content
stringlengths
20
64.1k
सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपा बैठक जारी काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी रहेको छ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय लिने बताइएको छ । पार्टीको केन्द्रीय अन...
संसदमा पदम गिरी र राजेन्द्र पाण्डेको सवाल जवाफ काठमाडौं । संसदमा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे र एमालेका प्रमुख सचेतक पदम गिरीबीच सवाल जवाफ भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि एमाले प्रमुख सचेतक गिरीले आप...
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने बारको चेतावनी काठमाडौं । नेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका विषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र...
मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन : राजेन्द्र पाण्डे काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर ब...
रघुजी पन्त र ज्ञानेन्द्र शाहीको एउटै माग- कर्मचारीको ट्रेड युनियन खारेज गरौँ काठमाडौँ। संसदमा सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर कार्कीले दलपच्छिेका कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका हुन...
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग काठमाडौं। निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्। “देशव्यापीरुप...
वास्तविक मिटरब्याजी सरकार होः ज्ञानेन्द्र शाही काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन् । ‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झु...
एमालेभित्र ‘गुम्सिए’का पूर्वमाओवादीलाई फर्काउने प्रचण्डको रणनीति काठमाडौं। नेकपा(एमाले) मा रहेका पूर्व माओवादी नेताहरु पछिल्लो समय गुमनाम देखिएका छन्। राजनीतिक सरगर्मी बढिरहेको बेला एमालेमा रहेर राजनीतिक भूमिकामै रहेका माओवादी पृष्ठभूमिका नेताहरु फुर्सदिलो देखिएका छन्। एमाले र माओवादी केन्द्रबीच एकता भंग भएर अलग अलग पा...
के हो त्यो उथलपुथल, नेपालको राजनीतिमा फेरि के हुन्छ? काठमाडौं। विगत केही समयदेखि नेपालको राजनीतिमा ठूलै उथलपुथल हुन्छ भन्ने हल्ला विभिन्न कोणबाट चल्लाइएको छ। त्यो उथलपुथल के हो, कसले गर्न लागेको हो, र किन? भन्ने विषय सार्वजनिक भएको छैन। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पटक पटकको प्रयासमा पनि भारत भ्रमण हुन नस...
उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २...
गोविन्दराज जोशीले भने-मेरा समर्थक इच्छाएको उम्मेदवारलाई मत दिन स्वतन्त्र काठमाडौं। पूर्व गृहमन्त्री गोविन्दराज जोशीले चुनाव अघि कांग्रेससँग कुनै संभावन नगर्ने बताएका छन्। कांग्रेसले चुनावलाई लक्षित गरेर आफूमाथिको कारवाही फुकुवा गर्ने प्रपञ्च गरेको भन्दै जोशीले कांग्रेससँगको वार्ता समाप्त भएको बताएका हुन्। जोशीले कांग्र...
सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ। सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। केन्द्रीय अनुशासन तथा ...
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह दमौली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा...
मदन भण्डारी फाउन्डेसनको ‘जबज संवाद’को दोस्रो शृंखला आज काठमाडौं। मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे जबज संवाद’ को दोस्रो शृंखला बुधबार आयोजना गर्दै छ। ‘जबज संवाद’ शृंखला संचालन गर्दै आइरहेको फाउन्डेसनले बुधबार दोस्रो शृंखला गर्न लागेको हो। दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त...
सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिन रास्वपाको बैठक बस्दै काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो। केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घ...
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोव...
चाँडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन् । आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले सङ्घीय सरकारमा सत्...
उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजा...
सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैनः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणामुखी का...
ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोली निर्...
सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचि शंकरदास बैर...
सिंहदरबारको फोहर नउठाएको बिषयमा सरकारले काठमाडौं महानगरसँग छलफल गर्ने काठमाडौं। सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति बिपरित भएको ठहर गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास लगाएतका स्थानका फोहर नउठाउने काठमाडौं म...
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन माओवादी केन्द्रको माग काठमाडौं। नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँगसम्बन्धी बिधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको छ। सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गोमा पुराउनका लागि संक्रमण...
