content stringlengths 20 64.1k ⌀ |
|---|
बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो चौतारा। सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।
बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे। घरमा टि... |
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा काठमाडौं। मुस्लिम धर्मावलम्बीको मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) आज देशभर मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमा... |
जिल्ला प्रशासन कार्यालय सिरहाले भोलि बिदामा पनि सेवा दिने जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारले सार्वजनिक बिदा दिएको दिन समेत सेवा प्रवाह गर्ने भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गरिने बताए । भोलि बकर ईदका दिन पनि नागरिकता, राहदानी ... |
प्रशासन सुधार कार्यदलले मुख्यमन्त्री कार्कीलाई प्रतिवेदन बुझायो विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले एक समारोहका बीच आज प्रतिवेदन बुझाएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावला... |
बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवन अगाडि प्रदर्शन हेटौँडा। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् ।
धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् । धादिङको नीलकण्ठ र नगरपा... |
लुम्बिनी प्रदेश : विपक्षी दलको विरोधले बजेटमाथिको छलफल अगाडि बढ्न सकेन लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि आजका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ ।
आज निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकको प्रारम्भमै ने... |
लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो भालुवाङ । लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ ।
त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन... |
प्राकृतिक कारणले २० गैँडा मरे चितवन । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्र... |
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्न निर्देशन काठमाडौं । दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न ... |
बिहीबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ बेड निःशुल्क हुने काठमाडौं । बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएको छ ।
काठमाडौं उपत्यकाका ६ वटा अस्पताल र कोशी अस्पतालका एक अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएक... |
ठेक्का नलागे पनि नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने बर्दिबासको नीति विवादमा महोत्तरी । बर्दिबास नगरपालिकाले ठेक्का नलागे पनि नदीजन्य पदार्थको उत्खनन् गर्न सकिने नीति तथा कार्यक्रम बनाएको छ । नगरको १२औँ सभामा खानी तथा खनिजअन्तर्गत बनाइएको नीतिमा नगरपालिकाभित्र बग्ने खोला तथा नदीबाट ढुंगा, गिटी, बालुवा, माटोलगायत नदीजन्य ... |
सरकारको मल वितरण नीतिले सुदूरपश्चिमका किसान मर्कामा धनगढी। नेपाल सरकारले अनुदान प्राप्त रासायनिक मल वितरण गर्ने संस्था कृषि सामग्री केन्द्रलाई कैलालीका लागि ८ सय मेट्रिकटन डिएपी बिक्री गर्ने अख्तियारी दिएको छ। धान खेतीका लागि कैलालीका लागि ८ सय मेट्रिक टन डिएपी बेच्ने अख्तियारी दिए पनि कैलालीमा हालसम्म तीन सय मेट्रिक ट... |
पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर लहान। सिरहाको गोलबजार नगरपालिका-१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ। किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मंगलबारदेखि मोटर उपलब्ध गराएको हो।
रु १८ हजार पर्ने मोटरको मूल्यमा वडा कार्यालयले... |
भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई नेपाली युवाको मृत्यु, चार घाइते काठमाडौं। नेपाल भारत सीमा क्षेत्रममा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको खबर आएको छ।
सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै पुष्टि गरका छैनन्। नेप... |
पूर्वी नेपालको कोसेली निगुरो, टिप्नेको संख्या ह्वात्तै बढ्यो बेलबारी। सहरी श्रेत्रमा माग बढेसँगै जंगलमा निगुरो टिप्नेको संख्या ह्वात्तै बढेको छ। अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जंगलमा प्रशस्त मात्रामा पाइन्छ।
मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैद... |
खानी छन्, तर उत्खननको योजना छैन ढोरपाटन। बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन्। कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन्। खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन्। प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन हुनसकेका छैनन्। धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेक... |
बागमती प्रदेशसभाको बैठक स्थगित, भोलि बस्ने मकवानपुर। बागमती प्रदेशसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी भोलि असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विनियोजित बजेट २०८०\०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहम... |
पोखरा महानगरको रु सात अर्ब १५ करोडको बजेट पारित कास्की । भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको बजेट आज पारित भएको छ ।
महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइ... |
कालिज पालनमा रमाउँदै आशिष गल्याङ । व्यावसायिक कालिजपालनतर्फ स्याङ्जाका कृषकको आकर्षण बढ्दै गएको छ । कालिजको मासु र अण्डा अत्यधिक माग हुन थालेपछि कालिजपालनलाई व्यावसायिक रुपमा विस्तार गरिँदै लगिएको हो ।
जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजार लगायतका स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालीगण्डकी गाउँपालिका–५ जैप... |
संसदमा कृषिमन्त्री भुसालको जवाफ- यसवर्ष रासायनिक मलको अभाव हुँदैन काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उ... |
औषधि पसल अवैधरुपमा सञ्चालन गर्ने ११ भारतीय सार्वजनिक महेन्द्रनगर । कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
दोधारा चादँनी नगरपालिकामा अवैधरुपमा औ... |
कोशी प्रदेशमा दुर्घटना : ११ महिनामा ३८८ जनाको मृत्यु झापा। कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन्।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी... |
