content
stringlengths
20
64.1k
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध (मनोद्विपक पदार्थ) मेथ एम्फेटामाईन (ICE) १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षी...
दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर घाइते नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प...
नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : क्यान अध्यक्ष चन्द काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेप...
झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ। लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर ...
नेप्से परिसूचक ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुग्याे काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि ...
मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न चिकित्सक संघको माग काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ। चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भईरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग...
क्रान्तिका नाममा रीतिरिवाज तोड्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन्। विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आज आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरे...
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा भारत प्रस्थान काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अत...
अवैध लागूऔषध सहित ५ जना पक्राउ काठमाडौं । रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। बाफीकोट गाउँपालिका ७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उन...
चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छ : खनाल काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताएका छन्। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधब...
भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन मकवानपुर । प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन गरेकाे हाे। सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना...
बाढी पीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन्। सङ्घीय सरकारका तर्फबाट दुई लाख बाढी पीडितलाई आज प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक वि...
टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य हुने छैनः प्रधानमन्त्री ओली काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्। प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिए। बुधबार काठमाडौंमा आयोजित एक...
नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ विमोचित काठमाडौं । नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको विमोचन भएको छ । नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे । घिमिरेले भने, ‘धेरै ...
महरा-शाही प्रकरणमा को दोषी ? को निर्दोष ? यसो भन्छन् वरिष्ठ अधिवक्ताहरु काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै ...
गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न पार्टीका कार्यकर्तालाई देउवाको आग्रह काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलु...
ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा काठमाडौं । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंम...
“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?” सुर्खेत। आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ...
जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’ राझा । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ। रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न ...
त्रिभुवन विमानस्थलबाट पास भएर ल्याएको सुनसहित चावहिलबाट दुई जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ...
डलर संस्कृतिले मुलुक खतरामा छ : प्रमुख सचेतक गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छोडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् । आज बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा वि...
गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरेका...
हतियारसहित नागढुंगाबाट २ जना पक्राउ काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नाग...
अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन्। सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थी...
टिपरको ठक्करबाट एक जनाको मृत्यु काठमाडौं । चन्द्रागिरिमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। थानकोटबाट कलङ्की आउँदै गरेको बा २६ प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो। महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार...
गर्छु होइन, अब गरेँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन्। सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र...
प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रदेश सरकार कुनै पनि हालतमा प्रेसविरोधी हुन सक्दैन भने। सामुदायिक रेडियो सन्देशको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले पत्रकारिता क्...
जिम्बाबे भर्सेस नेपालः नेपालको कमजोर प्रदर्शन (लाईभ भिडियो) काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ। नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको छ। नेप...
चितवनमा गाई काटेको अभियोगमा ३ जना पक्राउ चितवन । कालिका नगरपालिका ३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहर...
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ। नेप्से उकालो लाग्दा कार...
त्रिकोणात्मक सिरिजः नेपाल र जिम्बावे भिड्दै (लाईभ भिडियो) काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । इन्डियन एसोसियसनको मैदानमा जिम्बावेविरुद्ध नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेले सुरुवात...
घुस लिएको अभियोगमा प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस ल...
नेपाली काँग्रेसको चियापान कार्यक्रम असोज २६ गते काठमाडौं । नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन्। म...
आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै काठमाडौं । आज बडा दशैँ अर्थात् नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै छ । आज देवी भगवतीको दर्शन र आराधना गर्न बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको घुईँचो लागेको छ । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र...
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग काठमाडौं । श्रमिक महिला रक्षक सङ्घले अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेको छ। सङ्घले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र’ विषयक अन्तक्र्रियामा सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा ग...
नेपाल र युएईबीच हवाई सेवा सम्झौता काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो। महासभामा नेपालका तर्फबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक...
हातहतियार तथा लागूऔषधसहित अमडुवाबाट २ जना पक्राउ सुनसरी । बर्जु गाउँपालिका ३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्। उनीहरुको साथबाट मेड इन...
