content
stringlengths
20
64.1k
जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खाेज्ने पक्राउ काठमाडौं । महागनरीय प्रहरी परिसरमै गएर घुस दिनेलाई पक्राउ गरिएको छ। प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्ष मै गएर घुस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो। आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष...
अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट ७ जना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय मार्सल गौहीलाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले ...
साउनमा ४१ वटा फर्ममाथि जरिवाना काठमाडौं। सरकारले चालु आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको दावी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो । अनुगमन गरिएको मध्ये ४१ वटा फर्...
अब भिडियो कन्फ्रेंसिंगबाटै मन्त्रिपरिषद् बैठक बस्न सक्ने काठमाडौं। नेपाल सरकारको मन्त्रि परिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ । मन्त्रिपरिषदको बैठकले भिडियो कन्फ्रेसिंगबाटै मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ...
‘१९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध वर्गको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु’ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकबारे संघीय संसदलाई जानकारी दिएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै उनले बैठकले गरेका निर्णय र छलफ...
गेर्खु खोलाको ‘डाइभर्सन’ बाढीले बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध काठमाडौँ । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको व...
सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ। आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, सप्तरी, चितवन र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। कपिलवस्तु, कपिलवस्तु नगरपालिका १ गौरीचोकस्थित तौलिहवा–जितपुर सडकखण्डमा मंगलबार राति ग १ ख ६२३७ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बसमा सवार सोह...
रक्तचन्दनको तेल सहित ३ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका ५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका ३ घर भएका ५३ वर्षीय अच्यूत क...
प्रधानमन्त्रीको स्वास्थ्यको जानकारी पाउने हक नागरिकलाई छ कि छैन? काठमाडौं । प्रधानमन्त्री के पी ओलीको स्वास्थ्य अहिले चर्चामा छ। ओलीले सर्वसाधारणका लागि आफ्नो ‘स्वास्थ्य सामान्य रहेको छ’ भन्ने सिङ्गापुरबाट फर्केकै दिन आफ्नो ट्वीटर मार्फत् जानकारी दिए। तर उनी र उनीसँग सिङ्गापुर गएका निकटस्थ र फर्केपछि प्रचण्ड लगायतलाई ओ...
क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन विधेयक समितिबाट पारित काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ। समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी...
श्रोत नखुलेको १५ लाख ७९ हजार भारतीय रुपैयाँसहित ५ जना पक्राउ दाङ । लमही नगरपालिका ९ जलकुण्डीस्थित पूर्व पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्...
एनआरएनए जापानको कोषाध्यक्षमा संगिता अधिकारीको उम्मेदवारी घोषणा टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानको आगामी कार्यकालको कोषाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी वर्तमान कार्यसमितिको सदस्यको जिम्मेवारीमा छिन्। एनआरएनए जापानको कोषलाई सबल र समुन्नत बनाउने...
नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि जागिर खुल्यो (सूचना सहित) काठमाडौँ । नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) का लागि भर्ना खुलेको छ। नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि आज बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित  गरेर दरखास्त आह्वान गरेको हो। नेपाली सेनामा दरखास्त आह्व...
नवलपरासीमा भारतीय ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक गम्भीर नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ...
स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडिय...
‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टी...
यसरी पक्राउ परे काठमाडौंमा नक्कली कागजात बनाउँदै आएका विनोद र रेनु काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्याङ्ग्वेज ईन्सिच्युटका संचालक काठ...
कपिलवस्तुमा बैंकबाट निकालेको ३ लाख रुपैयाँ लुटेर फरार काठमाडौं । कपिलवस्तुमा दिउँसै ३ लाख लुटेर २ जना फरार भएका छन्। मंगलबार राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख रुपैयाँ निकालेर आएका रामकुवेर धोबीको रुपैयाँ बाटोमै २ जना अपरिचित व्यक्तिले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सु...
बैतडीको वनारसीधाममा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने बैतडी । जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो। नेपालका प्रथम ऐतिहासिक जगत्ग...
आज मौसममा सामान्य बदलीभइ केही स्थानमा वर्षा हुने काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै रहेकाले आगामी बिहीबारसम्म मौसममा सामान्य बदली भई पुर्वी तथा पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मंगलबार सामान्य बदली रही मध्य, पूर्व...
गोर्खा ब्रअरीको मुद्दामा मुछिएका न्यायाधीश अधिकारीद्वारा राजीनामा काठमाडौं। उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्...