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै पाँचथर। बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन। सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो।
सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला क... |
बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात बेनी। मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन्। उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ। बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले ... |
बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या चितवन। संघीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ। भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरंग सेवामा आउने गर्दछन्।
चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको... |
केन्द्रीय कारागार गुण्डा नाइकेको समूह निर्माण गर्ने अखडा बन्दै काठमाडौं। सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र दुई गुण्डा नाइकेहरुले आफ्नो अनुकुलको समूह निर्माण गर्ने अखडाको रुपमा प्रयोग भैरहेको छ।
जेलबाहिर रहेका रमेश बाहुन र जेलभित्र रहेका समीरमानसिंह बस्नेतले जेलको आन्तरिक ... |
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’ दमाैली। तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ। पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो।
बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बना... |
कञ्चनपुर बजेट : पूर्वाधारलाई नै प्राथमिकता कञ्चनपुर। कञ्चनपुरका नौ स्थानीय तहले कृषि,शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपज : हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ। त्यसैगरि कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्... |
बसाइँ सरेर आउने परिवारलाई पाँच हजार नगद खोटाङ। साकेला गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेका कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०र०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ नीति अपनाएको छ ।
गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्... |
मकवानपुरको स्थानीय पालिकाको नीति तथा कार्यक्रममा घर उपहारदेखि सुर्ती मदिरा निषेधसम्म हेटौँडा । मकवानपुरको १० स्थानीय तहमध्ये नौ वटाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले मदिरा, सुर्तीजन्य पदार्थ निषेधदेखि घर उपहारसम्मको कार्यक्रमहरू समेटेका छन् ।
बकैया गाउँपालिकाले मदिरा निषेधको कार्यक्रम अघ... |
दार्चुलाका नौ स्थानीय तहमध्ये आठ पालिकाले ल्याए बजेट खलङ्गा । नौवटा स्थानीय तह रहेको दार्चुलामा आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियमानुसार जिल्लाको शैल्यशिखर नगरपालिका बाहेकका आठवटा ... |
कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०र८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।
कामपाले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर... |
कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विराटनगर। कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन्।
आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले १४ असारमा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमु... |
नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन मनाङ। हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ। स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो।... |
दार्चुलामा वडाध्यक्षको निधन खलंगा। दार्चुलाको दुहु गाउँपालिका-५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ। उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो।
आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो। जिल्ला अस्पतालमा सम्भव नभएपछि उहाँलाई आज थप उपचारका लागि धन... |
सर्पलाई घाँटीमा बेरेपछि … झापा। सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सो... |
झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण झापा। उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ। कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ। किसानले एक कट्ठादेखि दुई सय ५० बिघ... |
नारायणगढ-बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो! त्रिवेणी। चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन्।
यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ। य... |
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’ काभ्रे। जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ। गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग संक्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
जिल्लामा प... |
पोखरा महानगरको बजेट सात अर्ब १५ करोड (पूर्णपाठ) पोखरा। पोखरा महानगरपालिकाले आगामी आव ०८०\८१ को बजेट सार्वजनिक गरेको छ । आज १३औँ नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी हुन्।
महानगरले पूर्वाधारतर्फ रु दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ रु ७० करोड, आर... |
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल रु तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगरसभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ६८ करोड, पूर्वाधार वि... |
ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो बागलुङ। बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ।
ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् ।
यहाँका किसानले बेँस... |
राक्सिराङ गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ। दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको ... |
अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग दमौली। तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ। पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ।
गण्डकी प्रदेश सरकारले बु... |
दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’ दैलेख। यहाँका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन्।
विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्या... |
‘किसानका आँखा आकाशतिर’ जलेश्वर। रामआश्रे मण्डलका आँखा यतिबेला आकाशतिरै तेर्सिएका छन्, कतै कालो बादलका धर्सा देखे भने आज पानी पर्ला कि भन्ने आशामा हौसिन्छन्।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-८ बजराही गाउँ बस्ने किसान समयमै वर्ष नहुँदा अहिले धान खेती गर्न पाएका छैनन्। आगामी वर्ष कसरी हातमुख जार्ने भन्ने चिन्... |
