content
stringlengths 20
64.1k
⌀ |
|---|
प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो घले समूह काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा शेष घले समूह सहभागी नहुने भएको छ। संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो।
सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन्। एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा दुवै पक्षबीच आगामी महाधिवेशन एउटै थलोमा गर्ने सहमति भएको थियो।
दशौं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको स्वीकार गर्दै एघारौं महाधिवेशन सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने संकल्पसहित दुवै पक्षबीच ७ बुँदे सहमति भएको थियो।
सहमतिपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, अर्को पक्षका अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री तथा आरके शर्माले हस्ताक्षर गरेका थिए।
तर, घले समूहले भने संस्थापन पक्षले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै यसबारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराउने जनाएको छ।
‘एकताको ११ औं महाधिवेशनबारेमा अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर, अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदनसहित नेपाल सरकारलाई जानकारी गराउने,’ बैठकमा निर्णय भएको छ।
यसअघि राष्ट्रिय समितिहरूका दुवै पक्ष मिलेर गर्ने सहमति भएको थियो। तर, संस्थापन पक्षले आफूहरूसँग सहमति पालना नगरी एकलौटी ढंगले एनसीसीको अधिवेशन गरिरहेको घले पक्षको तर्क छ।
‘राष्ट्रिय महाधिवेशन सम्बन्धमा तत्काल विश्वभरीका सबै एनसीसीहरू सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरूले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने। यसका लागि आरसीसीहरुले पहल गर्ने,’ बैठकको निर्णय छ।
|
निरा र मनोजको परिवारलाई एनआरएनए अमेरिकाद्वारा आर्थिक सहयोग पोखरा। गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका)ले निरा छन्त्याल र मनोज थापाका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
अघिल्लो वर्ष माघ १ गते पोखरामा दुर्घटना भएको यति एअरलायन्समा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाले आर्थिक सहयोग गरेको हो । साथै पुस १६ गते अमेरिकामा गाडी दुर्घटनामा मृत्यु भएका मनोज थापाका परिवारलाई पनि एनआरएनले सहयोग गरेको हो ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले पोखरामै पुगेर आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष लम्सालका अनुसार एनआरएनए ग्लोबल फाउन्डेसनको माध्यमबाट निराका परिवारलाई सहयोग गर्न १०८३ अमेरिकी डलर ९एक लाख ३९ हजार ७६ रुपैयाँ र मनोज थापा सहयोगार्थ रकम ४४० अमेरिकी डलर (५७ हजार ४५ रुपैयाँ) संकलन भएको थियो ।
आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र पोखरा महानगरपालिकाका प्रवक्ता मतिराज तिमल्सिना, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायत उपस्थित थिए । अध्यक्ष लम्साले सामाजिक कार्यका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
‘यस घडीमा एनआरएनए अमेरिकाका सहयोगी मनहरु जसले नेपालको बारेमा संधै सोच्ने मात्र नभई सामाजिक, प्रविधिक तथा आर्थिक सहयोग गरिरहन्छन्, सबैलाई सम्झदै आजको यो संकलित रकममा सहयोग पुर्याउने मेरा कार्यसमितिका साथीहरु र हाम्रा सदस्यहरुमा कृतज्ञताका साथ हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
|
एनआरएनएका एक्ला ‘राम’, जो अरुलाई छोड्दै जाँदा आफैं छुटिरहे काठमाडौं। करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो।
गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता पनि उनले पढाइ सक्दै थिए।
विदेशमै बस्ने रहर त थिएन। परिवार चाहन्थे उनी नेपालमै बसून्। नेपालमै केही गरुन्। गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उनीहरू। पहिलोचोटी जर्मनीका सहर घुमेर फर्किएका उनलाई त्यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो। सन् १९७६ मा दोस्रोपटक त्यहाँ पुगेपछि त्यही प्रेममा उनी बाँधिए अनि त्यतै बसे।
घरबास जमिसकेको थियो। पढाइ सकिएको थियो। जागिर पनि भेटाइ सकेका थिए। लगभग ३० वर्षसम्म उनले त्यहाँको प्रतिष्ठित बैंकमा काम गरे। जर्मन भूमि मै सन्तानहरू पनि जन्मिए। त्यसपछि कहिलेकाहिँ मात्रै उनी नेपाल आउन थाले। सारा जीवनको कर्मभूमि उनले जर्मनीलाई नै बनाए।
दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनर्निर्माणमा जुट्न थालेका थिए। विश्वभरि त्यसपछि शान्ति अभियान घन्किएको थियो। त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाले। त्यहीँको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिइ रहेका थिए। जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपाली पुग्न थाले।
सन् २०००को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए। धेरै नेपाली पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए। त्यहीँ जमिसकेका थिए। त्यो बेला सार्क बाहेकका देशहरूमा करिब करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए।
सुरु मै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाले।
त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भूपू गोर्खा सैनिकहरुको बसोबास रहेको वेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा.उपेन्द्र महतो, जिबा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैर आवासीय नेपाली संघ (एनआरएनए) को रचना गरे।
एनआरएनए जन्माउने मध्येका एक हुन्, यिनै रामप्रताप थापा। लण्डनको त्यही बैठकले २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन सम्पन्न भयो। र, त्यसको लगभग ७ वर्षपछि बल्न नेपाल सरकारको कानुनअनुसार यो संस्था नेपालमै दर्ता पनि भयो।
त्याग, समर्पण र लगन
पढ्न, पढाउन अनि मात्रै ‘कर्म’ गर्न जानेका यी रामप्रतापले राजनीति कहिल्यै गरेनन्। चाहेनन् पनि। गर्न जानेनन्। अनि राजनीतिको त्यो ‘दूषित’ बाछिटादेखि सधैं टाढा बसे।
‘मैले राजनीतिलाई अवहेलना त गरेको होइन। तर, म आफै राजनीतिमा कहिले पनि लागेको छैन। त्यसैले अहिलेसम्म म कुनै पनि राजनीतिक पार्टीमा संग्लन छैन। राजनीतिमा लाग्न मेरो क्यारेक्टर पनि मिल्दैन जस्तो लाग्यो। राजनीतिमा आउन धेरैले प्रेसर गरे पनि मैले चाहिनँ’ अहिले आउँदा रामप्रतापलाई लाग्छ ‘सायद त्यही राजनीतिमा नमिसिएरै म सधैं नेतृत्वमा पुग्नबाट चुकें कि ?’
रामप्रताप भने कुनै पनि ब्यापार व्यवसायमा लागेनन्। जीवनका आधा यात्रा उनले बैंकिङ पेशामा बिताए। त्योसँगै नेपाल र नेपालीका लागि सामाजिक अभियानमा पनि लागे।
एनआरएनए जन्माउँदा उनलाई लागेको थियो, यही संस्था हो, जसले विश्वभरि छरिएका सारा नेपालीलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नेछ अनि जन्मभूमि प्रतिको प्रेम झन् एक ढिक्का हुनेछ।
राष्ट्रप्रेमको त्यही ढिक्कालाई उनले बचाइराख्न चाहन्थे र त्यसका लागि एकपटक नेतृत्वमा पनि आउन चाहन्थे।
‘त्यो मेरो कुनै महत्वकांक्षा थिएन। राजनीति पनि थिएन अनि अरू केही लोभ पनि थिएन’ थापा भन्छन् ‘तर एकपटक नेतृत्वमा आएर विश्वभरि छरिएका नेपालीको सेवा गर्ने अनि त्यसको फल देशमा पनि लैजाने मेरो ठूलो इच्छा हो। तर परिस्थितिहरू कहिल्यै मेरा अनुकूल भएनन्।’
त्यसका लागि चौथो सम्मेलनमा उनले अब आफ्नो पालो आएको ठानेर अध्यक्षका लागि प्रयास गरे। लगभग उनलाई नरुचाएका कोही पनि थिएनन्। सबैले उनलाई नै नेतृत्वका रूपमा स्विकार्न तयार भइसकेका थिए। कतिले त उनलाई खादा माला लगाएर बधाई पनि दिइसकेका थिए।
तर फेरि अरू कसैको इच्छा उनले सुने। त्यसलाई नकार्न सकेनन्। डर थियो, असन्तुष्टी यी स्वरहरू बढ्दै जाँदा एनआरएनए फुट्ने पो हो कि ? पाइसकेको अध्यक्ष पद त्यो बेला रामप्रतापले छोडिदिए। देवमान हिराचन अध्यक्ष भए।
पाँचौ महाधिवेशनसम्म आइपुग्दा उनलाई एनआरएनएमा राजनीति घुस्न थालेको अनुभव भइसकेको थियो। तथापि रामप्रताप फेरि अध्यक्ष हुन खोजे। तर त्यो बेला जीवा लामिछानेले पनि अध्यक्ष हुने इच्छा जताए। देवमान फेरि दोहोरिन चाहन्थे। तर जीवाका पक्षमा बहुमत थियो। रामप्रतापले फेरि एनआरएनएलाई उद्देश्यमूलक बनाउनका लागि यसपालि पनि जीवालाई छोडिदिए।
‘त्यो बेला जीवाजीजस्ता योङ्ग मान्छेहरू आएपछि संस्थामा केही परिवर्तन हुन्छ अनि संस्थाले नयाँ गति लिन्छ कि भनेर मैले पनि उहाँलाई सपोर्ट गर्दै छोडिदिएँ’ रामप्रतापलाई त्यसपछि लाग्यो, ‘अहँ संस्था त झन् झन् राजनीतिले थलिँदैछ। अघि बढ्ने होइन झन् झन् अलमलमा फँस्दैछ।’
जीवा सहमतिमै अध्यक्ष भए। हिराचनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिए।
छैठौं अधिवेशनसम्म पनि उनलाई एकपटक नेतृत्व गर्ने इच्छा जागै थियो। तर त्यो ‘महत्वकांक्षा’ भने थिएन न उनका लागि त्यो जीवनकै प्रतिष्ठाको विषय थियो। त्यो बेला पनि उनको उम्मेदवारी चर्चामा थियो। सँगै शेष घलेलगायत अरू पाँचजनाले पनि अध्यक्षका लागि उम्मेदवारी दिए। अब भने एनआरएनए राजनीतिमा चुर्लुम्मै डुबेको अनुभव रामप्रतापले गरे।
शेष घलेजस्ता मान्छे आउँदा एनआरएनएको गति र शक्ति झन् बढ्ने देखे रामप्रतापले फेरि पछि हटे। अन्तिममा घलेले नै बाजी मारे। रामप्रतापले त्यहाँ पनि ‘त्याग’ गरे। तर संस्थाप्रतिको लगन, समर्पण र प्रेम कहिल्यै मार्न सकेनन्। शेष घलेको पहिलो कार्यकालमा रामप्रताप एनआरएनएको प्रमुख संरक्षक पनि भएका थिए।
सन २०२१ को अधिवेशनसम्म आइपुग्दा कुमार पन्तले नेतृत्व सम्हालिरहेका थिए। तर अधिवेशनको मुखैमा विवादहरू यति धेरै बल्झिए कि समाधानका बाटाहरू लगभग पुरिइसकेका थिए। परराष्ट्र मन्त्रालयले शेष घलेको अध्यक्षमा एउटा संरक्षक परिषद बनाएर विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउन भनेर कार्यादेश दियो। मन्त्रालयले घलेलाई व्यक्तिगत रुपमा विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउने भनेर कार्यादेश दिएको थियो। तर यो समाधानको बाटो नभएको सिद्ध भयो।
एनआरएनएभित्र राजनीतिको विभाजित बाटोले अचम्मसँग बढुवा पाएको थियो।
त्यो परिषदमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन र भवन भट्टसँगै रामप्रताप थापा पनि थिए।
एनआरएनए जन्माउने पूर्व अध्यक्षहरूको त्यो परिषदले प्रयास थाल्दा थाल्दै पनि यही अधिवेशनले एनआरएनएलाई चिर्दै चिर्दै झन् धेरै टुक्राहरू पारिदियो।
अन्तिम अवस्थामा संस्थाका नेतृत्वकर्ताहरू अलग्गिएर दुईटा बाटो समाए। आफ्ना नजिकका मान्छेहरू राखेर समानान्तर एनआरएनए बनाइयो। यता मूल नेतृत्वमा झन् अलमल भयो। अन्तिममा एउटा उपाय निस्क्यो, तीन जना अध्यक्ष।
अघिल्लो अधिवेशनबाटै अध्यक्ष हुन खोजिरहेका कूल आचार्य, वद्री केसी र रविना थापाहरू छ महिना कार्यकाल बाँडेर अध्यक्ष भए। ११ जना उपाध्यक्ष छानिए, २ जना महासचिव भए। ५ जना उपमहासचिव अनि १० जना सचिव ३ जना कोषाध्यक्ष र ८ जनासम्म सहकोषाध्यक्ष राखेर पदहरू टुक्रा टुक्रा पारेर बाँडियो।
एनआरएनएको २० वर्षे इतिहासमा यस्तो पहिलोचोटी भएको थियो कि जसले जे इच्छा राख्छ त्यही पाए। रातारात बिधान सच्याएर ७४ जनाभन्दा धेरै पदाधिकारीका हुल नेतृत्वमा छिर्यो।
त्यो सपना, यो एनआरएनए
रामप्रतापहरूले त्यो बेला जन्माएको एनआरएनएभित्र यो संस्कार झाँगिएला भन्ने कल्पना उनीहरूले कहिल्यै गरेका थिएनन्।
तर त्यही भयो जहाँ रामप्रतापहरूको कल्पना अनि आशा र भरोसाहरू पुरिन थाले। एनआरएनएभित्र राजनीति यसरी झाँगियो कि अब यसलाई सफा गर्न निकै कठिन हुनेछ। अब रामप्रतापलाई कुनै इच्छा छैन नेतृत्वमा आउने। उनले बुझेका छन्, अब एनआरएनए अभियान्ताहरूको रहेन। यो त अब सिमित स्वार्थ बोकेका ब्यापारी, कुनै आस्था बोकेका राजनीतिक दल अनि त्यस्तै स्वार्थ समूहको चङ्गुलमा फँसिसक्यो।
यी सब नपाइँरहदा उनलाई कत्ति चिन्ता छैन, जबसम्म एनआरएनए आफ्नो गन्तव्य बिर्सदैंन। बरू डर छ त्यसरी जन्माएको अनि प्रेमले हुर्काएको संस्था बाटो बिराउँदै बिराउँदै झन् बिलाउने पो हो कि?
मूल कार्यकारी नेतृत्वमा उनलाई कहिल्यै आउन नदिइएको ठान्छन् कतिपय उनका शुभिचन्तकहरूले। तर उनले त्यसका लागि उतिसारो मरिहत्ते कहिल्यै गरेनन्। कुनै कार्यकारी पदमा नरहे पनि उनी एआरएनएभित्रै रहेर सारा आप्रवासी नेपालीका लागि धेरै लडे। प्रवासी नेपालीलाई नागरिकता दिलाउनका लागि उनले संस्थाभित्र धेरै भूमिका खेले। एनआरएनएले उनलाई नै नेपाल सरकारसँग समन्वय गरेर नागरिकताको मुद्दामा काम गर्ने जिम्मेवारी दिएको थियो। उनले त्यसका लागि नेपाल सरकार, यहाँका राजनीतिक दल र नेतृत्वसँग निकै संघर्षपूर्ण पहल गरे।
नेपाल सरकारले उनलाई सन् २००३मा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि बनाएको थियो। अहिले पनि उनी त्यो पदमै छन्। र उनी सन् २००० देखि जर्मन-नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्।
एनआरएनएको नेतृत्व नपाए के भो !
