content
stringlengths
20
64.1k
मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु महेन्द्रनगर । करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ४४ वर्षीय अमर विष्टको ज्यान गएको छ । घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । करेन्ट लागेर घाइते भएका विष्टको धनगढ...
स्कुटर दुर्घटनामा घाइते भएकी पत्रकार शाहीले गरिन् सहयोगको अपिल धनगढी। सडक दुर्घटनामा परेकी धनगढीकी पत्रकार बिना शाहीले उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल गरेकी छन् । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गर्दै आएकी शाही मंगलबार सडक दुर्घटनामा परेकी हुन् । धनगढीस्थित चटकपु...
मण्डपबाटै पक्राउ परेका बेहुलालाई पाँच दिन थुनामा राख्न अनुमति काठमाडौं । काठमाडौं जिल्ला अदालतले मागे जति दाइजो नदिएकाले विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ । सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्र...
मिनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गाः सिआइबी काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्य...
सङ्घको प्रश्न- गलैँचामा भ्याट किन? काठमाडौं। नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी वार्षिकरूपमा रु ५० लाखभन्दा कम कारोबार हुने उद्योग भ्याटमा दर्ता हुनु...
एकल पुरुषलाई विदुर भत्ता जुम्ला। यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहाद...
‘मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू हुँदैन’ काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले अनुसन्धान अघि बढाएको जनाएको छ। सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रह...
पशुपतिनाथ मन्दिरमा आज जलहरी पुनर्स्थापना गरिँदै काठमाडौं। आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी आज पुनर्स्थापना गरिने भएको छ। जलहरी बनाउँदा लागेको सुनको तौलमा विवाद भएपछि आइतबार अख्तियार दुरुपयोग अनुन्धान आयोगले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो। अख्तियार दुरुप...
गोकर्णेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ काठमाडौँ। गोकर्णेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई प्...
हेवाखोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। यातायात नियमित गर्न मंगलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढील...
वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन्। वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोज...
आजको मौसम: भारी वर्षा र हावा हुरीबाट हुने क्षतिबाट बच्न अनुराेध काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन...
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ काठमाडौं। नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा के...
सुरक्षा घेराबाटै फरार भए भ्रष्टाचार आरोपी दीपकुमार बस्न्यात काठमाडौं। ललिता निवास प्रकरणको फाइल खोलिएसँगै पूर्वअख्तियार प्रमुख आयुक्त दीपकुमार बस्न्यात सुरक्षा घेराबाटै फरार भएका छन्। उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित छ...
मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने काठमाडौं। मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लुका डा मिङमार गेल्जेन शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान ...
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाडियो काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए ।...
छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रह...
उपराष्ट्रपति यादवद्वारा वरिष्ठ छ जना सर्जक सम्मानित काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने विभिन्न जाति, भाषा, वर्ग, समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा समग्र राज्यको ध्यान जानुपर्ने बताएका छन्। उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित ‘न...
महिलामाथि बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बता...
कोशी अस्पतालमा तत्काल टोकन प्रणाली लागू गर्न स्वास्थ्यमन्त्रीको निर्देशन विराटनगर। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगर स्थीत कोशी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्...
बिहीबार सार्वजनिक विदा काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो। ‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको ज...
अनलाईन सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ काठमाडौँ। विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले...
पशुपतिनाथको शिवलिंगमा बुधबार विहान जलहरी राखिने काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी बुधबार विहान पशुपतिनाथ मन्दिरमा अवस्थित शिवलिंगको गर्भगृहमा राखिने भएको छ। ‘अख्तियारले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गरिसकेकाले भोलि (बुधबार) बिह...
बसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय काठमाडौँ। काठमाडौँको बसुन्धरामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएक...
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ काठमाडाैं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट आज पक्राउ गरेको हो। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका...
शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ काठमाडौं। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। करिब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो।...
आगलागीबाट आठ घर जलेर नष्ट मंगलबारे। इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन। गए राति करिब २ः०० बजेबाट आगलागी ...
इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान काठमाडाैं। सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन्। सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो। यातायात व्यवस्था विभागले अहिल...
पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ। पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो। ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशाषन उलङघन गर्ने १ सय ८९, रे...
आजको मौसमः देशैभरी पानी पर्ने, तीन प्रदेशमा हावाहुरीकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउ...
धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ धनगढी । कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस...
अनलाइन जुवा खेलाएको आरोपमा चार जना पक्राउ काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हु...
अनियन्त्रित सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग काठमाडौं। एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको...
नक्कली शरणार्थी प्रकरणमा थप एकजना पक्राउ काठमाडौं। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो । गिर...
सिरहामा खानेपानीका कार्यालयका सुरक्षा गार्डको धारीलो हतियार प्रहारगरी हत्या सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् । मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हत...
रोल्पामा गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ रोल्पा। गाईको बाच्छी काटेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्...
घुस लिएको अभियोगमा शुद्धोधनका प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको...
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का...
एटीएम तोडफोड कार्यमा संलग्न दुई जना पक्राउ काठमाडौँ। एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पा...
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ। पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले ६ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो। महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरि...
पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ। पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो। ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उलङघन गर्ने १ सय ९५, र...
पशुपतिनाथको जलहरीमा २२ क्यारेटको १०६ किलो सुन काठमाडौं। ०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरी आइतबार निकालेर तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको हो। अख्त...
आजको मौसमः देशैभरी वर्षा हुने, तराइका केही स्थानमा हावाहुरीकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदल...
वानएक्स बेटको प्रचार आरोपमा राजकुमार थापामगर पक्राउ काठमाडौं। नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ ...
कम हुँदै खानेपानी पाइपमा चुहावट काठमाडौं। सात महिना काठमाडौँ उपत्यकामा पहिले मेलम्चीको पानी पुनः वितरण सुरु हुँदा अधिकांश स्थानमा पाइप चुहावटको समस्या देखिएकामा अहिले कम भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या देखिएका ठाउँमा तत्काल मर्मत गर्दा अहिले त्यो समस्या कम भएको हो । धेरै ठाउँमा पाइप चुहा...
null
घोराहीमा फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु देउखुरी। दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ । करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई ...
पशुपतिमा सीसीटीभी जोडेर सुनको जलहरी जोख्ने अख्तियारको तयारी (तस्बिरहरू) काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तय...
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष...
अख्तियारको टोली पशुपतिमा, सुनको जलहरी परीक्षण र नाप तौल गरिँदै काठमाडौं। २०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरीकोपरीक्षण तथा नापतौल सुरु गरिएको छ । पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शि...
पशुपतिनाथबाट सुनको जलहरी निकालेर आज जोखिने काठमाडौं। ०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरी आज (आइतबार) निकालिँदै छ। अपरान्ह चार बजे पशुपतिनाथको शिवलिंगबाट जलहरी निकालेर तौल लिन लागिएको हो। जलहरी बनाउँला लागेको सुनको तौलमा विवाद भएपछि आज निकालेर पुन जोख्न ल...
करिब दुई केजी सुनसहित २१ वर्षिय युवक पक्राउ भैरहवा। सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरी रहेका छन्। प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५.३ ग्राम सुनसहित उनलाई पक्राउ गरेको हो।...
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। काठमाडौँको दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्...
डिसी नेपालकर्मी शर्मा सम्मानित काठमाडौँ। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजसेवी तथा डिसी नेपालकर्मी संगीता शर्मा अवार्डबाट सम्मानित भएकी छन्। शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५डिको चौथो क्याबिनेट मिटिङ तथा अवार्ड सेरोमनी कार्यक्रममा शर्मा गभर्नर एप्रीसेसन अवार्डबाट सम्मानित भएकी हुन्। उनलाई उक्त अवार्ड ल...
पोखरामा चट्याङ लागेर ४९ वर्षीय व्यक्तिको मृत्यु कास्की। पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शनिबार राति साढे ११ बजेको समयमा ढुंगामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहा...
ट्रिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु हेटौडा। हेटौडामा ट्रिपरले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो। समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको ...