संरक्षण हुन छाड्यो रैथाने बाली पाल्पा। बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन।
छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गाम... |
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो बैतडी। निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो।
सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्ष... |
कमला किनारमा बाढी पर्खिरहेका माझी जनकपुरधाम। केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ। असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेकाे पानीको बहावले यहाँकाे अस्थायी काठेपुल बगाइसकेको छ।
नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको... |
सागरनाथ वन विकास परियोजनाका कर्माचारीले १० महिनादेखि तलब पाएनन् सर्लाही। सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन्। वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौ... |
चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित बेलबारी। गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको रु ५ सय ५० देखि रु ६ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ।
चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुग... |
पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध बैतडी। निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो।
यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट... |
घोडेपानीमा गुराँस ‘पार्क’ म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ।
गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादु... |
हेवाखोला तर्न तुइन र फड्केको सहारा पाँचथर। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक संघसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो।
टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका... |
एक सातादेखि मोबाइल सेवा अवरुद्ध फुङ्लिङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फ... |
मन्त्री सिंह अन्त्यष्टि गरियो धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वीबहादुर सिंहसहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको छ।
स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोर... |
बसाइँसराइले गाउँ रित्तिन लागेपछि स्याङ्जाका युवाले थाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान स्याङ्जा। बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन् ।
गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून... |
वीरगञ्ज भन्सारको कारोबारमा कमी पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।
आव २०७९/८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्र... |
कालीगण्डकी नदी किनारमा पैदलमार्ग पाल्पा। विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ। शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ।
कालीगण्डकी नदीको ऐतिहासिकत... |
मादी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने, हलगोरु पाल्ने कृषकलाई अनुदान कास्की। कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ ।
गाउँपालिका अध... |
दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा महोत्तरी। एक अध्यणअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ।
निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्... |
लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै स्याङ्जा। स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ।
गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुंगे पुल दुई वर्ष पहिले निर्माण भएको थियो। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै... |
दैनिक छ घण्टा पैदल हिँडेर अध्ययन गर्छन् फेदीका बालबालिका खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययनरअध्यापन हुने उक्त विद्यालयमा फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान र चित्रेलगायत दर्जनबढी गाउँका छात्ररछात्रा दैनिक छ घण्टा पैदल हिँडेर विद्... |
जनकपुरधाम उपमहागरको विशेष जोड फोहर सङ्कलन र व्यवस्थापनमा जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ ।
आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष विसं २०८... |
सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिए ।
धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गा... |
अब वीर अस्पतालका जनरल बेड निःशुल्क काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
वीर अस्... |
बंगलाचुली गाउँपालिकामा ‘एक घर एक रोजगार’ कार्यक्रम दाङ। दाङको विकट पहाडी गाउँपालिकाका रुपमा चिनिने बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार’ कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सहितका नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएक... |
लेकाली भेगका किसानको रोजाइमा भेडापालन भोजपुर। भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन्। पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्... |
हिउँदका बेला भरिभराउ हुने ‘होमस्टे’ बर्खा याममा सुनसान कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्।
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना था... |
चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै चितवन। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन्। विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन्।
जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्यांक राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ। पर्यटनविद्हरुले ग... |
खुवाको ‘हब’ बन्दै चुच्चेखोला मनहरी। हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो। हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन्।
उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन। उनी अहि... |
नमोबुद्धका अनियमित संरचना हटाइँदै काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाउन थालिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएका संरचना पुरातत्व विभागअन्तर्गतको संरक्षित स्मारक तथा दरबार... |
