content
stringlengths
20
64.1k
राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोने...
काेशी नामाकरण विरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन काठमाडौँ। पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ। अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै ...
सरकारको सय दिन कति उपलब्धिमूलक? यसो भन्छन् प्रधानमन्त्रीका सल्लाहकार काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको करिब सय दिन पुग्न लागेको छ। प्रचण्ड सरकार गठन भएको सय दिनको पेरिफेरिमा फेरिएको सत्ता समीकरणले शुक्रबार मन्त्रिमण्डलले आकार लिएको छ। यद्यपि पूर्णता पाउन सकेको छैन।...
मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका काठमाडौं । सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्र...
मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग काठमाडौं। प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड दिए। सांसद ठाकुरप्रसाद ग...
चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भरतपुर। आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी...
बारा- २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय काठमाडौं। नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारामा जसपाको उम्मेदवारलाई सघाउने न...
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता काठमाडाैं। आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधि...
प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ काठमाडौं। मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्। सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन्। सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद ...
सरकारको बिर्सिन लायक सय दिन काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको मंगलबार (चैत २१) गते सय दिन पूरा हुँदैछ। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। विश्वासको मत पाएपछि उनले चैत १७ गते मन्त्रिपरिषद विस्तार गर्दास...
मध्यनेपालका तिन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन। चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरुमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु गठन प्रक्रिया अनिश्चित बनेको छ। मध्यनेपा...
उपेन्द्र यादवको उपप्रधानमन्त्री हुने सपना र शक्ति राष्ट्रकाे भूमिका काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भए। मतदाताले यादवलाई चुनाव हराएर पाँच वर्षका लागि ‘पावर होलिडे’ मा बस्नुपर्ने सन्देश दिए। तर, सत्ता ...
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ। मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९...
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्। ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिव...
माओवादीहरूबीचको पार्टी एकतामा जोड काठमाडौं। नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ। आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्...
दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदयः चित्रबहादुर केसी गलकोट। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता न...
परिणाम आउने गरी काम गर्न मन्त्रीहरुलाई गगन थापाको सुझाव काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए। उनले...
रवि लामिछानेले भने- रास्वपा मुलुकको धर्तिपूत्र अटाउने ठाँउ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी आगामी बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने चितवन २ मा पार्टी सभापति रवि लामिछाने, बारा २ मा रमेश खरेल र तनहुँ १ मा स्वर्णिम ...
अब कांग्रेसमा फर्किन्नः स्वर्णिम वाग्ले काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन्। रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन्। ‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेर...
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ। रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा...
भागबण्डा प्रवृत्ति तोड्न रास्वपा रोजेंः रमेश खरेल काठमाडौं। बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउदै अहिलेको भागबण्डा र...
नेविसंघ अध्यक्ष दुजाङ शर्पाको राजीनामा माग काठमाडौं । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् । म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ व...
भीम रावलसँग संवाद गर्न एमालेले गठन गर्‍यो तीन सदस्य वार्ता टोली काठमाडौं। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ । शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँन तीन सदस्य टोली गठन गरेको हो। उपाध्यक्ष वि...
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार काठमाडौं। नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै बैठकमा चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्...
सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैंका लागि अन्त्य गरिन्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रच...
सरकारले मिटरब्याज पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन ...
रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी चितवन। रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ। निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए। बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका ...
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकताः मन्त्री श्रेष्ठ काठमाडौं। नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन्। पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा ह...
मानव बेचबिखन नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने मन्त्री यादवको निर्णय काठमाडौं। नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्। मन्त्री यादवले आज पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नाग...
मन्त्रालयलाई प्रतिष्ठित बनाउछुः नवनियुक्त मन्त्री भण्डारी काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्य...
सिंहदरबार यात्राको चौथो पटकमा ऊर्जामन्त्री बने शक्ति बस्नेत काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्। सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उ...
कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक्ली सांसद गुरुङ सहरी विकासमन्त्री काठमाडौं। नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुन...