कुनै न कुनै डोरीहरू समाएर यसरी उनी नेपाल र नेपालीबाट टाढा भने कहिल्यै हुन सकेनन्।
‘राजनीतिमा कहिल्यै लागिनँ त्यसैले त एनआरएनएको संस्थापक हुने सौभाग्य पाएँ। संसारभर छरिएर रहेका नेपालीको अभिभावक बन्ने मौका मलाई मिल्यो। म आफूलाई भाग्यमानी ठान्छु। म जस्ता नेपाली अरु देशमा पनि थिए होला, तर मलाई यो जिम्मेवारी दिइयो’ उनलाई लाग्छ, ‘युरोपमा बसे पनि विश्वभरका नेपालीलाई सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। संसारभरका नेपालीबाट आवाज उठेको थियो राम थापालाई संस्थापकको जिम्मेवारी दिनुपर्छ भनेर। म पनि खुल्ला रुपले लागें। मैले मौका पाएँ, अब गरेर देखाउनु पर्छ भनेर म लागें।’
र, अझै पनि मन अठोट छ रामप्रतापसँग, एनआरएनएलाई राजनीतिमुक्त गराउनुपर्छ भन्ने अठोट– ‘मैले आफैले राजनीति गर्न जानिन्। नगरेपछि सिक्ने पनि कुरा भएन। राजनीति नजानेका कारण एनआरएनएमा लपन–छपन गर्न जानिन्। मेरो मान्यता एनआरएनएमा राजनीति गर्नु हुँदैन भन्ने थियो। पवित्र सामाजिक संस्थामा राजनीतिको रङ मिसाउन हुँदैन भन्ने नै हो।’
संस्था बचाउन, नेपालीलाई एकढिक्का बनाउन उनले जीवनभरि अरूलाई नै बाटो छोडिदिए।
अरूलाई छोड्दा छोड्दै उनी अब आफू धेरै टाढा छुटिसके होलान् तर रामप्रतापको मुटुले एनआरएनएलाई बिर्सन सक्छ न छोड्न।
अबको जीवन यही लडाइँमा बिताउनेछन् उनले कि एनआरएनएभित्रको राजनीतिक रंग पखालियोस् ।
|
एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ युएई। गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतबार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ।
आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागि निर्वाचन समितिको संयोजकमा संघका पूर्वअध्यक्ष एबं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठलाई नियुक्ति गरिएको हाे।
समितिका अन्य सदस्यहरुमा एनआरएनए युएईका पूर्वअध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पूर्वमहासचिव एवं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन्। उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तांतरण गरेका छन्।
गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ढुंगानाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरिएको बताए ।
संघका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ।
एनआरएनए युएईले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा रमेश श्रेष्ठलाई जिम्मेवारी दिएपछि पूर्वअध्यक्ष श्रेष्ठले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि युएईको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए।
पूर्वअध्यक्ष श्रेष्ठलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए युएईका कार्यसमिती र युएईमा रहेका अन्य नेपाली संघ संस्थाहरु पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएकोमा खुशी रहेका छन्।
पूर्वअध्यक्ष श्रेष्ठले आफू अध्यक्ष भएको बेला एनआरएनए युएईलाई तेहिको कानुन अनुसार नेपाल एसोसियसनको नाममा दर्ता गराएका थिए । हाल एनआरएनए युएई र नेपाल एसोसियसन एउटै संस्था बनाइएको छ।
|
विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई मन्त्री साउदको आग्रह काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्।
परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए। “हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरुको विधान क्लियर हुनुप¥यो”, साउदले भन्नुभयो, “विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनोट हुन्छ । कोही हार्छ कोही जित्छ ।”
उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा जोड दिए । “तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुन हुन्न”, मन्त्री साउदले भन्नुभयो, “हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधान बमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।”
मन्त्री साउदले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराए ।
“संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रुपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्”, परराष्ट्रमन्त्री साउदले भने, “त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ ।”
मन्त्री साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाए । “स्वीकार्यताको कुरा तपाईंहरु ल्याउनूस् । जुन तपाईंहरुले भन्नुभएको छ, त्यो मुद्दा (अदालतमा विचाराधीन) फिर्ता गरिदिनुस्”, उनले भने ।
परराष्ट्रमन्त्री साउदसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीले दुवै पक्षबीच आइतबारमात्रै एकताका लागि सहमति भएको जानकारी गराएका थिए। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो ।
कार्यकारी अध्यक्ष केसी, उपाध्यक्ष आरके शर्मा र असन्तुष्ट भएको समूहबाट विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डिबी क्षेत्री र जानकी गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री साउदलाई वाचन गरेर सुनाइएको सहमति पत्रमा आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने उल्लेख थियो । जसका लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ ।
उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । एनआरएनएले विधान संशोधनलाई परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
मन्त्री साउदसँगको भेटवार्तामा गैरआवासीय नेपाली सङ्घका तर्फबाट संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आरके शर्मा, महासचिव डा केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्वसंस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास, एनसिसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसिसी युकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ, प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
|
एनआरएनएको विवाद मिल्यो, प्रधानमन्त्री दाहालको पहलमा दुई पक्षबीच चार बुँदे सहमति काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएको हो । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पनि भूमिका खेलेका थिए । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र प्रभाकरको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सो अबसरमा प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा आएको खुशी लागेको बताए। प्रधानमन्त्रीले दुईटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझाव समेत दिए।
विभाजित एनआरएनएलाई एकतावद्ध बनाउन अध्यक्ष डा। बर्दी केसी, अध्यक्ष विनोद कुँवरले लामो समयदेखि वार्ता र संवादलाई जारी राखेका थिए । जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । उपाध्यक्ष आरके शर्मालगायतको उपस्थिति रहेको थियो ।
परराष्ट्र मन्त्रालयसँग यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ ।
विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।
विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि लागि पर्ने दुवै पक्षका पदाधिकारीहरू, पार्षदहरु, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षप्रति आभार व्यक्त गरिएको छ ।
सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।
यस्तो छ सहमतिपत्र
सहमति पत्रमा गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको यथार्थलाई दुवै पक्षले स्वीकार गरेका छन् । अब भने संघलाई सबैको अपनत्व रहने गरी एक साझा संस्थाका रूपमा अगाडि बढाउने र सङ्घको ११ औँ महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्ने सङ्कल्प दुवै पक्षले गरेका छन् ।
जसअनुसार दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनौट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ ।
यसैगरी एघारौं महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गरिने भएको छ । त्यसका लागि विधानमा व्यवस्था भए बमोजिम स्वतः महाधिवेशन प्रतिनिधि हुने दुवै पक्षका आइसिसीका वर्तमान पदाधिकारी, सदस्यहरू, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्य र एनसिसिका वर्तमान तथा निवर्तमान अध्यक्ष लगायतका व्यक्तिहरू तथा विधानको प्राथमिकताको आधारमा छनौट हुने आइसिसी र एनसिसिका पदाधिकारी, सदस्य तथा अन्यलाई विधानमा व्यवस्था गरिए अनुसारको प्राथमिकताका आधारमा महाअधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएको छ ।
यस्तै दुवै पक्षका एनसिसि र आइसिसीका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्यको संयुक्तरुपमा अभिलेखीकरण गरी परराष्ट्र मन्त्रालयको रोहबरमा प्रमाणीकरण गर्ने सहमति पनि भएको छ । यस्तै ११औँ महाधिवेशन पछि दुवै पक्षका आइसिसी र एनसिसिका विभिन्न पदमा रहेका पदाधिकारीहरू हैसियत पूर्व पदाधिकारी सरह हुने सहमति पत्रमा उल्लेख छ ।
यसैगरी दुवै पक्षका सदस्यहरूलाई वर्तमान एमआइएस प्रणाली अनुसार सदस्यता बन्ने व्यवस्था गर्ने पनि सहमति भएको छ । सदस्यता आवेदन बन्द भएका एनसिसिहरुमा अभिलेखीकरण मागी जुन ३० सम्म सदस्यता प्रमाणित गर्ने अवसर प्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ ।
यस्तै दुई पक्षबीच एक उच्च स्तरीय विधान संशोधन समिति गठन गर्ने र उक्त समितिलाई ११ औँ महाअधिवेशनको बन्द सत्रले अनुमोदन गर्ने गरी सहमति पनि जुटेको छ ।
यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ ।
यो सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।
|
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गरे।
‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न संघका प्रतिनिधिलाई आग्रह गरे।
उनले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा आउने विश्वास दिलाए।
भेटमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघमार्फत धन्यवाद व्यक्त गरेकामा खुसी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताए। उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए।
सघीय संसद्ले दुई पटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी छाडेकी थिइन्। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए।
भेटमा उपाध्यक्ष शर्माले नागरिकता विधेयक प्रमाणीकरणबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे।
उनले विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्ने विश्वास व्यक्त गरे।
उनले गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीका लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुर्याउन आग्रह गरे।
संघले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकामा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानका लागि समेत अनुरोध गरेको छ।
सानासाना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी स्वच्छ ऊर्जा तथा राष्ट्रिय गौरवका आयोजनामा सुनिश्चित प्रतिफलसहितको लगानीको वातावरण बनाउन संघको आग्रह छ।
सो क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए। सो अवसरमा महान्यायाधिवक्ता डा दीनमणि पोखरेलकोसमेत उपस्थिति थियो।
|
एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।
१० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो ।
घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन् ।
भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए । जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राखेका थिए । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनेभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए ।
घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए । घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए ।
आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
|
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’ काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।
सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।
नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ ।
“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधँैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।”
विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ । सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पु¥याउन भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ ।
राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए ।
|
बंशजको नागरिकता निरन्तरता नभए आन्दोलनमा उत्रने चेतावनी गैर आवासीय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकारले एनआरएनहरुलाई वंशजको नागरिकताबाट बन्चित गर्ने प्रयास गरेमा एनआरएनहरुले नेपालबाटै आन्दोलन शुरु गर्ने चेतावनी छन्।
एनआरएनएले लामो समयदेखि आफ्ना सदस्य र सन्तानहरुको हकमा नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको र यो मुद्वामा राजनीतिक तहबाट बारम्बार प्रतिवद्धता जनाएपनि कार्यान्वयनमा लैजान सरकारले वेवास्ता गरेका कारण अब नेपाल र विदेशमा रहेका नेपाली रजदूतावास घेर्ने र दवाव दिने रणनीतिमा आफूहरु रहेको अध्यक्ष गाहामगरले जानकारी दिए।
युकेको अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा अध्यक्ष गाहामगरले विश्वमा छरीएर रहेका नेपलीहरुले आफ्नो सिप क्षमता प्रस्तुत गरेर विश्वमा नेपालको उच्च नाम राखेको हुँदा देश विकास र निकासको लागि बिदेशमा सिकेको ज्ञान र सिपलाई आफ्नो जन्मभुमिमै प्रयोग गर्न पाउनुपर्ने र त्यसका लागि आफ्ना नागरिकलाई पराई नभनि नेपाल सरकारले वंशजको नागरिकता निरन्तरताको बातावरण बनाइदिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले,योगेन क्षेत्री पूर्व उपाध्यक्ष सोनाम लामा लगायतका वक्ताले वंशजको नागरिकताको निरन्तरताले एनआरएनले आफ्नो जन्मभुमि नेपालमा सामाजिक, आर्थिक सांस्कृतिक एवं नेपालको समस्या समाधान गर्न, समृद्ध राष्ट्र बनाउन पनि वंशजको नागरिकता निरन्तर हुनपर्ने आवाज उठाएका थिए।
पूर्व अध्यक्ष योगेन क्षेत्रीले वंशजको नागरिकताको विकल्प गैरआवासीय नागरिकता हुननसक्ने भन्दै वेलायतबाट अभियान शुरू भएको घोषणा गरेका छन्। अभियानको निरन्तरतास्वरुप क्षेत्रीले वेलायतमा बसोबास गर्ने बुद्धिजीवी ,नेपालमा रहेका बिभिन्न सामाजिक संघसंस्था नागरिक समाज, मानवाधिकारर्मी लगायतको सहयोगमा नेपालका राजनीतिक दलहरुलाई दवाव सृजना गरिदिन आग्रह गरेका छन्।
|
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी ‘हापा अवार्ड’ बाट सम्मानित मलेसिया। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन ।
हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।
हालै आयोजित एक कार्यक्रमका बीच रक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटि क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन ।
हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन ।
हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे ।
उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन् ।
|
१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै समापन भएको छ। चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गरेको छ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो।
सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो।
सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रवर्द्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो।
विश्वका ३९ देशका करिब ३०० प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा प्राग घोषणापत्र जारी गरिएको हो।
प्राग घोषणापत्र
५, ६ र ७ मे २०२३, चेक रिपब्लिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश (एन पी) साउद, विशिष्ट अतिथिकोरुपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता तथा संबिधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो । सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रबर्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । सम्मेलनमा विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।
१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।
२) गैर आवासीय नेपाली संघको दशौ महाधिवेशन पश्चात समानान्तर गतिविधि गरि रहेका एनआरएनहरुलाइ हाल भैरहेको बार्ताका माध्यम बाट मुलधारमा समाहित भई एकताको एघारौ महाधिवेशनमा सहभागी हुन यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।
४) आगामी अक्टोबर ९ देखि ११, २०२३, सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको MIS System मार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
५) युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरुलाई सफलतापूर्बक अघि बढाउनुको लागि सडक बालबालिका, पढ्दै कमाउंदै जस्ता कार्यक्रमहरु लक्षित समुदायमा शिघ्र शुरु गर्ने प्रतिबद्धता जनाउंदछ ।
६) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलन मार्फत प्रतिबद्धता जनाउंदछ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।
७) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।
८) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ । साथै युरोप क्षेत्रभित्र पर्ने आपत्कालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा फाउण्डेशन मार्फत एक अक्षय कोष स्थापना गर्ने निर्णय गर्दछ ।
९) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अबैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।
१०) गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ ।
११) नेपाल सरकारद्धारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएको प्रति यो सम्मेलन नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई यो सम्मेलन सो कोषमा आबद्ध हुन आह्वान गर्दछ।
१२) बिश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उदेश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ । क्षेत्रिय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकुल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरुले गर्नु भएको गम्भिर ध्यान आकर्षण बारे यो सम्मेलन गम्भिर हुंदै महत्वका साथ ग्रहण गर्दछ ।
१३) संघको आगामी १६औ यूरोप क्षेत्रिय सम्मेलन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको आतिथ्या आगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।
१४) अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, अतिथी ज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार, पत्रकार लगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि रहनुभएका गैरआवासीय नेपालीजनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
गैरआवासीय नेपाली संघ
७ मे, आइतवार, २०२३
|
null |
मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै काठमाडौं। मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो । सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।
सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैरआवासीय नेपालीहरुको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपूर्ण सवालहरुमा छलफल हुने जानकारी दिए । उनले भने, ‘सम्रग नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरुको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छौं ।’
‘सम्मेलनमा नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
संयोजक पोखरेलले एनआरएनएबीच वृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।
त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौं । उपलब्धीमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढि केन्द्रीत छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हीतका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’
साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ ।
|
गैरआवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण लण्डन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्।
गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकता हुने बताएका छन्। १९ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै डा. केसीले संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइने बताए।
उनले वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न सफल भएको बताए।
गत एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगतिहरु भएको पत्रकार सम्मेलनमा डा. केसीले जानकारी दिए।
उनले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको बताए।
उनले संघको संशोधित विधानले संघका पुर्नसंरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण शुरुआत गरिएको जानकारी दिए।
विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत एकता कायम राख्दै अघि बढ्नको लागि सहयोग गर्ने अध्यक्षद्धय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११ औँ महाधिवेशन सफल पार्न आग्रह गरे।
पत्रकार सम्मेलनलाई अध्यक्षद्धय कुल आचार्य र रविना थापाले आआफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संस्थापक महासचिव भिम उदास, उपाध्यक्षद्वय डिबी क्षेत्री, दुर्गा आचार्य, टिबि कार्की, अर्जुन श्रेष्ठ, योगेन क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । पत्रकार सम्मेलनमा डा केसी आगामी ६ महिनाको कार्ययोजना क्यालेण्डर सहित प्रस्तुत गरेका थिए।
|
अबको एनआरएनए अधिवेशन एकताको अधिवेशनः पूर्व अध्यक्ष घले जर्मनी। गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले विगतका तिता मिठा विषय भुलेर एक सिंगो एनआरएनए अभियान बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
गत साता जर्मनीको फ्रयांकफर्टमा आएका बेला डिसी नेपालसँग कुरा गर्दै व्यवसायी समेत रहेका पूर्वअध्यक्ष घलेले अबको अधिवेशन एकताको अधिवेशन बनाएर अघि बढ्नुपर्ने बताए।
एक बर्ष पहिले तपाईले छुट्टै अधिवेशन गराएसँगै एनआरएनए त समानान्तर रुपमा अघि बढ्यो नि भन्ने प्रश्नमा घले भन्छन्, ”त्यो अधिवेशन त एक इभेन्ट थियो, त्यो इभेन्ट पुरा गर्ने जिम्मा मेरो काँधमा थियो, मैले के मेरो जिम्मेवारी पुरा गरेर गल्ति गरें र?”
एनआरएनए संस्था समानान्तर रुपमा अघि बढेको भन्ने प्रश्नमा चित्त नबुझाएका घलेले आफूले गराएको अधिवेशनबाट आएको कार्यसमिति आधिकारीक भएकाले एक मात्र एनआरएनए रहेको आशय व्यक्त गरे।
घलेसँगै रहेका एनआरएन जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङले तत्कालिन अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी लगायतका पदाधिकारी सहमतिमा आउन तयार रहँदा कुल आचार्य लगायत समर्थकको पदलोलुपताले षडयन्त्र सिर्जना भएर संस्थामा विश्वास टुटेको आरोप लगाए।
गुरुङको आरोपमा घलेले स्वीकारोक्ति दिँदै थपे, ”हामी पुराना साथीहरु त सँगै छौं नि, देखि हाल्नुभयो, जीवा जी (पूर्व अध्यक्ष जीवा लामिछाने) म लगायतका साथी कहिल्यै फरक बाटोमा लाग्न सक्छौं र? हामी त हिजो पनि सँगै थियौं र आज पनि छौं, हाम्रो सहकार्य भोलिका दिनमा पनि जारी रहनेछ। हामीलाई देखाएर नमिलेका त अहिले नेतृत्व गर्छु भनेर आएका नयाँ साथिहरु होइन र, अहिलेको स्थितिले त्यो त छर्लंगै देखायो नि।”
आफूहरु एकै अभियानदेखि व्यवसायिक साझेदारसम्म रहेकाले छुट्टिने विषय नभएको भन्दै घलेले आफू व्यवसायिक शिलशिलामा पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त लगायत उपलब्ध एनआरएनए अभियन्ता भेट्न फ्रयांकफर्ट ओर्लेको बताए।
अहिले विदेशमा नेपाल र नेपालीको लागि धेरै संस्थाहरु खुलेको भएपनि एनआरएनए अभियानले मात्र सबैलाई सधैं एकै ठाउँमा समेट्न सक्ने भएकाले True Diaspora Organization को अवधारणा सहित अब अघि बढ्नुपर्ने बताए।
गत बर्षको आफ्नो जिम्मेवारी पूरा गरेसँगै आफू अब अभियानमा सक्रिय नभएपनि एकताको लागि सधैं सहयोग रहने उनको प्रतिबद्धता थियो।
यसैगरी जर्मनी निवासी पूर्वअध्यक्षद्धय जीवा लामिछाने र कुमार पन्तले पनि विगतमा केहि मुद्दामा थोरै मतभिन्नता मात्रै रहेको तर ती मुद्दा टुंगिएसँगै मनभिन्नता पनि सकिएकाले अब जुटेर जानु सबैका लागि सकारात्मक रहेको जवाफ दिए।
सामाजिक संस्थाहरु कहिल्यै पनि समाज टुटाउन नभइ जुटाउन निर्माण गरिने भएकाले विगतबाट पाठ सिकेर अबको एनआरएनए अभियान साँच्चै नै एकताको अभियान बनाएर अघि बढ्न सबैजना खुल्ला भएर लाग्न आव्हान समेत गरेका छन्।
आफूहरु सहयोगी भूमिकामा सदैव रहने र आगामी पूस्ताले एउटा कुशल नेतृत्व प्रदान गर्नेमा आशावादी रहको दुई पूर्व अध्यक्षहरुको भनाइ थियो।
घले समुह र संस्थापक समुहबीचको अन्तरविरोधले गर्दा गतबर्ष देखि एनआरएनए संस्थाको नाममा समानान्तर दुई संस्था अघि बढेका छन्।
संस्थापन पक्षसँग तत्कालिन असन्तुष्ट घले समूहले विनोद कुँवरको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको थियो भने संस्थापन पक्षले तत्कालिन घलेको पक्षमा रहेका कुल आचार्य सहित बद्री केसी र रबिना थापा अध्यक्ष रहेको त्रिअध्यक्षीय कार्यसमिति बनाएको थियो।
|
एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति युएई। गैरआवासिय नेपाली संघ एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकता भएको छ। दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिन सफल भएका छन्।
दुवै संस्थालाई एकतावद्ध गराउन एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतीशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाली जनसम्पर्क समिति युएईका सभापती भुवानी प्रसाद तिमल्सिना, एनआरएनए युएईका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानालगायतले पहल गरेका थिए।
संयुक्त बार्षिक भेलाले एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नेतृत्वमा आगामी कार्यकालका लागि ४३ सदस्यीय कार्यसमितिसमेत चयन गरेको हो । यो एकता भेलाले एनआरएनए आइसीसीलाई समेत एकताको लागी सोच्न बाध्य बनाएको छ।
नवगठित कार्यसमितिको प्रमुख संरक्षकमा रमेश श्रेष्ठ र सल्लाहकारमा बाबुराम बिश्वकर्मा,भुवानी प्रसाद तिमल्सिना,टक गुरुङ, प्रमोद श्रेष्ठ, शशी सिलवाल र मेघराज सापकोटालाई नियुक्त गरिएको छ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, मदन अधिकारी, सुजन सापकोटा, शोभा शर्मा, रमेश ढकाल, केशव नेपाल,मनोज कुमार सैजु र कृष्ण ठाकुर चयन भएका छन् भने महिला उपाध्यक्षमा सोनाम श्रेष्ठ चयन भएकी छिन्।
यस्तै महासचिवमा दीपक खड्का, सचिवमा पुस्कर सापकोटा, ताराबहादुर बोहरा, सुमन पराजुली, बिरेन्द्र नकर्मी , मुन्ना साम्सुल हक , निराजन खत्री र भुन बहादुर भुजेल’सुरेन’ चयन भएका छन् भने कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ तथा सहकोषाध्यक्षमा रमेश गौतम र प्रकास थापा चयन भएका छन्।
यसैगरी युवा संयोजकमा भिम मल्ल ठकुरी, युवा सह–संयोजकमा अपिल भट्टराई र महिला संयोजकमा मन्जु मल्ल चुनिएका छन्।
केन्द्रीय सदस्यहरुमा जनक पराजुली, सुमी गहतराज, बिनोद बस्नेत, कृष सुनार, तुलसीराम भुसाल, नवराज श्रेष्ठ, ईश्वर श्रेष्ठ, बिक्रम तामाङ्ग, प्रेमबहादुर शाही, शैलेन्द्र खड्का, अशोक केसी, सुनिल कटुवाल, जीवनसिंह ठकुरी, किरनकुमार राई र एलिना फूयाँल चयन भएका छन्।
कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदुत विशाल भट्टराईले एनआरएनए युएईले गरेका कार्यको प्रंशसा गर्दै यो एकताले दुतावासलाई अझै सहज भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए।
एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीले दुई सँस्था एकता भएकोमा आफू अत्यन्तै खुशी भएको बताउदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना ब्यक्त गरे। उनले आफूले पनि युएईमा ब्यावसाय सुरु गरेकाले यो एनसिसिसँग अत्यन्त नजिकको सम्वन्ध रहेको जनाउदै नवनियुक्त अध्यक्ष ढुङ्गानाले धेरै कार्य गर्नेमा आफू बिश्वस्त रहेको बताए।
एनआरएनए युएई र नेपाल एशोसिएसनबीचको एकताले विश्वभर रहेका गैरआवासीय नेपालीहरुमा एकताको सन्देश गएको भन्दै एनआरएनए आइसीसीका उपाध्यक्ष राजेन्द्र कुमार शर्माले एउटै उद्देश्य बोकेका संस्थाहरु एकतावद्ध गर्दै जान यो एकता भेलाले पाठ सिकाएको बताए।
उनले आफू कार्यक्रममा उपस्थित हुन नसकेमा क्षमायाचना गर्दै सामाजिक संजालमा युएईमा सम्पन्न एकता भेलाबाट आइसीसीले पनि सिक्न जरुरी रहेको जनाउदै अब हामी सबै एक भएर अघि बढनुको विकल्प नभएको बताए।
यस्तै कार्यक्रममा एनआरएन मध्यपुर्व संयोजक गोर्खालीले यो एकताले आफू अत्यन्तै खुशी रहेको जनाउदै एकता अभियानमा साथ दिने सबैलाई धन्यवाद ब्यक्त गरे। गोर्खालीले आफूहरुले यो एकता गरेर विश्वलाई उदाहरणको रुपमा सन्देश दिएको बताए।
उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै युएईमा रहेका नेपालीहरुको समस्या समाधानका लागी आफू चौबिसै घण्टा तयार रहेको बताए।
|
नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता, बिधेयक चाँडाे अघि बढाउन माग लण्डन। गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ ।
गैरआवासीय नेपाली संघले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन ।संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेका छन ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्धा थप जटिल बन्दै गरेको बताइन् । थाापाले रवि लामिछाने बिरुद्धको फैसलाले तरंगित र सशंकित बनाएको अभिव्यक्ति दिएकी छिन । गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँद संसदमा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उनको आग्रह थियो ।
संघका अर्का अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरु उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उनले ध्यानार्कण गराएका छन् । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुँदा अधिकारहरु पाउने भने पनि अहिलेसम्म अधिकार हात नपरेको उनकाे भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको विषय नेपालमा निकै पेचिलो बन्दै गएको बताए । उनले गैरआवासीय नेपालीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति केन्द्र भएको बताए । उनले भने, ‘गैरआवासीय नेपालीसंग काम गर्न सकेको भए राज्यले अहिलेसम्म मुहार फेरि सकेको हुन्थ्यो । राज्यले अहिलेसम्म नागरिकता दिन नसक्नु दुःखको कुरा हो ।’ उनले गैरआवासीय नेपालीले सिकेको ज्ञान र सिपलाई राज्यको नीति निमार्णमा समेत प्रयाेग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएको बताउँदै विद्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरुलाई नसमेट्ने विचार व्यक्त गरे । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा हालसम्म बनेका कानून प्रावधानको बारेमा बिस्तृत विवरण प्रस्तुत गरेका थिए ।
शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताए । उनले गैरआवासीय नेपालीको अधिकारहरुलाई सुनिश्चित गर्न एनआरएनए विधेयक र एनआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नुपर्ने बताए । उनले गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न पनि माग गरेका छन्।
कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरु सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व लिन अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले गैरआवासीय नेपाली सम्बन्धी परिचय पत्रनै विभेदपूर्ण रहेको बताए । उनले गैरआवासीय नेपालीहरुलाई पूर्णअधिकार दिएर आर्थिक तथा समाजिक क्षेत्रमा लाग्न मार्ग प्रशस्त गर्नु पर्ने बताए । उनले कानूनी जागरणको लागि काम गर्न एनआरएनएलाई आग्रह गरे ।
|
किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा भण्डारी चयन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भर्चुअल भेलाले ११ सदस्सीय नयाँ तदर्थ समिति गठन गरेको हो ।
भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयाँ समिति गठन गरेको छ । राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्णप्रसाद बडाल, महासचिव डा.रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् ।
|
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेटवार्ता काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराएका थिए। भेटपछि महासचिव अधिकारीले भने, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।”
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टै छुट्टै भेटवार्ता गरेका थिए। भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उनीहरुलाई जानकारी गराएका थिए ।
भेटमा अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।
भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।
|
परराष्ट्र मन्त्री डा. पौडेलसँग प्रवासी नेपाली मञ्चकाे अन्तरक्रिया काठमाडाैं। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालयले परराष्ट्र मन्त्री डा. विमला पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ। मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो।
छलफलमा माल्टाबाट युके आउन भिसामा देखिएको समस्या समाधान गर्न माल्टलाई स्पेनवाटको दूतावासवाट हेर्ने प्रवन्ध मिलाउने,पोर्चुगलका नेपालीलाई पासपोर्टमा देखिएको समस्या छिटो व्यवस्थापन गर्न माग गरिएकाे थियाे।
यसैगरी बेलायतमा रहेका गोर्खाहरूको समस्या समाधान गरिनुपर्ने, अमेरिकाको टेक्सासमा राजदूतावासका कर्मचारीको लापरबाहीको कारण झन्डै २ लाख भन्दा वडी मनिअडर/चेक लुटिएको र सेवाग्राहीले सेवा नपाएकोमा तुरून्त सेवाग्राहीले सेवा पाउनु पर्ने र टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट अफिस राखिनु पर्ने ,प्रवासवाट नेपाली नागरिकले मतदान गर्न पाउनु पर्ने, सन्सारका सबै नेपाली दूतावासहरूमा प्रवेश गर्दा आफ्नै घरमा रहेको महसुस प्रवासी नेपालीहरूले महसूस गर्न पाउने वातावरण निर्माण गरि सेवा सुविधा छिटो गराउनु पर्ने लगायतका विषयहरूमा छलफल भएकाे थियाे।
प्रवासमा नेपालीले भाेग्नु परेका समस्याहरूको छिटो समाधान गर्न मञ्चले आग्रह गरेको छ।
कार्यक्रममा परराष्ट्र मन्त्री पौडेलले नीतिगत निर्णय गराउन बाहेक अन्य कुराको यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। उक्त बैठकमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको अध्यक्ष सन्जय थापा, सल्लाहकार परिषद अध्यक्ष भक्त गुरूड,सचिव हेम शेर्पा, उपसचिव चानक पोख्रेल र सचिवालय सदस्यहरू प्रभुराम थापा,भक्त गुरूङ, भक्त वाग्ले र कमलमणि गुरागाहीको सहभागिता रहेको थियो।
|
एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त काठमाडौं । लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन् ।
नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ ।
नियुक्ति पत्र बितरणपछी पर्यटन सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । सचिब सुरेश अधिकारीले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन् ।
नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारलाई आफुलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।
सन २००५ देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन् । हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे, नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन् ।
महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्ने गरेका छन् । बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ ।
क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ । क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीलाई अनुरोध समेट गरेका छन् ।
|
गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन्।
सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन्। उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे।
‘देशको विकास र समृद्धिमा विदेशमा बस्ने नेपालीको भूमिका मह्त्वपूर्ण छ। यो मैले राम्रोसँग बुझिसकेको छु, एनआरएनएसँग सहकार्य सहकार्य गर्नसक्यो भनेमात्र देशमा समृद्धि सम्भव छ,’ उनले भने, ‘एनआरएनएले उठाउँदै आएका मागमा मेरो विशेष ध्यानआकर्षण भएको छ।’
देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उनले बताए। गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ छ।
‘म एनआरएनएसँग धेरै घुलमिल भएर काम गरिरहेको छु। गैरआवासीय नेपालीको मुद्दामा लगातार वकालत गर्ने ‘इमेज’ बनाएको छु जस्तो मलाई लागेको छ,’ उनले भने।
यस्तै, उनले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए। विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेर काम गर्ने योजना रहेको उनले सुनाए।
प्रवासी नेपालीले विदेशबाटै भोट हाल्नपाउनुपर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै भविष्यमा यो व्यवस्था लागू गर्न सरकारले पहल गर्ने प्रतिवद्धता उनले गरे।
‘तपाईँहरुको जस्तै संसारभरि रहेका नेपालीले मताधिकार प्रयोग गर्न सकून् भन्ने चाहना मेरो पनि छ। विदेशमा बस्नेलाई पनि यहाँका नेपालीसरह व्यवहार हुन्छ,’ उनले भने।
यस्तै, उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको लागि उपयुक्त वातारण सिर्जना गरिने बताए। लगानीमा सुरक्षाको पूर्ण ग्यारेण्टी गरिने बताउँदै गैरआवासीय नेपालीका लागि लगानीको कुनै सीमा नतोक्ने बताए।
‘विदेशीलाई जस्तो होइन। गैरआवासीय नेपालीलाई पनि नेपालका नेपालीसरह नीति नियम बनाइन्छ। गैरआवासीय नेपालीलाई नेपालमा लगानी ल्याउन लगाइएका ‘ब्यारियर’ भत्काउन चाहान्छु।’
उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा गैरआवासीय नेपालीका मुद्दामा नजिक भएर काम गरेको उल्लेख गर्दै केही सम्बोधन पनि गरेको बताए। यसपटक अझ बढी काम गरेर गैरआवासीय नेपालीको विश्वास जित्ने योजना उनको छ।
‘मैले अझ धेरै गैरआवासीय नेपालीका मुद्दामा काम गर्नुपर्नेछ। आउनुस् मिलेर काम गरौं,उनले भने, ‘यसपालि म तपाईँहरुको विश्वास जित्न सक्छु।’
केही समयअघिको आफ्नो जापान भम्रणको प्रसंग निकाल्दै उनले अहिले विदेशमा बस्ने नेपालीको जीवनस्तर पहिलाकोभन्दा फरक पाएको समेत बताए। विदेशमा बस्ने नेपालीहरुले दक्षता हासिल गरेको र सक्षम भएको उनको भनाइ छ।
|
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने लण्डन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्।
गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन्।
आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन्।
|
महासचिव गौरी जोशीलाई स्पष्टीकरण सोधिएपछि अध्यक्ष रविनाविरुद्ध अविश्वास प्रस्ताव(पत्रहरु सहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन् ।
संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएका बेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो । आफूलाई स्पष्टीकरण सोधेको झोंकमा जोशीले अध्यक्ष रबिना थापाविरुद्ध अविश्वासको प्रस्ताव राखेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् इतिहासमै सबैभन्दा बढी विवाद र बद्नामीपूर्ण अवस्थाबाट गुज्रंदै आएको केही समय भइसकेको छ । पदका लागि भएको झिनाझप्टीमा विभाजन हुन लागेको बेला ३ जना अध्यक्ष बनाई थामथुम पारिएको थियो ।
भागबण्डाका क्रममा तीनमध्येमा एक पर्न सफल भएकी अमेरिका निवासी रविना थापा यतिबेला कार्यकारी अध्यक्ष छिन् । उनी कार्यकारी अध्यक्ष भएपछि उनलाई कुनै पनि काम गर्न नदिएको र उनले गरेका सबै काममा महासचिव गौरी जोशी र एनआरएनएका प्रमुख कार्यकारी अधिकृतले असहयोग गर्दै आएको भन्दै थापाले जोशी र प्रमुख कार्यकारी अधिकृत दुबैलाई स्पष्टीकरण सोधेकी छिन् ।
नेतृत्वमा महिला पुगेको कुरा स्वीकार गर्न नसकेको र असहयोग गरेर असफल पार्न खोजेको भन्दै थापा पक्षधरहरुले महासचिव जोशीको आलोचना गरेका छन् ।
कार्यकारी अध्यक्षले लिखितरुपमै स्पष्टीकरण सोधेको विषयलाई महासचिव जोशीले वेवास्ता गरेका छन् । तर, उनले बेवास्ता गरेको कुरालाई अध्यक्ष थापाले संघको मासिक प्रतिवेदनमै उल्लेख गरिदिएकी छन् । महासचिव जोशीले कार्यकारी अध्यक्ष थापाले नोभेम्बरको पहिलो सातामा तय गरेको पदाधिकारी बैठक रद्द गराइदिएका थिए ।
नोभेम्बर महिनाको मासिक प्रतिबेदनमा उनले सो कुरा उल्लेख गर्दै औपचारिक स्पष्टीकरण सोधेको लेखेकी छिन् । प्रतिवेदनको १६ नं बुंदामा भनिएको छ, गैरआवासीय नेपाली संघको नोभेम्बर पहिलो साता तय भएको पदाधिकारी बैठकलाई अन्तिम समयमा आएर कार्यकारी अध्यक्षको सहमती विना जवर्जस्ती बैठक स्थगीत गर्ने महासचिव गौरीराज जोशीसंग औपचारिकरुपमा स्पष्टीकरण मागिएको तर उहाँबाट हालसम्म कुनै औपचारिक जवाफ प्राप्त भएको छैन । स्पष्टीकरणसंगै कार्यकारी अध्यक्ष थापाले विधान र सहमतीको कार्यविधिसमेत उल्लंघन गरेकोमा सचेत समेत गराएकी छन् । (हेर्नुहोस् प्रतिवेदन)
आफूलाई स्प्ष्टीकरण सोधेको र सचेतसमेत गराएको झोंकमा महासचिव जोशीले कार्यकारी अध्यक्ष थापालाई असक्षम भएको आरोप लगाउंदै अविश्वासको प्रस्ताव अघि बढाएका छन् । डिसी नेपाललाई प्राप्त उनले अघि बढाएको प्रस्तावमा ग्लोवल नेपाली डायस्पोरको नेतृत्व गर्न सक्ने क्षमता थापासंग नभएको आरोप लगाइएको छ ।
त्यसैगरी कार्यकारी अध्यक्ष थापाले पेश गरेको नोभेम्बर प्रतिबेदनमा आफ्नो नोट अफ डिसेन्ट रहेको, संघलाई व्यक्तिगत हितका लागिमात्र प्रयोग गरेको र गलत तथ्यांकहरु उल्लेख गर्दै गैरआवासीय नेपालीलाई ढांटेको आरोप पनि महासचिव जोशीले थापामाथि लगाएर अविश्वासको प्रस्ताव पेश गरेका हुन् । उनले सात दिनभित्र यो प्रस्तावका पक्षमा आफ्नो मत जाहेर गर्न सम्पूर्ण संघका अन्तर्राष्टिय समन्वय समितिका सदस्यहरुलाई पत्र पठाएका छन् । (हेर्नुहोस् पत्र पनि) ।
कार्यकारी अध्यक्ष थापाले डिसेम्बर ४ का दिन पदाधिकारी बैठक राखेको सूचना जारी गरेपनि सो बैठक पनि हुन सकेन । अध्यक्ष पदमा महिला भएकै कारण असहयोग गर्दै असफल बनाउन खोजेको, संघको नियमति अफिसियल काममा समेत असहयोग गरेको, प्रक्रियाअनुसार आवश्यक कर्मचारीसमेत राख्न नदिएको भन्दै महिला नेतृत्वलाई अपमान गर्ने काममा महासचिव जोशी लागेकोमा थापा पक्षधरहरु आक्रोशित छन् ।
यसैबीच संघका तीन अध्यक्षमध्येका एक डा. बद्रि केसीले अन्य दुई अध्यक्ष र आईसीसी सदस्यहरुलाई पत्र लेख्दै आपसी सल्लाहमै समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।(हेर्नुहोस् पत्र) ।
उनले विवादलाई अघि नबढाउन भन्दै पक्ष विपक्षमा नलाग्न भन्दै आपसी वार्ताबाट समस्या समाधान गरिने भन्दै पत्र लेखेका छन् ।
|
डोटीका भुकम्पबाट पीडीतलाई एनआरएनएले ५ लाख सहयोग गर्ने धनगढी । एनआरएनएले डोटीमा भुकम्पबाट पीडीतलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर सहयोग गर्ने बताएकी छन् ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।
गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
भेटमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।
बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।
एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन् । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
|
एनआरएनएद्वारा महासचिव जोशी निवासमा श्रद्धाञ्जली कार्यक्रम चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
चितवनको टाँडीस्थित जोशी निवासमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी पुगेर जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
अध्यक्ष केसीले जोशीको निधनले सिंगो एनआरएनएनाई दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । जोशीले गौरीराज जस्तो मिहेनति र समाजसेवी छोरा जन्माएकोमा सबैले गर्व गर्नुपर्ने उनले बताए ।
अध्यक्ष केसीले गौरीराजसहित परिवारका सबैलाई आमाले देखाएको सतकर्मको बाटोमा सधैँ हिँडिरहन आग्रहसमेत गरे। ‘गौरीजी जस्तो सामाजिक व्यक्तित्वलाई उहाँले जन्माउनु भयो। एनआरएनएको अभियानमा इटा थप्न उहाँको पनि भूमिका छ। उहाँको आमाले पुर्याएको योगदान गैरआवासीय नेपालीले सधैँ सम्झिरहने छ,’ उनले भने।
स्वास्थमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी जोशीको ७२ वर्षको उमेरमा उपचारका क्रममा गत बिहीबार निधन भएको थियो ।
|
एनआरएनए विधान सर्वसम्मतले पारित काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटमा रहेको विवाद टुंगो लागेको हो।
एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिएपछि लागू हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । संशोधित विधानअनुरुप संघको ११औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाडाैं) हुने भएको छ।
संशोधित विधानमा प्रतिनिधि छनोट प्रक्रिया यथावत् राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ । २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ।
संघको निर्वाचनमा उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रूप दिएर ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो ।
आइसीसीका महाचसिव केशव पौडैलका अनुसार संशाेधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ। यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेस गरेको थियो ।
|
गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन एनआरएनएको माग काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
संविधानमा व्यवस्था भएको सात वर्ष भइसक्दा पनि आवश्यक कानून नबन्दा गैरआवासीय नेपालीले नागरिकताको उपभोग गर्न नपाएको जनाउँदै सङ्घले सो व्यवस्था उपभोगका लागि आवश्यक कानून बनाई यथाशक्य छिटो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला सबैसँग आग्रह गरेको छ ।
स्वदेशमा गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ तथा त्यससम्बन्धी नियमावली तथा आदेशमा तत्काल संशोधन गर्नुपर्ने सङ्घको निष्कर्ष छ । धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी धितोपत्रको दोस्रो चरणमा गैरआवासीय नेपालीलाई खुला गर्न कानूनी व्यवस्था मिलाउन सङ्घले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चनलाई संशोधन गर्नु आवश्यक रहेको ठहर गर्दै सङ्घले लगानी भित्र्याउनुका साथै स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलता तथा पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग हुने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सङ्घले विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माण गर्नुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचयपत्र बनाउनसक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोगलगायतसँग आग्रह गरेको छ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाइ हुने मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान गर्दै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुका साथै थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजीलगायत देशमा पुस्तौँदेखि बसोबास गरी आएका नेपालीलाई सहजरूपमा नेपालसँग जोड्न अधिकारसहितको परिचयपत्रका साथै नेपालमा अध्ययन भिसाको व्यवस्था गर्न सङ्घले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष र सङ्घबीच भएको सम्झौताअनुसार तत्काल आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षाको तत्काल कार्यान्वयनका लागि सङ्घको आग्रह छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेश पठाउने, गन्तव्य मुलुकको परिवेशअनुसार सचेतनात्मक सूचना प्रवाह गर्ने तथा श्रम सम्झौता भएको मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न सङ्घले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारबाट फर्किएका नेपालीको ज्ञान, सीप र प्रविधि नेपालको व्यावसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुनःएकीकरण कार्यक्रम नेपाल सरकारको सहकार्यमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्घले गैरआवासीय नेपाली एवं विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकले विदेशबाट पठाएको विप्रेषणलाई उपभोगमुखीभन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सामूहिक लगानीको योजनामार्फत राष्ट्र विकासको ठोस योजना यथाशक्य छिटो ल्याउन सरकारसमक्ष अनुरोध गरेको छ ।
सङ्घले विश्वभर रहेका गैरआवासीय नेपालीबीच आपसी विश्वास, समझदारी एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गरेको छ । सङ्घको वार्षिक साधारणसभा ‘विश्वासको वातावरण सिर्जना’ नाराका साथ मङ्गलबारदेखि राजधानीमा सुरु भएको थियो । साधारणसभाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । साधारणसभामा सङ्घका कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, महासचिवबाट प्रस्तुत साङ्गठनिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ ।
|
एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।
संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।
संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् ।
आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।
|
१५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ।
‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो। सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्ताे छ सिड्नी घोषणापत्र
१. स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । हरेक राष्ट्रको समृद्धि, सामाजिक अनि आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य हुन्छ । हरेक नागरिकको जीवनस्तर उकास्ने पहिलो आधार पनि गुणस्तरीय स्वास्थ्य नै हो भन्नेमा हामी विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मी एवं चिकित्सकहरु विश्वस्त छौँ । हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ । साथै, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
२. कोरोना भाइरसको महामारीले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष– अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष हो । यसर्थ, मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजना सहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता व्यक्त गर्दछौँ ।
३. ‘मानसिक स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्य हो’ भन्ने मूल सिद्धान्त अनुरुप विश्वभर छरिएर रहेका सम्पूर्ण विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत् मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन आह्वान गर्दछौँ ।
४. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गर्न अपरिहार्य देखिएकोले विश्वभरि छरिएर रहेका नेपालीहरुमा विविध कारणले देखा परेका वा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि आ-आफ्नो स्थानबाट जनचेतना प्रवाह गर्न आह्वान गर्दछौँ ।
५. निजी तथा सरकारी क्षेत्रका सम्पूर्ण साझेदारहरूलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचनाहरू जस्तै ‘क्राइसिस सेन्टर,’ आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक, पुर्नवास केन्द्र लगायतमा लगानी गर्न प्रोत्साहन तथा आग्रह गर्दछौँ ।
६. नेपालमा वा नेपाल बाहिर यूरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका लगायतका देशमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूर्ण स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता तथा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई संगठित भई हातेमालो गरी,सूचना आदानप्रदान, सरसल्लाह, सीप विकास र अनुभव साटासाट गर्ने साझा सञ्जालको विकास गर्न आव्हान गर्दछौँ ।
७. मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तीतो सत्य हामीमाझ छ । यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य सम्बर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानिएको छ । यसका लागि स्वस्थ जीवनयापन, गुणस्तरीय जीवनशैली, गुणस्तरीय खानपान एवं पोषण, र तनाव व्यवस्थापन लगायतमा ध्यान दिँदै यी क्षेत्रमा बृहत् चेतना अभिवृद्धि गर्न अपिल गर्दछौँ । महिलामा हुने पाठेघर, स्तन क्यान्सर तथा जो कोहीलाई हुन सक्ने क्यान्सरको पहिचान र त्यसको रोकथामका लागि विशेष पहल र कार्ययोजनासहित अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।
८. स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपंचर लगायत परापूर्वकालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको छ । सम्मेलनमार्फत हामी आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र नेपाल बाहिर रहेका नेपालीहरूलाई समेट्न तथा त्यसबाट लाभान्वित हुनसक्ने वातावरण निर्माणका लागि आह्वान गर्दछौँ । त्यसका लागि आवश्यक अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन, सर्वसूलभता र प्रचारप्रसारका लागि नेपाल सरकार तथा सरोकारवाला निकायसँग पनि सहकार्य र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
९. स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला सबैसँग अपिल गर्दछौँ ।
१०. विभिन्न रोगजन्य महामारी, प्राकृतिक प्रकोप तथा विपदका बेलामा पनि स्वास्थ्य पूर्वाधार, स्वास्थकर्मी, चिकित्सक एवं स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउन बाध्य नेपालीको संख्या उल्लेख्य छ । यो विकराल अवस्थाको अन्त्यका लागि दूरदराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्नु अनिवार्य देखिएकाले यस सम्बन्धमा गम्भीर हुन हामी नेपाल सरकारसँग अपिल गर्दछौँ । साथै, र्यापिड रेस्पन्स टीम ( २४ घण्टाभित्र स्वास्थ्यकर्मी सहितको टोलीले सेवा प्रवाह गर्न सक्ने ) भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण, भौतिक एवं प्राविधिक सहयोगका लागि नेपाल सरकारसहित विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु समक्ष आव्हान गर्दछौं ।
११. घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्रम, रक्तदान बस लगायतका लागि आवश्यक सहयोग जुटाउने तथा यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न आह्वान गर्दछौँ ।
१२. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस् भन्नेमा हामी एकमत छौँ । सीमान्तकृत र भौगोलिक वा अन्य कारणले पिछडिएका तथा विविध कारणले ओझेलमा परेका समुदायमा समान स्वास्थ्य सुविधा र पहुँचका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।