कृषि विकास बैंक ह्याकिङ प्रकरण : लाहान शाखाकै शाखा प्रमुख पक्राउ काठमाडौं । कृषि विकास बैंकबाट लुटिएको रकम प्रकरणमा मुछिएको आरोपमा सोही बैंकका शाखा प्रमुख पक्राउ परेका छन्। ह्याकिङ प्रकरणमा मुछिएको भन्दै कृषि विकास बैंक सिराहा लाहान शाखाका सुनीलकुमार झालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी का...
श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरण...
काठमाडौंमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश–३–०२–००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भएका २१ वर्षीय सुजन लामा, धादिङ महादेवस्थान थाक्रे गाउँपलिक...
पर्साका सम्सुदिन मिया हतार हतार गरेर हिड्दै थिए, त्यसपछि… काठमाडौं । पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सागढी नगरपालिका ४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका ३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी क...
कामदारको हकहितलाई ध्यान दिएर काम गर्छु : बिष्णु प्रसाद गैरे काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन्। शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र व्यवसायीको अनुकुलतामा कामगर्ने बताएका हुन् ।...
गृहमन्त्री चढेको हेलिकप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण रामेछाप। गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । सिन्धुली ...
साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ भोजपुर । भोजपुरमा साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ परेका छन्। जिल्लाको षडानद नगरपालिका १ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई नगद १८ हजार ७ सय रुपैयाँ र १६ थान कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूच...
वडाध्यक्षको छोरालाई कैँची प्रहार गर्ने पक्राउ धरान । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । ...
जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते सल्यान। सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइत...
दुर्घटनामा तीन जनाको मृत्यु मकवानपुर। मकवानपुरमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँ...
आलेख : लैङ्गिक हिंसाका उजुरीकर्ता महिला, पीडित पुरुष ! रोल्पा । गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो। उजुरी थियो, ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन्। महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआ...
सरकारी जग्गा किर्ते गरी कम्पनीको नाममा बनाएको अभियोगमा ६ जना पक्राउ काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका ३ मुल...
राजस्वमा स्वच्छता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त...
नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गर्यो : बालकृष्ण खाँड काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्। प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी केपी ओली...
चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको नेता साउदको दाबी काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएक छन्। काँग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय...
गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश काठमाडौं । नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले...
काठमाडौंको होलिडे इन होटलबाट पेस्तोलसहित ४ पक्राउ काठमाडौं । काठमाडौंको शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोलसहित ४ पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। उनका अनुसार प्रहरीले यही...
‘राष्ट्रलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण’ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्। अध्यक्ष दाहालले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका व...
उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्...
‘सनराईज फष्ट म्युचुअल फण्ड’ मा लगानी गर्दै सनराईज बैंक काठमाडौं । सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई यु...
बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न मिडियालाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यामहरुलाई पनि आग्रह गरेका छन्। उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि संचार माध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण ग...
रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायलाई मन्त्री विष्टको आग्रह काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन्। मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सर...
काठमाडौँको माईतीघरमा कृषि प्राविधिकहरुको दवावमुलक आन्दोलन सुरु काठमाडौँ । कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन्। काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि सरकारले गत...
कावासोतीको खरकट्टा जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ। कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास...
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्। अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी ग...
नेमकिपाको सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छे काठमाडौं । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। आज साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प...
संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी : राजेन्द्र महतो काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन्। राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३औँ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोल...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरि...
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन् : महानिर्देशक हमाल काठमाडौं । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल...
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, चितवन र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। कपिलवस्तु : कपिलवस्तु नगरपालिका ११ निगालीस्थित सडकमा लु.२३ प १५१४ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक बाणगंगा नगरपालिका ५ ...
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन्। ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गरेक...
दशैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडा दर (सूचि सहित) काठमाडौं । दशैं तिहारका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। टिकट अनलाइन मार्फत र टिकट काउण्टरमै गएर बुकिङ गर्न सकिने भएको छ। ‘अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ भने काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ। तर कतिपय गाडीवालाले निर्धारित भाडा...
दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे झु*ण्डिएर आत्मा*हत्या इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्। दाजु विष्णु घर नजिक रहेको आफ्...
