएको छ। यसले बेथितिको चाङ हटाएर सुशासनको प्रत्याभूति दिनुको साटो पुरानै दलगत प्रवित्तिलाई नै माथ दिएको छ। ती उजागर भएका...
बालेनको चुनौती – काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देशको संघीय सरकारलाई देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई अन्यत्र सार्न वा राजधानी नै सार्न चुनौती दिएका छन्। देशको केन्द्रीय सरकारको केन्द्र काठमाडौं महानगरपालिका भित्र...
युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन बाँके। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो। महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम ...
शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार! काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा शेखर कोइराला समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका छन्। आफ्नो समूहलाई तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने अडानमा रहेको शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका हुन्। बिही...
प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिका...
राष्ट्रिय सभा बैठक स्थगित काठमाडौं। बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए। उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।
रास्वपाका अन्य तीन जना सांसदको अडियो सार्वजनिक गर्ने दुर्गा प्रसाईंको चेतावनी [भिडियो] काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड मागेको भिडियो सार्वजनिक गरेका सामाजिक अभियन्ता तथा मेडिकल व्यावसायी दुर्गा प्रसाईंले रास्वपाका अझै तीन जना सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताए...
राष्ट्रिय सभाको बैठक बस्दै काठमाडौं। राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा बिहीबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन्।
देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे गोरखा । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा आज उनले साँच्चै राजनीत...
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि उनको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएपछ...
राष्ट्रियसभाको बैठक सर्‍यो काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ । “मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्...
ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, सांसद पद पनि खारेज काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएको छ। उनको पार्टी सदस्यता र सांसद पद खारेज गर्ने पार्टीले निर्णय गरेको सभापति रव...
अडियो इडिटिङ गरेर बनाएको सांसद् श्रेष्ठको दाबी, भन्छन्- न्यायालयबाट क्लिन चिट लिएर आउँछु काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले सार्वजनिक गरिएको अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई उपनिर्वाचनमा ह...
सांसदहरुले बैठक ‘बङ्क’ गरेपछि सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन काठमाडौं। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन। प्रस्ताव निर्णायार्थ प्रस्...