१३. नेपालको स्वास्थ्य क्षेत्रको विकास र हरेक नेपाली स्वस्थ नेपाली एवं सहज स्वास्थ्य सेवाको पहुँच लगायतका अवधारणा र लक्ष्य हासिल गर्दै विश्वभरका स्वास्थ्यकर्मी, चिकित्सक एवं सरोकारवाला सहित नेपाल सरकारसँग समेत सहकार्यका लागि यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्दछौँ ।
१४. विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञ लगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, यस क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदान लगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यही वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौ विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने निर्णय गरिन्छ ।
१५. अन्त्यमा,गैरआवासीय नेपाली संघ, चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, एनआरएनए अन्तर्राष्ट्रिय परिषद, नेपाल सरकार, बुद्धिजीवि, सल्लाहकार, विशेषज्ञ, विज्ञ, सम्पूर्ण सञ्चारकर्मी र विश्वभर छरिएर रहेका नेपालीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
|
एनआरएनएको १४ औं युरोप क्षेत्रिय सम्मेलनः महिला तथा युवा र दोस्रो पुस्ता लक्षित विशेष काठमाडौं । युरोपको उत्तरी क्षेत्रमा अवस्थित मुलुक स्विडेनको राजधानी शहर स्टकहोल्ममा हुन गईरहेको एनआरएनए चौधौं युरोप क्षेत्रिय बैठकमा महिला तथा युवा र दोस्रो पुस्तालाई लक्षित गरि बिशेष कार्यक्रमहरु तय गरिएको छ।
“Partnership in action, for transformation” भन्ने नाराका साथ यही आउंदो सेप्टेम्बर २४ र २५ मा हुन गईरहेको १४ औं युरोपेली क्षेत्रिय बैठक संगै युवा सम्मेलन र १२ औं महिला तथा दोस्रो विज्ञ सम्मेलनको तयारी लगभग अन्तिम चरण मा पुगेको छ ।
उक्त सम्मेलनमा बिशेष गरि महिला, युवा र दोस्रो पुस्तालाई कसरी सशक्तिकरण गर्ने, कसरी एनआरएन अभियान संग जोड्ने र अझ बढी समाबेशी कसरी बनाउने जसले गर्दा एनआरएनए अभियान दिर्घकालिन बन्न सक्छ साथ साथै सम्बृद्ध नेपाल बनाउने अभियानमा हातेमालो हुन सक्छ भन्ने बिषयमा बिशेष छलफल गरि कार्ययोजना समेत तयार पारिने युरोप क्षेत्रिय युवा संयोजक रमेश काफ्ले ले जानकारी दिएका छन्।
त्यसैगरि उक्त सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि, श्रम मन्त्रालयका सचीव, अर्थ मन्त्रालयका सह(सचिव तथा महिला आयोगकी अध्यक्ष को सहभागि हुनेछ भने युरोप क्षेत्रमा रहेका विभिन्न देशका राजदुतहरुलाई पनि निमन्त्रणा पठाईएको छ। स्विडेनको स्थानिय सरकार लाई पनि उक्त भेलामा सहभागी हुन निमन्त्रणा पठाईएको युरोप संयोजक चिन्तामणी सापकोटाले जानकारी दिएका छन् ।
पहिला पहिलाको क्षेत्रिय बैठक भन्दा फरक र भिन्न शैलिबाट बैठक संचालन गरिने तथा धेरै कार्यक्रम हरु कार्यशाला मोडालिटीमा हुने भएको हुँदा धेरै छलफल अनि बहस पश्चात उत्कृस्ट प्रतिफल आउनेमा विश्वास गरिएको छ।कार्यक्रमको सुरुवाती स्वरुप बिहान ९ बजे देखि मध्यान्हको १२ बजे सम्म उदघाटन सत्र लगत्तै पहिलो सेसन नै युवा सम्मेलन बाट सुरु हुनेछ भने १२ बजे देखि १ बजे सम्म लन्च पश्चात १ बजे देखि ३ बजे सम्म युवा सम्मेलन रहने युवा संयोजक काफ्ले ले बताएका छन् ।
“Growing Stronger Together With Youths & 2nd Generation” भन्ने नारा सहित संचालन गरिने युवा सम्मेलन विषेश आकर्षण वा उत्प्रेरणाका कारक युरोपमा रहेका युवा साइग्रेस पोख्रेल को पनि विषेश उपस्थिती रहनेछ। साइग्रेस युरोप मा बसेर दुख कष्ट गर्दै आफुलाई अगाडि बढाईरहेका छन् र पछिल्लो अबस्थामा धेरै युवाहरुको ढुकढुकी बन्न सफल पनि छन्।
उक्त भेलामा गैरआवासीय नेपाली संघ र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद बिचमा विभिन्न क्रियाकलापहरु मा एनआरएनको युवा विभागमा विषेश गरी युरोप क्षेत्रले सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि काफ्लेले बताएका छन। त्यसैगरी खेलकुद, कला, भाषा, संस्कृति लगायत अन्य थुप्रै बिषयबस्तुहरुमा विभिन्न देशका युवाहरुले कार्यपत्र प्रस्तुत गर्नेछन।
दुइ दिन सम्म संचालन हुने बैठकका अन्य सेसनहरुमा पनि युवाहरुले आफ्नो धारणा प्रस्तुत गर्ने गरि तयारी गरिएको पनि बताएका छन। यस भेलाको लागी अहिले सम्म करीब एक सय जनाले अनलाईन रजिस्ट्रेसन पुरा गरीसकेका छन् भने करिब २५० जना को उपस्थिती रहने अनुमान गरीएको छ। एनआरएनए स्विडेनका अध्यक्ष राजकुमार पाठकले ब्यवस्थापनको कामहरु लगभग पुरा गरिसकेको जानकारी दिएका छन् र प्राबिधिक सहयोगको लागी समिति गठन गरिएको छ भने सांस्कृतिक कार्यक्रम पनि हुने भएकोले उक्त जिम्मेवारी युवा विभागलाई दिइएको छ।यसको संयोजनको लागी अर्का क्षेत्रीय युवा संयोजक किरण गुरुङ लाई जिम्मेवारी दीईएको छ।
जसमा स्थानिय तथा युरोपमा रहेका विभिन्न नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन भने साथमा नेपालबाट गएका चर्चित गायक कृष्ण काफ्ले ले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ । समय अबधिका कारण र भिसाका कारणले गर्दा नेपाल बाट अर्थात युरोप भन्दा बाहिर बाट हुने पत्रकार तथा अन्य सहभागीहरुको उपस्थिती न्युन रहने छ।
क्षेत्रीय बैठकमा नेपाल उद्योग बाणिज्य महासंघ का बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई समुहका अध्यक्ष चन्द्र ढकाल को पनि उपस्थिति रहनेछ। यस कार्यक्रमको लागि हाल सम्म इभेन्ट पार्टनरको रुपमा ग्लोबल आईएमई बैंकले सम्झौता गरिसकेको छ भने अन्य प्लाटिनम, डाएमण्ड र गोल्ड पार्टनरहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको छ र युरोप क्षेत्रमा रहेका विभिन्न एनसीसीहरुले पनि कार्यक्रमको लागी एनसीसी सपोर्ट गर्ने क्रम जारी रहेको अर्का क्षेत्रीय संयोजक सन्तोष भट्टराईले बताएका छन् ।
युरोप क्षेत्र भन्दा बाहिर रहेका एनआरएनए केन्द्रिय उपाध्यक्ष दुर्गा आचार्य अस्ट्रेलियाबाट, मध्यपूर्व बाट केन्द्रिय युवा उपाध्यक्ष राज रेग्मी, अमेरिकाबाट केन्द्रिय कोषाध्यक्ष सुनील शाह, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी लगाएतका पनि उपस्थिति रहने भट्टराइले जनाएका छन्।
|
एनआरएनए युरोप सम्मेलनः दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने लण्डन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गर्ने एनआरएनए युरोप संयोजक चिन्तमणी सापकोटाले जानकारी दिए।
सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ।
सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार, नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।
सम्मेलनको अवसर पारेर युरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ।
|
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता काठमाडौं । नेपालका लागि श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् ।
यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेका थिए । श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।
राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताएका थिए ।
|
एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ। गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो।
सम्मेलनमा गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाए। सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन्। विज्ञहरुलाई कार्यक्रममा सहभागि गराउन र कार्यक्रमको मोडालिटी तयार गर्न डा. नवराज रोसियाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ।
समितिको सदस्यमा राजु अर्याल, चिरन्जीबी खड्का र डा. बोधराज पौडेल रहेका छन्। सम्मेलनमा युरोपस्थित करिब दुई दर्जन देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरिएको संघको समाचार संयोजक चिरन शर्माले जनाकारी दिए ।
समितिमा संघका यूरोपस्थित सबै पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु, संघका राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवहरु रहेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेलाको समेत आयोजना गर्दै आएको छ ।
|
एनआरएनए कतारको नेतृत्वमा सुरेश भट्ट दोहा । कतारमा एनआरएनएको अर्को कार्यसमिति गठन भएको छ ।
दोहाको वक्रा स्थित लक्की स्टार रेस्टुरेन्टको सभाहलमा शुक्रबार आईसीसी सल्लाहकार धर्म केसीको प्रमुख अथिति मानर्थ आईसीसी सदस्य आर। सी पन्त र आईसीसी महिला सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको बैठकले एनआरएनए आईसीसी कतारको नेतृत्वमा अध्यक्ष सुरेश भट्ट सहित २१ सदस्य कार्यसमिति निर्माण भएको छ।
यो समिति पूर्व अध्यक्ष शेष घले समूहको हो । भट्ट आश्रिन विदेशमा रहेका विभिन्न सामाजिक, राजनीतिक र समसामयिक मुद्दामा आवाज मुखरित गर्दै, विभिन्न विधामा लेख पनि लेख्ने गर्छन् । उनी प्रवासी नेपालीहरुको ‘नोट चल्ने भोट नचल्ने! ‘ अभियानको अभियन्ता पनि हून् ।
निकै कष्टप्रद र संघर्षका वीच दोहामा यो संस्था अस्तित्वमा आएको भट्टले बताए ।
पूर्ण कार्यसमिति यस्तो छः
अध्यक्ष- सुरेश भट्ट
व।उपाध्यक्ष- सुनिल कुमार घिमिरे
उपाध्यक्ष – सोम नाथ कँडेल
उपाध्यक्ष – मोहम्मद कलम हुसेन खान
म . उपाध्यक्ष – मञ्जु खनाल आचार्य
महासचिब ( ध्रुब राज अधिकारी
सचिब – पुष्प राज कोइराला
सचिव – प्रेम नेपाल
सचिव- रमेश पौडेल क्षत्री
कोषाध्यक्ष – सुर्य नारायण सापकोटा
सह कोषाध्यक्ष – अब्दुल रहमान
युवा संयोजक – हेम राज रिमाल
सदस्यहरु:
राधाकृष्ण अधिकारी
रुप बिश्वकर्म
अमित रिजाल
योगेन्द्र तामांग
मुहसिन नासिर
प्रकाश बराल
प्रकाश यादव
लोक ब बराल
अजय कुँवर
सबिना आचार्य
आरिक शेख
|
एनआरएन बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन्। मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ।
अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर, एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए।
सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।
संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए ।
५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आआफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।
|
विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउदै’ एनआरएनए परियोजना लन्डन। विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ। परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन लागिएको हो।
गैरआवासीय नेपाली संघको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिमखडाले जानकारी दिए। उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ।
अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिमखडाले जानकारी दिए । परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ।
परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।
सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन्।
कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की छन्।
यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।
|
गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो ।
संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य हुनेछ ।
प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा चार जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् । समितिमा एक दर्जन पत्रकारलाई समाचारविज्ञको रुपमा समेटिएको छ ।
गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिसमा उपमहासचिवद्धय रामशरण सिम्खडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवी खड्काले जानकारी दिए ।
|
लवकमा एनआरएनए टेक्सास च्याप्टरको “स्पेलिङ बी” प्रतियोगिता लवक,अमेरिका।अमेरिकाका मूलधारका विद्यालयहरूले सन्चालन गर्ने स्पेलिङ वी नामक प्रतियोगितालाई नेपाली समुदायले आफ्नो सामुदायिक गतिविधिमा समेट्न थालेको छ।
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरले आयोजना गरेको उक्त प्रतियोगिताअन्तर्गत लवक नेपाली समुदायमा रहेका बालबालिकाहरूमाझ पहिलो चरणको प्रतियोगिता सन्चालन गरियो। च्याप्टरकी सदस्य भुवन सुवेदी ढकालको संयोजनमा यहँस्थि एक हिन्दु मन्दिरमा शनिबार आयोजित प्रतियोगितामा ग्रिप्सन बजगॉई, दीप श्रेष्ठ, जानभी ढुंगाना, शुभेक्षा जोशी र ग्रिस्निमा बजगॉई गरि ५ जना वालवालिकाहरूले भागलिएका थिए।
यस प्रतियोगितामा १ देखी ८ कक्षामा पढ्ने वालवालिकाहरूबीच प्रतिस्पर्धा गराईएको थियो। डा. प्रकाश पराजुलीले मोडरेट गरेको कार्यक्रममा निर्णायक मण्डलमा रहेका विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरू सतिश बन्जारा, नीता घर्ति र शैलेन्द्र प्रकाश श्रेष्ठले प्रतियोगीहरूलाई विभिन्न १० अंग्रेजी शव्दहरूको हिज्य अर्थात् स्पेलिंग सोधेका थिए। प्रतिस्पर्धाबाट दीप श्रेष्ठ र ग्रिस्निमा बजगॉई छनौट भएका छन्।
छनौट भएका २ प्रतियोगीहरूले च्याप्टरव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका कार्यसमिति सदस्य एवं यस प्रतियोगिताका संयोजक सुवेदी ढकालले जानकारी दिए।
उनका अनुसार स्थानिय प्रतिस्पर्धामा छनौट भएका श्रेष्ठ र बजगॉईलाई आगामी सेप्टेम्बर महिनामा आयोजना हुने च्याप्टरस्तरिय अन्तिम प्रतिस्पर्धामा भाग लिनकालागी शिफारिस गरिनेछ । लवक लगायत अस्टिन, ह्युस्टन, सानआन्टनियो, पेरिस र वेको शहरबाट यसरीनै प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धाका लागी छनौट गरिनेछ ।
उक्त शहरहरूबाट छनौट भएकाहरूबीच अन्तिम प्रतिस्पर्धा गराईनेछ । प्रतिश्पर्धामा छनौट हुने उत्कृष्टहरूमध्ये प्रथम पुरस्कार पन्ध्र सय डलर, दोस्रो एकहजार डलर, तेस्रो ५ सय र चौथो हुनेले २ सय डलर प्राप्त गर्नेछन्। कार्यक्रममा वालवालिकाहरू र उनीहरूका अभिभावकहरूका साथै लवक समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
|
एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा नियुक्ति नियमविपरित भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो ।
गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावली विपरित नवनियुक्त सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी करार गरेका छन् । यही कारण संघका पदाधिकारीले उनको आलोचना गरेका छन् ।
संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एक निर्णयले इन्धन भत्ता ३० हजार महंगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका छन् । आचार्यको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको पदाधिकारीको भनाइ छ ।
यसअघि महङ्गी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले जनाए ।
शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरुपयोग गरेको बताए ।
सिइओ नियुक्तिमा कुनै समस्या छैन् तर तबल भत्ता के कारणले अस्वभाविक रुपमा बढाइयो त्यस बारेमा आगामी कार्यसमिति बैठकमा छलफल गर्ने शर्माले बताए ।
संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकोले अन्तिम निर्णय गरेको बताए । उनले भने, ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन् । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’ प्रमुख कार्यकारी निर्देशक (सिइओ)का लागि चार जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।
मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आर्कषक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो ।
गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनपछि संघको नेतृत्व कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् ।
|
एनआरएनए हङकङको साधारण सभा सम्पन्न हङकङ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) हङकङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
३१ जुलाईमा सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर रानाले वार्षिक साधारणसभाले एनआरएनए हङकङलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।
विगतमा गरेका कामको समीक्षा गर्दै नयाँ कार्ययोजना तय गर्नुपर्ने उनको सुझाव थियो। यस्तै उनले एनआरएनएले उठाउँदै आएको नागरिकताको विषय नेपाल सरकारले सम्बोधन गरेको बताउँदै बधाई समेत दिए।
‘तपाईँहरूको माग सरकारले पूरा गरिदिएको छ। यसले गैरआवासीय नेपालीलाई नेपालप्रतिको दायित्व अझ बढाएको छ,’ उनले भने, ‘तपाईँहरुले सरकारसँग अपेक्षा गर्ने मात्र होइन देशका लागि पनि केही योगदान गर्नुपर्छ।’
देशमा आर्थिक संकट हुन नदिन गैरआवासीय नेपालीबाट सरकारले लगानीको अपेक्षा गरेको उनको भनाई थियो। नेपाल सरकारले गैरआवासीय नेपालीलाई डलर खाताको सुविधा दिएको बताउँदै उनले जतिसक्दो धेरै डलर नेपाल पठाउन आग्रह गरे।
कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले सरकारले पारित गरेको नागरिकता विधेयकको स्वागत गर्दै तर, त्यो अपूरो रहेको बताए।
यस्तै उनले एनआरएनएको प्रमुख मुद्धा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भएकोले नागरिकता निरन्तरताको लागि पहल गर्नुपर्ने बताए।
त्यस्तै आइसीसीलगायत अन्य मुलुकका एनसीसीमा देखिएका विवाद समाधान गर्नुेपर्ने आवश्यकता रहेको उनले औल्याए। एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको मह्त्व सबैले बुझ्नुपर्ने तर्क थियो।
संघलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै उनले युवा र महिलाको सहभागिता व्यापाक बनाउनुपर्ने धारणा राखे।
त्यस्तै कार्यक्रममा विशेष अतिथि रहेकी संघकी केन्द्रीय सह–कोषाध्यक्ष अमृता थापा ९कञ्चन० ले गैरआवासीय नेपालीले आ–आफ्नो तर्फबाट देशलाई सकेको योगदान दिन आग्रह गरिन्।
यस्तै नेपाल चेम्बर अफ कर्मश हङकङका अध्यक्ष लवकुमार गुरुङले हङकङवासी गैरआवसीय नेपाली एक भएर अघि बढ्नुपर्ने बताए। ‘गुट बनाउन हुँदैन। यसले नराम्रो सन्देश जान्छ,’ उनले भने, ‘एनआरएनए हङकङलाई थप सशक्त र राम्रो बनाउन सबै मिलेर काम गर्नुपर्छ।’
त्यसैगरी हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङले पछिल्लो समय संघको केन्द्रीय समितिमा उत्तर–चढाव बढेको भएपनि एनआरएनए हङकङले भने ‘सेफ ल्यान्डिङ’ गर्न गरेको बताइन्।
‘यो साधारणसभामा भएको बाक्लो उपस्थितिले त्यसलाई पुष्टि गरेको छ,’ सामाजिक संस्थामा एक जुट भएर काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘एकता हुनुपर्छ। हामी एनआरएनए हङकङलाई सधै सहयोग गर्नेछौँ।’
त्यसैगरी एनआरएनए हङकङका पूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ‘ब्याकबोन’ भएको बताए।
उनले एनआरएनए हङकङले हरेक तीन–तीन महिनामा छलफल तथा बहसका कार्यक्रम राख्नुपर्ने सुझाव दिए। ‘बहस र छलफल गरियो भने नयाँ आउने कार्यसमितिका साथीहरूलाई एनआरएनएको बारेमा बुझ्न सहज हुन्छ,’ उनले भने।
त्यस्तै संरक्षक प्रितम श्रेष्ठले पछिल्लो समय संघको केन्द्रमा राजनीतिक भित्रिएको बताए। संघभित्र आउँदा राजनीतिक टोपी बाहिरै खोलेर आउनुपर्ने उनको भनाइ थियो। संघमा दोस्रो पुस्तालाई आकर्षण गर्नुपर्ने उनले बताए।
‘अब युवा तथा दोस्रो पुस्तालाई स्थान दिनुपर्ने बेला भएको छ। पुरानो पुस्ताले पछाडीबाट सहयोग गर्नुपर्छ,’ उनले भने।
यस्तै अर्का संरक्षक तेजप्रकाश पुनले एआरएनए हङकङले गरिरहेका कामहरु आइसीसीको लागि पनि उदाहरणीय भएको भन्दै प्रशंसा गरे। उनले युरोप, अमेरिकाबाट भन्दा एसिया क्षेत्रबाट देशमा धेरै सहयोग पठाइएको दाबी गरे।
एनआरएनए हङकङको नेतृत्वमा अहिले युवा आएकोले उनीहरूलाई अघि बढ्न अग्रज तथा पुरानो पंक्तिले सहयोग गर्नुपर्ने उनको भनाइ छ। केन्द्रको जस्तो विवाद हङकङमा हुन नदिन सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।
संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले मह्त्वपूर्ण माग नागरिकता पास भएकोमा खुसी व्यक्त गर्दै बधाई दिए।
उनले एनआरएनए हङकङको १७ वर्षे इतिहास स्मरण समेत गरे। विगत एक वर्षदेखि एनआरएनएको केन्द्रीय समिति अस्वस्थ रहेको बताउँदै उनले दुस्ख व्यक्त गरे। यसले गैरआवासीय नेपालीको उद्देश्यमा असर परिरहेको भन्दै चिन्ता प्रकट गरे।
उनले बहुपदीय प्रणाली ठिक नभएको बताउँदै आइसीसीको आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष गर्नुपर्नेमा जोड दिए। आगामी महाधिवेशनदेखि संस्था दुई वटा नभइ एउटा हुनुपर्नेमा उनको जोड छ।
‘अबदेखि ४(४ अध्यक्ष बनाउने प्रणालीको अन्त्य गर्नुपर्छ। दुवै पक्षले आ–आफ्ना कमजोरीलाई सुधार गरेर आउँदो अधिवेशबाट एउटै संस्था, एउटै अध्यक्ष बनाउनुपर्छ,’ उनले भने।
कार्यक्रममा नेपाली आदीवासी जनजाती महासंघ हङकङका कार्यवाहक अध्यक्ष कृष्णराज लावती, नेपाल वायुसेवा निगमका हङकङ प्रमुख नवराज उपाध्यय, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जरा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष इन्द्र लम्साललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए।
अध्यक्ष गोकर्ण ढकाललको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तव्य विजयकुमार गुरूङले राखेका थिए भने सञ्चालन महासचिव डिल्लीराम विश्वकर्माले गरेका थिए।
साधारण सभाको बन्द सत्रले आर्थिक, सांगठानिक र कार्यप्रगति प्रतिवेदन पास गर्दै आउँदो वर्षका लागि नयाँ कार्य योजना पारित गरेको छ। कोभिड महामारीका बेला एनआरएनए हङकङले खेलेको भूमिकाको समिक्षा गरिएको थियो।
महासचिव विश्वकर्माले संगठनिक प्रतिवेदन र गीता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
|
एनआरएनए एनसीसी साउदीले १५ औँ वार्षिकोत्सवमा आफ्नो आर्थिक र सांगठनिक प्रगति विवरण सार्वजनिक काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदी अरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागि अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम भएको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो ।
महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो।
महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन् । जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो ।
कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई आर.टी पीसीआर परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो ।
साउदी अरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए।
भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान।आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो ।
त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई (आमा फाउण्डेसन युएसए) र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो ।
संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा (SA0200472) चित्रबहादुर गुरुङ (SA070002009) र धनपति माझी (SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको अभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो ।
प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एकरएक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।
महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो ।
उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।
|
एनआरएन एसिया क्षेत्रीय सम्मेलन: ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
संघको तर्फबाट शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसियया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ । होटल सहभागी आफैले खोज्नुपर्छ ।
मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघका क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने बताइएको छ । ‘नेपाली माटोसँग कसरी जोड्ने भन्ने योजना छ ।’ पोखरेलले भने, सम्मेलनले दोस्रो पुस्ता नेपालमा जोड्न सघाउ पुग्ने छ’ उनले भने ।
नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए । अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सभाबाट पनि पारित गराउन लबिङ गर्दै आएको बताए ।
आचार्यले संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको एशिया क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताए ।
संघकी अध्यक्ष रविना थापाले क्षेत्रीय सम्मेलनको सफलताको शुभकामना दिदै सम्मेलनको लागि आवश्य सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाइन् ।
एसिया सम्मेलनमा श्रम मन्त्री शेर बहादुर कँुवर, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु, पूर्व अध्यक्ष, नेपाल सरकारका उच्चअधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुने छ ।
पत्रकार सम्मेलनको संचालन प्रदिप न्यौपानेले गरेका थिए भने एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, अर्का क्षेत्रीय संयोजक डिपी कंडेलले सम्मेलनको तयारीको बारेमा आआफ्ना भनाईहरु राखेका थिए ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. हेम राज शर्मा, यासमिन बेगम, युवा उपाध्यक्ष रोसन थापा, उपमहासचिव डा. देवी बस्नेत, क्षेत्रीय उपसंयोजकहरु लगायतको उपस्थिती थियो ।
|
गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौ: प्रचण्ड काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई आज अध्यक्ष दाहालले भने,“गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।”
भेटवार्तामा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्र्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो ।
भेटघाटमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने सङ्घका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कूल आचार्य र डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतको उपस्थिति थियो ।
|
एनआरएनए स्वास्थ्य सम्मेलनमा अविष्कार केन्द्रका महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने लन्डन। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आवस्किार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।
अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यतक्षामा सम्पन्न बैठकले सुझाव संकलन गरेको थियो ।
उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए। सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्यमन्त्रीलगायत अष्टे«लिया सरकारको तर्फबाट उच्च अधिकारीहरुले भाग लिने जानकारी दिए।
बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनका लागि अवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरुको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको पनि बताए ।
स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरुलाई समयमै आवश्यक जानकारी पठाउनुपर्नेमा जोड दिए । बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अष्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरुबीच एक सञ्जालको स्थापना गरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरुको सहभागितामा जोड दिए ।
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरुलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरुले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए ।
|
एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छः कुल आचार्य(अन्तर्वार्ता) काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ। अब उनीपछि रविना थापा कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा.वद्री केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन्।
नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी अध्यक्ष कुल आचार्यलाई केही प्रश्नहरू गरिएको छ ।
भागबण्डाको टेकोमा एनआरएनए कहिलेसम्म अडिएला ?