कांग्रेसलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका छः सभापति देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा दमौली। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार र...
प्रधानमन्त्रीको सचिवालयमा प्रचार गर्नका लागि पत्रकारको नियुक्ति काठमाडौं। प्रधानमन्त्री पुष्पककमल दाहाल प्रचण्डले सचिवालयमा भटाभट कार्यकर्ता नियुक्त गर्न थालेका छन्। उनले नेता कार्यकर्ताको लाभको पदीय ब्यवस्थापनका लागि सरकारी राजनीतिक नियुक्तिलाई बढावा दिएका हुन्। गएको निर्वाचनमा टिकट नपाएका र पराजय ब्यहोरेकालाई यसपाली ...
टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख दल सहमत काठमाडौं। प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। मंगलबार सभामुख देवराज घिमिरेको सक्रियतामा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य...
माओवादी संसदीय दलको बैठक बस्दै काठमाडौं। नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो। सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ। सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छ...
सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताकाे बैठक जारी काठमाडाैं। बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभ...
सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता काठमाडौं। मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ। गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो। दुई दिनसम्म चलेको बार्तामा पनि सहमति...
जनतासँग गरिएका प्रतिवद्धता सरकारले पुरा गर्छ : रक्षामन्त्री खड्का सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर(२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबा...
प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी पत्रकार महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ता...
संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय अदालतले हस्तक्षेप गर्ने बिषय होइनः कृष्णबहादुर महरा काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय न्यायधीश वा अदालतले हस्तक्षेप गर्ने बिषय नभएको बताएका छन्। सोमाबार माओवादी घटकहरुले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिय...
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित काठमाडौं। राष्ट्रियसभाको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ सर्वसम्मत पारित गरेको छ। सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसालले प्रस्तुत गरेक...
अडियो प्रकरणले सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै रास्वपाका सांसदले मागे माफी (भिडियो) काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद...
अमृतपाल खोज्न भारतीय सुरक्षा संयन्त्र नेपाल आउनु कानून बिपरित भयो : रघुजी पन्त (भिडियो) काठमाडौं ।  एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानून बिपरित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा पन्तले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका हुन् । उनले ब...
टोखा–छहरे सुरुङ निर्माण अघि बढाउन माग काठमाडौँ। सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन ...
अर्थतन्त्रका समस्या समाधान गर्न गम्भीर कदम चाल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि गम्भीर कदम चाल्न जरुरी रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त ...
कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो सुर्खेत। नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ। आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए। यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्...
बागदरबार र सिंहदरबारबीच टकराव देखियाे : गगन थापा काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका...
स्थानीय तहलाई सिंहदरवार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : गगन थापा काठमाडौँ। कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवार धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्...
सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको विषय संसदलाई जानकारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा....
दुई करोड काण्डको सत्यतथ्य बाहिर ल्याउन सांसदको माग काठमाडौँ। राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरेकी हुन्।...
बालेनको निर्णय : संघीय सरकारको हेपाइविरुद्ध स्थानीय सरकारको विद्रोह काठमाडाैं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको संघीय सरकारको केन्द्र सिंहदरबारको फोहर नउठाउने घोषणा गरेका छन्। संघीय सरकारले आफ्नो स्थानीय सरकारको अस्तित्व स्वीकार नगरेको र पटक पटक सहमति गरेका कुराहरु पनि कार्यान्वयनमा आनाकानी गरेको भन्दै...
सधैं नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारा-२ बाट नेकपा एमालेका मधेश प्रदेश प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा रहेको माओवादी, कांग्रेस, लोसपा र एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र य...
बालेनलाई गृहमन्त्रीको जवाफ- बल प्रयोग गर्ने जानकारी दिएर मात्र हुँदैन चितवन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन्। काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्नु...
मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै धनुषा। मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो। गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनु...
दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन्। सोमबार बिहान चितवनको भरत...
एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल काठमाडौँ। टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ। गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूक...
बालेनले भने, ‘सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे’ काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्वीर सार्वजनिक गर्दै मेयर शाहले बाध्य...
