content stringlengths 20 64.1k ⌀ |
|---|
सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् ।
आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदि... |
गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा कोठा डेरा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय विनोद दियाल आफ्नै घरबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।
वड १९० मिलीग्राम र दियाल ८... |
सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहायका लागि निःशुल्क उपचार कार्यान्वयन हुन्छः मन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्र... |
नयाँ बसपार्कबाट मात्रै यातायात सञ्चालन गर्ने निर्देशनको व्यवसायीहरुको विरोध काठमाडौं। यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन्।
यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार का... |
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी विराटनगर। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन ... |
ललितपुरमै प्रहरीमाथि चक्कु प्रहार काठमाडौं। ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् ।
ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रह... |
मकवानपुरमा ५४ लाखको सुनसहित २२ वर्षीय युवक पक्राउ मनहरी। मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्... |
१६ जिल्लामा फैलियो दादुरा, एक हजारभन्दा बढी संक्रमित काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो।
महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत... |
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद रुपन्देही। जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट जेठ ३० गते सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको ड्रिल मेशिन, लत्ताकपडा तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल ने... |
‘रगत अभावमा कोही मर्न नपरोस्’ काठमाडौं।वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन। नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ।
त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन। रक्तदातामध्ये करिब १७ प्रतिशत महिला... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु काठमाडौँ। देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर... |
हाम्रो गिफ्ट्स र देवयानी इन्टरनेशनलबीच सहकार्य, अब विदेशमै बसेर फास्ट फुडहरू अर्डर गर्न सकिने काठमाडौँ। ‘हाम्रो गिफ्ट्स’ले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ।
यसले विश्वभर छरिएर बसेका नेपालीले... |
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय ज... |
चिहानडाँडा नजिकै बोराभित्र मृत भेटिएकी महिलाको सनाखत दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।
मंगलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाख... |
च्यानल फाइनान्सिङ–कठिन परिस्थितिमा व्यावसायिक सशक्तिकरण काठमाडौँ। सुस्त आर्थिक अवस्था र समग्र बैंकिंग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको छ।
निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ। यसबाट पेन्ट व्य... |
विवाह गर्न वडाको सिफारिस अनिवार्य जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ ।
बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्ती... |
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै काठमाडाैं। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्।
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइ... |
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, तराइमा अत्याधिक गर्मीकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भ... |
तनहुँको व्यासमा महिलाको शव फेला तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको छ । नालामा बोराभित्र अन्दाजी २२ वर्षकी महिलाको शव सडिसकेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
सुवर्ण मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युम पाइपमा ... |
फरार ढोरपाटन नगरपालिकाका मेयरविरुद्ध सात सय ६८ उजुरी बलेवा। केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन् ।
पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरुको दैनिकी बनेको छ... |
एसईईका विद्यार्थीलाई लक्षित गर्दै ‘स्टेप बृहत् शैक्षिक मेला २०८०’ आयोजना हुँदै काठमाडौं। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना हुने भएको छ ।
माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ्ग एन्ड इभ्यालुसन प्रोस्युडर (स्... |
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ... |
माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति मोरङका निरज कामत काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
केही दिनयता भइरहेको नागरिकतावि... |
माइतीघर मण्डलमा एक व्यक्तिले गरे आत्मदाह प्रयास काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
ती व्यक्तिले शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि ट्रमा ... |
पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायव गरेको छैन भन्दै रोए मिलनकुमार थापा (भिडियो) काठमाडौं। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउदा सुन गायव गरेको भए आफु जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन्।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा सम... |
चिहानडाँडा नजिकै बोराभित्र महिलाको शव फेला दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखु... |
राष्ट्रपति पौडेल अस्पताल भर्ना काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो।
राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले १२ घण्टासम्म निगरानीमा बस्नुपर... |
अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भए १७ वर्षीय युवा जुम्ला। जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन्।
आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी का... |
ट्याक्सीलाई वर्गीकरण गरिँदै, शुल्क पनि फरक, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क काठमाडौं। सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ।
यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। व... |
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-११ बाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिन... |
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह काठमाडौँ। त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ।
सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो।
त्रि... |
चिनियाँ नागरिकको नेपाली बैंक खातामा करोड भन्दा धेरै रकम फेला काठमाडौं। एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ पर... |
देशभर तापक्रम बढ्दै, तराईमा पाँच दिनसम्म तातो हावा चल्ने काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश... |
तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो दमाैली। भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ। राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो।
आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डक... |
आजको मौसमः पश्चिम तराईमा अत्याधिक गर्मी हुने, चार प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्... |
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने काठमाडौं। काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अ... |
प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत दाङ । प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द ... |
अमेरिकी डलरसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ काठमाडौं । लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेम नोर्वु शेर्पा रहेका छन् । विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए... |
छ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट जर्मनी नागरिक पक्राउ काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।
टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्... |
प्यूठान दुर्घटनामा मृतक सात जनाको सनाखत, एक बालकको पहिचान खुलेन लुम्बिनी। प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो ।
स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा... |
गोँगबुको होटलमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला काठमाडौं। काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन न... |
स्वर्गद्वारीबाट फर्केको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु काठमाडौं। प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको कार दुर्घटनामा परेको छ।
स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बर को कार स्वर्गद्वारी नगरपालिका ४ भिंग्री नजिकै भीरबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी आठ जनाको मृत्यु भएको जिल... |
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ।
कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवार... |
त्रिभुवन विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन्।
सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले वि... |
अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद गलकोट। आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ।
अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवान... |
आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि काठमाडौँ। आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”) र एनसेल आजियाटा लिमिटेड (“एनसेल”) ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फाल्गुन १९, २०४९ (“बीआईटी मध्यस्थता”) मा भएको द्विपक्षीय लगानी प्र... |
‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गर्दै ग्रिन टायर काठमाडौँ। नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ।
१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको भनाइ छ।प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन... |
पुनः दृष्टि फर्किदा … काठमाडाैं।नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो।
ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८... |
आजको मौसम: पूर्वी तराईमा वर्षाकाे सम्भावना, मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली... |
विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्योः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा पूर्वतयारी पहिलो सर्त हुनुपर्ने र पूर्वतयारीका गतिविधि चुस्त हुने सके धेरै विपद्जन्य घटना रोक्न सकिने बताएका छन्। उनले राहतमा पनि पूर्वतयारी प्रभ... |
‘हरहर महादेव पानी देऊदेऊ’ चितवन। लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरू गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् ।
कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिए... |
निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने काठमाडौं। नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ ।
सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको च... |
इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्न सकिने काठमाडौं। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याएको छ ।
यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गन... |
नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा काठमाडौं। नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए।
हेल्पलाइन स... |
पानी पर्ने आशामा भ्यागुताको विवाह चितवन। भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ ।
लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।
आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्याग... |
वीरगन्जमा नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला वीरगन्ज। वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।
आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएक... |
स्विमिङ पुलमा डुबेर पोखरामा बालकको मृत्यु काठमाडौं। पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापाला... |
अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ काठमाडौं। अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर... |
एक्साभेटर दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु तनहुँ। आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो।
आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच... |
त्रिभुवन विमानस्थल नजिकै प्रहरीले गोली चलायो काठमाडौं। प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। गोली लागी घाइते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्याएको... |
बुहारीको हत्या गरेको अभियोगमा सासु र ससुरा पक्राउ कैलाली। बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले सासु र ससुरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढा रहेका छन्।
आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगम... |
दाइजोलाई लिएर दुई महिलाको हत्या सर्लाही। दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।
वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रह... |
खडेरीले मकै खेतमै सुके, किसान चिन्तित भरतपुर। खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।
सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका ... |
केही दिनदेखि अत्यधिक गर्मी, जनजीवन प्रभावित कैलाली। केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ ।
कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग... |
समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी विजयी काठमाडाैं। समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपर... |
डा. राजेश आचार्यको स्मृतिमा जनचेतनामूलक प्रवचन काठमाडौं। राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले संस्थाको चौथो वर्ष प्रवेशमा ‘स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तरगत क्यान्सर रोग विषयमा प्रवचनको आयोजना गर्याे।