अब धेरै पछाडि फर्किएर नजान म मिडियाका साथीलाई आग्रछ गर्छु । गएको महाधिवेशन समयमा हुन नसक्नु, गैरआवासीय नेपाली–नेपालीबीच ठूलो वादविवाद भएको कुरा जगजाहेर नै छ । तर, यो संस्था संसारभरिका नेपालीले चाहेको संस्था हो, यसलाई नेपालमा बस्ने नेपाली र सरकारले पनि चाहेको छ । यो संस्थालाई वादविवादमा मात्रै राख्नु हुँदैन भनेर हामी आम सहमतिका आधारमा बहुपदीय प्रणाली अपनाएका हौँ । त्यो पनि एक पटकको लागि मात्रै हो । यो २०२३ को अक्टोवरसम्म मात्रै हो । त्यसपछि अधिवेशन हुन्छ । यस्तो व्यवस्था अहिलेको कार्यकालका लागि मात्र रहन्छ भन्ने मेरो पूर्ण विश्वास हो ।
भविष्यमा ‘नजिर नबस्ने’ गरी गलत प्रणाली बसालिएको छ । यो नजिर नै स्थापित हुने सम्भावना पनि त होला ?
भोलि के हुन्छ भनेर अहिले नै भविष्यवाणी नगर्न म अनुरोध गर्न चाहन्छु । भित्री आत्मदेखि नै संस्थालाई राम्रो बनाउछौँ भनेर अगाडि बढिरहेका छौँ । जिन्दगीको त ग्यारेण्टी छैन भने भोलि के हुन्छ भन्ने ग्यारेण्टी मैले गर्न सक्दिनँ । तर, यत्ति मात्रै के भन्न चाहन्छु भने चोखो, पवित्र मनले यो संस्थालाई राम्रो बनाउनका लागि २०२३ मा अधिवेशन गर्नुपर्छ । र, एकचोटीका लागि मात्रै बनाइएको यो बहुपदीय प्रणालीलाई यही कार्यकालमा मात्रै सीमित राख्नुपर्छ । यही कुरा म दृढ विश्वासका साथ भन्न चाहन्छु ।
आगामी चुनाव विवादरहित हुन्छ भन्ने आधार के के छन् ?
जसरी पनि हामीले निष्पक्ष र विवादरहित रुपमा २०२३ को अक्टोबरको ११ मा चुनाव गर्ने भनेर निर्णय नै गरिसकेका छौँ । अधिवेशनमार्फत प्रजातन्त्रिक प्रक्रियामा निर्वाचन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेर्छौं ।
तपाईंहरू फुटको संघारमा पुगेको एनआरएनएलाई जोगायौं भनेर गर्व गरिरहनु भएको छ । तर, दुई कार्यकाल अध्यक्ष भइसकेका शेष घलेले छुट्टै एनआरएनए गठन गर्नुभयो । कसरी जोगियो त ?
हामीले यसमा पनि धेरै मेहनत गरेका हौँ । धेरै प्रयास गरेका थियौँ । सबैलाई एकै ठाउँमा राख्न सबैभन्दा बढी प्रयास कुल आचार्यले गरेको हो । चाहे त्यो हिमालय होटलमा सबै पूर्वअध्यक्षलाई राखेर बैठक गर्ने कुरा होस्, चाहे त्यो आईसीसी ९केन्द्रीय समिति० ले निर्णय गरेर शेषजीकै नेतृत्वमा यो समस्याको समाधान गर्ने भनेर पूर्वअध्यक्षहरूको संरक्षक समिति बनाउने कुरा होस् ।
हामी हाम्रो लेवलमा यो संस्थालाई एकै ठाउँमा राख्ने सन्दर्भमा कति प्रयास गर्यौँ भन्ने कुरा र, यो संस्थामा अग्रजहरूलाई सम्मान गर्दै यो अभियानलाई एकै ठाउँमा राखेर अगाडि जानुपर्छ भनेर हामीले प्रयास गर्यौं। तर, पनि कुरा के भने केही असहमति छन् ।
दुई पटकसम्म अध्यक्ष भइसकेका डा. शेष घलेको कुरा तपाईँले कुरा गर्नुभयो, उहाँले संस्थालाई एउटा उचाइमा पुर्याउनुभयो । उहाँले एनआरएनएमा ठूलो लगानी गर्नुभएको छ । सोच्नुपर्ने कुरा यहाँनेर के छ भने हामीले बनाएको संस्था, यो संस्था अझ बलियो कसरी बनाउने भन्ने हामी सबैको कर्तव्य हो– पूर्वअध्यक्षहरू र , अहिलेका अध्यक्ष सबैको । र, भोलि आउने भावी पिँढीको पनि जिम्मेवारी हो । अहिले केही असन्तुष्टि छ । उहाँहरूको त्यो असन्तुष्टिलाई पनि सकभर एकैठाउँ राखेर अभियानमा सँगै भएर अगाडि जानुपर्छ भन्ने प्रयासमा छौँ ।
तपाईंले भन्न खोज्नु भएको जस्तो संस्था त्यसरी फुटेको छैन । तपाईँहरूले पनि त्यसरी संस्था फुट्यो भनेर नभनिदिनुहोस् । हामी अझै पनि एकै ठाउँ बसेर संस्थालाई अघि बढाउन चाहन्छौँ ।
महाधिवेशन अघि नेतृत्व हत्याउन किचलो मच्चिरहेको बेला तपाईं आफैँ शेष घलेसँग हुनुहुन्थ्यो । उहाँलाई गुरु मानेर आफ्नो अभियानलाई निरन्तरता दिनुभयो । अनि अन्तिम समयमा तपाईँले सुटुक्क सहमति गरेर घलेज्यूलाई एक्लो बनाउनु भयो । उहाँको समूहलाई फुटपरस्त गतिविधि गर्न नदिने र संस्थापन पक्षमा फर्काउने दायित्व तपाईँको पनि हो । के गरिरहनुभएको छ त ?
अघि नै भने नि मैले, संस्थालाई एक बनाउन हरप्रयास गरेँ भनेर । त्यो परिणाम पनि मैले देखाएँ । पूर्वअध्यक्षहरूलाई एकै ठाउँ राखेर चार घण्टासम्म कसले बैठक गर्यो त ? त्यो मैले नै गरेको थिएँ । त्यो दायित्व पूरा गरेँ भन्ने मैले अनुभव गर्छु । अन्तर्राष्ट्रिय कमिटीले एकरुपताका साथ किन निर्णय गर्यो त ? त्यत्तिबेला प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा विवाद समाधान गर्न समिति बनाइयो । त्यो मैले गर्दा नै हो । त्यसमा कसले कमजोरी गर्यो भन्ने छुट्याउने बेला आउला । तर, कुल आचार्यले गरेको प्रयास त त्यत्तिबेलादेखि नै जगजाहेर छ नि । म के भन्न चाहन्छु भने भोलि सबैको विचार एउटै हुँदैन । म भन्ने गर्छु कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड विचार ।
विचारमा फरक हुनसक्छ । यो समस्या कसको हो भन्ने कुरा जगजाहेर छ । त्यसले गर्दाखेरि हामी हिजो पनि मिलाउन लागेका थियौँ, आज पनि लागेका छौँ र भोलि पनि त्यो प्रयास निरन्तर रहनेछ । कहिलेसम्म भन्ने कुरा, जुन दिनसम्म हामी एकै ठाउँमा हुँदैनौँ ।
घले समूहले एनआरएनएकै नाममा समानन्तर रुपमा गतिविधि गरिरहे त्यसलाई रोक्न तपाईं र संस्थाको कदम के हुन्छ ?
संस्थाले के रोक्नु पर्यो ? १० महाधिवेशनमा भएको सहभागिता, हामी जहाँ रजिष्ट्रर छौँ, त्यसले गरेको प्रमाणीकरण र हिजो मात्र आयोजित कार्यक्रम (र्याडिसन होटल) मा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि नेपाल सरकारका सबै क्षेत्रका उच्च पदाधिकारीको सहभागिता । गैरआवासीय नेपाली संघका मुद्दामा नेपाल सरकार, सबै राजनीतिक पार्टी र बाहिर बस्ने सबै नेपाली एकै ठाउँमा लागि राखेको अवस्था छ भने अब त्यसमा अलमल हुने ठाउँ नै छैन ।
गैरआवासीय संघमा भोलि कानुनी रुपमा पर्यो भने हेरौँला, गरौँला । त्यो आफ्नो ठाउँको कुरा छ । तर, म अहिले नै यो स्टेजमा पत्र लेख्छु, यो गर्छु त्यो गर्छु भन्न चाहन्नँ । म अहिले तपाईंको मिडियामार्फत झुटो बोल्न चाहन्नँ । अहिले पनि हामीले संवाद गरिरहेका छौँ । एक ठाउँमा बसेर काम गरेका सबै मित्र साथीहरू हुनुहुन्छ । केही असन्तुष्टिहरू हिजो मेरा पनि थिए । तर, पनि म संस्था बचाउनुपर्छ भनेर लागिरहेँ । ती साथीहरू पनि संस्था बचाउनुपर्छ भनेर लाग्नुपर्छ । अहिले एकैठाउँ बसेर काम गर्नुपर्छ भन्ने सवालमा छलफल भइरहेको छ, त्यो छलफलले सार्थकता पाउँछ भन्ने मैले विश्वास लिएको छु ।
तपाईंले संस्थाको नेतृत्व गरेको पनि चार महिना भइसकेको छ । जम्बो समिति परिचालन गरेर काम गर्न कत्तिको सहज छ त ?
अझै चार महिना पुगिसक्या छैन । मार्चको अन्तिममा दशौं महाधिवेशन गरेका थियौँ । तपाईँहरूले देख्नु भएको छ, मिडियाबाट पनि सुन्नु भएको छ। यो बीचमा पनि धेरै कामहरू भएका छन् ।
जुन दुईवटा ध्रुवमा उभिएका हामी एनआरएन साथीहरूबीच सहमति भयो । त्यसपछि सामूहिक रुपमा मिलेर संस्थालाई चलाइरहेका छौँ । यो अभियानलाई बचाउन पर्छ भनेर हामी अगाडि बढेका हौँ । हामी अहिले संसारभर रहेका नेपालीहरूका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागिरहेका छौँ । १७–१८ वर्षसम्म हामीले छलफल गरेका मुद्दालाई कसरी तार्किक निष्कर्षमा पुर्याउने भनेर काम गरिरहेका छौँ ।
त्यस्तो के काम गर्नु भयो ?
यसमा प्रश्न गर्नुपर्छ भन्ने ठान्दिनँ । त्यो त हामीले व्यवहारमै देखाएका छौँ । तपाईँहरूले लेखिरहनु भएको छ, सुनिरहनु भएको छ । मिडियाका साथीहरूले अहिले अगाडिका कुरा धेरै कोट्याएर हाम्रा सुकिसकेका घाउबाट रगत निकाल्ने काम नगर्नुहोस् । गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न हामी सामूहिक रुपमा अघि बढिरहेका छौँ । हामीले झैझगडा भन्ने चीज त भुलिसक्या छौँ । तपाईँहरूले पनि सकभर भुलिदिएर हामीले गर्न खोज्या कामलाई सहयोग गर्दिनुभयो भने न्यायोचित हुन्छ ।
१७–१८ वर्षसम्म छलफल भएका मुद्दा टुङ्गिने प्रक्रियामा छन् भन्नुभयो । के कस्ता मुद्दा हुन् ?
हामीले चार वटा विषयलाई लामो समयदेखि छलफल गरेका थियौँ । जस्तै–पहिलो, गैरआवासीय नेपालीलाई नागरिकता । यसमा सरकारले संविधानमा गैरआवासीय नागरिताको सम्बोधन गरिसकेको छ । यो विधेयक संसदबाट पास हुने क्रममा छ । तर, अहिले पनि हामीले ‘फुल फेज’को दोहोरो नागरिकताको माग गरिरहेका छौँ । यसका लागि निरन्तर पहल हुनेछ ।
दोस्रो– लगानी । जुन अहिले संसारभरबाट नेपालीले नेपालमा डलर खाता खोल्न र सञ्चालन गर्न पाउने व्यवस्था भएको छ । अहिले गैरआवासीय नेपालीले पनि नेपालमा रहेका नेपालीसरह सर्व–सुलभ तरिकाले लगानी गर्नसक्ने र कमाएको पैसा आफू बसेको ठाउँमा फिर्ता लैजाने वातावरण बनाउन हामीले काम गरिरहेका छौँ।
तेस्रो– वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा समेट्ने । यो प्रक्रिया पनि लगभग अन्तिम चरणमा छ । हामीले सामाजिक सुरक्षा कोषका पदाधिकारीसँग छलफल गरिरहेका छौँ । सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ मिलेर कार्यविधि तयार पार्दै छौँ । सम्भवतः अबको केही समयमै कार्यविधि तयार भएर कार्यान्वयनमा आउँछ ।
चौथो– विदेशमा बस्ने नेपालीलाई मताधिकार । यस विषयमा पनि हामीले निरन्तर पहल गरिरहेका छौं । छिट्टै कार्यान्वयन गर्न चुनौती भए पनि सरकार यो विषयमा सकारात्मक छ । केही समयमा यो माग पनि सम्बोधन हुनेछ । यसमा निर्वाचन आयुक्तले पनि यो काम सुरुवात हुन्छ भनेर वचन दिनुभएको छ । र, अर्को भूपू गोर्खाहरूको मुद्दामा पनि हामी निरन्तर लागिरहेका छौँ । यसरी हामीले १८ वर्षदेखि उठाउँदै आएका माग कहिँ न कहिँबाट सम्बोधन हुने चरणमा छन् ।
तपाईंलाई संस्थामा एकलौटी ढंगबाट काम गर्यो भन्ने आरोप पनि छ । कार्यसमितिका पदाधिकारीसँग छलफल नै नगरी आफूखुसी संस्था चलाउने मुडमा हुनुहुन्छ र ?
मैलै आलोचनालाई स्वाभाविक लिन्छु । साथीहरूले मलाई सजग गराउनुभयो भने मलाई खुसी पनि लाग्छ । म उहाँहरूलाई धन्यावाद दिन चाहन्छु । मैले पनि संस्थामा कुनै गल्ती गर्न चाहान्नँ । म संस्थागत रुपमा काम गर्न चाहन्छु । भलै म सचेत हुँदै साथीहरूलाई के भन्न चाहान्छु भने तपाईँहरू पनि पदमा हुनुहुन्छ आउनुहोस् मिलेर काम गरौँ, केही गर्नुहोस् । आफूले काम पनि नगर्ने अरुले काम गर्न खोज्यो भने विभिन्न बखेडा झिक्ने प्रवृत्ति अहिले पनि छ । अब यस्तो खुट्टा तान्ने गर्न हुँदैन, नगरौँ । यो काम गर्ने बेला हो, बखेडा झिक्ने बेला होइन।
त्यसोभए तपाईंले ‘ओभरट्याक’ गर्नुभएको छैन ?
छैन । र, गर्दिनँ पनि । म सामूहिक नेतृत्वबाट काम गर्ने व्यक्ति हुँ । मेरो व्यक्तिगत हित र व्यवसायको फाइदाको लागि कुनै काम गरेको छैन । संस्थालाई राम्रो बनाउन काठमाडौंमा आफ्नो खर्च गरेर खटिरहेको छु । मैले अहिले राइट टाइममा हिट गरिरहेको छु । यो साथीहरूलाई पचेको छैन । साथीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ कि छैन त्यो एक पटक ऐनमा हेर्न आग्रह गर्छु ।
एनआरएनले गफ ठूला–ठूला गर्छन्, काम शून्य छ भन्ने आरोप छ । किन लोकप्रियमात्र हुन खोज्नुभएको ?
के काम पूरा भएन भन्नुहोस् न मलाई । बोलेको काम नगरेको देखाउनुहोस् एउटा उदाहरण । एनआरएनए के सचिवालय बनाएन यहाँ रु लाप्राकको नमुनावस्ती बनाएन रु शंखमुल पार्क बनाएन रु कोभिड महामारीमा सहयोग गरेन रु विदेशमा बस्ने नेपालीलाई सहयोग गरेन रु ठूला–ठूला लगानी ल्याउन काम गरेन रु कुरा मात्रै गरेर हुन्छ रु गैरआवासीय नेपाली संघले बोलेका कुरा के गरेको छैन, त्यसको उदाहरण ल्याउनुहोस् अनि म प्रश्नको उत्तर दिउँला ।
एनआरएनएका नेताहरू किन नेपाली राजनीतिक दलसँग भुतुक्कै हुन्छन् ? विदेशमा बसेर पनि नेपाली राजनीतिसँग किन टाढा हुन नसक्नुभएको ?
तपाईंले सोध्नै नपर्ने प्रश्न गर्नुभयो । वास्तवमा भन्ने हो भने, हामी एनआरएनहरू राजनीतिसँग नजिक नभएको भए हामीले उठाएका कुनै पनि माग सम्बोधन हुने थिएनन् । ठूला–ठूला कार्यक्रमहरू गर्न सम्भव थियो ? राजनीतिसँग नजिक थियौँ र त आज आएर हामीले उठाएका मागहरू पूरा हुँदैछन् । हाम्रा माग पूरा होउन् भनेर हो राजनीतिक पार्टीसँग नजिक भएको । अरु केही होइन । राजनीतिक पार्टीसँग नजिक भएकै कारण गैरआवासीय नेपालीका मुद्दा ‘सटआउट’ हुँदैछन् । यसलाई नकारात्मक रुपमा किन हेर्ने रु नेपालका राजनीतिक दलसँग नगरे हाम्रा मुद्दा कोसँग छलफल गर्ने त ? तपाईँ आफै भन्नुहोस् हामीले को–सँग सहकार्य गर्ने रु नेपालमा केही गर्नका लागि सम्बन्ध बनाउने भनैको राजनीतिक दलसँग हो ।
यही राजनीतिकै कारणले एनआरएनए पनि सकिँदै छ भन्ने टिप्पणी पनि सुनिन थालिएको छ नि ?
यो कारणले होइन, हाम्रो आफ्नै कारणले हो । संस्थामा गिद्धे नजर लगाएर हो । प्रक्रियामा भित्रि रुपमा खेल्न खोजेर हो । एनआरएनए बिग्रेको हाम्रो आफ्नै कारणले हो, राजनीतिक पार्टीले होइन । दोष मात्र लगाएर हुँदैन । नेपालका सबै राजनीतिक पार्टीले गैरआवासीय नेपाली संघबाट एकदमै आशा गर्नुभएको छ । सबै पार्टीका नेता सकारात्मक हुनुहुन्छ । यत्ति मात्रै हो कि हामीले आफ्नो गर्नुपर्ने काममा कमजोरी गरिरहेका छौँ । अनि दोष पार्टीलाई लगाएर हामी चोखिन खोजेका छौँ । हाम्रो संस्था बलियो बनाउने काम हाम्रो हो । हामीले सबै पार्टीसँग त्यत्तिकै सम्बन्ध बनाउनुपर्छ र केही काम गर्नुपर्छ । कुरा मात्र गरेर हुँदैन ।
अब कस्तो एनआरएनए बनाउने सपना छ ?