आफ्नै श्रीमानको हत्यारासँग पैसा असुल्ने महिला पक्राउ भोजपुर । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको ...
विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ। सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण...
डोकोको भरमा खानेपानी पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन।तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ। बाह्रै महिना उकालोमा पानी बोके...
पूर्व राजदूत हत्या प्रकरण : सुरक्षा गार्ड तामाङ पक्राउ काठमाडौं। पूर्व राजदूत केशव झाको हत्या गरेको आरोपमा प्रहरीले झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गरेका काभ्रेका कान्छाराम तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । केशव झाको हत्या प्रकरणमा उनलाई यसअघि अपर...
शनिबार राती ५ लाख ८१ हजार बराबरको धनमाल चोरी काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका ७ बरगाछीस्थित नमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिबार राति नगद ५ लाख २६ हजार ५ सय ५१ रुपैयाँ र सिसिटिभीको एनभिआर बक्स चोरी भएको छ। धनुषा, कमला नगरपालिका ४ सागरास्थित ४ नम्बर वडा कार्यालयबाट शनिबार राति कम्प्युटर १ थान, प्रिन्टर १ थान, र...
‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न काठमाडौं । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। उक्त अवसरमा प्रहरी महानि...
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ।राष्ट्रिय परीक्षा  बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ। परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी स...
खुर्पा प्रहार गरी श्रीमतीको हत्या गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । “छिमेकीहरुले ...
प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका...
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ घाइते काठमाडौं । मकवानपुर, चितवन, धादिङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। मकवानपुर, मनहरी गाउँपालिका १ मकरीस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको बसको ठक्करबाट शुक्रबार साँझ पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय नकुल बहादुर बखतीको घटनास्थलमै मृत्यु भएक...
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण...
अटोमेटिक पेस्तोल तथा गोली सहित एक पक्राउ काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँ...
राजधानीमा थाई शैक्षिक मेला काठमाडौं । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्...
सिरहामा धमाधम खुले कृषिजन्य उद्योग, हालसम्म १४ सय घद्योग दर्ता लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ। जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ। दर्ता गरिएका मध्ये ५५८ ...
सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा बुहारी पक्राउ काभ्रे । आफ्नै सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा एक बुहारी पक्राउ परेकी छन्। ४८ वर्षीया सासु धौमती सार्कीलाई धारिलो हतियार बञ्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका ९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। घरायसी बिवादको कारण सर...
चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ ललितपुर । उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सु...
घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ काठमाडौं । ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका ४ ...
दाङमा इसाई धर्म प्रचार गर्ने चार जना पक्राउ दाङ । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका ...
विद्यालयका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक ...
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे प्रमुख सल्लाहाकारको राती साढे १० बजेपछि फेसबुक पोस्ट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे बिहीबार दिनभर चर्चा भएपछि राती प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले फेसबुकमा एक पोस्ट शेयर गरेका छन्। उनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक रहे...
‘विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय ...
पक्राउ पर्नु अघि के भनेका थिए रवि लामिछाने र युवराज कँडेलले ? काठमाडौं । पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले बुधबार आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए। रवि लामिछानेले भनेका थिए, ‘आरोप लगाउने मरेर गएपनि आरो...
पत्रकार पुडासैनी प्रकरण : रवी लामिछाने, अस्मिता कार्की र यूवराज कँडेल पक्राउ काठमाडौं। माउन्टेन टेलिभिजनका तत्कालीन पत्रकार सालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्यूज ट्वान्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ शोका पत्रकार रवी लामिछाने र सोही कार्यक्रमका अर्का सहकर्मी यूवराज कँडेललाई बिहीबार प्रहरीले नियन्...
प्रधानमन्त्री ओली अस्वस्थ काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । हालै सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली फेरि अस्वस्थ भएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली अस्वस्थ भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ । प्रधानमन्त्री अस...
एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर हेटौँडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ। नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो। उद्यो...
१०० भन्दा बढी यात्रु बोकेर उडेको विमान आकस्मिक अवतरण काठमाडौँ । मस्कोको विमानस्थलमा बिहीबार एक विमानले आकस्मिक अवतरण गरेको छ। उडिरहेको विमानमा समस्या आएपछि आकस्मिक अवतरण गरेको विमानमा रहेका सबै यात्रु सकुशल रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। एक सय भन्दा बढी यात्रु सवार रहेको यो विमान मस्को क्षेत्रको झुकोभस्...
प्रधानमन्त्री मर्माहत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका हुन् । यस्तो छ...
