content stringlengths 20 64.1k ⌀ |
|---|
माेहन वैद्य नेतृत्वकाे पार्टी र नेकपा बहुमतबीच एकता हुँदै काठमाडौं। दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी... |
उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागू, क-कसलाई लाग्छ? काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ।
बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘वैशाख १० गते हुने प्रतिनि... |
एमालेको प्रश्न- साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन? काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ।
उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्... |
साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेजः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन्।
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्... |
यस्तो छ सरकारको साझा नीति तथा कार्यक्रम (पूर्णपाठ) काठमाडौं। वर्तमान सरकारको संयुक्त नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच १० दलीय गठबन्धनले आपसी सहमतिमा तयार गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम स... |
गठबन्धनले कुनै पनि बेला सभामुखमाथि महाभियोग प्रस्ताव ल्याउन सक्छन्ः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन्।
बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायधिशलाई महाभियोग लगाउने गठबन्धन ... |
सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक काठमाडौं। सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधा... |
प्रतिनिधिसभामा दुई विधेयक टेबुल काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।
यस्तै, बैठकमा प्रधानमन्त्री... |
कार्यव्यवस्था परामर्श समिति सदस्य चयन, को-को परे? काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधि... |
मेलम्चीको पानी वितरण गर्न पाइप बिच्छाइँदै काठमाडौंँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप बिच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले बिच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।
यसअघि एशियाली विकास बैंकको ऋ... |
संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिन्छः प्रधानमन्त्री {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण... |
पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्रलाई बुझाए ज्ञापन पत्र (भिडियो) काठमाडौं । पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै माओवादी केन्द्र निकट मोर्चाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी निकट विभिन्न जनवर्गीय सङ्गठनह... |
उपनिर्वाचन : भोलिदेखि लागू हुने आचारसंहिता क-कसलाई लाग्छ? काठमाडौँ। प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘व... |
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ काठमाडौँ। सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद ले... |
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको आपत्ति काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।
आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रम... |
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान काठमाडौँ। प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए।
अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा स... |
संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ: माधवकुमार नेपाल बारा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएक छन्।
जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिधिनि सभा सदस्यका उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार कलैयामा नेता नेपालले राष्ट्र... |
सत्ता गठबन्धनकै उल्झनले ‘कछुवा गति’ मा प्रचण्ड सरकार काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सय दिनले नेटो काटिसक्दा पनि अझै पूर्णता पाउन सकेको छैन।
दश दलीय गठबन्धनको आडमा रहेको प्रचण्ड सरकारलाई सबैको मनोभावना समेटेर काम कारबाहीमा गति दिन सकस परेको छ। सत्ता यात्रामा रहेका स... |
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय काठमाडौं। १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर... |
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति काठमाडौँ। चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल विद्यार्थी सङ्घका अ... |
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी काठमाडौं। सरकारको न्यूनताम साझा कार्यक्रम र मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ।
गत शुक्रबार सातौं पटक मन्त्रिपरि... |
माेहन वैद्य नेतृत्वकाे पार्टी र नेकपा बहुमतबीच एकता हुँदै काठमाडौं। दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे। नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी... |
गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै, यस्ताे छ साझा कार्यक्रम काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्।
गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हाे।
क... |
प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेव... |
औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारले उच्च प्राथमिकतामा राखेको छः मन्त्री रिजाल काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक नीतिमा सुधार गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज भएको भेटमा उनले देशको आर्थिक विकासका लागि औद्योगिक नीतिमा सु... |
सरकारले सोचेजस्तो लय समात्न सकेको छैनः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन्।
बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय सम... |
तीन पार्टीबीच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको छः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायीत्वका बिषयमा आशंका नगर्न आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका बिषय... |
कोशी प्रदेश नामकरण विरोधी आन्दोलनको पक्षमा माओवादी केन्द्र काठमाडौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै भइरहेको आन्दोलनको पक्षमा रहेको जनाएको छ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले कोशी नामाङ्करण गरिएको बिषयमा भइरहेको आन्दोलनको बिषयमा धारणा तय गर्दै प... |
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि प... |
रवि लामिछानेको उमेदवारी कायम काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ उमेदवारी कायम भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उमेदवारी कायम भएको जनाएको हो।
लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए। सोमध्ये तीनवटा ... |
रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्तालाई कारण देखाउ आदेश काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्य... |
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः हरिबोल गजुरेल (अन्तर्वार्ता) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा गठित वर्तमान सरकारले १०० दिन पूरा गरेको छ।
यसबीचमा सरकारले केही महत्वपूर्ण काम अगाडि बढाएको छ। सुशासन र समृद्धिमा केन्द्रीत भएको सरकारले जनतामा केही आशा र विश्वास जगाउने गरी आफ्... |
माओवादी पदाधिकारी बैठक सुरु, सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । |
उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च तोकियो काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।
बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि ... |
भोलि संसद् बैठक, यस्तो छ सम्भावित कार्यसूची काठमाडौं। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
जसअनुसार पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट ... |
रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको... |
सत्तामा सदैब निरन्तरताको सौभाग्य पाएका शरदसिंह भण्डारी, सत्तारोहणले खुसी हुन नसकेको महोत्तरी महोत्तरी । २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी १६औँपटक मन्त्री बनेका छन् । महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हु... |
उपनिर्वाचनमा माओवादीले किन दिएन उम्मेदवारी ? काठमाडौं। आसन्न बैशाख १० गते हुन लागेको देशका तीनवटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा माओवादी उम्मेदवारविहीन भएको छ।
दश दलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरेको माओवादीले उपनिर्वाचनमा उम्मेदवार नहुँदा अन्य दलका उम्मेदवारलाई समर्थन गर्ने हैसियत मात्रै कायम भएको छ।
देशभरका ... |
तनहुँ- १ मा उपनिर्वाचन : रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा दमौली। आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम... |
सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्।
पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेल... |
जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्नेछः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलब्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन् । बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले... |
समिति गठन नहुँदा सर्वदलीय बैठकको भर सुर्खेत। कर्णाली प्रदेश सभा नियमावलीबमोजिम समितिहरू गठन हुन सकेका छैनन्। ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ बमोजिम कुनै पनि समिति गठन हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समितिसमेत गठन हुन नसकेपछि सर्वदलीय बैठकबाट कामचलाउ भ... |
१३ डिआइजी पदका लागि १८ एसएसपी प्रतिस्पर्धामा काठमाडौं। नेपाल प्रहरीको १३ डिआइजी पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन्। उनीहरुलाई केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ। नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो।
एसएसपीहरु जनकराज भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहर... |
टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल बिजयी कैलाली। टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वकाे सम्पूर्ण प्यानल विजयी भएको हो।
तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भए... |
शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा विवेक लामा घिसिङ काठमाडौँ। पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ।
मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसि... |
लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ।
मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्याय... |
रवि लामिछानेविरुद्ध चार उजुरी काठमाडौं। आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन।
तीन वटा उजुरी उम्मे... |
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको ह... |
सत्ता गठबन्धनको बैठक जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
जारी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने गरि छलफल भइरहेको छ।
अघिल्लो पटक बसेको गठबन्धनको बैठकमा प्रध... |
नेविसंघमा आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति काठमाडौं। नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ। असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो।
आइतबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार... |
गठबन्धन उम्मेदवार विजयी गराउन पाँच दलको आह्वान काठमाडौं। वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन्।
आज संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका... |
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह काठमाडौं। सरकारले मिटरब्याजी समस्या समाधान हुने भन्दै आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेको छ।
मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकारले तत्काल समस्या ... |
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छः कृषिमन्त्री भुसाल काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आध... |
राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ काठमाडौं । सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन ... |
१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन् ।
चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ ... |
शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षाले... |
तीनवटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक, चितवन-२ मा जोगिएला रविको विरासत ? काठमाडौं। आसन्न वैशाख १० को उपनिर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका दलहरु गएकाे मंसिर ४ को निर्वाचनमा आएको मतपरिणामलाई फेरि आ-आफ्नो पक्षमा फर्काउन सक्रियताका साथ लागेका छन्।
यो पटक निर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् भने उनीह... |
सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख काठमाडौँ। सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि ... |
बारा-२ काे उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच प्रतिश्पर्धा बारा। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ जनाले राजनीति... |
रवि लामिछानेको राहदानीसम्बन्धि मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा काठमाडौं । रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्राको कार्यालयको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ दायर ग... |
सीमामा हुने चुहावट र तस्करी रोक्न मातहतका अधिकृतलाई सशस्त्रकाे कडा निर्देशन काठमाडौं। सीमा क्षेत्रमा तस्करी र राजश्व चुहावट बढेको गुनासो बढेपछि सशस्त्र प्रहरी मुख्यालयले सीमामा हुने चुहावट र तस्करी रोक्न सम्बन्धित तहका अधिकृतलाई कडा निर्देशन दिएको छ।
आइतबारदेखि काठमाडौमा बोलाएर उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रको कमाण... |
कर्णालीमा एमाले कांग्रेससँगै लिएर जाने दाउमा मुख्यमन्त्री : कांग्रेस छलफलबाट भाग्दै सुर्खेत। नेकपा ( माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ।
अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेससँगै अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादी निल्नु न औँक... |
रवि लामिछानेविरुद्ध सर्वोच्चमा परेकाे रिटमाथि आज सुनुवाइ हुने काठमाडौं। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
अधिव... |
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु हाम्रो जिम्मेवारी भएको बताएका छन्।
उनले भनेका छन्, “... |
नेकपा एस पार्टी निर्माणको अभियानमा जुटेका छौँः महासचिव खतिवडा कटारी। नेकपा (एकीकृत समाजवादी)का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन्।
आज उदयपुरको गाईघाटमा समाजवादी प्रेस सङ्गठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेक... |