मेरो सपना भनेको १७–१८ वर्षदेखि गैरआवासीय नेपाली संघले उठाउँदै आएका मागहरूलाई जसरी पनि पूरा गर्ने हो । विदेशमा रहेका सारा नेपालीलाई नेपालको विकास र समृद्धिमा जोड्ने चाहना हो।
|
राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख ८७ हजार सहयोग काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताए ।
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने उनको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।
एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था उपयुक्त भएको बताए । एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
|
प्रधानमन्त्री र ६ मन्त्री ६ घण्टे कार्यक्रममा सहभागी हुँदै काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा बिहीबार काठमाडाैंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।
एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्ने कार्यक्रमत य भएको छ।
मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छन्। उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ।
नेपाल सरकारलगायत विभिन्न सरोकारवालको समेत उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा. सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरु खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागिता रहने छ।
चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
काठमाडौंको र्याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थसचिव मधुकुमार मरासिन, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन्।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोसेढुंगा सावित हुने बताए । उनले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने सुर्वण अवसर भएको बताए ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी काठमाडौंमा उत्रिएका छन् ।
|
वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन्। आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि ठूलो अवसर भएको बताउँदै सो बचतपत्रमार्फत लाभान्दित हुन आग्रह गरे।
उनले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेपछि विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए। वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताले १२ दशमलब ५ प्रतिशत ब्याज पाउँछन । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो।
बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन्। ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ। घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निस्शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ।
देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन्।
अहिले लगानी गरेको पैसाँ असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ। राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।
यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुला गरेको छ। सरकारले गरेको उक्त निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ।
महासंघले बजेटको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको हो। पुँजी बजारतर्फ धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने नीति राम्रो भएको महासंघको ठहर छ।
|
स्कटल्याण्डमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए।
उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए । यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताए।
स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राज्य परिषद्का उपाध्यक्ष्य उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए।
|
सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित(विज्ञप्तिसहित) काठमाडौं । राष्ट्रपति विद्धा देवी भण्डारी मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ ।
संघको तर्फबाट अध्यक्ष कुल आचार्यले विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो ।
विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठः
प्रेस विज्ञप्ति
नेपालका सम्माननीय राष्ट्रपति विद्धा देवी भण्डारीले हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघले उठाउँदै आएका विषयहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं ।
खास गरी संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं। यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं। संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुराउन हामी नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं। हामीले हालै प्रधानमंत्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रममा समेट्न दिएको ८ बुंदे सुझाव मध्ये धेरै सुझावहरु समेटिएकोमा हामी नेपाल सरकार प्रति आभार प्रकट गर्दछौं ।
नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन्। यस्तै, सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
नीति तथा कार्यक्रमको अन्त्यमा नेपालको विकासमा सहयोग पुर्याउने छिमेकी लगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिइएको छ।
यो नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं ।
कुल आचार्य
कार्यकारी अध्यक्ष
रविना थापा
अध्यक्ष
डा. बद्री केसी
अध्यक्ष
मिति २०७९ जेठ ११
|
प्रवासी नेपालीलाई मतदानको अधिकारः छिट्टै कार्यान्वयन हुने एनआरएनएको विश्वास काठमाडौं । सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा. बद्री केसीले स्वागत गरेका हुन्।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने बताएकी थिइन्। राष्ट्रपति भण्डारीले निर्वाचन सम्बन्धी एकीकृत कानूनलाई परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत सहभागी गराउने बताएकी हुन्।
सर्वोच्च अदालतले ७ चैत २०७४ निर्देशात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई भनेको थियो।
नेपाली नागरिकता नत्यागेको र अन्य मुलुकको नागरिकता नलिएका नेपालीलाई मतदानको व्यवस्था गर्न सर्वोच्चले आदेश दिएको थियो। तर, चार वर्ष वितिसक्दा पनि सरकारले यसप्रति चासो नदिदा गत ३० वैशाखको स्थानीय निर्वाचनमा प्रवासी नेपाली मतदानबाट बञ्चित भए।
नीति तथा कार्यक्रमको १४२ नम्बर बुँदामा भनिएको छ ‘नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइनेछ। कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गरिनेछ। विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ । गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गरिने।’
नीति तथा कार्यक्रमको अन्त्यमा भनिएको छ– ‘नेपालको विकासमा सहयोग पुर्याउने छिमेकीलगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु।’
यस्तै सरकारले यही बर्षे अधिवेशनमा नागरिकता सम्बन्धी विधेयक पारित गरेर एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने नीति अख्तियार गरेको छ। नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्याउन पहल गरिनेछ।’
सरकारको यो नीतिलाई स्वागत गर्दै एनआरएनएका अध्यक्ष डा. केसीले प्रवासी नेपालीका तर्फबाट सरकारलाई आभार व्यक्त गरेका छन्। साथै उनले नीति तथा कार्यक्रममा घोषणा भएअनुरूपका कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयनका लागि सरकार तथा राजनीतिक दलहरूलाई पनि आग्रह गरेका छन्।
त्यस्तै उनले प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउनका लागि आवश्यक प्राविधिक क्षेत्रमा एनआरएनएले सक्दो सहयोग गर्ने पनि उल्लेख गरेका छन्।
|
एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा क्रिकेट र फुटबल टिम ल्याउने काठमाडौं । गैरआवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य-सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।
उनले भने, ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरूको विवरण संकलन गरिरहेका छाैं । राखेपले तोकेको मितिसम्म खेलाडीकाे नाम दर्ता गर्छौं ।’ आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा सहभागिता जनाउँन लागेकाे हाे । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।
क्रिकेटको टिम इंग्ल्याण्ड (युके)बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउनेछ । फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताए ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन् ।
विदेशमा बसेका नेपालीलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित भएको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।
खेलकुदका लागि एनआरएनएका तीन युवा उपाध्यक्ष हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रवीन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरूसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य-सचिव गिरीले बताए ।
|
अमेरिकामा पनि फुट्यो एनआरएनए वासिंगटन डिसी । अमेरिकाको गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ। संघको अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट अमेरिकाज क्षेत्रीय संयोजक तथा सहसंयोजकहरुले अप्रिल २४ तारिक सांझ एक विज्ञप्ति जारी गरी बर्तमान अध्यक्ष बुद्धिसागर सुबेदीको कार्यसमिति विघटन गरेर नयां कार्यसमिति गठन गरेको घोषणा गरेको थियो। सो घोषणालाई अस्वीकार गर्दै सुवेदी नेतृत्वको एनआरएनएका तर्फबाट अर्को विज्ञप्ति जारी गर्दै निर्वाचित भएकाले आफू नै आधिकारिक भएको दावी गरिएको छ।
विगत केही समयदेखि गैरआवासीय नेपाली संघभित्र संसारभरि तमासा भइरहेको छ। अन्तर्राष्ट्रिय समितिमा एउटा पक्षले पद बांडफांड गरेर विधान नै परिवर्तन गरी तीनवटा अध्यक्ष र अन्य असिमिति पद सिर्जना गरेर भागवण्डामा नेतृत्व छानेको छ भने अर्को शेष घलेपक्षले छुट्टै एनआरएनए अन्तर्राष्टिय समिति बनाएको छ।
अमेरिकाको अहिलेको फुट भने तीन अध्यक्ष भएको एनआरएनएभित्रको हो । अहिलेको यो फुटलाई भागवण्डामा अन्तर्राष्टिय समितिमा महासचिवको पगरी पाएका गौरीराज जोशी र केशव पौडेल समूहका बीचको फुटका रुपमा हेरिएको छ ।
अमेरिकाका अध्यक्ष सुवेदीको नेतृत्व अस्वीकार गर्दै बनेको अर्को समितिको अध्यक्षमा कृष्ण लामिछाने छन्। सुवेदीलाई महासचिव पौडेलपक्षको समर्थन छ भने लामिछानेलाई महासचिव जोशीपक्षको समर्थन छ । सुवेदी गतवर्ष निर्वाचित अध्यक्ष हुन् भने लामिछाने सोही निर्वाचनमा सुवेदीसंग अध्यक्ष पदमा हारेका व्यक्ति हुन् ।
लामिछानेलाई अध्यक्ष बनाएको घोषणा गर्दैै अन्र्ताष्ट्रिय समितिका तर्फबाट क्षेत्रीय संयोजक प्रकाश सापकोटा, उपसंयोजकहरु अभिमन्यु बस्नेत, पशुपति राज पाण्डे र पुरुषोत्तम बोहराले पूरै कार्य समिति नै अर्को गठन गरेको घोषणा गरेका छन् ।
उनीहरुले सुवेदी नेतृत्वको निर्वाचित कार्य समितिले अन्तर्राष्ट्रिय समन्वय समितिको निर्देशन अवज्ञा गर्दै सदस्यहरुबाट उठाएको रकम पटक पटक तागेता गर्दा पनि केन्द्रमा नबुझाएकोले बैधानिकता नै समाप्त भएको दावी गरेका छन् । केन्द्रलाई बुझाउनु पर्ने रकम नबुझाएकोले सुवेदी नेतृत्वको समितिको बैधानिकता समाप्त भएको भन्दै अर्को कार्यसमिति गठन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । नयां बनेको लामिछाने नेतृत्वको समितिमा गत निर्वाचनमा सुबेदी समूहसंग पराजित भएका अनुहारहरु पनि सामेल छन् ।
सुवेदी नेतृत्वको समितिभित्र पनि चर्को असन्तुष्टि सार्वजानिक हुँदै आएको छ । बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित कार्यसमितिका ९ जना पदाधिकारी तथा सदस्यहरुलाई कार्य समितिको बैठकमा बोल्न पनि नदिने, एकपक्षीय निर्णय गर्ने गरेको आरोप सुवेदीमाथि लाग्दै आएको छ । त्यसैले लामिछाने नेतृत्वको विभाजित समूहलाई सुवेदीको कार्यसमितिका असन्तुष्ट पदाधिकारी तथा सदस्यहरुको समेत समर्थन रहेको बताइएको छ ।
सुवेदीसमूहका तर्फबाट गैर आवासीय नेपाली संघ अमेरिकाका प्रबक्ता तोया दाहालले एक विज्ञप्ति जारी गर्दै केन्द्रलाई बुझाउनु पर्ने रकम हाल छुट्टै राखी त्यसबारे केन्द्रलाई पत्राचार गरिसकिएको र एनआरएनए एनसीसी अमेरिकाको विधानमा भएअनुसारका डकुमेण्ट केन्द्रबाट प्राप्त हुनासाथ सो रकम केन्द्रमा पठाउन कुनै अपत्ति नभएको उल्लेख गरेका छन् । र, उनले विभाजनलाई संस्था विरोधी हर्कत भन्दै त्यस्तो हर्कत नगर्न सचेत समेत गराएका छन् ।
हेर्नुहोस् दुबै पक्षको विज्ञप्तिः
|
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्टीकरण माग गरेका छन् ।
राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले कार्यसमितिको म्याण्डेटविपरीत काम गरेको भन्दै उपाध्यक्ष गोपेन्द्र भट्टराई र कोषाध्यक्ष राजीव श्रेष्ठले लिखितरुपमै प्रष्टिकरण माग गरेका हुन् ।
डिसी नेपाललाई प्राप्त उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले पठाएको पत्रमा प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको दशौं ग्लोबल सम्मेलनमा शुरुमा सहभागी भएर फेरि त्यहाँबाट वेपत्ता भई अर्को समूहको सम्मेलनमा भाग लिन पुगेको र भागवण्डाको नेतृत्व चयमा भाग लिएर विगतका अडानविपरीत काम गरेकोमा स्पष्टिकरण माग गरिएको छ ।
अध्यक्ष सुवेदीले प्रमुख संरक्षक घलेले नेतृत्व गरेको समूह र सो समूहले उठाएका विषयहरुमा सहमती जनाउँदै ती विषयहरु अघि बढाउन नेतृत्वसमेत गरेर नेपाल गएको तर नेपाल पुगेपछि अचानक ती मुद्धाहरु छाडेर कुमार पन्तले आयोजना गरेको सम्मेलनमा भाग लिन पुगेकोमा उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले आश्चर्य प्रकट पनि गरेका छन् ।
संसारभरका ५० वटा बढी देशका एनआरएन एनसीसीहरुको नेतृत्व गर्दै डेलिगेट चयन लगायतका मुद्धाहरुमा अडान राखेकै अवस्थामा सुवेदीले ती सबै मुद्धाहरु विचल्ली बनाएर पदीय बांडफांडमा अर्को समूहमा लागेको विषयलाई दुबै नेताहरुले नैतिक प्रश्न पनि उठाएका छन् ।
हेर्नुहोस् दुबैले लेखेको पत्र
उनीहरुले अध्यक्ष सुबेदीले अमेरिकाको बोर्डलाई एउटा कुरा भनेर नेपाल गई अर्कै काम गरेकोबारे बोर्डलाई स्पष्ट पार्नुपर्ने कुरा पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष सुवेदीमाथि अस्वाभाविक व्यवहार देखाएको आरोप पनि लगाइएको छ ।
दुवै नेताले पठाएको स्पष्टीकरण पत्रबारे कार्यसमितिको बैठकमा छलफल हुनुपर्ने माग गरिएको थियो । दुवै नेताले अध्यक्ष सुवेदीसंग माग गरेको स्पष्टीकरण पत्र कार्यसमितिका सबै सदस्यहरुलाई छलफलका लागि पठाएका छन् । कोषाध्यक्ष श्रेष्ठले लेखेको पत्र भने उपाध्यक्ष भट्टराईले लेखेको प्रतिक्रियास्वरुप लेखिएको पाइएको छ ।
उनीहरु मागवामोजिम गत आइतवार कार्यसमितिको बैठकमा यो विषयमा छलफलसमेत भएको थियो । छलफलका क्रममा अधिकांश सदस्यहरुले उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले उठाएका विषयमा सहमती जनाएका थिए ।
तीनजनावाहेक अरुले आफ्नो विरोध गरेपछि अध्यक्ष सुवेदीले एनआरएनएलाई फुटबाट जोगाउन संस्थाको हितका लागि आफूले त्यस्तो काम गरेको प्रतिक्रिया दिएर बैठकको समापन गरेका थिए ।
|
एनआरएनए निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरको आपत्ति अमेरिका। गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरहरुले आपत्ति जनाएका छन्। एनआरएनए अमेरिका च्याप्टरहरुले विज्ञप्ति जारी गर्दै एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचनका विषयमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन्।
उनीहरुले एनआरएनएको निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरुप्रति आपत्ति जनाएका हुन्।
‘ विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दुःख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्छन,’ विज्ञप्तिमा भनिएको छ, ‘नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्दछौं। आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।’
प्रेस विज्ञप्ति
विषय: गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा च्याप्टरहरूको ध्यानाकर्षण|
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति एनआरएनए अमेरिकाका च्या्टरहरुको ध्यानाकर्षण भएको छ । विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दु:ख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं।
नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं। आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।
संस्थामा सिमीत व्यक्तिहरूबाट हुने यस्ता अलोकतान्त्रिक, अदूरदर्शी र हेपाहा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौँ। मिल्ने र मिलाउने नाममा संस्थाले थेग्नै नसक्ने गरी पद बाडफाड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर बनाएको छ । आइसीसी डेलिगेटसको समस्या देखि थुप्रै गंभिर विषयलाई जस्ताको तस्तै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने सङ्केत देखिँदैन। मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले नियालिरहनु भएको छ। ३००० भन्दा बडी डेलिगेट मध्ये केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिबेसन प्रती हाम्रो आपत्ती छ साथै यस् अधिबेसनमा एनसीसी हरुको कमजोर भूमिका र सहकार्यले हामी च्याप्टरहरु लज्जित् भएका छौ र भबिस्यमा यस्तो नहोस भन्ने अपेक्षा छ।
धन्यबाद !
च्याप्टर अध्यक्षहरू:
Ang Tshiring Sherpa – NY
Bal Rai – NV
Basudev Bhatt – NC
Bikash Devkota – FL
Bimal Adhikari – NE
Bivek Jha – MN
Dilip Kumar Baniya – GA
Dipak Thapa – WI
Eka Dev Sharma – CA
Ganga Acharya – NM
Indara K Chaudhary – IL
Jyoti Baral – IA
Santosh Kaji Thapa – TN
Kamal Dhungana – NH
Keshav Lohani – KY
Khem Raj Khatiwada – IN
Laxman Darlamee – OR
Mohan Neupane. – OH
Muna Tiwari – CT
Philip KC – KS
Prem Tamang – MA
Raju Parajuli – MD
RC Panta – CO
Subhash K Baitha – PA
Subodh Regmi – VA
Surya Tiwari – NJ
Tanka Dahal – WA
Tulshi Shiwakotee – MI
Sophin Thapa – TX
|
एनआरएनएका तीन अध्यक्ष आचार्य, केसी र थापाले गरे पदबहाली काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।
निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।
उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए ।
आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।
नवनिर्वाचित तीनै जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राती पद तथा गोपनियताको शपथ दिलाएका थिए । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए ।
गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो। तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।
कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरी राज जोशीले गरेका थिए ।
पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने
नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए ।
उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ । आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड प्रदान गर्ने घोषणा पनि गरे ।
उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए। त्यस्तै अर्का महासचिव डा. केशव पौडेलले रु १० लाख प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।
अर्का नवनिर्वाचित बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिंग’ गर्ने जनाए । उनले कूल परियोजना लागतको ३३ \ ३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताए। उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाए पछि रकम उठाउन शुरु गर्ने बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ ।
|
ललितपुर घोषणापत्र जारी गर्दै सकियाे एनआरएनए सम्मेलन (पूर्णपाठ) ललितपुर। गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ।
१० औं विश्व सम्मेलनले तीन अध्यक्षसहितको नेतृत्व घोषणा गरेको छ। लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो।
आइतबार सम्पन्न सम्मेलनबाट डा. बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा चुनिएका छन्। तीनै जना अध्यक्ष तीनै जना अध्यक्ष कार्यकारी हुनेछन् उनीहरुले ६\६ महिना कार्यकारी अधिकार प्रयोग गर्ने सहमति भएको छ। पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन्। त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन्।
यस्तै ११ जना उपाध्यक्ष, २ जना महिला उपाध्यक्ष, ३ जना युवा उपाध्यक्ष, २ जना महासचिव, ६जना उपमहासचिव र १०जना सचिव सहितको जम्बो पदाधिकारीको घोषणा भएको छ।
उपाध्यक्षमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन्।
यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् भने युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन्। यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।
उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। सचिवमा १० जना निर्वाचित भएका छन्। चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चुनिएका छन्।
त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित भएका छन्। प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन्। सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी, दीपक शर्मा, लाल केसी र मिलन छन्त्याल चुनिएका छन्।
महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन्। यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन्।
अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित जम्बो पदाधिकारीको घोषणा गरेको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ।
दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणा पत्र–२०२२
“गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघसंस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं संसार भरिका गैर नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित ललितपुर घोषणापत्र जारी गर्दछ ।
१. यो सम्मेलन अन्तर्राष्ट्रिय समुदायको सहयोगमा कोभिड १९ को महामारीसँग जुध्न नेपाल सरकारले चालिरहेका कदमहरुको स्वागत गर्दछ। कोभिड १९ को विश्वव्यापी प्रकोप शुरु हुनासाथ संसारभरिबाट गैरआवासीय नेपालीहरुले अक्सिजन कन्सनट्रेटरहरु लगायत अन्य स्वास्थ्य सामग्रीहरु नेपाल पठाएको र संघकै पहलमा विभिन्न प्रदेशहरुमा ४ वटा स्थायी अक्सिजन प्लान्टहरु निर्माण भै सकेको स्मरण गर्दछ । आगामी दिनमा पनि नेपाल र नेपालीलाई कुनै पनि विपद् पर्दा संसारभरिका नेपालीहरुले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
२. नेपालको संविधान २०१५ मा गैर आवासीय नेपाली नागरिकताको प्रवन्ध गरिएता पनि हालसम्म पनि उपयुक्त कानून नबन्दा त्यो कार्यान्वयनमा आउन सकेको छैन । उक्त कानून कार्यान्वयन नहुँदा संसारभरिका नेपालीहरुले नेपालमा आफ्नो सम्पत्ति सुरक्षित भएको महसुस गर्न सकेका छैनन् । तसर्थ छुट्टै ऐनको व्यवस्था गरेर भए पनि संसदको आगामी अधिवेशनबाट उक्त कानून कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकार लगायत सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं ।
३. “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक गर्न आफूसँग रहेको सीप, पूँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसार भरि रहेका गैर आवासीय नेपालीहरु प्रतिबद्ध छन् । त्यसका लागि आवश्यक कानूनी सुधार एवं उपयुक्त संरचनाको विकासका लागि हामी नेपाल सरकारका सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौं । साथै संघले गत वर्ष आयोजना गरेको दोश्रो विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई आग्रह गर्दछौं ।
४. मुलुक आगामी एक वर्ष भित्रै तीनै तह (संघीय, प्रादेशिक र स्थानीय) को निर्वाचनको संघारमा रहेको छ । स्वतन्त्र र निस्पक्ष तवरले उक्त निर्वाचनहरू गराउँदा संविधान कार्यान्वयन भई मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख हुने हाम्रो विश्वास छ ।
५. गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि प्रतिवद्धता जाहेर गरे अनुरुप कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशिला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न एनआरएन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरिएको छ । साथै गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नको लागि कानुनी संरचना सुधारको कदम चाल्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ ।
६. सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धा्रित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीन वटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पुरा गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।
७. नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहँदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्या्दित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्धार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघ नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्द छ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्ने छ ।
८. कोभिड १९ का कारण थला परेको नेपाली पर्यटन क्षेत्रलाई फेरी क्रियाशील तुल्याउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत संसार भरि रहेका नेपाली कूटनीतिक नियोगहरुसँग सहकार्य गर्न संघ सम्पूर्ण एनसीसीहरु लाई आग्रह गर्दछ । यसका लागि आगामी २ महिना भित्र एउटा कार्ययोजना बनाइ सार्वजनिक गरिने छ ।
९. विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तीनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।
१०. नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघका एनसीसीहरुले नेपालीहरूलाई पुर्याईआएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।
११. वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसँग अभिलम्व दोहोरो कर उन्मुक्तिको संझौता डोउब्ले टक्सतिओन् अवोइदन्के अग्रीमेन्त्-ड्ट),लगानी प्रवर्धधन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अभिलम्व गर्न नेपाल सरकारसँग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।
१२. गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले झन्डै दुइ दशक पार गर्न लागेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गत केहि समय यता संघ भित्र उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै संघभित्र बृहत एकता र समझदारी कायम गर्न पहल गर्नु हुने सबै अग्रज तथा अभियन्ता एवं शुभचिन्तकहरु प्रति संघ हार्दिक आभार व्यक्त गर्दछ । संसारभरि रहेका लाखौं प्रवासी नेपालीहरुको भावना अनुरुप संघलाई अरु बढी एकताद्ध बनाउन सानातिना मतमतान्तर त्यागी मूल प्रवाहमा समावेश हुन सबै साथीहरुलाई यो सम्मेलन हार्दिक आह्वान गर्दछ । आगामी दिनमा संघको एकता, मर्यादा र गौरवशाली इतिहासमा ठेस पुग्ने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई यो सम्मेलन अपिल गर्दछ।
१३. गैरआवासीय नेपालीहरुबिच भाईचाराको एकतालाई कायम राख्न झण्डै २ दशक पार गरिसकेको अवस्थामा संघको संस्थागत संरचना सुधार महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन हार्दिक अनुरोध गर्दछ ।
१४. नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
२७ मार्च २०२२
ललितपुर
|
डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित ललितपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन्।
यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो।
डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए। उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।
|
एनआरएनएमा तीन अध्यक्षसहितको नयाँ नेतृत्व काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलनले तीन अध्यक्षसहितको नेतृत्व घोषणा गरेको छ । लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो ।
आइतबार सम्पन्न सम्मेलनबाट डा. बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा चुनिएका छन् । तीनै जना अध्यक्ष तीनै जना अध्यक्ष कार्यकारी हुनेछन् । उनीहरुले ६\६ महिना कार्यकारी अधिकार प्रयोग गर्ने सहमती भएको छ । पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।
यस्तै ११ जना उपाध्यक्ष, २ जना महिला उपाध्यक्ष, ३ जना युवा उपाध्यक्ष, २ जना महासचिव, ६जना उपमहासचिव र १०जना सचिव सहितको जम्बो पदाधिकारीको घोषणा भएको छ ।
उपाध्यक्षमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् भने युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।
उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा १० जना निर्वाचित भएका छन् । चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चुनिएका छन् ।
त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित भएका छन् । प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् । सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी, दीपक शर्मा, लाल केसी र मिलन छन्त्याल चुनिएका छन् ।
महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन् । यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् ।
अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित जम्बो पदाधिकारीको घोषणा गरेको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ ।