ओखलढुंगामा पहिरो: एकै घरका तीन जनाको मृत्यु, १ जना बेपत्ता ओखलढुंगा। ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन्। पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपबहादुर केसीका अनुसार स्थानीय ... |
गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु गोरखा। गोरखामा गए राति जन्ती जीप दुर्घटनमा परेको छ।
शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं... |
सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द कटारी । सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।
वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको क... |
बेहुली अन्माउने बेलामा विवाह मण्डपबाटै बेहुला पक्राउ, जन्तीको बिचल्ली दमक । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी ... |
मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गङ्ग... |
नेपाल-चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पूरा कास्की । पोखरामा भोलिदेखि सञ्चालन हुने नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथ... |
विवादका कारण रोकिएको हिसान शैक्षिक मेला भोलीदेखि सुरु हुने काठमाडौं । विवादका कारण रोकिएको ८ औं संस्करणको हिसान शैक्षिक मेला असार ८ गतेदेखि सुरु हुने भएको छ ।
प्रक्रिया नपुगेको भन्दै काठमाडौं महानगरपालीकाले रोकेको मेला असार ८ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु हुने हिसान शैक्षिक मेलाका संयोजक टंकराज आचार्यले जानकारी... |
लम्पी स्किन नियन्त्रणउन्मुख काठमाडौं । देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाय निको भएका छन् ।
हालसम्म पाँच लाख ५५ हजार चार सय पशु सङ्क्रमित भएको र त्यसमध्ये एक लाख नौ हजार ... |
ताप्लेजुङ पहिरामा परी बेपत्ता भएका तीन जनाको खोजी जारी फुङ्लिङ । गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरामा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन् । उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन् ।
सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनास... |
एघार महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन् ।
कु... |
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो काठमाडौं । सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बिहिबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेसँगै सरकारलाई ऐन कार्यान्वयन गर्ने बाटो खुलेको हो ।
आनन्दमोहन भट्टराई र कुम... |
पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन् ललितपुर । विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ ।
विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ । रातो स्टिकर ह... |
किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु अभाव भरतपुर। नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ। किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन्।
बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र ... |
ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल जानकी। लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेक... |
गर्मी छल्न नरपानी पुग्छन् पर्यटक अर्घाखाँची। नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ।
पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमु... |
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत पर्सा । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि रु तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ ।
महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/८१ का ल... |
लुम्बिनीका सबै यातायात कार्यालयबाट ‘रुट परमिट’ लिन सकिने लुम्बिनी । सार्वजनिक सवारीसाधनको अन्तरप्रदेशीय बाटो इजाजत ‘रुट परमिट’ लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ ।
यसअघि रुट परमिट सङ्घीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै लिन पाउने व्यवस्था रहेको थियो । मुख्यमन्त्री डिल्लीबहाद... |
दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा काठमाडौं । छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो ।
छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबीसहित आमा निर्मलादेवी र बुबा विनोदप्रसादलगा... |
साउन १ गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।
कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा ... |
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म पाटन । ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि महानगर प्रमुख चिरीबाबु महर्जनले आज नगरसभामा पेस गरेको वार्... |
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र सङ्खुवासभालगायत जिल्लामा भएको क्षतिको अवस्था, तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सरोकारवालासँग छल... |
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ ।
बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) क... |
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ) काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना सार्वजनिक गरिएको छ ।
महानगरको गौरव ब... |
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले ज्ञान र योगको जन्मभूमि तथा ज... |
मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज हुनुपर्ने साहु महाजनहरुको माग काठमाडौं । पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर ब्याजलाई नियमन गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साहु महाजनहरुले सरकारले ल्याएको अध्यादेशले प्रत्येक गाउँ–गाउँमा सद्भाव विगारेको दाबी गरे । सर... |
बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध हलवाला सञ्चालकहरू अदालतमा काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।
आदिपुरुषमा जानकी भारतमा जन्मिएको भन्... |
वैदेशिक रोजगारीले फेरियो म्याग्दीको पुरन्य गाउँ म्याग्दी। म्याग्दीको बेनी नगरपालिका- ५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहानबेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदु... |
सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी किमाथांका। सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको खोजी आज पनि जारी छ।
बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.