आज एउटा मुद्दा पर्छ भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो भइरहन्छः रवि लामिछाने दमौल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा स्वर्णिम वाग्लेको उम्मेद... |
बारा-२ मा ३६ जनाको उम्मेदवारी दर्ता कलैया। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। जसपा अध्यक्ष यादवले जिल्ला समन्वय समिति बारामा र... |
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने काठमाडौं। भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी... |
जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छः गगन थापा दमौली। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै ... |
तनहुँ-१ मा ९ जनाको उम्मेदवारी काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ मा ९ दलले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज नौ जना उम्मेदवारले उम्मेदवार... |
जनमत पार्टीका नेता पक्राउ, यस्तो छ अभियोग सप्तरी । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ ग... |
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहींभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा ... |
अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको मंगलबार सय दिनमा पूरा हुँदैछ।
‘हनिमुन पिरियड’ पनि भनिने यस अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोश्रो पटकसम्म विश्वासको मत प्राप्त गरेका छन्।
यस अवधिमा प्रधानमन्त्री पुष्प... |
मन्त्रिपरिषद् बैठक जारी काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ। |
तनहुँ-१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता तनहुँ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर... |
चितवन–२ मा जितनारायण श्रेष्ठले गरे उम्मेदवारी दर्ता चितवन । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । चितवन–२ कांग्रेसका जितनारायण श्रेष्ठल... |
उपनिर्वाचन : बारा-२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता काठमाडौं। प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।
बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो। बारा-२ मा ... |
बारा-२ मा आम जनता पार्टीबाट अरुण ज्ञवालीकाे उम्मेदवारी दर्ता काठमाडौं। आम जनता पार्टीले बारा-२ मा अरुण ज्ञवालीलाई उम्मेदवार उठाएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नै ज्ञवाली दलबलसहित आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
ज्ञवालीको उम्मेदवारी दर्ताको क्रममा पार्टीका उपाध्यक्ष बद्रिप्रसाद न्यौपाने खटिएका थिए।
यसअ... |
उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता तनहुँ। प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो। त... |
रवि लामिछानेविरुद्धको रिट दर्ता, भोलि पेसी काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ।
महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइन... |
उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा तनहुँ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ।
बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट... |
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताएकी छन्।
रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिय... |
उम्मेदवारी दर्तापछि रविले भने-निर्वाचित हुनेमा आशावादी र उत्साहित छु चितवन। आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताएका छन्।
प्रतिनि... |
उपनिर्वाचन : चितवन-२ मा दलबलसहित रवि लामिछानेको उम्मेदवारी दर्ता चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन्।
आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन्। उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वा... |
उपनिर्वाचन : चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन्।
आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन्। उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतक... |
तनहुँ-१ उपनिर्वाचन : रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिश्पर्धा दमौली। आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ। तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेख... |
सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।
सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्ष... |
रबि लामिछाने चितवनमा उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु पुग्ने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन्।
सो पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन-२ स्थित निर्वाचन अधिकृतको कार्य... |
तीनवटा क्षेत्रको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ।
आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र... |
कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल कर्णाली । कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण... |
उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय दमौली। आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ।
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरि... |
मनोनयन पेश गर्न जाँदा २५ जना भन्दा बढीको जुलुस लिएर जान नपाइने काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेश गर्न जाँदा व्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन्।
आयोगले भोलि सोमबार उप न... |
मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न सक्दैनन्ः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारसंग देश बनाउने भिजन र नियत नभएको बताएका छन्।
आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बिभिन्न दलहरु मिलेर बनेको स... |
चुनावको मुखमा कारबाही फुकुवा गरिएको भ्रम छर्ने कामः गोविन्दराज जोशी काठमाडौं। नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका छन्। उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताएका हुन्।
‘वर्षौँदेखि नेपाली कांग... |
दुर्गा प्रसाईँको अभियानद्वारा चितवन-२ मा शम्भु थापालाई उठाउने, थापा भन्छन्- रविलाई हराएरै छाड्छु काठमाडौं। दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन्। उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यक... |
बारा-२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छः राजेन्द्र महतो काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन्।
उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए।
‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भन... |
तनहुँ-१ उपनिर्वाचनः ठूला दलले टुङ्ग्याए उम्मेदवार दमौली। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन्।
नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मे... |
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वाेच्च अदालतमा दिएका छन् ।
लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानका... |
आरआर क्याम्पसकाे स्ववियु निर्वाचन २७ चैतमा काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।
आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।
५ चैतमा विद्यार्थी संगठनबीचको विवादले स्थ... |
बारा- २ मा हेभिवेट भिडन्त : पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी बारा। आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीनजनाको नाम सिफारिस गर्ने भएको छ ।
जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.