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन्। यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए। उनलाई नेपाली का...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ काठमाडौं । सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा  नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्। नवनियुक्त शपथ ग्रहण गर्ने मन्त्रीहरुमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा मन्त्री बनेका छन् । कांग्...
खानेपानी मन्त्री खानले दिए राजीनामा काठमाडौं । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।सरकारमा चाहेको मन्त्रालय नपाएर असन्तुष्ट बनेका उनले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै राजीनामा दि...
तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री दाहाल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको ...
जसपाबाट अशोक राई शिक्षामन्त्री बन्दै काठमाडौं ।  दुई मन्त्रालय पाएको जसपाले सरकारमा अशोक राईलाई पठाउने भएको छ । आज (शुक्रबार) हुन लागेको मन्त्रिमण्डल विस्तारमा जसपाबाट अशोक राई  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन्। यस्तै अर्को एक जना मन्त्रीको नाम जसपाले टुंगो लगाउन सकेको छै...
कांग्रेसबाट आज चार जना सरकारमा सहभागी हुँदै, शेखर समूहको तीन मन्त्रालय दाबी काठमाडौं । नेपाली कांग्रेसबाट आज शुक्रबार चार जना सरकारमा सहभागी हुने भएका छन् । आठ मन्त्रालय पाएपनि पार्टीमा सहमति हुन नसक्दा कांग्रेसका आज चार जना मात्रै सरकारमा जान लागेका हुन्। कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुमा उपप्रधानमन्त्रीसहि...
एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल अत्तरिया। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन्। पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ...
विष्णु पौडेलको भीम रावललाई चेतावनी- नसच्चिए पार्टीले उचित कदम चाल्ने धनगढी । नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेकै अकौ नेता भीम रावललाई चेतावनी दिएका छन्। उनले शुक्रबार धनगढीमा आयोजित प्रेस चौतारीको पत्रकार सम्मेलनमा रावलले पार्टी हितविपरित गतिबिधि गरिरहेको भन्दै नसच्चिए पार्टीले उचित कदम चाल्ने चेतावनी दिएका...
मन्त्रिपरिषद् विस्तारको तयारी, ३ बजे शपथ काठमाडौं। लामो रस्साकस्सी र विवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार ख प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। आज दिउँसो ३ बजे मन्त्र...
एकको बदला तीन लिएर संसद् छिर्ने सपना छः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले एकको बदला तीन लिएर संसद् छिर्ने आफ्नो सपना रहेको बताएका छन्। बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम द...
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको सूची सार्वजिनक गरेको छ। रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्...
प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने, ३ बजे शपथ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आफनो सरकारको विस्तार गर्ने भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार भोलि प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। आजै सरकार विस्तार ...
‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउछः विष्णु पौडेल काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन्। महेन्द्रनगरमा आज एमाले कञ्चनपुरले आयोजना गरेको मिसन ग्रासरुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उनले यो अभियानले एमाले बलिय...
स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता काठमाडौं। नेपाली कांग्रेसबाट अलग भएका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेलगतै रास्वपाको सदस्यता लिएका हुन्। वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण...
उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, तनहुँमा घटे मतदाता काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि देशभर एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिए। जसमा प...
कुन दललाई कुन मन्त्रालय अझै टुंगिएन, दलहरुसँग छलफलमा प्रधानमन्त्री काठमाडौं। मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार गठन भएको सय दिनको...
राजाले तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिएका हुन्। मिटरब्याजी पीडित काठमाडौं आए...
ओलीले दिए ‘जनयुद्ध दिवस’लाई हिंसा दिवसको संज्ञा काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाएका छन्। रिपोटर्स क्लव नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थाम...
कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा काठमाडौं। नेपाली कांग्रेसका युवा नेता अर्थविद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन्। वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सु...
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न ओलीको सुझाव काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा जाँदा सीम...
राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा सुनील थापा नियुक्त काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनील थापालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार थापालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘मलाई राष्ट्रपतिज्यूले प्रमुख राजन...
तनहुँ- १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार ? काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अर्थविद डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गर्न लागेको चर्चा ब्याप्त छ। उनले रास्वपामा प्रवेश गरेर तनहुँ १ मा उम्मेदवारी दिने चर्चा राजनीतिक बजारमा चुलिएको छ । उनको रास्वपा प्रवेशको चर्चासँगै नेपाली का...
पशुपतिनाथ मन्दिर नेपालको धार्मिक पर्यटकीय गन्तव्यस्थल हो: राष्ट्रपति पौडेल (भिडियो) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । बिहीबार पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको...
मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण {भिडियो} काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले मिटरब्याजी पीडितहरु समस्या समाधानका लागि काठमाडौंसम्म हिडेर आउन बाध्य भएको र धेरै समस्या भोग...
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग काठमाडौँ। नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको सो पार्टी का...
कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार प्रत्योजन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए।क क...
प्रचण्ड सरकारका सय दिन : सरकारको आभास दिलाउने भन्दा पूर्णता दिनै सकस काठमाडौं। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको करिब सय दिनको हाराहारीमा पुग्न लागेको छ। गएको पुस १० गते एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनी सरकारको नेतृत्व गरेको हनिमुन पिरियडको समयावधि गु...
चितवन-२ उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार काठमाडौं। नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी चितवनका पूर्वजिल्ला सभाप...
मन्त्री बन्नेको नाम टुंग्याउन कांग्रेसको बैठक जारी काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ। सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्...
प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष विहीन हुन पुगेको छ। मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो। प्रधानमन्त्री...
आठ बर्ष पछि जुरे पहिरो पीडितले नगद राहात पाउने काठमाडौं। सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ बर्ष पछि नगद राहात पाउने भएका छन्। गत म‌गलबार बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिराे पीडितले उक्त राहत रकम पाउन लागेका हुन्। स्थानीय तहको समन्वयमा पीडितको तथ्याङ्क एकिन गरी म...
मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, नयाँ मन्त्रीकाे सपथ आजै काठमाडौं। प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन्। बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। जसअनुसार हाल रि...
सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता आज काठमाडौं। नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज बार्ता हुँदैछ। पीडितको माग सम्वोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन्। गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडित...
सरकारमा पठाउने मन्त्रीकाे नाम तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीकाे नाम तय गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो। ‘पार्टीको केन्द्रीय कार्य...
देश कसरी बनाउने भन्ने कुनै दृष्टिकोण नभएको शक्तिले बहुमत ल्याए सुशासन हुँदैनः केपी ओली लुम्बिनी। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन्। एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आय...
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ : महासचिव गुरुङ कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् । प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आ...
नेकपा एसबाट भुसाल र ज्वाला मन्त्री हुँदै काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो। पार्टीका प्रचार विभाग प्रमुख जगन्ना...
गठबन्धनका जनमोर्चा बाहेक ९ दल सरकारमा जाने, बाबुराम र प्रभु शाहलाई एक-एक मन्त्रालय काठमाडौं। सत्ता गठबन्धनबीच मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति गर्दै बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेका हुन्। गठब...
गठबन्धनमा भागबण्डा मिल्यो, भोलि मन्त्रिपरिषद विस्तार हुने काठमाडौं। सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाएको छ। मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ। भागबण्डा अनुसार कांग्रेसलाई ८ म...
‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’ ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन् । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भने । म...
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन्।...
कोशी प्रदेशमा भइरहेको आन्दोलनको बारेमा राजेन्द्र लिङ्देनले मागे सरकारको धारणा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका बिषयमा द्...
तीन मन्त्रालय नपाए नेकपा एस सरकारमा नजाने, प्रधानमन्त्रीको जवाफ कुर्दै काठमाडौं। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ। पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले तीनवटा मन्त्रालयमा पार्टीको अडान रहेको भन्दै मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो। ...
मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालको आरोप {भिडियो} काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्र...
देश र जनताको समृद्धिको लागि सफल हुने प्रधानमन्त्री सञ्‍चारमन्त्रीको दावी (भिडियो) काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी  गरेकी छिन् । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार...
नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय, प्रकाश ज्वाला सरकारमा जाँदै काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारमा प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एक मन्त्रीलाई सरकारमा सहभागी गराउन आग्रह गरेपछि पहिलो चरणमा ज्वालालाई सरकारमा पठाउन लागेको हो। बुधबार दिउ...
वर्तमान सरकार पाँच बर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी गरेका छन् । बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरक...
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहि...
न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न सभामुख घिमिरेलाई बुझाए ज्ञापन पत्र (भिडियो) काठमाडौं । द्वन्दपिडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको म...
मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसम...
एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन्। रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन्।...
बालेनलाई जवाफ दिँदै प्रचण्डले भने- याे सरकार ५ वर्ष टिक्छ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन्। बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए...
सरकारले संसदको गरिमा घटायो : रघुजी पन्त काठमाडौँ। प्रमुख प्रतिपक्षी एमाले सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरे। बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४...
माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, बारा- २ मा उपेन्द्रसँग भिड्ने उद्घोष काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले आज(बुधबार) पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशसँगै उनलाई बारा २ मा हुने उपनिर्वाचनमा ...
सत्ता गठबन्धनको बैठकमा भागबण्डाको किचलो, विना निष्कर्ष टुंगियो काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि ...
चार एआईजीको पदस्थापन : प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राई, सीआईबीमा बज्राचार्य काठमाडौं। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ। मंगलबारको बसेको मन्त्रिपरिषद बैठकले केही दिन अघि बढुवा भएका चार एआईजीहरुको पदस्थापन गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालील...
मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्छः झलनाथ खनाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा ...
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी काठमाडौं। मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। जारी बैठकमा सरकारलाई पूर्णता लिने र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम...
अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल बनेपा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए। मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासक...
राजनीतिक गुमराहमा परेका रवि, गुमाउँदै आफ्नै छवि काठमाडौं। नेपालको राजनीतिक वृत्तमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय आफ्नो विगतको छवि धुमिल्याउँदै गएका छन्। उनको राजनीतिक बचकना र कतिपय विवादास्पद कार्यले विस्तारै छवि धुमिलिँदै गएको उनका आफ्नै क्रियाकलापबाट पुष्टि हुँदै गएको छ। ट...
मधेस प्रदेश सरकारले गर्‍यो मन्त्रालयको नाम हेरफेर महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारले मन्त्रालयको नाम हेरफेर गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेका छन्। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत म...
एमालेले अघि सारेका राम्रो योजनामा गठबन्धनले बजेट रोकेको ओलीको आरोप रामपुर (पाल्पा)। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन्। एमालेको मिसन ग्रासरुट अभियानको क्रममा आज पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन ग...
सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले ...
कांग्रेसद्वारा सत्यनिरुपण विधेयकमाथि प्रशिक्षण काठमाडौं। नेपाली कांग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विज्ञसँग समग्र विध...
यस्तो छ प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको प्रस्तावित न्यूनतम साझा कार्यक्रम काठमाडौं। मन्त्रालय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन्। प्रधानमन्त्रीले बैठकमा सहभागी दलका नेतालाई प्रस्तावित मस्यौदा वितरण गरेको र त्य...
नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी काठमाडौं। आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए। उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍यो। धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह...
गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीले पेश गरे न्यूनतम साझा कार्यक्रमको मस्यौदा काठमाडौं। मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गीएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय बाँडफाँटका बिषयमा दलहरुबीच सहमत...
पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छुः भीम रावल अत्तरिया। नेकपा (एमाले)का नेता डा भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्। धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे क...