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते ढोरपाटन। बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको ...
भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घटना सार्वजनिक भक्तपुर। भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घटना घटेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिका...
आजको मौसमः भारी बर्षाकाे संभावना, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देख...
अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’ जनकपुरधाम। करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिला...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने बागमती। आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्...
अर्काको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ गलकोट। सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्...
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु दाङ । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४०...
तनहुँमा कार र बस ठोक्किँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर तनहुँ । जिल्लाको भानु नगरपालिका–९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३–१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्ष...
न्याय मर्न दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य...
कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटना सुर्खेत। कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो । रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा न...
कैलालीमा एक जनाको शव फेला धनगढी । कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन् । शुक्रबार जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् । शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पुर्णीमा सामुदायिक ...
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो ...
पोखरीमा डुबेर दुई बालकको मृत्यु नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। पोखरीमा डुबेका करिब १३र१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन...
सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ धनकुटा । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु ...
अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’ काठमाडौं। पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टल...
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षमा अनुत्र्तीण भएका पर...
दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ काठमाडौं। प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूल...
मनसुन प्रणाली फैलियो देशभर काठमाडौं। गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भाग...
त्रिविका उपप्राध्यापक चलाउनेले तोडे अनशन काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन्। सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन्। आफुमाथि आक्रमण गर्...
शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा...
दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्र सम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्...
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुस...
अवैध लागुऔषध चरेससहित २५ वर्षीय युवक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेको केन्द्रीय प्रहर...
हिउँदका बेला भरिभराउ हुने ‘होमस्टे’ बर्खा याममा सुनसान कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना था...
गाउँका चौतारीमा निःशुल्क इन्टरनेट पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ। गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो। सो सेवा सञ्चालनमा ...
इसेवा मनि ट्रान्स्फरले गर्‍यो घर हस्तान्तरण काठमाडौँ। इसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ। एक विशेष कार्यक्रमका बिच कम्पनीले घरको हस्तान्तरण गरेको थियो। उक्त कार्यक्रम इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको...
नेपालमा पहिलो पटक जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद काठमाडौं। नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी आज पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई लिसर्जिक एसिड ड...
गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो काठमाडौँ। गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७...
लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का लमज...
रुकुमपूर्वबाट हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार रुकुमपूर्व । अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामकी ४० वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई आज दिउँसो उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ । गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी भएकी ...
डाक्टर हुँ भन्दै दुई युवतीसँग ७८ लाख बढी ठगी काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । नक्कली डाक्टर बनेर युवतीसँग विहे गर्ने बहानमा ७८ लाख ठगी गरेका आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको...
बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । कमल गाउँपालिका–३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको ज्यान गएको प्रहरीको भनाइ छ । कमल-३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ ...
कञ्चनपुरमा २३ वर्षीया युवती मृत फेला धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो । रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको...
नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेपछि माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली काठमाडौं । नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयनको बाटो खुलेपछि नागरिकताविहीन युवाहरुले काठमाडौंको माइतिघरमा खुसी मनाएका छन् । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नि...
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्त...
नयाँ नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुने काठमाडौँ। वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ। प्रेम गीत ३...
साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज काठमाडाैं। अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ। सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज ...
किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल ढोरपाटन। वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमे...
आजको मौसमः पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्...
आइएमईबाट चोरी गर्ने दुई जना पक्राउ जनकपुरधाम । आइएमईभित्र चोरी गर्ने चोरीका सामानसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–९ रुदौली बस्ने २० वर्षीय जीवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन् । गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ...
हिउँमा चिप्लिएर दार्चुलामा एक जनाको मृत्यु धनगढी । दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो । हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न अन्तरिम  आदेश दिएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो । सुरू भएक...
घट्यो हवाई भाडादर (सूचीसहित) काठमाडौं । हवाई भाडादर घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि भाडादर पनि घटेको हो । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध भरतपुर। सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छ्याउ...