युवा संघको राष्ट्रिय महाधिवेशन आजबाट, ओलीले उद्घाटन गर्ने काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उदघाटन हुँदैछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ। नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागि...
कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छः सहमहामन्त्री आङदेम्बे काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताएका छन्। नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीभित...
गोविन्द भट्टराईको जित सुनिश्चित छः विश्वप्रकाश शर्मा तनहुँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आएका महामन्त्री शर्माल...
आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइनः गगन थापा देउखुरी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन्। नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “देशमा आर्थिक सङ्कट गहिरिँद...
बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए पद र गोपनीयताको शपथ हेटौँडा। बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराएका हुन्। मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादु...
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो… काठमाडौँ। संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो। तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो। त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले व...
सांसद श्रेष्ठलाई थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिन्छौंः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन्। आगामी वैशाख १० गते हुने उपनि...
युवा संघको महाधिवेशन तयारी पूरा, महाधिवेशनमय बन्यो नेपालगञ्ज नेपालगञ्ज। नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य...
कर्णाली सरकारबाट बाहिरियो एमाले सुर्खेत। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो। मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनो...
रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ। प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति नि...
मुग्लिन पोखरा सडकको काम द्रुतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला दमौली।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई द्रुतगतिमा अगाडि बढाइने बताएका छन्। मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भ...
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । सांसद श्रेष्ठले मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले आइतबार निलम्बन गरेको हो । रास्वपाका सभापति रवि लामिछानेलाई मन्त्र...
नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाँणको आग्रह जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका छन्। जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट...
छोडेर गएका लेखराजको घर पुग्दा प्रचण्डले सम्झिएको ४० वर्ष लामो सहयात्रा काठमाडौं। नेपालको राजनीतिमा सहकार्य र विभाजन नौलो होइन। राजनीतिक रुपमा कष्टप्रद यात्रा तय गरेका नेताहरु आज अलग भएका छन्। माओवादीमा पछिल्लो समय विभाजनको श्रृङखला नै चल्यो। सोही कारणले सँगैका सहकर्मी आज अलग राजनीतिक धारमा पुगेका छन्। उसो त राजनीतिमा स...
राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन्।
प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न कैलाली। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन्। माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन्। कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासम...
चितवन- २ का २९ मतदानस्थल अति संवेदनशिल, तीनवटा सुरक्षा निकाय परिचालित चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ मतदानस्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी...
झलनाथ खनाल भन्छन्- एमालेमा फर्कने होइन, सबै वाम एक गराउने हो काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेमा फर्कने कुनै मनशाय नरहेको बताएका छन्। उनले आइतबार डिसी नेपालसँगको कुराकानीमा सबै वामपन्थी दललाई एकै ठाउँमा ल्याउन प्रयत्न गरिरहेको बताउँदै आफू वाम एकताको पक्षमा रहेक...
प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले खोटाङ।  नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुर्व्यवहारको प्रयास भएको जनाएको छ। जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार पहिचान पक्षधरको नाममा ...
सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनवाई आज काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ। जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो। अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्र...
पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी काठमाडौं। पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन। गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिए...
सरकारले कहिले पाउँछ पूर्णता? काठमाडौं। चैत २२ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले शतिप्रतिशत पूर्णता पाउने बताएका थिए। प्रधानमन्त्रीले सरकारले दुई दिनभित्र शतप्रतिशत पूर्णता पाउने बताएको दुई दिनपछि कांग्रेस नेता डा. शेखर कोइरालासँग बालुवाटारमा लामो छलफल गरे। सो अन्य विषयमा कुराकानी भए...
मानवीय र भावनात्मक रूपमा समाजलाई नबुझ्ने मानिस नेता हुन सक्दैन : कांग्रेस महामन्त्री शर्मा झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए। राजनीतिभन्दा ...
अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्ः रवि लामिछाने दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्...
एमालेविरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्ः अध्यक्ष ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन्। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्द...
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव काठमाडौं। सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ। शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानम...