काठमाडौंबाट २४ जना जुवाडे पक्राउ काठमाडौं । टोखा नगरपालिका ९ म्याग्दी चोकस्थित रवि गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ६४ वर्षीय सोभित केसीलगायत ९ जनालाई नगद ७६ हजार ३ सय ८० रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। साथै सोही स्थानस्थित धनकुटा बाजोगडा नगरपालिका १५ घर भएकी ३५ वर्षीया...
समुदायको पहिचान नै भाषा, कला र संस्कृति हो : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। थारु समूदायक...
निर्माण आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीयलाई मन्त्री पुनको आग्रह काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनताले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्। काठमाडौँमा भएको जलविद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका...
चोरीका मोटरसाइकलसहित सात पक्राउ मध्यपुरथिमि । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली न्यूयोर्क प्रस्थान काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिध...
व्यवसायीलाई निराश नहुन अर्थमन्त्रीकाे आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे। ...
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गयाे, १ घाइते सर्लाही । सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्। मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रि...
अवैध लागूऔषध सहित ३ जना पक्राउ काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट नियन्त्रित लागूऔषध फेनरागन ३० एम्पुल, नोर्फिन ३० एम्पुल र डाइजेपाम ३० एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र लेखनाथ महानग...
श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंमा बृहत प्रदर्शन हुने काठमाडौं । श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंको अनामनगरस्थित हनुमानस्थानमा बृहत प्रदर्शन हुने भएको छ। शनिबार नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय भएको जनाएको छ। रेडियो नेपालमा श्रमजीवी ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गयो काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा...
नेपाली काँग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिद्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत् तथा संविधान दिवसको अवसमा शुभकामना आदान–प्रदान, चियापान तथा प्रशिक्षणको आयोजना गरेको छ । धन...
चितवनमा भएको सवारी दुर्घटनामा चार घाइते, एकको अवस्था गम्भीर चितवन । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना १ ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२...
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभ...
संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दललाई नेता नेम्वाङको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्...
संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छः सभापति देउवा काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले आज एक विज्ञप्तिमार्फत दिवसले नेपाल...
संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन्। ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको...
नियन्त्रित लागूऔषध ४ हजार ४४२ एम्पुलसहित ८ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तीनगरबाट नियन्त्रित लागूऔषध नुर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुल सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका ३७ वर्षीय राज...
‘बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन सकिन्न’ काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन...
संविधान समय र माग अनुसार संशोधन गरिनु पर्छ : बाबुराम भट्टराई काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक...
संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन : सुवास नेम्वाङ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प नभएको भन्दै सफल कार्यान्वनयका लागि सहयोग गर्न सबै दलहरुलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै...
संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भयाे : काँग्रेस नेता सिटौला काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्। जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको काँग्रेस नेता सिटौलाक...
चौथौ संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक छ? काठमाठौं । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन्। दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएक...
जङ्गली च्याउ खाएर पूरै परिवार अस्पताल भर्ना झापा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार ...
साढे ८ केजी चरेससहित ३ जना घोराहीबाट पक्राउ दाङ । घोराही उपमहानगरपालिका १९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका ४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्। जिल्ला प्रहरी कार...
आसरा सुधार केन्द्र रानीबारीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्र...
चाबहिल सडकमा गुडेको ह्विलचेयर… (भिडियो) काठमाडौं । चाबहिल चोकबाटै सुरु हुन्छ चौतर्फी भिडभाड र जामको सास्ती। गौशालातर्फ जानुस् जाम, जोरपाटीतर्फ लाग्नुस् झनै जाम। खाल्डै खाल्डो, उवडखावड र हिलाम्य यो सडकमा यात्रा गर्नु कुनै सजाय भन्दा कम छैन। राज्यलाई कर तिरेका नागरिक दिनदिनै यहाँ सजाय भुक्तान गरिरहेका हुन्छन्। यस्तो भैसक...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका ७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस-७ सिम्ले हाल ककनी गाउँपालिका-५ बस्ने ७० वर्षी...
जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका १ सितापुरी चौक बस्ने २३ वर्षीय सरोज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सरोजले सोमबार राति किशोरीलाई घरदेखि करिब ५ सय मिटर पर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रह...
अवैध लागूऔषधसहित काठमाडौंमा २ जना पक्राउ काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका ७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको...
जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते जुम्ला । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना १ ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो। कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्र...