गोसाइँकुण्ड स्नान गर्न गएका युवकको लेक लागेर मृत्यु रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ। जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो। समुद्र सतहदेखि १४ हजार १...
आज देशभर जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक...
नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका ४ ट्राफिक चोकबाट स्याङजा मल्याङकोट गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रदिप शाही र सोही ठाउँ बस्ने २७ वर्षीय रामचन्द्र गिरीलाई नियन्त्रित लागूऔषध नाट्राजेपाम १ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलबाट...
पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवी लामिछानेमाथि गम्भीर आरोप (मर्नुअघिको भिडियो) काठमाडौं। गएको साउन २० गते चितवनको एक होटलमामा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ। नेपाल आज यूट्युबमा अपलोड गरिएको भिडियोमा मृतक पत्रकार पुडासैनीले आत्महत्याको कारण न्य...
सुदूरपश्चिममा बिहीबार सार्वजनिक बिदा धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबारप्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निक...
भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा सांसद गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै...
‘नेपाल–भारत सिमाना, तराई डुबानको समाधानका लागि कुटनीतिक पहल आवश्यक’ काठमाडौं। गृहसचिव प्रेम कुमार राईलेले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन्। संघीय संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गृहसचिव राईले तराई ...
भक्तपुरको सूर्यविनायकका ८ हजार गाँजाका बोट फडानी भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फड...
झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहर...
घुस मागेको अभियोगमा मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बम...
तीन देशका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अ...
भ्रष्टाचार नियन्त्रण गर्न नेता नेपालको ध्यानाकर्षण काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए। स...
काँग्रेस नेता सिंह ८ दिनपछि डिस्चार्ज काठमाडौं। अस्वस्थ भएपछि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सोमबार ८ दिनपछि डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको उनी निकट विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिए। गत सोमबार दिउँसो स्वास्थ्यमा ...
‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’ ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन्। फोर एच नेपालको संयोजनमा सोमबार ललितपुरमा आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल ...
भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व नासुले गरे आत्महत्या काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा...
आज साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । आज (सोमबार) बिहानैबाट काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश...
आज मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद, देशभरका मस्जिदमा घुईँचो काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।...
अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा बालुवाटारबाट एक जना पक्राउ काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अ...
कैद भुक्तानीपछि पुनः कल बाइपासमा… काठमाडौँ । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ। चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...
बालिकाको उपचारार्थ सहयोग हस्तान्तरण संखुवासभा । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभा भोटखोलाकी ९ महिनाकी बालिकाको उपचारार्थ सहयोग प्रदान गरेको छ। कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले कोरियामा नै कार्यरत पेम्बा नुर्वु भोटेकी छोरी मिक्मा चिप्पा भोटेको सहयोगार्थ अभियान चालिएको थियो। संखुवासभा सम्पर्क परिवारले...
नेपाली काँग्रेसको निर्देशिका पारित काठमाडौं । नेपाली काँग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ। नेपाली काँग्रेसको आईतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो। साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि स...
ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने सम्झौता गैरकानूनी भएको संसदीय समितिको ठहर काठमाडौं। संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ...
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या काठमाडौँ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्। प्रहरी प्रधान कार्या...
भोलि इस्लाम धर्मावलम्बीको महान चाड बकरिद विराटनगर । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ। बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान सम...
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौँ । मनसुनको न्यून चापिय रेखा औसतभन्दा केही दक्षिणतर्फ सरेकाले केही दिन भारी वर्षाको सम्भावना नरहेपनि आज देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चि...
स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ चोरी, एक पक्राउ काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका ३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको...
सदस्य पाठकद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रको अनुगमन डोटी । रेडियो प्रसार सेवा विकास समितिका सदस्य दीपक पाठकले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगम गरेका छन्। शनिवार दिपायल पुगेका पाठकले रेडियो नेपालको अनुगमन गरेका हुन्। उनले रेडियोका सम्पूर्ण सामग्री, स्टुडियोलगायत कर्मचारीहरुस...
अवैध लागूऔषध सहित ६ जना पक्राउ काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका १ घुमाउने भन्ने स्थानबाट तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने २० वर्षीय सुजित भण्डारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले को १७ प १०६० नम्बरको मोटरसाइ...
महिलाको घाँटीबाट सिक्री थुत्ने गिरोह प्रहरी फन्दामा काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटना सार्वजनिक हुँदै आएका छन्। त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुर...