एमालेभित्र कुनै गुटबन्दी छैनः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन्। शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले एमालेलाई सिद्धाउन र ध्वस्त पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिर्दे अहिले ए...
रवि लामिछानेले भने, ‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । तनहुँ–१ को उपनिर्वाचनका लागि आबुखैरनीमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व...
मुकुन्द न्यौपानेले गरे नेकपा एस परित्याग, एमालेमा फर्कने तयारी काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् । न्यौपानेले...
सरकार कृषि केन्द्रित हुनुपर्छ : नैनसिंह महर काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले कृषि क्षेत्रको लगानीमा ध्यान दिनुपर्ने बताएका छन्। डेमोक्रेटिक एग्रिकल्चरिस्ट एशोसियसन नेपाल (डान) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले कृषि प्रधान देशमा कृषिमा लगानी नहुनु चिन्ताको विषय भएको बता...
फुटपाथ मिचेर बनाईएका प्रहरी बिट नहटाए महानगरले हटाउने मेयर शाहको चेतावनी काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् । फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित भएका हुन । महानगरपालिका भित्र फुटपाथ मिचेर बना...
अब चाँडै कर्णाली सरकारमा कांग्रेस सहभागी हुनेछः उपप्रधानमन्त्री खड्का सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताएका छन् । उनका अन...
गैरआवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण लण्डन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्। गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण ...
बालेन शाहको आक्रोशः ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’ काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन्। काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन्। ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबु...
माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्नेभएको छ। सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी ...
रविको राहदानी विवादमा कानुन र प्रमाणका आधारमा निर्णय गरेका हौंः महान्यायाधिवक्ता पोखरेल काठमाडौं। सरकारी वकिलको सेवा एवं सुविधासम्बन्धी नयाँ कानुन बन्ने भएको छ। महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत कर्मचारी तथा सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुनको मस्यौदा तयारी गरी सैद्धान्तिक सहमतिका लागि प्रधानमन्त्री तथा मन्त्...
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता {भिडियो} काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकताको घोषाण गरेका हुन् । आग...
राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैंन : सञ्चारमन्त्री शर्मा {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने स्पष्ट पारेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भ...
गगन थापाको प्रधानमन्त्रीलाई सुझाव: ‘परिणाममूखी काममा केन्द्रीत हुनू’ {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्र...
प्रधानमन्त्री प्रचण्डले किन भेटे शेखर कोइराला ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले बालुवाटार पुगेर भेटेका छन् । प्रधानमन्त्रीकै आग्रहमा शुक्रबार डा.कोइरालले  नेता मिनेन्द्र रिजालसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका हुन् । कांग्रेसभित्रै संस्था...
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता...
नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी रौतहट। रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। साहको सट्टामा माध्यमिक शिक्षा परी...
नेपाली समाजवादको खाका कसैसँग छैन : नेता शर्मा कर्णाली। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन्। नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपाय...
उपत्यका मेयर्स फोरमको अध्यक्षमा महर्जन चयन काठमाडौँ। उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन्। काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहेका सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्य...
चितवन-२ उपनिर्वाचन : सबै दलका उम्मेदवार मतदाता रिझाउन व्यस्त चितवन। चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका...
पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधी आन्दोलनको क्रममा निधन भएका पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । आज(शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको उद्योग मन्त्री रमेश रिजालले डिसी नेपाललाई जानकारी दिए । सिंहदरवारस्थित प्रधानमन्त्र...
‘समाजवादी केन्द्र’ गठनको गृहकार्य ओझेलमा, कहाँ पुग्यो दलहरुको तयारी? काठमाडौं। नेपालमा समाजवादी आन्दोलनको पक्षधर बताउँदै आएका कतिपय वाम राजनीतिक दलहरुले थालेको समाजवादी केन्द्र गठनको तयारी पछिल्लो समय ओझेलमा परेको छ। सत्तारुढ नेकपा (माओवादी केन्द्र), माधव नेपालको नेकपा (एकीकृत समाजवादी) र बाबुराम भट्टराई नेतृत्वको नेपा...