|
गैरआवसीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गरौं : राष्ट्रपति भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।
गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा पनि गरिन् ।
‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भनिन, ‘नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय छ ।’
कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोडसमेत गरेकी छन् ।
|
एनआरएनएको आन्तरिक विवादबारे के भन्छन् पूर्व अध्यक्षहरू ? काठमाडौं । एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुँरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नाआउने बताए ।
नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो । ‘पाप नबोकाइ दिनुहोस् । संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन । फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।
गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको उनको भनाइ छ । उनले इगो राखेर संस्था टिक्न नस्क्ने पनि बताए । मन नपर्ने बिषय रहे पनि सहेर बसेको उनको भनाइ छ ।
निर्वाचन ‘फेस टु फेस होस’ भन्ने चाहेको उनले बताए । प्रतिनिधि छनोटको व्यवस्था व्यवहारिक नभएको उनले बताए । संस्था बिगारेको पुरानाले हो ? उनीहरूलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने ?’ उनले प्रश्न गरे ।
एनआरएनएमा कोहि प्रतिपक्ष नहुने उनले बताए । विधान संसोधन गर्दा धेरै कुरा चित्त नबुज्दा पनि चुप लागेको उनको भनाइ छ । ‘कुलले मान्नु भयो । सुन्दा राम्रो लाग्यो भन्नु भयो तर पछि विरोध गर्नु भयो ।’ उनले भने । सुन्दा भन्दा पनि गर्दा राम्रो हुनुपर्ने बताए ।
विवादले छबी बिगार्न केही समय नलागेको बताए । पदमा जो आए पनि नआए पनि केही फरक पर्दैन । तर, संस्था बच्नु पर्छ । संस्था जीवित राख्नुपर्ने उनले बताए । नेपालीको समृद्धिका लागि एनआरएनएको भूमिका हुनुपर्ने उनले बताए ।
एनआरएनएलाई जसले पनि आफ्नो बनाउन खोज्छः भट्ट
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताए । संघ ठूलो डायस्पोरा रहेको उनले बताए ।
एनआरएनए उपेन्द्रजीले सुरु सत्ययुग हुँदै अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको बताए । कुण्ठा पालेर बस्न कसैलाई जरुरी नभएको उनले बताए । कुण्ठाकै कारण एनआरएनमा विवाद आएको उनले बताए ।
अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको उनको भनाइ छ ।
एनआरएनएमा एकताको हार्मोनी हरायोः लमिछाने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताए ।
एनआरएनएको दशौंँ महाधिवेशन उद्घाटनका क्रममा उनले एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको बताए । गैरआवासीयहरूले नेपालको सम्मृद्धिको लागि हातेमालो गर्नुपर्ने बताए । विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको बताए ।
समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनुपर्छ । विवादकाकारण साख गिरेको भन्दै साख जोगाउन रचनात्मक काम गर्न आवस्यक भएको उनको भनाइ छ ।
सहकार्य गरेर अघि बढ्नुपर्छः थापा
संघका पूर्व अध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताए । सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । एनआरएनएमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्छ । एनआरएनएमा सुरुमा सहभागिता गराउनै हम्मे परिरहेको बेला अहिले वृहत भएको उनको भनाइ छ ।
सबैले गल्ती आत्मसात गरेर जानुपर्छः संस्थापक सचिव ढकाल
संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेताहरूमा टसल बढेकाले विवाद आएको बताए । गल्ती आत्मसात गरेर जानुपर्ने उनले सुझाए ।
दुई बर्षमा नेपाल आउने वातावरण बनाउन भौतिक रुपमै चुनाव गर्ने वातावरण बनाउन उनले जोड दिए ।
नयाँ उर्जा दिने शक्ति एनआरएनएमा आउन सक्नुपर्ने उनले जोड दिए । ‘६ महिनामा तिता कुरा भए । अब स्वच्छ मन लिएर जानुपर्छ ।’ उनले भने ।
एकताले दुर्घटनाबाट जोगायोः अध्यक्ष पन्त
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्कयताअनुसार विधान संशोधन हुने बताए । १० औँ महाधिवेशनका अवसरमा अध्यक्ष पन्तले एकता भएकाले दुर्घटनाबाट बचेको बताए । सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको उनले बताए । ‘अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको छ’ उनले भने ।
अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको बताए । फोर्सफुल्ली चुनाव नगर्न सुझाव पायौं । साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको उनको भनाइ छ ।
अब गाली सामन्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउन नहुने उनमने छ । शेष घले पनि मूलधारमै आउने उनले बताए । ‘अब एनआरएनए कसैले बिग्रान सक्दैन,’ उनले भने । राज्यको सहयोग बिना काम गर्न नसकिने भएकाले सहकार्य खोजेको उनले बताए ।
उनले पूर्व अध्यक्षहरूको सात जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने बताए । उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने बताए ।
गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए ।
|
एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा। उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा। हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।
संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
|
एनआरएनए निर्वाचन रोक्न माग गरिएको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेशकुमार पुडासैनीले यही २४ र २५ मार्चको निर्वाचन रोक्न माग गर्दै दि एको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीशद्वय सुवास पौडेल र निलम पौडेलको संयुक्त इजलासले शुक्रबार निर्वाचन सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालत पाटनकी रजिस्ट्रार तथा प्रवक्ता अमृता शर्माले रिट दायर गरेकामध्ये सापकोटाले आपसी सहमतिको आधारमा विवाद मिलिसकेकाले अन्तरिम आदेश दिइरहनु नपर्ने भन्दै निवेदन दिएपछि अदालतले यसअघि दिएको निर्वाचन सम्बन्धी आदेश खारेज गरेको जानकारी दिइन् ।
यसअघि ७ चैत्रमा न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले चैत्र ९ गतेसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएकोमा आदेशलाई शुक्रबारसम्म निरन्तरता दिइएको थियो ।
अधिवक्ता नारायण कँडेलले रिटमा उठाइएका विषयलाई यथावत् राखी निर्वाचन सम्बन्धी आदेशलाई निरन्तरता नदिने निर्णय भएको बताए । तत्काललाई निर्वाचन कार्यक्रम अगाडि बढाउन कुनै रोकावट नभए पनि एनआरएनए महाधिवेशन प्रतिनिधि सम्बन्धी रिटलाई भने थप बलियो बनाएको कँडेलको भनाई छ ।
आदेशअनुसार अब सहमतिको आधारमा एनआरएनएको निर्वाचन गर्न पाइने उनले बताए ।
आदेशसँगै एनआरएनएले यही मार्च २६ र २७ मा सहमतिको महाधिवेशन गर्ने निर्णय गरेको छ । एनआरएनएको महाधिवेशन शनिबार र आइतबार होटेल हिमालयमा हुँदैछ । राष्ट्रपति विद्या देवी भण्डारीले महाधिवेशनको उद्घाटन गर्नेछिन् भने प्रधानमन्त्री शेर बहादुर देउवा समापन समारोहको प्रमुख अतिथि हुने छन्।
|
एनआरएनएकाे महाधिवशेनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्।
शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन्।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन्। कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन। घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ।
दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशाेधन गर्ने तयारी गरिएको छ।
|
एनआरएनएले बोलायो आकस्मिक बैठक काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ। गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय राति ९ बजे बस्न लागेको हो।
शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिवार देखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ।
बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ। अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेण्डा प्रस्तुत हुनेछ।
|
एनआरएनएको विवाद समाधानतर्फः चैत १० र ११ मा विश्व सम्मेलन काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ ।
अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।
तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो ।
सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताए । उनले संस्थालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प गर्न आवश्यक भएको उल्लेख गर्दै यो सहमति त्यही भावनाअनुरुप संस्था बचाउने उद्देश्यले भएकाले यसअघिका सबै समानान्तर कार्यलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए ।
अध्यक्षका प्रत्यासी बद्री केसीले सङ्घको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट सङ्घको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर सङ्घको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौँ महाधिवेशन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।
यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताइन्। एनआरएनएमा आगामी अधिवेसनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो ।
|
एनआरएनए निर्वाचन रोकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश लन्डन । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।
अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (९ चैत) मा बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो।
दुवै पक्षलाई आ-आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्को पक्षको तयारी छ । अदालतको फैसलापछि सहमतिका लागि नेतृत्वलाई दबाब बढेको छ ।
|
एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए।
महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले बताए । ‘संस्था भयो भने हामी सबै हुने हो। हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं,’ उनले भने
गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक-पटक सरेको थियो ।
|
एनआरएनए विभाजनको संघारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा काठमाडौं । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको थियो ।
एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको छ । एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ । यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहनुभएको पनि बुझिएको छ ।
सङ्घको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि सङ्घका अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ । सो समूहले यही चैत १० र ११ गते मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा सङ्घका उपाध्यक्ष लामा समूहले यही चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ । महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए । उनका अनुसार महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी रहेको छ ।
सङ्घको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो । त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो । सङ्घको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।
|
एनआरएनए चुनावः १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन् ।
हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेद्वारी परेको छ । खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान)ले उम्मेद्वारी दिएका छन् । यीमध्येबाट अत्याधिक मत ल्याउने चारजना मात्र निर्वाचित हुनेछन् ।
यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेद्वारी परेको थियो । दोहोरो उम्मेद्वारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।
महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरन्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । यीमध्येबाट तीन जना निर्वाचित भएर आउनेछन् ।
महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ ९टीका०को एकल उम्मेद्वारी परेकोले निर्विरोध चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।
त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन् । त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यता ५ क्षेत्रीय संयोजक पनि निर्विरोध चयन भएका छन् । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासिफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोष कुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन् ।
ओसेनिया क्षेत्रीय संयोजकका लागि भने तीनजनाले उम्मेद्वारी दिएका छन् । न्युजिल्याण्डका लालबहादुर केसी तथा अष्टे«लियका दिपक शर्मा र दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो ।
युरोप उपसंयोजक तीन पदको लागि चारजनाको उम्मेद्वारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा। नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान), नविन विक (चीन) र हरिप्रसाद भट्टराई (मलेसिया)बीच प्रतिस्पर्धा हुने भएको हो ।
त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । लालप्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्णबहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो ।
यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन् । जसमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक, उषा किरण बरिया ओसेनिया रहेका छन्।
यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा. इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ युरोप, स्वराज खाती क्षेत्रीय युवा संयोजक, दिपक प्रसाद कंडेल एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।
संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदै छ ।
|
पूर्वअध्यक्ष घले संस्था विभाजन उन्मुख हुनु खेदजनक : एनआरएनए काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ।
संघले विज्ञप्ति मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ। बिज्ञप्तिमा शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ।
संघले भनेको छ ‘शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्ध दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ’।
बिज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्नरगराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक उल्लेख छ। यस्तै संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्वन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरितका गतिविधिहरुमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई संघले सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
|
एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन काठमाडौं । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनमा कोरोना महामारीका बिरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाइएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा। बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्यीय गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय तर्दथ समिति गठन सर्वसम्मतिबाट गरिएको छ ।
समितिमा उपाध्यक्षहरु डा। रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा। पर्वतराज रेग्मी, सचिव डा। बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा। एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहेका छन् ।
कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु दिनेशकुमार घिमिरे (छन्तु), हरिशरण पुडासैनी ९क्वान्चौ० तथा नेपाली राजदूतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नयाँ क्षेत्रीय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफूहरुको तर्फबाट सहयोग रहने बचनवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा एनआरएनए चीनका आईसीसी सदस्य नबिन विक एनआरएनए चीनका पूर्व अध्यक्ष सुदेश कुमार झा निवर्तमान अध्यक्ष प्रदिप न्यौपानेले नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफूहरुको सपना पूरा भएको बताए ।
कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नया क्षेत्रीय समिति गठनसगैं थप नयाँ उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनको लागि ऐतिहासिक क्षण रहेको भन्दै अब नयाँ ढगंबाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राखे ।
यस्तैगरि नवगठित समितिकातर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नयाँ समितिको गठन अत्यन्त महत्वपूर्ण रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
|
एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ।
अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।
संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।
अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।
थापा जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन।
नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् । एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन।
थापाको कार्यकालमा एनआरएनएमा महिला सहभागिता समेत बढेको थियो। उनको एक मात्र उद्देश्य छ–एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको छ। उनी यसका लागि आफू योग्य उम्मेदवार भएको दावी पनि गर्छिन। थापालाई ‘डेमोक्रयाट’ खेमाको समर्थन छ।
अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए।
डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पुर्याउने दावी गरे। आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दावी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।
यता अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै आचार्यसहित निकटका केही उम्मेदवारले मनोनय नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाह राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् ।
|
एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् ।
गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।
निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।
प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् ।
दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ ।
गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।
उच्चस्तरीय समितिले झन्डै २ हजार ६०० मतदाताहरु रहेको सूची तयार गरेको छ । सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ ।
प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन् । उनले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताए । उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् ।
|
शेष घलेले फुटाए एनआरएनए, बेग्लै महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पनि अर्कै काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन भन्दै निर्वाचन समिति गठन गरेका छन्।
संघको संस्थापन पक्षको आधिकारिक प्रक्रियालाई लत्याउदै नेपाली कांग्रेसको एउटापक्षको जोडबलमा संघ बिभाजनको धोषणा घलेले यही कदमले गरेको छ।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार भन्दै उनले निर्वाचन समिति पुनर्गठन गरेको र अर्कै महाधिवेशन आयोजक समिति पनि गठन भएको घोषणा गरेका छन्।
गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएको घले पक्षको दाबी छ।
घलेपक्षको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्।
घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन्।
आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।
घलेपक्षले दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौँमा आयोजना गर्ने बताइएको छ। संस्था फुटाएका घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन्।
उनले विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताए। उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन्।
|
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ? लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन्।
निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन्।
बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन्। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्।
महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्। महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।
युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्। मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्।
युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ।
|
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन्।
यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एकक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्। ।
विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उनले सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।
यसैबीच संघको निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि साेमबारदेखि सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आजसम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।
|
एनआरएनएमा मनोनयनको म्याद थप, चुनाव पर सर्यो काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकनको समय तीन दिन थप गरिएको छ।
निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार (११ मार्च) अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ।
त्यस्तै अनलाइन मतदानका लागि २१ र २२ मार्च तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।
गैरआवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ती एकपक्षीय निर्वाचन कार्यक्रम अगाडि बढ़ाइएपछि त्यसको संसारभरि कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।
गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग भएको दावी गरेका थिए। तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुको बैठकले विधानविपरीत बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।
प्रतिनिधिसम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।
|
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ। संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ। उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ।
संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ। गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ ताेकिएकाे छ।
सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ।
|
एनआरएनएको भेलाद्वारा ४ बुँदे प्रस्ताव पारित काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) को अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बसेको छ। संघमा अहिले देखिएको गम्भीर संकटबारे परामर्श गरी आगामी कार्यदिशाबारे छलफल गर्न संघका पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचनले उक्त बैठक बोलाएका थिए।
आइतबार बसेको बैठकमा ४५ भन्दा बढी मुलुकका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो। एनसीसी अध्यक्षहरुलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष डा. शेष घलेले एनसीसीहरु लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडी बढ्न आग्रह गरेका थिए।
उनले एनसीसीहरुलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरेका थिए। ‘यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरुको हितको लागि बनाएको संस्था हो । हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ । यो जग तपाईंहरुले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,’ पूर्व अध्यक्ष देवमान हिराचनले भने।
बैठकलाई आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, त्रिलोक गुरुग केन्द्रीय उपाध्यक्षहरु सोनाम लामा, मन केसी, सचिव आरके शर्मा, महिला संयोजक भोमा लिम्बु, अन्य पदाधिकारीहरु, युरोप संयोजक नारायण आचार्य, मध्यपुर्ब संयोजक प्रबिन गुरुग, सहसंयोजक मनोज गोर्खाली, एशिया प्याशिफिक संयोजक रोविन्द प्रसाद श्रेस्ठ लगायत ४५ देशका अध्यक्ष र पदाधिकारीले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सहभागी एनसीसी अध्यक्षहरुले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का पछिल्ला निर्णयहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विधान विपरितका निर्णयहरु गर्ने, एकपक्षीय निर्वाचन कार्यक्रम अगाडी बढाउने, एनसीसीहरुलाई दबाब दिने जस्ता कामको कडा विरोध गरेका थिए ।
बैठकपछि अध्यक्षहरुले चार बुँदे विज्ञप्ति जारी गरेका थिए । पहिलो बुँदमा संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आव्हान गरिएको छ ।
दोस्रो बुँदामा संघका सदस्यहरुलाई विभिन्न प्रकारका दबाब र धम्की दिने कामहरु तत्काल बन्द गर्न आग्रह गरिएको छ । तेस्रो बँुदामा प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन आह्वान गरिएको छ । चौंथो बुँदामा स्वतन्त्र, निस्पक्ष र धांधलीरहित संघको निर्वाचन सुनिस्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ ।
|
सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन एनआरएनए अमेरिकाका पदाधिकारीको आग्रह काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका आठ पदाधिकारीले सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन आग्रह गरेका छन् ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, उपाध्यक्ष बिकास उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचीव सुनिता सापकोटा, बोर्ड अफ डायरेक्टर आशीष सड्गरौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुड्ग र आरसिसि मिडवेस्ट किरण बस्नेतले संयुक्त विज्ञप्ती जारी गरी सदस्यता शुल्क तुरुन्त केन्द्रमा पठाउन आग्रह गरेका हुन् ।
एनसीसी अमेरिकाले सदस्यको शुल्क वापात पठाउनु पर्ने रकम केन्द्रमा पठाएको छैन। सदस्यबाट पैसा उठाएर केन्द्रमा भुक्तानी नगरेपछि उनीहरुले विरोध जनाएका हुन्।
यता एनआरएनए आइसीसीले सदस्यता शुल्क नबुझाएमा खारेज गरिदिने चेतावनी दिएको छ। बुधबार बसेको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने अमेरिकासहित बेलायत, अष्ट्रेलिया, जापान र क्यानाडालाई ६ मार्चसम्म अन्तिम अवसर दिएको छ।
यो अवधिमा शुल्क भुक्तानी नगरेमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने र नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गर्ने आइसीसीको तयारी छ।
अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने स्पष्ट विचार राखेको बताउँदै यसलाई तोडमोड गरेर आइसीसीलाई बुझाउने रकम निकासा नगरिएमा आफूहरुको असहमती रहने उनीहरुको भनाइ छ।
आठ जनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज विभाजनसम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘आइसीले एनआरएनए अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्नेसम्मको पत्र काटी सकेको अवस्थामा एनआरएनए अमेरिकाको आफ्नै विधानको धारा १८, उपधारा ग (१)मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको ५ डलर आइसीसीलाई बुझाउन पर्ने स्पष्ट किटान गरिएको छ।’
यस्तो छसंयुक्त प्रेस विज्ञप्ती:
मार्च ४, २०२२
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (NCC-USA) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को एक सदस्य राष्ट्र रहेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग आबद्ध रहेको र दोहोरो नागरिकता, नेपालमा लगानी, Knowledge Sharing आदि जस्ता हाम्रो प्रतक्ष्य सरोकारका बिषयहरुमा नेपाल सरकारसँग समन्वय गरि काम गरि रहेको पनि हामी सबैलाई जानकारी भएकै बिषय हो। नेपाल सरकार र यसका आधिकारिक निकायहरुले गैर आवासीय नेपाली संघ अर्थात यसको अन्तर्राष्ट्रिय समन्वय समितिलाई मात्र चिन्दछ, अर्थात संसार भरि रहेका सम्पूर्ण नेपालीका सयौं/हजारौं संस्थाहरुसँग प्रतक्ष्य समन्वय गर्न नसकिने हुनाले एउटा मात्र आधिकारिक संस्थाको रुपमा यो स्थापना भएको हो।
हाल आएर एनआरएनए, अमेरिका र ICC बिच, सदस्यता शुल्क बुझाउने बारेमा समस्या देखिएको यहाँहरुलाई अवगत नै छ। यस्तो भएको खण्डमा, ICC ले एनआरएनए, अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्था छ। एनआरएनए, अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको $५ ICC लाई बुझाउन पर्ने स्पष्ट किटान छ। एनआरएनए , अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको छ।आज भएको गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने हाम्रो बिचार स्पष्ट राखेका छौ । यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा हाम्रो असहमती रहेको जानकारी सम्पूर्ण सम्मानित सदस्य ज्युहरुमा जानकारी गराउन चाहन्छौ ।एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, ICC सँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए , अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए, अमेरिकालाई यस कठीन परिस्थितिबाट जोगाउनको लागी आम साधारण तथा आजीवन सदस्य ज्युहरु, पत्रकार मित्रहरु एबं सम्पूर्ण अमेरिकावासी दाजुभाई दिदिबहिनीहरुलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनु हुन बिनम्र अनुरोध गर्दछौ !
गैरआवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट :
१. कृण्ण जीबी पन्थ – बरिष्ठ उपाध्यक्ष
२. बिकाश उप्रेती – उपाध्यक्ष
३. दिक्षा बस्नेत – महिला उपाध्यक्ष
४. सुनिता सापकोटा – महिला सचीव
५. आशीष सड्गरौला – बोर्ड अफ डायरेक्टर
६. शान्ती वाग्ले- बोर्ड अफ डायरेक्टर
७. ज्ञानेन्द्र गुरुड्ग – बोर्ड अफ डायरेक्टर
८. किरण बस्नेत – आरसिसि मिडवेस्ट
|
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न एनआरएनएको आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ ।
‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् ।
सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन् ।
‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने ।
सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् ।
‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।
|
एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार ९मार्च २ तारिख० भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको छ ।
बैठकमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरु, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस – युक्रेनबीचको युद्ध पिडित नेपालीहरुको उद्धार र संघको १० औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ । गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।
|
एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति (पत्रसहित) काठमाडाैं। गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन्।
संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधानविपरीत चयन भएका १ हजार बढी मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि नबढाउन समितिलाई आग्रह गरेका छन् । घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन् ।
प्रतिनिधि सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो । उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले एक पक्षीय रुपमा विवादित मतदाता सूची निर्वाचन समितिलाई पठाए पछि विवाद चर्किएको दाबी अर्काे पक्षकाे छ ।
उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिब १ हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो ।
|
युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।
‘युक्रेनमा रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश र्फकन आग्रह गरेको छ ।
‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।
|
अब एनआरएनए निर्वाचन नराेकिने लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन्।
गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे।
गैरआवासीय नेपाली संघको गत अक्टोबरका लागि तय भएको १०औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरूले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे।
करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टि व्यक्त गरे।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप लगाए।
उनले उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउनेबाहेक अन्य म्यान्डेट नभएको बताए। उच्चस्तरीय समितिका सदस्यहरू म्यान्डेटभन्दा बाहिर गएर मिलाउनभन्दा समस्या बल्झाउने दिशामा लागेको नियत रहेको बताए।
उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमाइन्ड नगर्न अनुरोध गरे। उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले हदभन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए।
उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिए पछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएको कारणले निर्वाचन गर्न ढिलाइ भएको बताए।
उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोश पोखे। उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर चारवटा देशबाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए। उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए।
उनले मध्यपूर्वलगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिशामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए। उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए।
उच्चस्तरीय समितिका सदस्यहरूले एक गुटको पक्षको पक्षपोषण गरेकोप्रति खेद व्यक्त गरे । गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए। उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरी गतिविधि अघि बढाएको बताए।
यस्तो छ निर्वाचन तालिका
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका गत साता सार्वजनिक भएको थियाे । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको ४ र ५ मार्चबाट सुरु हुने भएको छ ।
कार्यतालिकाअनुसार यही १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।
४ र ५ मार्चमा उम्मेदवारको मनोनयन पत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
११ मार्चमा उम्मेदवारले मनोनय फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्चमा बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।
|
गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिन १० लाख रुपैयाँ दर्ता दस्तुर लाग्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १२ र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनय पत्र दर्ता गर्दा १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने भएको छ।
एनआरएनएले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनेले १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको हो। चैतमा एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष–१, उपाध्यक्ष–४, महिला उपाध्यक्ष–१, युवा उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, महिला सचिव–१, कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–१, महिला सह कोषाध्यक्ष–१, महिला संयोजक–१, युवा संयोजक–१, क्षेत्रीयसंयोजक–६, क्षेत्रीय उपसंयोजक–६ पदको लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिनेले ७ लाख रुपैयाँ, महासचिवमा उम्मेदवारी दिनेले ६ लाख रुपैयाँ, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दिनेले ५/५ लाख रुपैयाँ, सहकोषाध्यक्षमा उम्मेदवारी दिनेले ४ लाख रुपैयाँ, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनेले साढे ३ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ।
यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिन चाहनेले साढे २ लाख रुपैयाँ, क्षेत्रीयमहिला उपसंयोजक र क्षेत्रीययुवा उपसंयोजकमा उम्मेदवारी दिनेले २ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने एनआरएनले जनाएको छ।
निर्वाचन कार्यक्रम अनुसार पेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ र २७ मतदाता नामावली उपर दाबी विरोध गर्ने, मार्च २ मा दाबी विरोध माथि छानबिन गरि निर्णय गर्ने, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने रहेको छ ।
मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, माघ ६ र ७ गते उम्मेदवारको उम्मेदवारी विरुद्ध दाबी विरोध गर्ने, मार्च ८ मा उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरी उपर निर्ण गर्ने, मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रशान गर्ने र मार्च २१ र २२ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।
|
मर्यादाभित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी जर्मनी । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति विघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन गैर आवासीय नेपाली संघले चेतावनी दिएको छ ।
हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलबार एक पत्र देख्दै सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ ।
पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।
पन्तले आइसीसीको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाईसकेको जनाउँदै अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध समेत गरेका छन् ।
हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले समेत रहेका थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई राष्ट्रिय समितिले अस्वीकार गरे पछि घले सो समितिबाट पछि हटेका थिए ।
पत्रको पूर्णपाठ
श्री देवमान हिराचन, संरक्षक, गैरआवासीय नेपाली संघ
बोधार्थः
श्री शिव प्रसाद पौडेल, अध्यक्ष, राष्ट्रिय समन्वय परिषद् जापान
श्री अम्बिका जोशी, कार्यबाहक राजदुत, नेपाली राजदुतावास, टोकियो
बिषयः राष्ट्रिय समन्वय परिषद् जापान भङ्ग गर्ने कथित बक्तव्य बारे ध्यानाकर्षण ।
महोदय,
उपर्युक्त सम्बन्धमा तपाईले मिति २०२२ फेब्रुअरी १५ तारिखमा उच्चस्तरीय समितिको नाममा राष्ट्रिय समन्वय परिषद् ९एनसिसि० जापान भङ्ग गरिएको भनी जारी बक्तव्य प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
एनसिसि जापानका सम्बन्ध उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसिसि० को ८१ आंै बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेबारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनु भएको तपाईलाई जानकारी छ ।
उहाँले यथाशिघ्र समाधान निकाल्नु हुनेमा हामी विस्वस्त छौ । उच्चस्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन ।
बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु ।
आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको छु र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको छ ।
अतः यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध गर्दछु ।
उच्चस्तरीय समितिले आइसिसिलाई सुझाव दिन सक्छ तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न सक्दैन् । राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु ।
संरक्षकको हैसियतले तपाईले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य छ ।
संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न म तपाईलाई सचेत गराउँछु ।
कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ
२०२२ फेब्रुअरी १५
|
विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा लन्डन। कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन्।
नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन्। सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन्।
यसैगरी बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) डा. पदम सिम्खडाले बताए। यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए।
बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए। पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पारेका थिए।
विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए । खोप लगाउँदैमा संक्रमण हुंदैन भन्ने धारणा गलत रहेको र यसबाट बच्न मास्क, सेनिटाइजर तथा साबुनपानीले हात धुने बानी नै उत्तम उपाय रहेको पनि उनले बताए ।
उनले थपे, खोप लगाए पनि नलगाए पनि भाइरसले सबैलाई आक्रमण प्रयास गर्छ । तर, खोप लगाएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसको असर कम हुने गर्दछ । नाक र मुखबाट मात्र भाइरस शरीरमा प्रवेश गर्ने हुँदा यसमा सबैभन्दा सतर्कता अपनाउनुपर्ने उनको धारणा छ ।
भाइरस सुक्ष्म भएकाले शरीरमा प्रवेश गरेपछि मानव सेलमा असर गर्दछ । शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिको आधारमा यसको असर कम वा बढी हुने गर्दछ । भाइरसले बेलाबेलामा स्वरूप परिवर्तन गर्दै नयाँ भेरिएन्टको रुपमा देखा पर्दछ जुन पछिल्लो समयमा ओमोक्रोनको रुपमा देखा परेको छ ।
ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उनको धारणा छ ।
नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ ।
एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ । कोरोना संक्रमणपछि ३, ४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् ।
यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताए ।
यसैगरी खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गरेको बेलायतको तथ्यांक रहेको डा पदम सिम्खडाले बताए । वर्तमान अवस्थामा खोप लगाउनु अत्यन्त जरुरी रहेको बताउंदै उनले खोप लगाएका मानिसबाट उत्पन्न हुने नयाँ भेरिएन्टले कम असर गर्ने धारणा राखे ।
भाइरस संक्रमण बढ्नका लागि खोप नलगाएका र शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको जरुरत हुने भएकाले खोपको प्रभाव बढेसंगै ओमिक्रोनको प्रभाव पनि कम हुँदै गएको र भावी दिनमा आउने नयाँ भेरिएन्ट कमजोर हुनसक्ने उनले बताए । ओमिक्रोनको भर्खर देखिएको नयाँ भेरिएन्ट पनि ओमिक्रोनसंग मिल्दोजुल्दो रहेको र यसको थप अध्ययन भइरहेको उनले बताए ।
कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उनको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उनले बताए । कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनैतिक नेतृत्वको पनि हो भन्ने कोरोना महामारीले सिकाएको महत्वपूर्ण पाठ रहेको सिम्खडाले बताए ।
स्वास्थ्यकर्मी, स्वास्थ्य सुविधा, स्वास्थ्यसम्बन्धि प्रविधि र देशको आर्थिक अवस्था मात्र कोरोना नियन्त्रणमा पर्याप्त नहुने यसपटकको महामारीले पुष्टि गरेको उनले बताए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।
|
एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने अमेरिका। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले लामो समय देखिको मुद्दालाई टेबलबाटै सहमति गरी संस्थालाई आर्थिक भारबाट जोगाएको जनाएको छ।
फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा आयोजित हाइब्रिड बैठकको खुला सत्रमा अध्यक्ष बुद्धि सागर सुवेदीले मुद्दारत पक्ष सूर्य लम्सालसँग टेबलमा बसेर सहमति गरी मुद्दा फिर्ता गराएको उल्लेख गरे।
आफ्नो प्रस्तुतिमा अध्यक्ष सुवेदीले यसै वर्ष भित्र गैर आवासीय नेपाली संघ अमेरिकाको कार्यालय भवन खरिद गर्ने योजना रहेको प्रस्ट पारे। कार्यसमिति बैठकले भवन खरिदका लागि अध्यक्ष सुवेदीकै नेतृत्वमा काम अगाडि बढाउने र खरिदका लागि आर्थिक श्रोत जुटाउन कोषाध्यक्ष राजीव श्रेष्ठको नेतृत्वमा भवन खरिदका लागि आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ।
सन् २०१५ देखि भवन खरिदका लागि समिति गठन गर्ने तर काम अगाडि नबढाउने गरेको स्मरण गर्दै अध्यक्ष बुद्धि सागर सुवेदीले यस पटक विगतको त्रुटि नदोहोरिने उल्लेख गरे।
हाइव्रिड बैठकमा संस्थाले विगतमा गरेका कामहरूको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएकाे थियाे। आफ्नो कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा अध्यक्ष बुद्धि सागर सुबेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरूले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरूका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाका आर्थिक गतिविधिहरूको बारेमा प्रकाश पारे।
बैठकमा बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरू दिक्क्षा बस्नेत, सुमन थापा, विकास उप्रेती, गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक, सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, दक्षिण क्षेत्रीय संयोजक बादल भुजेल, पूर्व क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, मध्य पश्चिम क्षेत्रीय संयोजक किरण बस्नेत, फ्लोरिडा च्याप्टर अध्यक्ष विकास देवकोटा, स्वास्थ्य समिति चेयर डा. प्रकाश श्रेष्ठ, विज्ञान तथा प्रविधि समिति चेयर डा. माधव पाण्डे, हेल्प डेस्क कमिटीका चेयर राज ढुङ्गाना, ब्लड डोनेसन कमिटीका चेयर विश्वराज बास्तोला, युवा कमिटी चेयर संदेश उप्रेती, विद्यार्थी समिति चेयर मिलन जंग कटुवाल र नेपाली सामाग्री प्रबर्धन समिति चेयर दुर्गेश जगं कार्कीले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरूको जानकारी प्रदान गरेका थिए।
|
एनआरएनए निर्वाचनको अनुगमनकाे जिम्मा परराष्ट्रले गठन गरेकाे समितिलाई दिनुपर्ने माग काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का तीन जना अभियन्ताले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् ।
पूर्वकेन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनिकुमार ओली र राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका सल्लाहकार वेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउँदै त्यस्तो माग गरेका हुन् ।
‘एमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देश जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएकाले संघले बनाएको एमआइएस प्रणालीमा हाम्रो विश्वास छैन। त्यसैले परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले निर्वाचनको सम्पूर्ण अनुगमन गर्नु पर्छ र त्यहि अनुगमन समितिमा आईटी विशेषज्ञ सहित सम्पूर्ण अनलाईन भोटिङ्गको निरिक्षण, सुपरिवेक्षण गरिनुपर्छ । प्रतिनिधिलाई पठाइने इमेलको दुरुपयोग नहोस भन्नका लागि अडिटर लगसम्म अनुगमन समितिको पहुंच हुनुपर्छ,’ पत्रमा भनिएको छ।
उनीहरुले निवर्तमान समितिले प्रतिनिधि (डेलिगेट्स) को नामावली पठाउने भन्ने निर्देशन खारेज गरी संघमा गत १८ वर्ष देखि भए गरिएको चलन, स्थापित मान्यता, प्राकृतिक न्यायको सिद्धान्त अनुरुप नवनिर्वाचित कार्यसमितिले नै प्रतिनिधि पठाउने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
|
बाल्टिमोरमा बानाको रक्तदानमा लोगो हटाउन एनआरएनएको दबाब बाल्टिमोर । अमेरिकाको बाल्टिमोरस्थित नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका (बाना) आयोजनामा गैरआवासीय नेपाली संघसमेतको संलग्नतामा आयोजित रक्तदान कार्यक्रम चल्दा चल्दै संघको अमेरिकाका महासचिवले आफ्नो लोगो हटाउन दबाब दिएका छन् ।
बानाले अमेरिकन रेडक्रस र विभिन्न २० वटा संस्थाहरूसंगको सहकार्यमा जनवरी २९ शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा आफ्नो संस्थाको लोगो तुरून्त हटाउन एनआरएनए, अमेरिकाका महासचिव अन्जनकुमार चौलागाईले दबाब दिएपछि रक्तदान नै एकछिनसमेत अन्यौल भएको थियो ।
अमेरिकन रेडक्रसको प्राविधिक सहयोगमा एनआरएन मेरिल्याण्ड शाखा सहित २० वटा संस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रममा लोगो हटाउन बानाका महासचिव किरण ढकाललाई फोन गरी दबाब दिएका थिए । एनआरएनएको सहभागिता हुँदा लोगो किन हटाउनु परेको हो भन्नेबारे भने उनले स्पष्ट कुरा नगरेको वानाका महासचिव ढकालले बताए ।
एनआरएनए मेरिल्याण्ड शाखा अध्यक्षसँग समन्वय गरेर राखिएको हो, कुनै अपराध गरेका होईनौ, भन्नुस के गरौ भनेर प्रश्न गर्दा “मलाई अरू कुरामा जानु छैन, लोगो हटाउदा राम्रो हुन्छ” भन्ने जवाफ दिएको ढकालले बताए ।
कार्यक्रम शुरु भइसकेको अवस्थामा सहआयोजकमध्येको एक संस्थाको लोगो कसरी हटाउने भन्ने समस्या आयोजकहरुलाई परेको थियो । तर, एनआरएनए अमेरिकाका महासचिव चौलागाईंले भने संस्थाको लोगो अनाधिकृतरुपमा प्रयोग हुनु राम्रो नभएकोले आफूले लोगो हटाउन भनेको बताए ।
डिसी नेपालसँग कुरा गर्दै उनले रक्तदान राम्रो कार्यक्रम हो तर संस्थाको लोगो प्रयोग गर्दा जानकारीसमेत नदिनु राम्रो होइन, सोधेर राख्नुपर्छ भनेको हुँ, च्याप्टरसँग कुरा भएको भए च्याप्टरको लोगो राख्नुपर्यो, केन्द्रको होइन ।
एनआरएनए मेरिल्याण्डका अध्यक्ष राजु पराजुलीले आफूले अनुमति दिएको बताए । च्याप्टरको भए पनि एनसीसीको भए पनि एनआरएन हो । हटाउने कुरा हुँदैन नहटाउनु भनेर मैँले भनेको हुँ । सामाजिक काममा सहभागी हुन पाउंदा खुसी लागेको पनि उनले बताए ।
रक्तदान कार्यक्रममा ३८ जना दाताले रक्तदान गरेका थिए । अब हरेक त्रैमासिक रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिए ।
|
साउदीमा बिच्चलीमा परेका ६ युवालाई एनआरएनएले गर्यो उद्धार काठमाडौं । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो।
संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए।
भिसाविहीन भइ अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका यकराज तामाङ, झापाका मदन कुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर बिक,सप्तरीका जितेन कुमार मण्डल र सुनिल कुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए।
भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए। राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए।
‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर,उल्टै दुःख पाइयो,’सप्तरीका जितेन कुमार मण्डलले भने। उनलाई साउदीमै रहेका झापाका दुर्गा नाम गरेका एजेण्टले प्रलोभन देखाएर कम्पनी छोड्न उक्साएका थिए।
‘नेपाली भनेर विश्वास गरिहालियो । तर, उल्टै ठग्यो। तीन महिनासम्मको तलब पनि दिएन,’ मण्डलले सुनाए, ‘आफै अवैध रुपमा बसेकोले तलब पाएन, दुःख दियो भनेर कतै उजुरी गर्ने ठाउँ पनि थिएन। अन्त्यमा एनआरएनएका सरहरुले सहयोग गर्नुभयो।’
ताप्लेजुङका विष्टले भागेर काम गर्दा धेरै कठिनाइ भोग्नु परेको बताए। उनी साउदी पुगेको १६ महिनापछि कम्पनी छोडेर भागेका थिए।
‘भागेर काम त पाइँदो रहेछ । तर, पैसा भने नपाइने। तलब माग्दा उल्टै धम्की दिँदा रहेछन्,’ विदेशमा रहेका अन्य नेपालीलाई कम्पनी नछोड्न सुझाव दिँदै विष्टले भने, ‘कोही पनि भागेर काम नगर्नुहोला।अवैध हुँदा धेरै दुःख पाइने रहेछ।’
संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीहरुलाई स्वागत गर्दै घरसम्म जान यातयात खर्चको व्यवस्था समेत गरेका थिए।
एनआरएनएको यो विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत, व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालसम्म यो कार्यक्रममार्फत विदेशमा समस्यामा परेका २६ हजारभन्दा बढी नेपालीलाई विभिन्न सहयोग पुर्याइएको परियोजना प्रमुख सुजता शर्माले बताइन्।
|
एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण धनगढी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमका बीच सोमबार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्य, लगायत एनआरएन अभियन्ताहरु सहभागि थिए ।
विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ ।
‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र अफ्रिकाबासी आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए ।
आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ ।
एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिका मार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ ।
|
एनआरएनएको चुनाव गराउन शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन नसकेको संघमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न गठन गरिएको समितिमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य रहेका छन् ।
समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
|
एनआरएनए निर्वाचन गर्न सात बुँदे सहमति लन्डन। लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्याएको हो। सहमति पत्रमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा. यादव पण्डितले हस्ताक्षर गरेका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रुपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरू, पूर्वअध्यक्षहरू, आईसीसी सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरूको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १५ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्द गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो।
सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका पाँच सदस्यमध्ये चार जनाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा. यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन् । सहमति अनुरुप संघको निर्वाचन ८ र ९ फेब्रुअरी कार्यतालिका तय भएको छ।
संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको हस्तक्षेप पछि रोकिएको थियो। पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिए पछि संघको निर्वाचन प्रक्रियाअघि बढेको हो।
संघको नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। संघको केन्द्रीय सदस्यहरूको निर्वाचन राष्ट्रिय समितिमार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारीसहित ५१ पदको लागि निर्वाचन हुन बाँकी छ।
|
एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनएं) को ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो।
बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ। संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ।
केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन् । संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।
|
देशमा ८८ प्रतिशत नेपालीले काेभिडविरुद्धकाे खोपको पूर्ण डोज लगाए लण्डन। नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे पूर्ण खोप लगाएका छन्। गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसाेबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन्।
तर भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन् । न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।
स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ ।
कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा सापकोटाले बताए ।
समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ ।
कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम गर्दै आएको छ ।
संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाईरहेका छन् । स्वास्थ्य समितिद्वारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.