शनिबार बिहान काठमाडौं बानेश्वरमा आयोजित कार्यक्रममा सिनियर जीआई सर्जन तथा क्यान्सर रोग विशेषज्ञ प... |
आजको मौसमः अत्याधिक गर्मीबाट बच्न माैसम बिभागकाे अनुराेध काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका प... |
नेपाली मनको धनी छन्ः उपसभामुख राना काभ्रे (मण्डनदेउपुर)। सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताएकी छन्। भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उनले सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिन् ।
काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा ... |
बाघको छाला र हड्डीसहित दाङबाट चार जना पक्राउ दाङ । दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका–३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
पूर्व(पश्... |
पानीको जोहो गर्न दुई घण्टा गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय ... |
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १०... |
नागरितासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान काठमाडौं। सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धारा... |
हेटौंडामा वृद्ध दम्पती मृत फेला हेटौंडा। मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनु... |
लोप हुँदै वन कुकुर काठमाडौं। वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।
लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणक... |
दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम नवलपुर। तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ।
यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च ता... |
आजको मौसम: तराईमा तापक्रम नघटने, तीनवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई ... |
स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न काठमाडौं। विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसिशियसन नेपाल (ब्लोदान)को आयोजनामा परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका नि... |
आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम पुग्यो ४४ डिग्री नवलपुर। दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन ग... |
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु गोरखा । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्र... |
यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै काठमाडौं। यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए।
उनका अनुसार यस वर्ष यही जेठ २४ गते... |
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता पूर्ण बहादुर श्रेष्ठ नेपाल आउँदै ! काठमाडौँ। डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन्।
जेठ १२ शुक्रबार, लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्... |
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि सचेत गराउन थालियो काठमाडौं। हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।
उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय... |
भारतबाट तरकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन्। उनलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन।
पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन। उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने... |
दाङबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ दाङ। दाङको लमही नगरपालिका-४ बाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।
नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वडा ... |
२९ जना जिल्ला न्यायाधिसका लागि जागिर खुल्यो काठमाडौँ। जिल्ला न्यायाधिसका लागि जागिर खुलेको छ। न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो।
आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी ... |
लस एन्जलसमा महापुराणको आयोजना गरिँदै क्यालिफोर्निया। क्यालिफोर्नियाको लस एन्जलसमा आउने महिना जुलाइमा शिव महापुराण लगाइने भएको छ।
श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए को अगुवाइमा सम्पूर्ण संघसंस्था तथा नेपालीभाषीहरुको सहयोग र सहभागितामा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा जुलाई ९ देखि १५ सम्म लस एन्जलस का... |
आजको मौसमः अझै केही गर्मी यथावत् रहने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका... |
आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक काठमाडौं । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।
आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए। आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्... |
नारायणीमा आएको बाढीले मान्छे बगाएपछि… नवलपुर। तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ। यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ… ।’
उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन्। बग्दै गरेको मा... |
जीप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते मान्म। कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी ... |
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, शेरा खेतमा रोपाइँ सम्पन्न जुम्ला। यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् ।
जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जा... |
विश्व रक्तदाता दिवस २०८० को अवसरमा ब्लड सचेतना र्याली सम्पन्न काठमाडौँ। विश्व रक्तदाता दिवस २०८० को उपलक्ष्यमा रक्तदान जनचेतना र्याली तथा प्रभातफेरी कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ। ‘नियामितरुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमाले गरौं’ भन्ने नाराका साथ ब्लड डोनर्स एसोशियसन नेपाल(ब्लोदान) र ला... |
१ असारदेखि भदौं मसान्तसम्म सडक खन्न नपाइने काठमाडौँ। वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो।
जारी सुचना अनुसार आगामी असर १ गतेदेखि भदौ म... |
आजको मौसमः तराईमा तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्... |
जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकार... |
लागूऔषधसहित धनगढीमा एक जना पक्राउ धनगढी । कैलालीमा एक जना युवा लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो ।
ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ । |
कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु धनगढी । कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ
जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेक... |
भक्तपुरका दुई ठाउँमा अठार लाखभन्दा बढीका गरगहना र नगद चोरी भक्तपुर। भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।
चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ ... |
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद काठमाडौं। चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल\एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्... |
आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए काठमाडौं। आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.