एउटा शिक्षकका भरमा विद्यालय पाल्पा । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ। विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्य...
बस दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो धादिङ । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँत...
आज साउन २५ गतेको राशिफल आज मिति २०७६ साल साउन २५ गते । तदनुसार सन् २०१९ अगस्ट १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, दशमी, १३ः०८ उप्रान्त एकादशी तिथि शनिबार । मेष काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ। वृष साझेदारी लगानीमा फाइदा हुनेछ । आकश...
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ८ गैरीगाउँस्थित सडकबाट पाँचथर फालेलुङ गाउँपालिका ८ ठेगाना भएका २३ वर्षीय सन्तोष लोवा र पाँचथर फिदिम नगरपालिका ९ ठेगाना भएका २१ वर्षीय सम्पन्न लावतीलाई अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम, नगद १ लाख रुपैयाँ र बा ९४ प ८०६० नम्बरको मोटरसाइकल सहित बिहीबार साँझ प्...
बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं। नेपाली काँग्रेसले धादिङको वेनीघाट रोराङ गाउँपालिका–३ त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नम्बरको रात्रिबस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु हुनाका साथै दर्जनौँ यात्रु बेपत्ता भएका छन् । काँग्रेस सभापत...
यसरी पक्राउ परे गाउँपालिका अध्यक्षलाई २ करोड नदिए ज्यान मार्ने धम्की दिनेहरु काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्नलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका ७ तिल्पुङ घर भएका ३० वर्षीय लोप्सन लामा तथा मिलन तामाङ भन्ने बाबुराम तामाङ र उनका सहयोगी काठमाडौं...
सेनाले सबै जिल्लामा विद्यालय सञ्चालन गर्ने काठमाडौं। नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रद...
विषादी प्रयोगशाला प्रदेश सरकारले नै बनाउने काठमाडौं। प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरेका छन । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले १–१ वटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने...
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ काठमाडौं । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्द...
‘जलवायु परिवर्तनसँग लड्न शाकाहारी खानेकुरा खानुहोस्’ बीबीसी । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्। भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान ब...
४५ यात्रुमध्ये मृत्यु हुने ३ जनाको सनाखत, १६ को उद्दार (नामावलीसहित) सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ। मृतक तीनै जनाको पहिचान खुलेको छ। उनीहरू सर्लाही ब्रहम्पुर...
त्रिशुली बस दुर्घटनाः मृत्यु हुने तीन जना एकै परिवारका (नामसहित) काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। प्रहरीका अनुसार उनीहरू एकै परिवारका हुन्। सर्ला...
प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता हुने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए। “शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परी...
लागूऔषध सहित २ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका ६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। मोरङ, उर्ला...
चोरी गर्ने क्रममा मकवानपुरका प्रशान्त थोकर कलंकीबाट पक्राउ काठमाडौं । काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका वाइरिङका ...
उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने भन्दै नेपालमा सतर्कता काठमाडौं। उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार पर...
प्रतिनिधिसभा बैठक छोडेर सांसदहरु क्यान्टिनमा भुलेपछि… काठमाडौं । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पारित गर्नलाई एक चौथाई सांसद पनि नपुगेपति सभामुखले बैठक नै स्थगित गर्नुपर्यो। सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गराउने क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले गणपुरक सख्या नपुगेको भन्दै प्रश्न...
संसदमा सांसदका रोचक प्रस्तुति : एसी बिग्रेकोदेखि मन्त्रालय छिर्न नपाएको गुनासो काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धि मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन...
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)काे नाम परिमार्जन अमेरिका । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले आफ्नो प्रथम वार्षिकोत्सवको  अवसरमा  महत्वपूर्ण १३ वटा निर्णयहरू गरेको छ ।  ईन्जाको प्रथम वार्षिक उत्सवमा व्यवस्थापन समितिको सिफारिसमा केन्द्रिय समितिले उक्त निर्णय गरेको हो । अगस्ट २ ,२०१९ का दिन बसेको बै...
तीज भड्किलो नबनाउन प्रशासनको आग्रह काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ। कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्...
नेपाल आयो ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । हिजो बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ। एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले जानका...
यस्तो छ मुगुको एकमात्र नगरपालिकाको नीति तथा कार्यक्रम मुगु। मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरेको छ। गत असार १० गते उद्घाटन भै ३१ गते समापन भएको छायाँनाथ रारा नगरपालिकाको पाँचौ नगरसभाले सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रम र बजेट बुधवार सार्...